विकासन्युज

नयाँ वर्षमा सेगवे ई११०एल स्कुटर पुनः नेपाली बजारमा

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर सेगवे ई११०एल इलेक्ट्रिक स्कुटर अफरसहित पुनः नेपाली बजारमा उपलब्ध गराइएको छ । नेपाली बजारमा लोकप्रिय बनेको उक्त मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ मूल्यमा बिक्री सुरु गरिएको हो । सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले सार्वजनिक गरेको अफरअन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग प्राप्त गर्नेछन् । साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) समेत समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो २५ ग्राहकका लागि ‘अर्ली बर्ड’ छुटसमेत घोषणा गरिएको छ, जसअन्तर्गत खरिद गरिने मोडेलअनुसार अधिकतम रु. ४१ हजारसम्म बचत गर्न सकिनेछ । दैनिक प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको सेगवे ई११०एलमा २४०० वाट क्षमताको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क उत्पादन गर्छ । स्कुटरको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ भने १५ डिग्रीभन्दा बढी उकालो सहज रूपमा पार गर्न सक्षम रहेको कम्पनीको दाबी छ । ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्री प्रयोग गरिएको यस स्कुटरले एकपटक चार्ज गर्दा ६० देखि ११० किलोमिटरसम्म यात्रा गर्न सक्छ । २७ लिटर बुट स्पेस तथा रिभर्स मोडले सहरभित्रको प्रयोगलाई थप सहज बनाएको छ । राइडिङ अनुभव सुधार गर्न हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम, एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेक जडान गरिएको छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण विभिन्न सडक अवस्थाका लागि स्कुटर उपयुक्त रहेको कम्पनीले जनाएको छ । यसमा जीपीएस ट्र्याकिङ, रिमोट एक्सेस, एन्टी–थेफ्ट सिस्टम, क्रुज कन्ट्रोल तथा रिजनरेटिभ ब्रेकिङजस्ता स्मार्ट फिचरहरू समावेश छन् । साथै इलेक्ट्रोनिक सिट लक, म्याट्रिक्स एलईडी हेडलाइट, रियर इन्डिकेटर, बीएमएस ५.० सिस्टम र आईपीएक्स–४ रेटिङले सुरक्षा र प्रयोग सुविधा थप मजबुत बनाएको छ ।

