कुमारी बैंकले सीईओ उपाध्यायलाई निलम्बन गर्यो, निमित्त सीईओ राजीव गिरी
१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ । विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत आवश्यक कारवाही हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यय वार्षिक विदा अन्तरतग फागुन एकदेखि १५ गतेसम्मका लागि छुट्टीमा बसेका थिए । फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखिएरहेको छ । ‘पहिला उहाँ अपहरणमा परेको भन्ने जानकारी आएको थियो । खोज्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको रहेछ । त्यो पनि गलत आचरणको विषय जोडिएर आयो’–ती सञ्चालकले भने–‘प्रहरीले सार्वजनिक अपराधको आरोप लगाएर मुद्दा हाल्ने तयारी गरिरहेको व्यक्तिलाई बैंकको मुख्य पदमा कायम राख्न सकिदैन ।’ ‘उहाँको आचरणबारे गम्भिर समाचार प्रकाशित भएका छन् । बैंकको छवि उहाँको आचारणसँग जोडिएर आएको छ । त्यसैले तत्कालका लागि निलम्बन गरेका, उहाँ आएपछि स्पष्टीकरणको मौका दिनेछौं’ ती सञ्चालकले भने–‘उहाँले सफाई दिनसक्नुभयो भने पुर्नवहाली हुन्छ, मनासिव प्रमाण दिनसक्नुभएन भने आवश्यक कारवाही हुनेछ ।’ उपाध्यायलाई प्रहरी कार्यलयले तिनकुनेमा थुनामा राखेको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका गिरी सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १० महिनाअघि मात्र कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २५ बर्षको अनुभव संगालेका छन् ।
क्यान महासंघलाई जोगाउन मेरो नेतृत्व आवश्यक छ
२०५१ सालदेखि नेपालको सुचना प्रबिधीका क्षेत्रमा लागेका बिनोद ढकाल क्यानको वर्तमान कार्यसमितीम अध्यक्ष छन् । क्यानलाई महासंघ बनाउने अभियानको मुल नेतृत्व गरेका ढकाल क्यान महासंघको प्रथम साधारण सभाबाट अध्यक्ष बन्ने दौडमा छन् । क्यानको सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका ढकाल महासंघको प्रथम अध्यक्ष बन्ने दौडमा सामेल भैरहेका बेला बिकासन्युज डटकमले गरेको कुराकानी । तपाइँको उम्मेदवारी केका लागि ? म क्यान नेपालको वहालवाला अध्यक्ष हुँ । दशकौं देखि क्यानलाई महासंघ बनाउने अभियान जारी थियो । मेरो अथक प्रयास र नेतृत्वमा क्यान महासंघका रुपमा दर्ता भएको छ । अरुले बर्षाै प्रयास गर्दा पनि नसकेको काम मेरो प्रयासमा सम्पन्न भएको छ । क्यानको इतिहासमा र नेपालको आइसीटीको क्षेत्रमा यो नै अहिलेसम्मको सबै भन्दा ठुलो उपलब्धि हो । क्यानलाई महासंघ बनाउने काम लाग्दा लाग्दै अन्य महत्वपुर्ण कामहरु गर्न सकिएको थिएन् । अब महासंघको नेतृत्वमा बसेर ती कामहरु गर्ने सोच बनाएको छु । क्यानलाई मेरो खाँजो र मेरो योगदानको कदर पनि हुनु पर्छ । मैले अझै क्यानलाई धेरै योगदान दिन सक्छु त्यसैले पनि उम्मेदवार बनेको हुँ । मसँग क्यानलाई अझै गतिशितल र शसक्त बनाउने योजना छ । तपाईका एजेण्डाहरु के के हुन् ? आईसीटी क्षेत्रलाई उद्योगका रुपमा बिकास गराउने, क्यानको छविलाई सुधार्ने, ऐन कानुनमा सापेक्ष परिवर्तनका लागि दबाव सञ्चालन गर्ने, क्यानका