सुजुकी डिजायरको फेसलिफ्ट भर्जनको कार सार्वजनिक, २२ किलोमिटर माइलेज
काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन कार नेपाली बजारमा सार्वजनिक गरेको छ । हियर टेक च्यासिस प्ल्याटफर्ममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको र पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ । सुरक्षामा विशेष ध्यान दिइ निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याथ र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ । कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ । साथै, कारमा लामो ह्विल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथयसको बुट स्पेश पनि थप बढाएर ३ सय ७८ लिटर बनाइएको छ । कारमाप्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधापनि उपलब्ध गरिएका छन् । साथै,कारमा एण्ड्रोइड अटोमाआधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतीय निर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के१२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।
२२ करोड सरकारी अनुदान कुर्दै बीमा कम्पनी
काठमाडौं । गत आर्थिक बर्ष २०७३/०७४ मा निर्जीवन बीमा कम्पनीले कृषि र पशुधन बीमा वापत २९ करोड ७६ करोड भुक्तानी दिएका छन् । सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । कृषक तथा किसानसँग २५ प्रतिशत प्रिमियम असुली गरेपछि स्वतः कृषि तथा पशुधन बीमा हुने व्यवस्था छ । सोही व्यवस्था अन्तर्गत गत आवमा गरिएको बीमा र त्यसमा परेका दावी वापत निर्जीवन बीमा कम्पनीले २९ करोड ७६ करोड भुक्तानी गरेका हुन् । किसानलाई बीमा दावी वापत भुक्तानी गरिसकेको भएपनि कम्पनीहरुले भने अझै सरकारबाट अनुदान वापतको रकम पाएका छैनन् । बीमा कम्पनीले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयले दिनुपर्ने अनुदान वापतको २१ करोड ७९ लाख रुपैंया नपाएका हुन । ‘बीमा कम्पनीहरुले दावी वापतको भुक्तानी दिईसकेका छन्, अब सरकारको तर्फबाट कोषमा प्राप्त अनुदान वापतको रकम बीमा कम्पनीहरुलाई दिइनेछ’, बीमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले भने । पशु पंक्षी विकास मन्त्रालयका अनुसार पशुधन बीमाको दावी भुक्तानी वापत मन्त्रालयले ९ करोड २४ लाख रकम बीमा समिति मातहतको कोषमा उपलब्ध गराईसकको छ । मन्त्रालयले पशुपंक्षी बीमाको दावी वापत कुल १९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । उता, मन्त्रालयका अधिकृत शिरिश पुनका अनुसार सो मन्त्रालयमा कृषि बीमा वापत सरकारले दिने अनुदानका लागि ३ करोड १० लाख रुपैंयाँको दावी परेको छ । त्यसमा १ करोड रुपैयाँ थप हुने सम्भावना रहेको पनि उनले बताए । उता, पशुपंक्षी विकास मन्त्रालयमा भने ४ करोडको मात्रै बजेट रहेको थियो । ‘हामीले दावी वापतको भुक्तानी दिईसकेका छौं तर सरकारका तर्फबाट पाउनुपर्ने अनुदान पाउन सकेका छैनौं’, सगरमाथा इन्स्योरेन्स कम्पनीका पुर्वप्रमुख कार्यकारी अधिकृत तथा वर्तमान सल्लाहकार केबी बस्नेतले भने । बस्नेतका अनुसार कृषि तथा पशुधन बीमा वापत कम्पनीले आर्थिक बर्ष २०७२/०७३ कै ५ लाख ६० हजार रुपैंयाँ सरकारी अनुदान पाएको छैन् । गत आवमा मात्रै २ करोड ५० लाख रुपैंयाँ पाएको छैन् । बीमा समितिले बीमा पोलिसीको पुरा प्रिमियम तिरेपछि मात्रै बीमा गर्ने व्यवस्था रहेपनि कृषि तथा पशुधन बीमामा भने त्यो व्यवस्थामा छुट दिँदै आएको छ । २५÷२५ प्रतिशत प्रिमियम तिरेपछि बीमा गर्ने व्यवस्थालाई बीमा कम्पनीले भने उधारो बीमा मान्दै आएका छन् ।
महालक्ष्मी विकास बैंकद्धारा ऋषी पञ्चमीको अवसरमा निशुल्क स्वास्थ शिविर आयोजना
काठमाडौं । महिलाहरुको महान चाड ऋषी पञ्चमीको पावन अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडको कालीमाटी शाखाले भदौ १० गते टेकु स्थित ऋषेश्वर महादेव दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई निशुल्क स्वास्थ शिविर एवं पानी तथा जुस खुवाउने कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमा करीब ३० देखि ४० हजार भन्दा बढी दर्शनार्थीहरुलाई बैंकले राती १२ बजे देखि साँझ ४ बजेसम्म पिउने पानी तथा जुस वितरण गरेको थियो भने निशुल्क स्वास्थ शिविरबाट करिब ५०० जना प्रत्यक्ष लाभान्वीत भएका थिए । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको बैंकले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।
