प्रधानमन्त्रीको सचिवालयबाट बोलेको भन्दै वडासचिवलाई धम्क्याउने खड्का पक्राउ

सांकेतिक तस्विर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट बोलेको भनेर वडासचिवलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन् । 

काठमाडौं जिल्ला प्रहरी परिसरले २२ वर्षीय प्रकाश खड्कालाई शंखमुलबाट पक्राउ गरेको हो । खड्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

उनले केही दिन अघिमात्र राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेका थिए । खड्का  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्र चोकका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वडा सचिवलाई धम्क्याएको विरुद्धमा आपत्ति जनाएको थियो । कर्मचारी धम्क्याउनेलाई कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको थियो ।

खड्काले दैलेख दुल्लु नगरपालिका १३ वडासचिव कमल भण्डारीलाई धम्क्याएका थिए ।
 

Share News