संगठनलाई चुस्त दुरुस्त बनाउने, नेपाललाई सुचना प्रबिधीको हाईवेमा अग्रसर गराउने अनि नेपाली आईसीटी विज्ञहरुलाई दक्ष बनाउने मेरा एजेण्डाहरु हुन् । जित्ने आधारहरु के के हुन् ? मैले क्यानमा गरेको मेहनत र दिएको उपलब्धि नै मेरो जित्ने आधार हुन् । क्यानलाई महासंघ बनाएर ऐतिहासिक सफलता दिलाएको छु । यो मेरो र मेरो कार्यसमितीका साथीहरुको साथ, सहयोग र समर्थनको फल हो । यस बाहेक जिल्लाहरुबाट पनि राम्रो साथ पाईरहेको छु । काठमाडौंमा मेरो बिशेष पकड छ, क्यानको वर्तमान कार्यसमितीमा मेरो पक्षमा स्पष्ट बहुमत छ । क्यानलाई माया गर्नेहरुले, क्यानको हित चिताउनेहरुले बिनोद ढकाललाई अध्यक्ष बनाउँछन् । क्यान महासंघका लागि आगामी योजना के के छन् ? हामी क्यानका लागि मरिमेटेर लागि पर्दै आएका छौं । जीवनको उर्जावान र महत्वपूर्ण समय क्यानकै लागि सुम्पिएका छौं । क्यानको उन्नती र प्रगतिमा नै सिंगो मुलुक र मेरो व्यक्तिगत जिवनले पनि सार्थकता पाउने छ । क्यानलाई शसक्त बनाउने, नेपालको आईसीटी क्षेत्रको बिकास, विस्तार र प्रवद्र्धन गर्ने, जनताका पहुँचमा आईसीटी पु¥याउने योजना छन् । ति सबै योजनालाई कार्यान्वयन गर्नका लागि अध्यक्षमा विजयी हुनु आवश्यक छ । क्यानको सुनौलो भविष्यका लागि मेरो समुहलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु । तपाईँले फर्जि मत मार्फत क्यान कब्जा गर्न खोजेको आरोप छ नी ? त्यो त आरोपका लागि आरोप मात्रै हो । सदस्यको टुङगो लगाउने समितीमा उहाँहरुको पनि संलग्नता छ । उहाँहरुको सहमति बिना कुनै पनि काम अघि बढाएको छैन् । सदस्यताको टुङगो पनि दुबै समुहले मिलेर गरेका हौं अनि कसरी फर्जिको कुरा आउँछ । त्यो त बिरोध गर्ने बहाना मात्रै हो ।
सामसङ सिडिएमए आयो, एकै पटक एक अर्बको मोबाइल अर्डर
१५ फागुन । सामसङ मोबाइलले सिडिएम र जीएसएम सिमकार्ड प्रयोग गर्न मिल्ने ‘सामसङ ग्यालेक्सी एस फोर’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । सामसङ मोबाइलका लागि नेपालको आधिकारीक बिक्रेता इन्टेग्रेटिड मोबिलिटी सर्भिस(आईएमएस)ले नेपालमै पहिलो पटक सिडिएमए र जिएसएम नेटवर्क सहितको स्मार्ट फोन भित्र्याएको हो । आईएमएस र नेपाल टेलिकमले सामसङ कम्पनीलाई बिशेष अनुरोध गर्दै नेपालका लागि सिडिएमए स्मार्ट फोन निर्माण गर्न लगाएका हुन् । सामसङ कम्पनीले तीन बर्ष पहिले नै बन्द गरेको सिडिएमए मोबाइलको उत्पादन नेपाली बजारको मागलाई सम्बोधन गर्दै पुनः निर्माण गरेको हो । १२ हजार मुल्य पर्ने ग्यालेक्सी एस फोरमा सिडिएम र जीएसएमको दुबै सिमकार्ड प्रयोग गर्न सकिन्छ । नेपालका ग्रामीण क्षेत्रमा स्मार्ट फोनको सुबिधा विस्तार गर्ने योजनासहित सिडिएमए स्मार्ट फोन ल्याएको आईएमएसका अध्यक्ष दिपक मलहोत्राले बताए । नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए फोनको माग अत्याधिक रहेको र स्मार्ट फोनको सिरिजमा सिडिएमए मोबाइल उपलब्ध नरहेकाले सामसङले त्यस्तो प्रयास गरेको उनले बताए । नयाँ फोनबाट गाउँ गाउँमा इन्टरनेतको सुबिधा पुग्ने उनले