डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य
काठमाडौं, ११ साउन । डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्रिएको छ । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५/३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी थियो । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ ।
बैंक ठगेर कमाउने अध्यक्ष विदुर धमला, सञ्चालकद्धय सिबी लामा र लव थापा, बलिका बोका बने कर्मचारी
काठमाडौं, ११ साउन । प्रसंग करिव ६ वर्ष पहिलेको हो । विकास मिडियाको साप्ताहिक प्रकाशन देशविकासमा पशुपति विकास बैंकमा भएको घोटालाको समाचार प्रकाशित भयो । समाचार चुहाएको आरोपमा पशुपति विकास बैंक सञ्चालक समितिले तत्कालिन महाप्रबन्धक विनोद कार्कीलाई लगाएछ । उनी गुनासो गर्न आए । समाचार खण्डन गर्न आग्रह गरे । समाचार खण्डन गर्ने ठाउँ नै थिएन । समाचार खण्डन गर्न पनि नसकेपछि सञ्चालक समितिले कार्कीको जाखिर खोस्यो । उक्त समाचारको स्रोत कार्की थिएनन् । नेपाल राष्ट्र बैंकले २०६६ साउन १८ देखि २४ गतेसम्म पशुपति विकास बैंकको स्थलगत अध्ययन गर्दा प्राप्त रिपोर्टका आधारमा समचार प्रकाशित भएको थियो । तत्कालिन उपनिर्देशक उद्धवलाल रञ्जितकारको संयोजकत्वमा सहायक निर्देशकद्धय खेमराज भेटुवाल र सुभाषचन्द्र घिमिरेले ११ पृष्ठ लामो प्रतिवेदन तयार गरेका थिए । ६ वर्षपछि २०७३ साउन ९ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धन व्यूरोले सोही बैंकमा ठगि गरेको अभियोगमा विनोद कार्कीसहित बैंकका केही कर्मचारी, धितो मूल्याङकन कर्ता र मालपोत कार्यालयका कर्मचारीहरु समेतलाई पक्राउ गर्यो । पुरानो समाचारको झल्को आयो । फाइल पल्टाउँदै जाँदा पुरानो रिपोर्ट भेटियो, जहाँ राष्ट्र बैंकको अनुसन्धानले के देखाएको छ भने यो पशुपति विकास बैंक खोक्रो बनाउने काम सो बैंकका अध्यक्ष विदुर धमला, कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिपका अध्यक्ष तथा पशुपति विकास बैंकका मुख्य सल्लाकार सिबी लामा, बैैंकका पूर्व अध्यक्ष लवकुमार थापा, र कर्जा समितिका सदस्य प्रतिक भँडेलले मिलोमत्तोमा बैंकमा करोडौं रुपैयाँ घोटाला गरेको देखिएको छ । अस्तित्व मेटिएको पशुपति विकास बैंकका कार्यकारी अध्यक्ष विदुर धमला बीचमा उक्त रिपोर्टमा अध्यक्ष धमलाले शिवकुमार कुँवर र साजन चौधरीको नाममा पिनाकल हाउँजिङ कम्पनी खडा गरेर आफैले करिव ३ करोड रुपैयाँ कर्जा प्रयोग गरेको उल्लेख गरिएको छ । त्यस्तै हाईवे टुर्स एण्ड ट्राभल्सका सवि प्रधानाङ्ग, राजेन्द्र केसी, पीआर कन्स्ट्रक्शन, ब्लोन कन्स्ट्रक्सन, कान्तिपुर बस्ती विकास कम्पनीका पुरुषोतम सागर महर्जन, मंगदलास श्रेष्ठ लगायत ऋणीसँग मिलोमत्तोमा अध्यक्ष धमलाले कार्यकारी अधिकार प्रयोग गरी बैंकलाई हानि नोक्सानी हुने गरी करोबार गरेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । त्यस्तै, महाप्रवन्धक