केन्द्रीय कारागारबाट भागिन् एक महिला कैदीबन्दी

सांकतिक तस्विर

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट एक महिला कैदीबन्दी फरार भएकी छन् । शुक्रबार राति कारागारबाट नुवाकोटकी २५ वर्षीया  सपना तामाङ फरार भएकी हुन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी प्रविण धितालले कारागारबाट महिला कैदीबन्दी फरार भएको जानकारी दिइन् । उनका अनुसार अपहरण शरीर बन्धक डाका र चोरी मुद्दा उनी कारागारमा थिइन् । २०७७ चैत ४ गते कारागार चलान भएकी थिइन् ।

कारागारको वाल नाघेर फरार भएकी हुन सक्ने उनले जनाए । ती महिलाको खोजी कार्य भइरहेको र थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।    

Share News