जेडटिईको गेमिङ्ग स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा

काठमाडौं ।  ग्लोबल टेक जाएन्ट जेडटिईले नयाँ गेमिङ्ग फ्ल्यागशिप स्मार्टफोन जेडटिई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन हो ।  जेडटिईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो गेमिङ्ग स्मार्टफोन नेपालमा तीव्र रूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी डिजाइन गरिएको हो, जसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्दछ । यस गेमिङ्ग फोनको आगमनसँगै विश्वव्यापी रूपमा परिचित रेड म्याजिक गेमिङ्ग ब्रान्ड नेपालमा पहिलो पल्ट औपचारिक रुपमा प्रवेश गरेको छ । जेडटिईको नुबिया लाइन-अप अन्तर्गतको प्रिमियम गेमिङ्ग सब-ब्रान्ड रेड म्याजिकले एड्भान्स्ड कुलिङ सिस्टम, हाइ  रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स-केन्द्रित इन्जिनियरिङ सहित विशेष रूपमा तयार गरिएका गेमिङ्ग स्मार्टफोनहरू प्रदान गर्दै ई–स्पोर्ट्स र मोबाइल गेमिङ्ग क्षेत्रमा बलियो विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको छ। नेपाली बजारमा यस गेमिङ्ग फोनको प्रवेशले ब्रान्डको विश्वव्यापी विस्तार रणनीतिलाई मात्र प्रतिबिम्बित नगरी नेपालमा विकास भइरहेको गेमिङ्ग इको-सिस्टमको परिपक्वतालाई पनि देखाएको छ, जहाँ गेमरहरु परम्परागत स्मार्टफोन भन्दा पनि विशेष गरी गेम खेल्नकै लागि बनेको गेमिङ्ग फोनको खोजीमा छन् । अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ्ग फोन भनिएको जेडटिई रेड म्याजिक ११ प्रोले हाइ पर्फर्मेन्स चाहने गेमरहरूका लागि हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन प्रस्तुत गर्दछ । स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भएको यस गेमिङ्ग  स्मार्टफोनले हेभी प्रयोग गर्नुपर्ने अवस्थाहरूमा पनि सहज मल्टिटास्किङ र अत्यन्त स्मूथ गेम प्ले सुनिश्चित गर्दछ । नेपालमा तीव्र रूपमा विस्तार भइरहेको मोबाइल गेमिङ्ग इकोसिस्टमको लागि यस जेडटिई रेड म्याजिक ११ प्रो गेमरहरुको निर्विकल्प छनोट हुने कम्पनिले विश्वास लिएको छ । फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि जेडटिई रेड म्याजिक ११ प्रोमा १४४ हर्ट्जको रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ । तीव्र गतिका गेमिङ्ग टाइटलहरू र भिडियो स्ट्रिमिङको प्रयोग गरिरहनुपर्ने नेपालका गेमर तथा कन्टेन्ट कन्ज्यूमरहरूका लागि यस्तो उच्च रिफ्रेस रेट विशेष गरी अत्यन्त उपयोगी छ । यसमा भएको थ्री डि अल्ट्रा सोनीक इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सरले सिमलेस एक्सेस प्रदान गर्दछ भने २३० ग्रामको हल्का तौलले प्रिमियम अनुभव र फंक्सनालीटी दुवै प्रदान गर्दछ । ९५.३५ स्क्रिन-टु-बडी रेसियो भएकोले इमर्सिभ एज-टु-एज अनुभव प्रदान गर्दछ । यस फोनमा आइपी ६८ वाटर रेसिस्टेन्स पनि रहेको छ ।  ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सहितको ७५०० एमएएचको शक्तिशाली ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झन्झट बिना लामो समयसम्म फोन प्रयोग गर्न सकिन्छ, जुन दिनभरि गेमिङ्ग, स्ट्रिमिङ र सञ्चारका लागि स्मार्टफोनमा निर्भर रहने नेपाली प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्वपुर्ण सुविधा रहेको छ । ब्लुटुथ ५.