विनोद कार्कीको असहमतिका बाबजुत सिबी लामाले ८१ लाख २० हजार ५०० बैंकबाट झिकेको रिपोर्टमा उल्लेख छ । बलिका बोका अरु नै राष्ट्र बैंकको रिपोर्टले दोषी बैंकका अध्यक्ष धमला, सल्लाकार सिवी लामा, पूर्व अध्यक्ष लवकुमार थापा, कर्जा विभागका प्रतिक भँडेल दोषी ठहर गरेपनि बलिको बोको अरु नै बनेका छन् । धमलाले बैंक खोक्रो बनाएर सिभिल बैंकमा मर्ज गराउन सफल भएको र शक्तिकेन्द्रमा रहेका सभासद् इच्छाराज तामाङलाई रिजाएर आफू बच्ने अरुलाई बलिको बोको बनाउने काम गरिरहेको जानकारहरु बताउँछन् । को को छन् जेलमा ? नुवाकोट जिल्ला चौघडा गाबिस–३ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला टोखा न.पा. १२, गोंगबु बस्ने रामप्रसाद उप्रेती, नुवाकोट जिल्ला, चौघडा गाबिस–३ स्थायी घर भई हाल काठमाण्डौंको गोकर्ण बस्ने रामकृष्ण राई, सर्लाही, हरिवन नगरपालिका–९ स्थायी घर भई काठमाण्डौं, रातोपुल बस्ने धितो मुल्यांकनकर्ता राजेन्द्र पाख्रिन, काठमाडौं मातातिर्थ धाक्सी धारा स्थायी घर भई हाल ललितपुर भैसेपाटी–८ बस्ने मधुसुजन खत्री, काठमाण्डौ जिल्ला कुलेश्वर घर भई पशुपति विकास बैंकका कर्जा विभाग प्रमुख प्रतीक भडेल,बैंकका महाप्रबन्धक बिनोद कुमार कार्की, काठमाडौं थापाथली बस्ने नक्कली लेखापरीक्षक सुरेश सिलवाललाई केन्द्रीय अनुसन्धान विभागले बैंकिङ कसुर अभियोग लगाएको छ । कसरी भयो बैंक ठगी प्रहरी रिपोर्टका अनुसार बैंक ठगी गर्ने योजना मुताबिक ओमशान्ति ईन्टरनेशनल बिजनेश प्रा.लि. का संचालक प्रतिवादी रामप्रसाद उप्रेतीले मिति ०६४ माघमा अरनिको राजमार्गबाट अन्दाजी १० कि.मि. दक्षिणतर्फ जिल्ला भक्तपुर, सिपाडोल गा.वि.स. वडा नं. ४ (ग) स्थित आशापुरी महादेव मन्दिर नजिकको वनसँग जोडिएको १ रोपनी जग्गा रु. ५० हजारमा खरिद गरेको देखिएको छ । सो जग्गा निज रामप्रसाद उप्रेतीले ओमशान्ति ईन्टरनेशनल बिजनेश प्रा.लि. का अर्का संचालक रामकृष्ण राईलाई रु. ४० हजारमा उक्त जग्गा बिक्री गरेको पाईएको छ । बैंकमा कर्जा लिनका लागि पर्याप्त थैली कायम भएको रजिष्ट्रेशन लिखत चाहिने भनी बैंकले भनेपछि रु. ४० हजारमा खरिद(बिक्री गरेको सो जग्गालाई रु. ३५ लाखमा खरिद(बिक्री गरेको देखिने गरी कीर्ते रजिष्ट्रेशन लिखत तयार गरेको भेटिएको छ । जिल्ला भक्तपुर, सिपाडोल गा.वि.स. वडा नं. ४ (ग) स्थित आशापुरी महादेव मन्दिर नजिकको वनसँग जोडिएको सो १ रोपनी जग्गालाई अरनिको राजमार्गबाट अन्दाजी ५०० मि. दक्षिणतर्फ जिल्ला भक्तपुर, सिपाडोल गा.वि.स. वडा नं. ८ ख १ स्थित जगातीमा रहेको देखिने गरी कीर्ते ब्लुप्रिन्ट बनाएको, सो कीर्ते ब्लुप्रिन्टको आधारमा ट्रेश नक्सा र गा.वि.स. को चारकिल्ला सिफारिसपत्र समेत कीर्ते बनाएको प्रहरीले जनाएको छ । ग्राहकले पेश गरेको कीर्ते ब्लुप्रिन्ट, ट्रेश नक्सा र चारकिल्ला सिफारिसपत्र वास्तविक हो, होइन भन्ने तर्फ कुनै जाँच नै नगरी सोही कागजातका आधारमा ऋणीले देखाएको जग्गामा गई सो जग्गाको मुल्यांकन राजेन्द्र पाख्रिनले गरेको हुन् । ओमशान्ति ईन्टरनेशनल बिजनेश प्रा.