काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग परिसरमा विभिन्न माग राखेर भीडभाड गरेर सेवा प्रवाहमा अवरोध गर्नेलाई कारबाही गर्ने भएको छ ।
विभागले परिसरमा विरोध प्रदर्शन, हुलहुज्जत तथा गाली बेइजती गरे कानून बमोजिम फौजदारी कसुरमा कारवाही गरिने जानकारी गराएको छ ।
विभिन्न समूहहरुले हुलहुज्जत गरी विभागको सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको तथा त्यस्ता विषयले विभागको सुरक्षा सम्वेदनशीलता समेत बढेको विभागले जनाएको छ ।
विभागबाट प्रवाह हुने सेवासंग सम्बन्धित नरहेको व्यक्ति अन्य सेवाग्राहीको विषय लिई विभागमा आउने कार्य नगर्न विभागले अनुरोध गरेको छ ।