बताएका थिए । एकै पटक एक अर्बको फोन अर्डर आईएमएस प्रालिले एकै पटक एक अर्बको मोबाइल अर्डर एक अर्बको मोबाइल सेट अर्डर गरेको छ । कम्पनीले सिडिएमए र जीएसएम सर्भिस सहितको सामसङ ग्यालेक्सी एस फोर मोबाइल एकै पटक एक अर्ब ८० करोड मुल्य बराबरको अर्डर गरेको हो । १८ महिनाका अर्थात डेढ बर्षमा बेच्ने लक्ष्यसहित आईएमएसले ९० हजार सिडिएमए स्मार्ट फोनको अर्डर गरेको कम्पनीका निर्देशक डिकेश मलहोत्राले बताए । प्रतिसेट १२ हजार मुल्य पर्ने ९० हजार सेट मोबाइल फोनको कुल मुल्य एक अर्ब ८ करोड हुन्छ । नेपालको हिमाली, पहाडी तथा ग्रामीण क्षेत्रमा सिडिएमए फोनको अत्याधिक प्रयोग हुने गरेको छ । सोही बजारलाई मध्यनजर गर्दै कम्पनीले ठूलो मात्रामा फोन अर्डर गरेको हो । ‘नेपालको ग्रामीण क्षेत्रमा सिडिएमए मोबाइलको राम्रो बजार छ, त्यसकै लागि सामसङका स्मार्ट फोन भित्र्याएका हौं’–निर्देशक मलहोत्राले भने । के के छन् त ग्यालेक्सी एस फोरमा ? सिडिएम र जीएसएम सिमकार्ड लाग्ने यो मोबाइलमा ३ एमपी रिअर क्यामेरा, ४ जिबीको इन्टर्नल तथा ६४ जिबीको एक्सपाण्डेबल मेमोरी र ५१२ को ¥याम रहेको छ । यसमा १.२ गिगाहर्जको ड्युअल कोर प्रोसेसरका साथमा १५०० एमएएचको ब्याट्री रहेको छ । गाउँगाउँमा इन्टरनेट सहितको सिडिएमए फोन सामसङ सिडिएमए फोनको सार्वजनिक गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले गाउँ गाउँमा इन्टरनेट सहितको सिडिएमए फोन पुग्ने बताए । उनले नेपालका पहाडी तथा दुर्गम क्षेत्रमा सिडिएमए सेवाको बजार राम्रो रहेको बताउँदै अब त्यसका प्रयोगकर्ताहरुले समेत इन्टरनेटको सुबिधा प्रयोग गर्न सक्ने बताए । टेलिकमको मोबाइल सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले सिडिएमए सेवामा ८ गिगाबाईटको इन्टरनेट क्षमता भएपनि हालसम्म १ गिगाबाईट समेत प्रयोग नभएको जानकारी दिएका थिए । उनले सामसङको सिडिएमए स्मार्ट फोनले गाउँगाउँका जनतामा इन्टरनेटको पहुँच विस्तार गर्ने दावी गरेका थिए ।
लुम्विनी इन्स्योरेन्समा पहिरो गयो, सीईओ र डेपुटी सीईओले पनि खुट्टा उचाले
१४ फागुन/लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट एकपछि अर्को गर्दै कर्मचारीले छोडिरहेका छन् । हालसालै एक दर्जन कर्मचारीले लुम्बिनी छोडेर युनाईटेड इन्स्योरेन्स प्रवेश गरेका छन् भने प्रमुख कार्यकारी अधिकृत शेखर बराल र सहायक प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले पनि अन्य कम्पनीमा जान खुट्टा उचालेका छन् । स्रोतका केन्द्रीय कार्यलयबाट कम्तिमा पाँच जना कर्मचारीले छाडेका छन् । यादव पाठक, सविना महर्जन, लक्ष्मण पराजुली, दीपक खत्री लगायतले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेड इन्स्योरेन्समा प्रवेश गरेका हुन् । त्यस्तै, ठमेल शाखाका अर्का एक कर्मचारी पनि लुम्बिनी छोडेर युनाईटेड गएका छन् । त्यस्तै, धनगढी शाखा प्रमुख राकेश कर्माचार्यसहित ४ जनाले लुम्बिनी इन्स्योरेन्स छोडेर युनाईटेड इन्स्योरेन्स गएका छन् । उक्त ब्रान्चका सुरक्षाकर्मी र सहायक