लि. नामको कम्पनीको अस्वभाविक कारोबार देखिने गरी वास्तविक लेखापरीक्षक खेम प्रसाद श्रेष्ठ (क्ष्ऋब्ल् ल्य. द्धघद्ध) को नाम, नंबर र छापमा सुरेस सिलवालले दस्तखत गरी कीर्ते लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ । उल्लेखित कीर्ते रजिष्ट्रेशन लिखत, ब्लुप्रिन्ट, ट्रेश नक्सा, चारकिल्ला सिफारिसपत्र र लेखापरीक्षण बैंकमा पेश गरी बैंकका जिम्मेवार कर्जा विभाग प्रमुख र महाप्रबन्धकले ऋणीले जे(जस्तो कागजात पेश गरे, सो कागजातको आधिकारिकता जाँच नै नगरी धितो र कम्पनीको स्थलगत निरीक्षण नै नगरी रु. २० लाख ५० हजार कर्जा प्रवाह गरेको छ ।
इस्ताबुलमा टर्की एयरलाइन्सद्धारा २११ जना कर्मचारी बर्खास्त
इस्ताबुल, ११ साउन । टर्की एयरलाइन्सले आफ्ना २११ जना कर्मचारीलाई सोमबार बर्खास्त गरेको छ । टर्कीमा भएको सैनिक विद्रोहमा हात रहेको आरोप लागेका एकजना कारिन्दा तहका कर्मचारी फतुल्लाह गुलेनसँग आावद्ध रहेको आशङ्कामा टर्की एयरलाइन्सले ती कर्मचारीहरूलाई जागीरबाट हटाएको बताइएको छ । गत जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक बिद्रोहपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ । टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसँग कुनै न कुनै रूपमा सम्बन्ध राखेको आशङ्कामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजारभन्दा बढी निजामती कर्मचारी निलम्बन गरिसकेको छ । आतङ्ककारी सङ्गठन एफईटीलाई सञ्चालन गर्दै आएका फतुल्लाह टर्कीमा भएको असफल सैनिक विद्रोहको नाइके मानिएको छ । टर्कीमा गत १५ जुलाईमा भएको असफल सैनिक विद्रोहका नाइके ७५ वर्षीय फतुल्लाह गुलेन र उनका भतिजा मोहम्मद सईत गुलेन पलायन भै हाल अमेरिका निर्वासनमा रहेको आशङ्का गरिएको छ । गुलेनका प्रमुख सहयोगी हालिस हान्सि पक्राउ परिसकेका छन् । उनले दिएको बयानको आधारमा नै टर्की सरकारले पक्राउ र जागीरबाट निकाल्ने क्रम जारी राखेको छ । रासस
भूकम्पपीडितलाई राँगो तथा बोका वितरण रोकियो, २३ लाख रुपैयाँको अभाव
भक्तपुर, ११ साउन । भूकम्पपीडित राहत कोष पुनःस्थापना कार्यक्रममार्फत भूकम्पले पशु मरेका पीडितका लागि उन्नत जातको राँगो र बोका वितरण गर्ने कार्यक्रम रोकिएको छ । जिल्ला पशुसेवा कार्यालयमा जेठ २७ गते आएको २३ लाख रुपैयाँ समय अभावका कारण देखाउँदै राँगो, बोका वितरण गर्न नसकेपछि कार्यक्रम नै रोकिएको हो । कार्यालयका पशु चिकित्सक एवम् सूचना अधिकृत उमेशलाल प्रधानले ढिलो गरी बजेट आएको र प्रक्रिया पु¥याएर वितरण गर्न ढिलो भएकाले बजेट आएपनि वितरण गर्न नसकिएको बताए । उनका अनुसार बजेट आएलगत्तै वितरण गर्न सात दिने सूचना सार्वजनिक गरेपनि भूकम्प प्रभावितबाट प्रक्रिया पु¥याएर