त्रिवि स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेनदार विद्यार्थीलाई क्षात्रवृति दिने निर्णय
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले यस वर्षको श्री इन्द्रभक्त श्रेष्ठ क्षात्रवृत्ति विराटनगरकी कञ्चन कार्कीलाई दिनेभएको छ । आइतबार दोश्रो इन्द्र भक्त जयन्तिका अवसरमा क्याम्पसले एमबिएका प्रथम सेमेष्टरका कार्कीलाई क्षात्रवृतिका लागि छनोट गरेको हो । त्यस्तै एमबिए तर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने अलकाश्री श्रेष्ठलाई श्री इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक दिने भएको छ । उक्त पदक आगामी दिक्षान्तर समारोहका बिच प्रदान गरिने एन ई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठले जानकारी दिए । स्कुल अफ म्यानेजमेन्टले इन्द्र जवाहर सहयोग गुठिले अन्तर्गत १ करोडको अक्षय कोषको स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा चेम्बर आन्दोलनका अभियन्ता, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष स्वर्गिय इन्द्र भक्त श्रेष्ठको सम्झनामा दोस्रो इन्द्र भक्त जयन्ति कार्यक्रम आइतबार ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रमका एन.ई. ग्रुपमा अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष रवि भक्त श्रेष्ठले इन्द्र जवाहर सहयोग गुठीको गतिविधि तथा नेपालको चेम्बर अभियान लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा गरेका योगदानबारे बोलेका थिए ।
मन्त्री शाही नेतृत्वको टोलीद्वारा कर्णालीको ऊर्जा सम्भाव्यताको अध्ययन
जुम्ला । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले आज कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको ऊर्जा सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो । हवाई मार्ग भएर अपरान्ह ३ः३० बजे जुम्ला आइपुग्नुभएका ऊर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेको बताए । मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको उनले जानकारी िदए । “आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौँै फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं,” मन्त्री शाहीले भने । उहाँले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिए ।त्यसैगरी, उहाँले अहिले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभएको छ । मन्त्री शाहीले कर्णालीको समग्र विकासका लागि अर्काको भरमा नपर्न कर्णालीवासीलाई अपिल गर्नुभयो । त्यसका साथै विकासका लागि जनप्रतिनिधि स्वयंले घन सब्बल समातेर काम गर्न सुझाउनुभयो । एक फरक प्रसङ्गमा ऊर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओ÷आइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाए । हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पु¥याउने तर्क गरे। टोलीले आजै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका कायर्कारी िनदेशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो । रासस
यामाहाले ल्यायो ‘क्यास इन्स्ट्यान्ट अफर’, लकी ड्रमा एक लाख रुपैयाँ नगद पुरस्कार
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । इन्टरप्राइजेजलेमहान चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी यो योजना ल्याएको हो । यस योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड जित्न सक्ने कम्पनीले जनाएको छ । ‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने, ‘अब यामाहाका ग्राहकले महान चाड दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनेछन् । यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो किनभने ग्राहकले आफूले तिरेको पैसाको उच्चतम मूल्य पाउनेछन् । हामीले यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’ नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छु पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा र्यापिड जित्न सक्नेछन् । यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड-क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । दसैं अफर यामाहा एफजी२५मा पनि लागू भए पनि नगद छुट पनि उपलब्ध हुने छैन । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठस्थित वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु बैंकको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँ बायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ भन्ने नाराका साथ उक्त कार्यक्रकमको आयोजना गरिएको हो । उक्त वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए । कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोगप्रति हार्दिकता पुर्वक आभार प्रकट गरेका थिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताएको छ ।
तीन हजार मेगावाट क्षमताको आयोजनामा अध्ययन सुरु, एक वर्षभित्रै सम्पन्न गर्ने
काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको विद्युत् उत्पादन कम्पनीले करिब तीन हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तले कम्पनीले फुकोट कर्णाली ४२६ मेगावाट, जगदुल्ला ३०७ मेगावाट, किमाथांका अरुण ४५० मेगावाट, भेरी एक जलाशय ६१७ मेगावाट, बेतन कर्णाली ६८८ मेगावाट र नलगाड ४१० मेगावाट क्षमताका आयोजनाको अध्ययन शुरु गरेको जानकारी दिए । ती आयोजनाको कूल क्षमता दुई हजार ८९८ मेगावाट रहेको छ । कम्पनीले अध्ययन सुरु गरेको अधिकांश आयोजना अर्धजलाशय प्रकृतिका रहेका छन् । साँझको समयमा बढी विद्युत् माग हुने भएकाले सोही समयमा नै सञ्चालन गर्नेगरी निर्माण ढाँचासमेत तय गरिएका ती आयोजना आगामी एक वर्षभित्रै द्रुर्तमार्गबाट अध्ययन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ती आयोजनामध्ये बेतन कर्णाली जलविद्युत् आयोजना कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको आयोजना हो । कोषमा रकम सञ्चय गर्ने अधिकांश कर्मचारीको लगानी रहनेछ । कोषले आर्थिक वर्ष २०७३/७४ मा गरेको मुनाफा एक अर्ब ५१ करोड रुपैयाँ रकम सो आयोजनामा लगानीका लागि जम्मा भइसकेको छ । आगामी छ वर्षभित्र सो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले जलविद्युत् उत्पादन कम्पनीले प्राविधिक अध्ययन गरिरहेको र अन्य काम भने कोषले आफै गरिरहेको जानकारी दिए । यस्तै फुकोट कर्णाली निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सञ्चयकोषमा रकम सञ्चय गर्ने कर्मचारीको लगानीमा निर्माण हुन लागेको आयोजना हो । आगामी पाँच वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै नलसिंहगाडबाट नाम परिवर्तन गरी नलगाड नामाकरण गरिएको ४१० मेगावाट क्षमताको आयोजनाको चालु आवभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने र निर्माण सुरु गर्ने लक्ष्य कम्पनीले राखेको छ । जाजरकोटमा आयोजना स्थल रहेको नलगाड विकास समितिबाट कम्पनी मातहत आइसकेको छ । सरकारले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ परियोजना अगाडि बढाएको सन्दर्भमा कम्पनीबाट मात्रै करिब पाँच हजार जलाशय र अर्धजलाशय ढाँचाका आयोजना निर्माण गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत पन्तले जानकारी दिए । कम्पनीमा ऊर्जा मन्त्रालय २० प्रतिशत, अर्थ र कानुन मन्त्रालयको पाँच÷पाँच प्रतिशत, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोषको १०÷१० प्रतिशत, नागरिक लगानी कोषको पाँच प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी चार प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी १० प्रतिशत, राष्ट्रिय बिमा संस्थान दुई प्रतिशत, आम नेपाली नागरिकको १७ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत र अति सीमान्तकृत समुदायका लागि दुई प्रतिशत सेयर रहने गरी संरचना तय गरिएको छ । रकम लगानी गर्न नसक्नेले आयोजनामा श्रम गरेर पनि लगानी गर्न सक्नेगरी शेयर संरचना तय गरिएको र त्यसले आर्थिकरुपमा विपन्नलाई समेत जलविद्युत् आयोजनाको मालिक बनाउने कम्पनीले लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत पन्तको भनाइ छ । रासस