एक कर्मचारी बाहेक सबै युनाईटेड गएका हुन् । कम्पनीको ब्राण्ड इमेजले भन्दा कर्मचारीको मिहेनत र सम्वन्धमा आधारित बीमा बजारमा ब्रान्चका मुख्य मान्छेहरुले एकैपटक छाडेपछि उक्त शाखाको व्यापार नराम्ररी प्रभावित भएको छ । त्यस्तै हेटौडाबाट बद्री अधिकारीसहित दुई जनाले लुम्बिनी इन्स्योरेन्समा राजीनामा दिएर युनाईटेडमा हाजिर भएका छन् । लुम्बिनी इन्स्योरेन्सकै नेपालगञ्ज शाखाका रमेश पण्डित युनाईटेड गएका छन् । मध्यम र तल्लो तहका कर्मचारीको पहिरो चलिरहेको बेलामा, उच्च तहका व्यवस्थापक पनि कम्पनी छोड्न खुट्टा उचालेर बसेको स्रोतले बतायो । केन्द्रीय कार्यलयका वित्त प्रमुख गणेश कापरले राजीनामा गरि घरमा बसेका छन् । त्यस्तै सहायक प्रमुख कार्यकारी अधिकृत विनोद काजी श्रेष्ठ कम्पनी छोड्ने मनस्थितिका साथ उपयुक्त अवसरको खोजीमा लागेका छन् । उनले पुर्नजन्म पाउँदै गरेको एनवी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा आवेदन गरेको स्रोतले बतायो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि युनाईटेड इन्स्योरेन्समा जान लागेको बताईएको छ । युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरविक्रम रायमाझीले दिएको राजीनामा फागुन एकदेखि लागू गरि स्वीकृत भईसकेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयमा बराल र युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष शर्माबीच भेटवार्ता भईसकेको स्रोतले बतायो । तर बरालले विकासन्युजसँग कुरा गर्दै आफूले युनाईटेड इन्स्योरेन्समा जाने तयारी नगरेको बताए । उनले लुम्बिनी इन्स्योरेन्स तत्काल छोड्ने सम्भावना नभएको बताए । स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत बराल र कम्पनी सञ्चालक समिति सदस्य चिन्तामणि भट्टराईबीच बढ्दो टसलले पनि बराललाई काम गर्न अप्ठ्यारो परेको छ । फागुन २५ हुन गईरहेको लुम्बिनी इन्स्योरेन्सको १० औं साधारसभा सम्पन्न भएपछि बरालले कम्पनी छोड्न सक्ने अडकलबाजी लुम्बिनी इन्स्योरेन्स भित्रै भईरहेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन भित्र बस्ने हो भने युनाईटेड इन्स्योरेन्समा बरालले मासिक १ लाख ५७ हजार पाँच सय रुपैयाँ भन्दा बढी पारिश्रमिक पाउने छैनन् । जवकी उनले लुम्बिनी इन्स्योरेन्समा मासिक एक लाख ७५ हजार रुपैयाँ भन्दा बढी नै पाउँदै आएका छन् ।
खाना खादै गर्दा समातेको कुमारीका सिइओको बयान, प्रहरी भन्छ -होइन
१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् । ‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ गरेको भन्ने बयान दिनुभएको छ,’ महानगरीय प्रहरी प्रभाग बानेश्वरका एक अधिकारीले भने– पदीय मर्यादा पनि विचार गर्नुपर्ने भएकोले मिलाएर चाढै छोड्ने तयारी गर्दैछौं । प्रहरीले उनलाई ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा पक्राउको कारण खुलाएको छैन । उनको साथमा अर्काे एक जना पनि भएको प्रहरीको दाबी छ । ‘उहाँले जस्तो दाबी गरिरहनु भएको छ, त्यो हुदैहोइन,’ ती प्रहरी अधिकारीले भने– हामीले प्रमाण सहित नै भेटेको भएपनि उहाँको पदीय मर्यादा पनि विचार गर्नुपर्ने अवस्था आएको छ । उपाध्यायलाई चाढै रिहा गरिने प्रहरीको भनाइ छ ।