पर्याप्त मात्रामा निवेदन आउन नसक्दा थप समस्या परेको हो । उन्नत जातको राँगो र बोका किनेर वितरण गर्न तथा त्यसको सम्पूर्ण बिल भर्पाइ कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने भएकाले प्रक्रियाबाट जाँदा आव नै सकिने भएकाले वितरण गर्न नसकेको उनले बताए । भूकम्पमा पशु मरेका, भूकम्प प्रभावितको रातो परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई आवदेन परेअनुसार छनोट गरेर पाँचजनालाई उन्नत जातको पाँचवटा राँगो र १०० जनालाई उन्नत जातको १०० वटा बोका वितरण गर्ने कार्यक्रम आएपनि ढिलो भएका कारण वितरण गर्न नसकेको हो । रासस
कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजारका ५० पसल डुबानमा
पर्वत, ११ साउन । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए । अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । रासस
सेञ्चुरी बैंक लिमिटेडले १०ः३ हकप्रद सेयर निष्कासन गर्दै, साउन १८ गते बुक क्लोज
काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि बैंकको साउन १८ गते बुक क्लोज हुने बैंकले जनाएको छ । उक्त निर्णय गत पुस २२ गते बसेको बैंकको पांचौं वार्षिक साधारणसभाले पारित गरेको थियो । बैंकका अनुसार सेयरधनीले सेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति( साउन १८) गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट शेयर खरिद गर्नुपर्ने छ । त्यसपछि शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लि., काठमाडौं प्लाजा, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।
राज्य कोषको चरम दुरुपयोग, अवकाश पाएका कर्मचारीलाई दिनुपर्ने भन्दा १ अर्ब रुपैयाँ बढी भुक्तानी
काठमाडौं, ११ साउन । निवृत्तिभरण व्यवस्थापन कार्यालयले सेवा निवृत्त (अवकाश पाएका) कर्मचारीको अभिलेख अद्यावधिक गर्न नसक्दा दिनु पर्नेभन्दा १ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको पाईएको छ । कार्यालयले सेवानिवृत्त कर्मचारीको अभिलेख अद्यावधिक गर्ने क्रममा बढी भुक्तान भएको पत्ता लागेका कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । ‘सेवानिवृत्तले पाउनेभन्दा बढी रकम भुक्तान भएका पेन्सनर हजारौंको सङ्ख्यामा छन्,’ उनले भने, ‘यो सङ्ख्या र रकम अझै बढ्न सक्छ ।’ कार्यालयले सेवानिवृत्त कर्मचारीको तथ्याङ्क प्रशोधन तथा व्यवस्थापन गर्ने क्रममा सो रकम बढी भुक्तान भएको फेला पारेको हो । ‘सेवानिवृत्त कर्मचारी एवम् उनीहरुसँग आश्रित परिवारलाई भुक्तान गर्नुपर्ने रकमभन्दा बढी भुक्तान भएको हो,’ पौडेलले थपे ‘बैङ्कले भुक्तान गरेको रकम र पाउनुपर्ने पट्टामा फरक देखिएको छ ।’ बढी रकम भुक्तान भएका सेवानिवृत्तको पेन्सनहरुको पेन्सन हाललाई रोक्का गरी अगाडि बढी भुक्तान भएको रकम असुल उपर भएपछिमात्र उनीलायई पेन्सनको पुनः निरन्तरता दिइने कार्यालयले बताइएको छ । कार्यालयका अनुसार सेवानिवृत्त कर्मचारीको हिसाब समय समयमा जाँच नहुँदा बढी रकम भुक्तान हुन गएको हो । उपत्यकामा मात्र १० हजार सेवानिवृत्त कर्मचारीको हिसाब मिलेको देखिदैन । कार्यालयले अनलाइन प्रणालीमार्पmत पेन्सन उपलब्ध गराउँदा सो अभिलेख नमिलेको पत्ता लागेको हो । गत असोजदेखि कार्यालयले उपत्यकामा अनलाइन प्रणाली शुरू गरेको हो भने देशभरिकै तथ्याङ्क अनलाइनमार्फत अद्यावधि गर्ने काम अन्तिम चरणमा पुगेको पौडेलले बताए । कार्यालयसँग कहिलेदेखि बढी रकम भुक्तान भएको स्पष्ट अभिलेख छैन । सेवानिवृत्तहरुमध्ये कतिपयको त मृत्यु भइसकेको पनि हुनसक्ने कार्यालयको भनाइ छ । यदि यस्तै हो भने राज्य कोषको सो रकम डुब्ने निश्चित छ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कार्यालयले पेन्सन उपलब्ध गराउँदै आएको छ । गत आवमै देशभरि पेन्सन अनलाइन प्रणालीमा लैजाने कार्यालयको योजना भएपनि केही ढिला भएपनि साउनसम्म सकिने कार्यालयले बताएको छ । सेवानिवृत्त कर्मचारीमध्ये २५ प्रतिशतलाई काठमाडौंबाट पेन्सन भुक्तान हुने गरेको छ । हाल नेपालमा २ लाख १३ हजार सेवानिवृत्त कर्मचारी रहेका छन् । सरकारले चालू आव २०७३/७४ मा सेवानिवृत्त कर्मचारीका लागि रू. ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीको लागि हो भने रू. ७ अर्ब १० करोड शिक्षकका लागि भएको कार्यालयले जानकारी दिएको छ । गत आव २०७२/७३ मा सरकारले यसका लागि रू. ४१ अर्ब ६ करोड विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब निजामती कर्मचारी, सेना तथा प्रहरीका लागि हो भने बाँकी रकम शिक्षकका लागि भएको कार्यालयले बताएको छ । सरकारले एकातिर सेवानिवृत्त कर्मचारीका लागि पेन्सन फण्डको व्यवस्था गर्न नसक्दा विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम पेन्सनकै लागि खर्च भइरहेको छ भने अर्कोतिर दिनुपर्नेभन्दा बढी रकम भुक्तान हुनुले निवृत्तिभरण वितरणमा चरम लापरबाही देखिएको छ ।
एनआरएनलाई एक हजार घर बनाउन स्विटजरल्याण्डबाट ९३ लाख सहयोग
काठमाडौं, ११ साउन । भूकम्प पिडितहरुका लागि एक हजार घर निर्माण गर्ने अभियानमा जुटेको गैर आवासिय नेपाली संघ(एनआरएन)ले स्विजरल्याण्डबाट ९३ लाख सहयोग प्राप्त गरेको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सो मात्रामा सहयोग प्राप्त भएको हो । स्वीस– नेपाली भूकम्प पुननिर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरी करिब ९३ लाख रुपैया एनआरएनको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको हो । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा जुरिखमा आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरेपछिको प्रगती बिवरण बारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए । संघले प्रत्येक घर बनाउन करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरेको छ ।