उपत्यकामा यातायातका थप तीन कार्यालय थपिदै, लाइसेन्सको फारम बुझाउन रातभर लाइन बस्नु नपर्ने
काठमाडौं, ७ भदौ । उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन बस्नुपर्ने बाध्यता हट्ने छ । बढ्दो सवारी दुर्घटनाका साथै यातायातसम्बन्धी कामका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीको अत्याधिक चाप भएको गुनासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्चडको निर्देशनलगत्तै मन्त्रालयले कार्यालय विस्तारको निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बोलाएर यथाशीघ्र यातायात व्यवस्था कार्यालय थप गरेर सहज र छिटो काम हुने अवस्था सिर्जना गर्न निर्देशन गरेको सचिवालयका कर्मचारी मनोहरि तिमिल्सिनाले जानकारी दिए । निर्देशनलगत्तै यातायातमन्त्री लेखकले मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय थप गर्ने निर्णय गरेका हुन् । मन्त्री लेखकले छिटोमा दुई साता र ढिलोमा तीन साताभित्र थपिने कार्यालयहरू सञ्चालनमा आउने बताए । थप तीनवटा कार्यालय सञ्चालनमा आएपछि मोटरसाइकल र गाडीको लाइसेन्स नयाँ निकाल्ने, नवीकरण गर्ने गराउने र सवारी साधनको कर तिर्ने काम छुट्टाछुट्टै स्थान, काउन्टरबाट गरिने र त्यसो गर्दा सेवाग्राहीलाई सहज हुनुका साथै काम व्यवस्थित र छिटो हुने उनको भनाइ छ । मन्त्री लेखकले भने, ‘सडक दुर्घटनाहरू बढिरहेका छन् । त्यसको न्यूनीकरणका लागि हामीले ऐन कानुनहरू पनि संशोधन गर्ने काम अगाडि बढाएका छौँ । क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई पनि कारबाही भइरहेको छ। समग्रमा हामी यातायात व्यवस्थालाई व्यवस्थित गर्न लागेका छौँ ।’ सवारीचालक अनुमति पत्रको फाराम बुझाउनसमेत सेवाग्राहीहरू रातभरि लाइन बस्नु परेको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा दुईवटा र भक्तपुरमा एउटा यातायात व्यवस्था कार्यालय थप गरेर छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । समाचार स्रोत ः गोरखापत्र दैनिक
साझाकै पेट्रोल पम्पमा सिलबन्दी, साझाले तीनदिनभित्र स्पस्टिकरणसमेत दिनुपर्ने
काठमाडौं ७, भदौ । अन्य पेट्रोल पम्पको तुलनामा आर्मी, पुलिस र साझाको पेट्रोल पम्पमा उपभोक्ताको विश्वास हुने गरेको छ । तर, सरकारी पेट्रोल पम्म भनेर चिनिएको र जनतालाई ठग्दैन भन्ने विश्वास भएको साझाले नै ठगी गरेर उपभोक्ताको भ्रमलाई साझाले तोडिदिएको छ । उपभोक्ता ठग्ने पुल्चोकको साझा पेट्रोल पम्पमामा रहको डिजल बिक्री गर्ने एउटा मेसिनमा सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको सिल गरेको छ । अनुगमन टोलीले बजार अनुगमन गर्दा साझाका ६ वटा तेल बिक्री गर्ने मेसिन मध्ये रियलटेक आरटीए ११२ नम्बरको मेसिनबाट डिजेल मापदण्ड भन्दा कम विरतण गरिएको तथा नापमा एकरुपता नभएकाले भन्दै सिल गरिएको गुणस्तर तथा नापतौल विभागले बताएको छ । पुलचोकको साझा पम्पको एउटा मेसिनले तोकिएको मापदण्ड भन्दा कम परिमणमा तेल बिक्री गरेको र मेसिनमा एकरुपता नभएको भन्दै सिलबन्दी गरिएको छ। त्यस्तै अनुगमन टोलीले लगनखेलमा रहेको माहायन पम्पको डिजल बिक्री गर्ने मेसिनमा समेत सिलबन्दी गरेको छ। उक्त पम्पले डिजल मापदण्डभन्दा कमपरिणाम बिक्री गरेको फेला परेको छ। साथै टोलीले एकान्तकुनाको जावलाखेल पेट्रोलपम्पले मापदण्डभन्दा बढी डिजेल बिक्री गरेको फेला परेपछि तीनदिनभित्र स्पष्टीकरण दिन निर्देशन पनि दिएको छ।
एक लाख भूकम्पपीडितको बैंक खातामा ५० हजार जम्मा, एक सातामा थप ५५ हजार परिवार थपिने