शसक्त र एकतावद्ध क्यानको नाराले मेरो जित सुनिश्चित भैसक्यो
कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान महासंघ)को प्रथम साधारण सभा फागुन १६ गते राजधानीमा सम्पन्न हुँदैछ । आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएपछि वर्तमान कार्यसमितीमा उपाध्यक्ष रहेका नारायण न्यौपाने प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । लुम्बिनीको रुपन्देही स्थायी घर भएका ३२ बर्षिय न्यौपानेले पुर्वाञ्चल विश्वविद्यालयबाट आईटीमा स्नातक गरेका छन् भने सिक्किम मणिपाल युनिभर्सिटीबाट सन २००९ मा आईटीमै स्नातकोत्तर गरेका थिए । उनी सुचना प्रबिधी समाजका संस्थापक अध्यक्ष हुन् भने विज्ञान मन्त्रालयको सुचना प्रबिधी बिकास समितीमा निजी क्षेत्रका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । एच एण्ड बी डेभलपमेन्ट बैंकमा तीन बर्षसम्म आईटी प्रमुखका रुपमा काम गरेका न्यौपानेले विज्ञान मन्त्रालय पुनसंरचना सुझाव समितीमा समेत आईटी क्षेत्रको प्रतिनिधत्व गरिसकेका छन् । हलमार्क इन्फोसिसका प्रबन्ध निर्देशक रहेका न्यौपानेकै अगुवाईमा डिजिटल सिग्नेचरको कारोबार गर्ने नेपाल सर्टिफाईङ कम्पनी सुरु भएको छ । कम्पनीमा उनी प्रमुख सञ्चालक अधिकृतका रुपमा काम गरिरहेका छन् । नेपालमा सुचना प्रबिधीका क्षेत्रमा आईपर्ने जोखिम न्युनिकरणका लागि भर्खरै गठन भएको आईटीसर्ट एनपीका समेत उनी संस्थापक महासचिव हुन् । क्यानमा कार्यसमिती सदस्य हुँदै सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिसकेका न्यौपाने क्यान महासंघको प्रथम अध्यक्ष बन्न तम्सिएका छन् । उनै न्यौपानेसँग बिकासन्युज डटकमले गरेको कुराकानी / तपाईको उम्मेदवारी किन ? मैले आफ्नो उम्मेदवारी दिँदा दुई तीनवटा कुरालाई बढि जोड दिएको छु । क्यान भर्खर महासंघ बनेको छ । काम गर्ने तौरतरिका पुरानै छ । पुरानालाई सम्मान गर्दै नयाँ पुस्ताको उर्जालाई सदुपयोग गर्ने योजना बनाएको छु । नयाँ र पुराना व्यवसायीहरुको साझा सहभागीतामा नेपालमा सुचना सञ्चार प्रबिधीको बिकास गर्नका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । सूचना प्रबिधीलाई उद्योगका रुपमा बिकास गराउने योजना पनि छ । पुरानाको योगदानको उच्च कदर गर्दै नयाँ पुस्ताको उर्जालाई अधिकतम सदुपयोग मार्फत शसक्त र एकतावद्ध क्यान महासंघको निर्माणका लागि मैले उम्मेदवारी दिएको हुँ । क्यान महासंघका मतदाताले तपाईलाई किन अध्यक्ष बनाउने ? मैले क्यानको कार्यसमितीको सदस्य हुँदै सचिव महासचिव र उपाध्यक्षसम्मको जिम्मेवारी कुशलता पुर्वक पुरा गरिसकेको छु । मेरो भूमिका र योगदानलाई हेरेर साथीहरुले उम्मेदवार बन्न आग्रह गरेका हुन् । क्यानको शाखलाई जोगाउन साथीहरुले उम्मेदवार बनन अनुरोध गरेपछि उम्मेदवार बनेको हुँ । पछिल्लो समयमा क्यानको मुल नेतृत्व प्रति सदस्यहरुको धारणा खासै राम्रो