सरकारले सातै प्रदेशमा 'ब्लु बस' सञ्चालनमा ल्याउने
काठमाडौं । सरकारले सातै प्रदेशमा महिलाको सुरक्षित आवागमनका लागि 'ब्लु बस' सञ्चालन ल्याउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शासकीय सुधार अन्तर्गत सय दिन भित्रमा पहिलो चरणमा सय दिनमा २५ वटा बस सञ्चालनमा ल्याउने भएको हो ।
सरकारले सीआइबीलाई १ करोड दिने
काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई १ करोड दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को सय वटा स्वीकृत शासकीय सुधार अन्तर्गत सीआइबीलाई प्रविधियुक्त बनाउन १ करोड दिन लागेको हो ।
यस्ता छन् सरकारका शासकिय सुधारका १०० काम
काठमाडौं । सरकारले शासकिय सुधारका एक सय कार्यसूची सार्वजसनिक गरेको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेका १०० काम सार्वजनिक गरेका हो । यस्ता छन् १०० काम
गृहमन्त्री गुरुङलाई प्रश्न : महेश बस्नेतलाई पक्राउ गर्न लागिएको हो ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षाकर्मीका उच्च अधिकारीसँग छलफल सकेर गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनी नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल लगायत उच्च अधिकारीहरुसँगको छलफल सकेर गृहमन्त्रालयबाट निस्केका हुन् । बाहिर निस्किदै गर्दा सञ्चारकर्मीले उनलाई नेकपा एमालेका सचिव महेश बस्नेतलाई पनि पक्राउ गर्ने हल्ला भइरहेको छ, उनलाई पक्राउ गर्न लागिएको हो भन्ने प्रश्न गरेका थिए । उनले सो प्रश्नको जवाफ मुसुक्क मुस्कुराएर टारेका छन् । सरकारले शनिबार बिहान एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि आज दिनभर एमालेका कार्यकर्ताले उनको रिहाईमा विरोध गरेका थिए ।
देशभरका सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन, प्रहरीको विदा पनि रोकियो
काठमाडौं । प्रहरी हेडक्वाटरले देशभरका सुरक्षाकर्मीलाई हाईअलर्टमा बस्न निर्देशन दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले देशभर सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाउन सर्कुलर गरिएको छ । भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि शनिबार गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
गृहमन्त्री गुरुङ र दुई आईजीपीबीच छलफल
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् । गृह मन्त्रालयमा बसेको बैठक सम्पन्न भइसकेको छ । सरकारले केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि उनले थप सुरक्षा ब्रिफिङ लिएका हुन् । सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका ७ प्रदर्शनकारी पक्राउ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार बबरमहलमा केही प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । आज बिहान अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौंको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
काठमाडों । मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अष्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपाय अन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने भएको छ । उक्त घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानेसले शनिबार गरेका हुन् । अल्बानेस र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि सङ्घीय संसदमा नयाँ विधेयक प्रस्तुत गरिने बताए । यस विधेयकले निजी क्षेत्रद्वारा इन्धन, मल तथा अन्य आवश्यक वस्तुहरूको खरीदमा विद्यमान निर्यात क्रेडिट एजेन्सीमार्फत सरकारी ग्यारेन्टी प्रदान गर्न अनुमति दिनेछ । अल्बानेसले भने, 'सरल भाषामा भन्नुपर्दा, हामी इन्धनको किचनमा आपूर्ति थप्ने बखत सरकारी ग्यारेन्टी दिनेछौं । यो सरकारको सहयोग सामान्य व्यापार जस्तो हुने छैनस यो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध अतिरिक्त आपूर्तिका लागि मात्र हुनेछ ।' उनले नयाँ उपायहरूले अतिरिक्त आपूर्ति सुनिश्चित गर्ने आयातकर्ताहरूको आर्थिक जोखिम कम गर्ने बताए । यो घोषणा अष्ट्रेलियामा इन्धन मूल्य आकाशिएको र क्षेत्रीय क्षेत्रमा व्यापक अभाव रहेको समयमा आएको हो । बोवेनले शनिबारसम्म राष्ट्रिय भण्डारणमा पेट्रोल ३९ दिनको, डिजेल ३० दिनको र जेट इन्धन ३० दिनको आपूर्ति रहेको जानकारी दिए । रासस