४ सपोर्ट तथा अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूले समग्र प्रयोग अनुभवलाई अझ सुदृढ बनाएको छ । लिक्विड इन्जेक्टेड कूलिंग मास्टर गरिएकोले पर्फर्मेन्समा कुनै ल्याग हुँदैन । एडभान्सड कूलिंग आर्किटेक्चरमा १३११६ mm२ भेपर च्याम्बर समावेश भएकोले  जतिसुकै कडा गेम भए पनि खेल्न सहज हुन्छ । डबल साइडेड हिट कण्डक्सनले  ५०५ ताप बाहिर निस्किने भएकोले फोन तातिने समस्या हुदैन । ब्लुटुथ ५.४ सपोर्ट र अप्टिमाइज्ड कनेक्टिभिटी सुविधाहरूको साथ यस स्मार्टफोनले समग्र प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउने दाबी कम्पनिले गरेको छ । क्यामराको कुरा गर्दा जेडटिई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सर सहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसले विभिन्न परिस्थितिहरूमा उच्च गुणस्तरीय तस्बिरहरु खिच्न सक्छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्दै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरहरु र दैनिक प्रयोगकर्ताहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्दछ । लन्चमा बोल्दै जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले भने, 'नेपालमा रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ्ग रणनीतिमा एक महत्वपूर्ण कदम हो । रेड म्याजिकले गेमिङ्ग स्मार्टफोन  सिरिजमा निरन्तर नयाँ मापदण्ड स्थापित गर्दै आएको छ, र हामी विश्वस्त छौँ कि रेड म्याजिक ११ प्रोले हाई पर्फर्मेन्स र एडभान्स टेक्नोलोजी खोज्ने नेपाली प्रयोगकर्ता गेमरहरूमा सशक्त रूपमा प्रभाव पार्नेछ। नेपाल एक गतिशील र तीव्र रूपमा वृद्घि भइरहेको बजार हो, र हामी यसको डिजिटल विकासलाई साथ दिन हाम्रो सबैभन्दा एडभान्स्ड प्रविधिहरू ल्याउन प्रतिबद्ध छौँ ।' त्यस्तै शंकर ग्रुप एवम् जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले भने, 'नेपालमा पहिलोपटक जेडटिई रेड म्याजिक ११ प्रो औपचारिक रूपमा सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौँ । हाई पर्फर्मेन्स युक्त गेमिङ्ग स्मार्टफोनको माग निरन्तर बढ्दै गइरहेको अवस्थामा, जेडटिई रेड म्याजिक ११ प्रो नेपाली गेमरहरूको अपेक्षा पूरा गर्नेछ भन्ने कुरामा हामी एकदम विश्वस्त छौँ । यो लन्चले विश्वव्यापी रूपमा परिचित र प्रविधिगत रूपमा एडभान्स्ड उत्पादनहरू नेपाली बजारमा ल्याउने हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।' १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध रेड म्याजिक ११ प्रोको मूल्य रु १,६४,९९९ निर्धारण गरिएको छ र यो नेपालभर आधिकारिक वितरकहरू शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत उपलब्ध हुनेछ। शून्य प्रतिशत किस्ता योजनामार्फत पनि स्मार्टफोन उपलब्ध भएकाले  गेमरहरुलाई प्रिमियम गेमिङ्ग अनुभवमा अपग्रेड गर्न अझ सहज हुने भएको छ । लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५,००० क्यास ब्याकसँगै रु २०,००० बराबरको रेड म्याजिक गेमिङ्ग कन्सोल निःशुल्क प्राप्त गर्न सक्नेछन् । रेड म्याजिक ११ प्रोको लन्चसँगै जेडटिईले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै प्रयोगकर्ता-केन्द्रित एडभान्स्ड प्रविधिहरू बजारमा ल्याइरहेको छ । कम्पनीले नेपालका मोबाइल-फर्स्ट पुस्ताको आजको आवश्यकताहरूलाई समर्थन गर्दै डिजिटल जीवनशैलीलाई सुदृढ बनाउने अत्याधुनिक प्रविधिहरू प्रदान गर्न निरन्तर ध्यान केन्द्रित गरिरहेको छ ।   