देखिन्न । क्यानलाई सुचना सञ्चार प्रबिधीमा संलग्न सदस्यहरुको साझा संस्थाका रुपमा स्थापित गराउनु छ । आईसीटीको बिकासमा क्यानको भुमिका चाहने र यसलाई उद्योगको मान्यता दिलाउन चाहनेहरुले मलाई अध्यक्ष बनाउने हो । अर्काे महत्वपुर्ण कुरा भनेको क्यानमा नेतृत्व परिवर्तनका पक्षमा पनि बुलन्द आवाज उठेको छ । आफ्नो क्षमताले भ्याए जति काम एक कार्यकालमा गर्न सकिन्छ । दोश्रो कार्यकालमा नयाँ योगदानको सम्भावना रहँदैन् । नयाँ मान्छेबाट नयाँ क्षमता र योगदानको अपेक्षा गर्ने हो । नेतृत्व जाम गराउने कुरा पनि न्याय संगत हुँदैन् । क्यानका मेलाहरुप्रति सर्वसाधारणहरुको आकर्षण घटेको छ, त्यसलाई कसरी बढाउनु हुन्छ ? क्यानको मुल नेतृत्वले क्यानलाई इन्फोटेक र सफ्टेक आयोजकका रुपमा मात्रै चित्रित गर्दै आएको छ । त्यसलाई पनि सफल बनाउन सकेको छैन् । पछिल्लो समय अवलोकन कर्ताहरुको संख्या पनि घटिरहेको छ । आईसीटीलाई उद्योगका रुपमा बिकास गराउने, नीति नियमका परिमार्जन, व्यवसायीकताको बिकास, व्यवसायीक एकता, आईसीटीको बिकासमा क्यानको मुख्य भुमिका हुनुपर्छ । पर्यटन, कृषि, शिक्षा क्षेत्रमा पनि आईसीटीको भुमिका खोज्नु पर्छ । क्यान अहिले केहि व्यक्तिहरुको स्वेच्छाचारितामा चलेको छ । म अध्यक्ष भएँ भने सदस्यहरुकोबिचमा अपनत्व महशुस गराउने छु । क्यानलाई ब्राण्डिङ गराउने छु । सुदुर पुर्वदेखि सुदुर पश्चिमसम्म क्यानको विस्तार तथा आईसीटीको बिकासका योजना के के छन् ? क्यान महासंघको गठन नै त्यसकै लागि भएको हो । क्यानका जिल्ला शाखाहरुको शसक्तिकरण मार्फत नै देशमा आईसीटीको बिकास सम्भव हुन्छ । त्यो मेरो महत्वपुर्ण प्राथमिकताको बिषय हो । त्यसैले पनि जिल्ला शाखाहरुले मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तपाईले जित्ने आधारहरु के के छन् ? मसँग जिल्ला शाखाहरुको राम्रो साथ छ । क्यानका संस्थापकहरुको मलाई सहयोग छ । क्यानका संस्थापक सिएन उपाध्याय, पुर्व अध्यक्ष बिप्लवमान सिंह लगायतको सहभागीताले मेरो टिमलाई बलियो बनाएको छ । आईर्टीस नेपालका सभापति चन्द्र बिलाश भुर्तेल, टेलिकमका प्रतिनिधी पनि मेरो टिममा छन् । प्राइम कलेजका नरेश श्रेष्ठ लगायतको उम्मेदवारीले मलाई झन बलियो बनाएको छ । मुख्य कुरा एजेण्डा नै हुन् । क्यान महासंघको प्रगतिका लागि मसँग ठोस योजना छन् । त्यसकारण मेरो जित सुनिश्चित छ । फर्जि सदस्यताको चर्चा पनि चलेको छ नी ? क्यानको सत्तामा बसेर शक्तिको दुरुपयोग भैरहेको छ । अन्तिम समयमा आएर अबैधानिक रुपमा सदस्यता थपिएको देखिन्छ । तर पनि मेरो जित सुनिश्चित छ । उनीहरुले भर्ति गरेका सदस्यहरुले समेत मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आईसीटीमा लागेका मान्छेहरु प्रलोभनमा पर्दैनन् । विवेकको अधिकतम प्रयोग गर्छन् । त्यसैले पनि म अत्तालिएको छैन् । क्यान महासंघलाई एकतावद्ध बनाउन पनि नारायण न्यौपाने चाहिन्छ भन्नेमा मतदाताहरु सचेत छन् ।
कुमारी बैंकको सिईओ पक्राउ, प्रहरी कार्यलय तिनकुनेको हिरासतमा