काठमाडौं ७, भदौं । सरकारले एक लाख नेपालीको खातामा घर पुनर्निमाण गर्न ५० हजारको पहिलो किस्ता जम्मा गरिदिएको छ । अघिल्लो वर्ष वैशाखमा गएको भूकम्पले पूर्ण क्षति पुुगेका घरलाई सरकारले अनुदानवापत दिने घोषणा गरेको दुई लाख रुपैयाँमध्येको पहिलो किस्तावापतको रकम सोमबारसम्म एक लाख १ हजार १ सय ४८ घरधनीको बैंंक खातामा रकम गरिदिएको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले जानकारी दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ३ लाख ७४ हजार ४ सय ५६ घरधनीसँग अनुदान सम्झौतासम्पन्न भएकोमा एक लाखलाइ भने पहिलो किस्ताको पैसा पनि वितरण भएको उल्लेख छ । मन्त्रालयको अनुसार अवको एक सातामा थप ५५ हजार परिवारको खातामा पहिलो किस्ताको पैसा जाने भएको छ । सरकारले १६ जिल्लालाई भूकम्प प्रभावितको सूचीमा राखेको भएपनि हाल ११ जिल्लामा मात्रै यस्तो अनुदानको सम्झौता गरेर रकम पठाएको जानकारी दिएको छ । सरकारले अनुदानको पहिलो किस्ता पठाउनेमा सबैभन्दा अगाडि गोरखा जिल्ला रहेकोे छ । गोरखामा ३३ हजार ८ सय भूकम्पपिडितिले पहिलो किस्ता पाएका छन ।
बजारमा अमेरिकी डलरको हाहाकार, नगदै बोक्ने बानीका कारण डलर अभाव
काठमाडौं, ७ भदौ । बजारमा डलर हाहाकार भएको छ भने डलर खोज्न गएका व्यक्ति रित्तै हात फर्किनुपरेको छ । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्। भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको खबर मंगलबारको अन्नपूर्णले छापेको छ। डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् । चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् । डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको स।ख्या दिनप्रतिदिन बढ्दैगइरहेको छ । आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् । आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको सिटिजन्स बैंक इन्छरेनशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंघ भण्डारीले बताए छन्। उनका अनुसार उपभोक्ताले अब डलर नगदमा होइन कार्ड प्रयोग गरेर लिनुपर्छ । विदेशी नागरिक तथा पर्यटकले डलरको कारोबार गर्न कार्ड नै प्रयोग गर्छन् । नेपाली उभोक्ता भने नगदै बोक्न रुचाउने भएकोले पनि बजारमा खोज्न जाँदा भनेकै समयमा नगद नपाइएको बैंकरको भनाइ छ । डलरको नगद कारोबारले कालोधनलाई सेतो बनाउन प्रयोग हुने तथा आतंकबादलाई प्रोत्सहन दिने भएकोले पनि नगद भन्दा कार्डनै प्रयोग गर्नुपर्ने सुझाव राष्टबैंकले दिएको समाचारमा उल्लेख छ ।
नेविसंघ महाधिवेशन खर्च झण्डै पाँच करोड, माउ पाटिको भन्दा बढी खर्च
काठमाडौं ७, भदौ । भर्खरै सकिएको नेविसंघको महाधिवेशनले झण्डै पाँच करोड रुपैयाँ खर्चिएको हिसाव सार्वजनिक भएको छ । यो खर्च माउ पाटि काग्रेस महाधिवेशनको भन्दा एक करोड रुपैयाँ बढी भएको पनि उल्लेख छ । कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ। तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको छ । खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड ९८ लाख गर्दा नेविसंघको महाधिवेशन लागत खान र बस्नलाई मात्र ४ करोड ३२ लाख खर्च भएको देखिन्छ। नवनिर्वाचित कोषाध्यक्ष शिव रिमालले पाँच करोड जति खर्च भएको बताए। नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिदै जाादा तीन करोडभन्दा बढी खर्च भएको छ। अध्यक्षका रूपमा नेविसंघको महाधिवेशन सम्पन्न गराएका अध्यक्ष रञ्जित कर्णले खान, बस्न र महाधिवेशन तयारीका लागि पाँच करोडसम्म लागेको जानकारी दिए। ‘चार दिनका लागि हाम्रो अनुमानित खर्च बढीमा दुई करोड, नत्र एक करोड ८६ लाखमा सकाउने भन्ने थियो,’ कर्णले भने, ‘तर, तीन दिनको महाधिवेशन १२औं दिनसम्म लम्बिएपछि पाँच करोडजति खर्च भयो। अब केही दिनमा कति खर्च लाग्यो, अन्तिम हिसाबकिताब निकाल्छौं।’ माउ पार्टी कांग्रेसले झन्डै ३२ सय प्रतिनिधिसहित गत साउनमा तीन दिनमा सकाएको १३औं महाधिवेशनमा झन्डै चार करोड २० लाख रुपैयाँ खर्च भएको थियो। तर, आफ्नै विद्यार्थी संगठनको महाधिवेशनमा चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। नेविसंघको महाधिवेशन प्रतिनिधि संख्या र केन्द्रीय समिति पार्टीको भन्दा धेरै र ठूलो छ। कांग्रेसका ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति छ भने नेविसंघमा २८ पदाधिकारी र एक सय ५१ सदस्यीय कार्यसमिति बन्दै छ। समाचार स्रोत नयाँ पत्रिका
कपडाको माक्स किनेको पैसा खेर, माक्सले छेक्दैन धुवाँधूलो
काठमाडौं ७, भदौ । राजधानीमा दैनिक जीवनयापनका लागि दौडधूप गर्दा धुवा धुलोको प्रदुषणबाट आम सर्वसाधारणले लगाउँने गरेको कपडाको माक्सको औचित्य नभएको समाचार तथ्या सार्वजनिक भएको छ । आम सर्वसाधारणले अहिलेसम्म स्वास्थको ख्याल गर्दै कपडाको माक्स किन्न प्रयोग गरेका पैसाले पनि उचित काम नगर्दा खेर गएको छ । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको हो । काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो । अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुँवाका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्ने छ । साइन्स एण्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० ९सेन्थेटिक पार्टिकल्स० प्रतिशत नाकमुखभित्र छिरेको थियो । डिजेल इन्जिन भएको ट्रकको छेसमा बस्दा त झन् अवस्था भयावह हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’ अस्पतालमा प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रुपमा धुलोका कण बचाएको पाइएको छ । तर यो पनि भरपर्दो र पूर्ण विश्वासिला भने छैनन् । धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ । समाचार स्रोत: अन्नपूर्ण पोस्ट ।
प्राधिकरणले दुई दिनमै ४४६ को लाइन काट्यो, ९ अर्ब रुपैयाँ महसुल उठाउन बाँकी
काठमाडौं ७ भदौ । नेपाल विद्युत् प्राधिकरणको मुलुकभरका ९६ वितरण केन्द्रले महसुल गरेको भन्दै दुई दिनमै ४ सय ४६ ग्राहकको बिजुली काटेका छन् । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि सोमबारसम्ममा प्राधिकरणले ठूलो रकम बक्यौता भएका देशभरका ग्राहकको लाइन काटेको हो । उनीहरूको कुल बक्यौता ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ छ । प्राधिकरणले करिब ९ अर्ब रुपैयाँ महसुल ग्राहकसँग उठाउन सकेको छैन । त्यसमध्ये नगरपालिकाले तिर्नुपर्ने सडकबत्तीको बक्यौता दुई अर्ब रुपैयाँ छ । सरकारी कार्यालयको बक्यौता १९ करोड रुपैयाँभन्दा बढी छ । सरकारी कार्यालयलाई एक साता समय दिएर बक्यौता तिर्न ताकेता गर्ने तयारी प्राधिकरणले गरेको छ । ग्राहकले लामो समयसम्म बक्यौता नतिरेका कारण प्राधिकरणको सञ्चित नोक्सान बढ्दै गएपछि बक्यौता नतिर्नेको लाइन काट्ने अभियान थालिएको हो । मन्त्रीको निर्देशनपछि प्राधिकरणका हरेक वितरण केन्द्रले पहिलो चरणमा आफूमातहतका धेरै बक्यौता राख्ने कम्तीमा १० ग्राहकको लाइन काट्ने अभियान थालेको हो । सोमबारसम्ममा सबैभन्दा धेरै विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रले लाइन काटेका छन् । पोखरा र बुटवल क्षेत्रीय कार्यालयको विवरण भने आएको छैन । विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरेको महशुल समायोजन गर्न सफ्टवेयर मिलानको काम भएकाले बक्यौताको