सुदन किरातीले प्रलोपा छोडे, श्रम संस्कृतिमा प्रवेश गर्ने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेपछि किरातीले पार्टी परित्याग गरेर प्रलोपा गठन गरेर सोही पार्टीमा सक्रिय बनेका थिए ।  उनी अब हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । केही दिनअघि पनि साम्पाईले किरातीलाई पार्टीमा स्वागत गर्ने तयारी भइरहेको बताएका थिए । उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेर प्रदेश सांसदमा प्रतिस्पर्धा गर्दै मुख्य मन्त्री बन्ने तयारीका साथ काम गरिरहेको बताइएको छ । 

घिरौँला किलोको १०० रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।  यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।  त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १३०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ९०, तोरीसाग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ८०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४२५, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ९०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ३५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ३०० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १९०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १७०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।  

राजश्व चुहावट नियन्त्रणका लागि अर्थमन्त्रीले डाके उच्चस्तरीय बैठक, गृहमन्त्री पनि जाने

काठमाडौं । अर्थ मन्त्रालयले आज राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले उच्चस्तरीय बैठक डकेको छ । बैठक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्नेछ भने गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी, अर्थ, गृह, राजश्व प्रशासनका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी हुनेछन् ।  त्यसैगरी, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरू पनि बैठकमा उपस्थित हुनेछन् । बैठकमा राजश्व छली, चोरी र पैठारी नियन्त्रण तथा कानुन कार्यन्वयनका विषयमा छलफल हुने र अर्थमन्त्री डा. वाग्लेले महत्वपूर्ण निर्देशन दिने सचिवालयले जनाएको छ ।  बैठक बिहान ११ बजे सुरु भएर करिब एक घण्टा चल्नेछ । 

समस्याग्रस्त नेपाल शेयर मार्केट्सका लागि नयाँ संयोजकको खोजी सुरु

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको व्यवस्थापन तथा सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले संयोजक पदका लागि आह्वान गरेको हो ।  व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा इच्छुक योग्य नेपाली नागरिकले वैशाख ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।  व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरेको, बैंकिङ सम्बन्धी क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।  एक वर्ष सेवा अवधि रहेको उक्त पदका लागि १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक तोकिएको छ । यसमा दशैं खर्च बराबरको अतिरिक्त भत्ता र वार्षिक १२ दिन विदा प्रदान गरिने व्यवस्था छ ।

सुपर लघुवित्त बन्यो सञ्जीवनी, समस्याग्रस्तबाट फुकुवा

काठमाडौं । साबिक सुपर लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको छ । लघुवित्त संस्था समस्याग्रस्त भएसँगै नाम परिवर्तन गरी सञ्जीवनी लघुवित्त वित्तीय संस्था राखिएको हो ।  साथै नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले लघुवित्त संस्थालाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाई नियमित वित्तीय कारोबार गर्न अनुमति दिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गतका खण्ड (क), (ख), (घ), (च) तथा (ञ) अनुसार संस्थालाई वि.सं २०७९ भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको थियो । तर बैंकको वि.सं २०८२ चैत ५ गतेको निर्णय अनुसार संस्थालाई समस्याग्रस्त अवस्थाबाट फुकुवा गरी अब नियमित कारोबार गर्न स्वीकृति प्रदान गरिएको छ ।  

किस्ता नतिर्नेलाई सञ्चय कोषको चेतावनी, चैतभित्र नबुझाए असुली प्रक्रिया अघि बढाइने

काठमाडौं । कर्मचारी सञ्चय कोषले घरजग्गा धितोमा आधारित विभिन्न सापटी लिएका तर किस्ता नियमित नगरेका सञ्चयकर्तालाई तोकिएको समयभित्र रकम बुझाउन आग्रह गरेको छ । कोषको सञ्चयकर्ता कर्जा विभाग लगनखेल तथा विभिन्न शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी (साबिक सरल चक्र कर्जा) र जग्गा खरिद सापटी लिएका ऋणीले आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको किस्ता रकम चैत मसान्तभित्र बुझाउनुपर्ने जनाएको छ । कोषले नियमित रूपमा त्रैमासिक किस्ता बुझाउने ऋणीलाई ब्याजदरमा ०.२५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर, किस्ता नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता कर्जा असुली विनियम, २०७१ अनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । किस्ता भुक्तानीका लागि कनेक्ट आईपीएस, कोषको मोबाइल एप, विभिन्न बैंकका मोबाइल बैंकिङ सेवा तथा कोषको वेबसाइटमार्फत अनलाइन प्रणाली प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । साथै, तोकिएका बैंक खातामार्फत रकम जम्मा गरी भौचर इमेलमार्फत पठाउन पनि सकिने कोषले जनाएको छ । कोषले केवाईसी अद्यावधिक नगरेका सञ्चयकर्तालाई नजिकको कार्यालयमा उपस्थित भई यथाशीघ्र केवाईसी अपडेट गर्न अनुरोध गरेको छ । कर्मचारी सञ्चय कोषले सबै ऋणी सञ्चयकर्तालाई समयमै किस्ता बुझाई थप जरिवाना र कारबाहीबाट बच्न आग्रह गरेको छ ।