१३ फागुन । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदय उपाध्याय पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यलय तिनकुनेले उपाध्यायलाई फागुन ११ गते कोटेश्वरस्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तिनकुने प्रहरी स्रोतका अनुसार उपाध्यायलाई प्रहरी कार्यलय तिनकुनेमा हिरासतमा राखिएको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको स्रोतले बतायो । कुमारी बैंक स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत उपाध्याय आईतबारदेखि वार्षिक विदामा बसेका छन् । उनी पक्राउ हुनुमा व्यक्तिगत कारण रहेको स्रोतले बतायो । राष्ट्र बैंक उच्च स्रोतका अनुसार कुनै पनि बैंकको व्यवस्थापक वा सञ्चालकलाई सार्वजनिक अपराधा मुद्दा लागेमा मुद्दाको अन्तिम अन्तिम किनारा नलागेसम्म निलम्वन गरिन्छ ।
नेपाल बैंकको सीइओमा सात जनाको भिडन्त, अन्तिम निर्णय अर्काे साता
१३ फागुन । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सात जनाले प्रधिस्पर्धा गरिरहेका छन । बैंकमा निजी क्षेत्रका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतदेखि त्यही कार्यरत उच्च स्तरका कर्मचारीले आवेदन दिएका छन् । प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिनेमा अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, देवेन्द्र प्रताप शाह, समिर दाहाल, छविराज पन्त र रघुनाथ खनाल छन् । यो पदको लागि फागुन १० गतेसम्म आवेदन खुला थियो । यो पदको लागि आवेदन दिएका देवेन्द्र प्रताप शाह अर्थमन्त्री डा. रामशरण महतका खास मान्छे हुन्। उनले बीमा समितिको अध्यक्ष र कृषि बिकास बैंकको महाप्रबन्धकको अनुभव संगालिसकेका छन् । यी दुवै संस्थाको जिम्मेवारी उनले अथमन्त्री महतकै कारण पाएका थिए । उमेरले सबैभन्दा पाका शाह आधुनिक बैंकिङ प्रणालीमा अभ्यस्त छैनन् । अर्का आवेदक अनलराज भट्टराईको बैंकिङ करिअरको शुरुवात नै नेपाल बैंकबाट भएको थियो । बैंकमा प्रथम श्रेणीबाट प्रवेश गरेका भट्टराईले विशिष्ट श्रेणीबाट राजिनामा दिएका थिए । उनले त्यहा पाँच बर्ष मात्र काम गरेका थिए । भट्टराई सानिमा बिकास बैंक, सिनर्जी डेभलपमेन्ट बैंक र कमर्श एण्ड ट्रष्ट बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्। कुमार लम्साल पनि विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । यसअघि प्रभु बैंकमा र त्यसभन्दा अघि सानिमा बैंकमा उनी सीइओ थिए । छविराज पन्त हाल नेपाल एसबीआई बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् । कुलराज चालिसे नेपाल बैंकका पूर्वकर्मचारी हुन् । बरिष्ठ प्रबन्धकको जिम्मेवारीमा रहेका उनले चार वर्षअघि पदबाट राजिनामा दिएका थिए । समिर दाहाल सिटिजन्स बैंकमा प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन्। उनी चार्टर्ड एकाउटेन्ट पनि हुन् । उनले यसअघि भने हिमालयन बैैंकमा आन्तरिक लेखा परिपक्षण तथा अनुगमन शाखामा रहेका काम गरेका थिए । रघुनाथ खनाल भने हाल नेपाल बैंकमै कार्यरत छ । उनी त्यहाका उपमहाप्रबन्धक हुन् ।