विवरण संकलन गर्न केही कठिनाइ भएको छ । सरकारले पैसा तिर्ने प्रतिबद्धता जनाएपछि प्राधिकरणले नारायणहिटी दरबार संग्रहालयभित्र रहेको महेन्द्र मञ्जिलमा २४ घन्टापछि बिजुली जोडिदिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महेन्द्र मञ्जिलको नाममा रहेको बक्यौता ४६ लाख ६४ हजार एक सय ६३ रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएपछि प्राधिकरणले सोमबार बिजुली चालु गराएको हो । संस्कृति मन्त्रालयले बक्यौता चुक्ता गरिदिने पत्र सोमबार ऊर्जा मन्त्रालयमार्फत पठाएपछि सोमबार अपरान्ह ४ बजेदेखि बिजुली जोडिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । ‘सरकार नै जमानी बसेपछि लाइन जोडिदिएका हौँ,’ उनले भने । प्राधिकरणले पूर्व मुमा वडामहारानी रत्न शाह बस्ने महेन्द्र मंजिलको विजुली आइतबार दिउँसो काटेको थियो । प्राधिकरणले पटक–पटक ताकेता गर्दा समेत महसुल नतिरेपछि बिजुली काटेको हो । महेन्द्र मंजिलले ०६८ साउनबाट विद्युत महसुल तिरेको छैन । प्राधिकरणले ताकेता गर्दा समेत कुनै सुनुवाई नभएपछि आइतबार लाइन काटिएको थियो समाचार स्रोतः नयाँ पत्रिका दैनिक
लेजरलाइटको सीधा प्रभावले निगमको जहाजलाई चुनौती, काठमाडौं भित्रिसकेकोले सकुशल अवतरण
काठामाडौं ७, भदौ । नेपाल वायुसेवा निगमको जहाज शुक्रबार काठमाडौं विमानस्थल नजिक आइपुगेपछि लेजरलाईको सीधा प्रभावले अवतरणै चुनौति दियो । जहाजको ककपीट (चालक दल भएकै ठाँउमा) सीधा लेजरलाइट परेका कारण जहाजल अवतरणमै चुनौति दिएको समाचार आजको कान्तिपुरमार्फत सार्वजनिक भएको छ । गत शुक्रबार बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ए–३२० विमान काठमाडौं भित्र छिरिसकेको थियो । साँझको बेला अँध्यारो उपत्यकाभित्र आइसकेको जहाज ठैंचु नाघेर हात्तिवनमाथिको आकासमा भएको थियो । त्यहीबेला ककपिटमा विपरित दिशा जडीबुटीबाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले ककपिटमा आक्रमण गर्यो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर पर्यो । उनीहरु झस्किए । नेपाली आकासमा पाइलटहरुले यस्तो अवस्था यसअघि कहिल्यै ब्यहोरेका थिएनन् । विदेशी मुलुकमा बेलाबेला भइरहने यस्तो समस्या नेपाली पाइलटले गत शुक्रबार पहिलोपटक फेस गरे । लेजरलाइटले उत्सर्जन गरेको हरियो चुम्बिकय विकिरणले ककपिटको कमाण्ड सम्हालिरहेका चालकदलको आँखामै हानेपछि अप्ठ्यारो अवस्था पैदा भयो । धन्न त्यो विमानको कोपाइलट सिटमा बसेका चालकले यसबारे पूर्व जानकारी र अध्ययन गरेकाले सावधानी अपनाइ हाले । क्याप्टेनलाई तत्कालै विमानस्थल बाहिरबाट कुनै अपराधिक मानसिकता भएकाले लेजर लाइट हानेको हुन सक्ने ब्रिफिङ्ग गर्दै उनले विमानलाई ओभरसुट वा गो–अराउन्ड दायाँबाया मोड्ने कार्य गराएनन् । १६ सय मिटर हाराहारी उचाईबाट बिस्तारै डिसेन्ड झर्दै गरेको विमान हात्तिवन, इमाडोल कटाउदै जडीबुटीतर्फ आयो । लेजरलाइट ककपिटमा परीनै रह्यो । स्रोतका अनुसार त्यो लेजरलाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा पाइलटलाई हानि पुर्यायो । जब विमान विमानस्थलको रेखाभित्र पस्यो अनि मात्रै लेजरलाइटको आक्रमण हट्यो । चालकदलले विमानलाई सेफ ल्याण्डिङ्ग गरीसकेपछि एयरट्राफिकलाई ग्राउण्डबाट खबर गरे । तत्काललै नेपाल वायु सेवा निगमका चालकदलले यस्तो गतिविधिले जहाज दुर्घटनामा पर्न सक्ने खतरा औल्याउँदै तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिखित उजुरी हाले । यतिले मात्रै नपुगेर सोमबार पनि निगमकातर्फबाट घटनाबारे विस्तृत प्रतिवेदन पनि प्राधिकरणलाई दिइएको छ ।