विकासन्युज

चिनियाँ अनुदानमा १ मेगावाट सोलारले झिलिमिली बन्दै सिंहदरबार(फोटो फिचरसहित)

काठमाडौं । आगामी चार महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार जडान हुने भएको छ । सिंहदरबार परिसरमा चिनियाँ अनुदानको सोलार जडान गरेर पुसको दोस्रो सातासम्म बत्ति बाल्ने तयारी गरिएको हो । यतिबेला चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेशनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल झारिरहेको छ । उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान हुने सोलार प्यानलले सिंहदरबारभित्रको विद्युत खपतलाई बिबिधिकरण गर्नेछ । हालसम्म सिंहदरबारभित्र नेपाल विद्युत प्राधिकरणको डेडिकेटिड फिडरबाट ५ मेगावाट विद्युत खपत हुँदै आएको छ । सिंहदरबारका बिभिन्न भवनका छाना, खाली जमिन र बाटोका छेउछाउमा सोलार प्यानल जडान गरिने उनले बताए । सबै भवनका छानामा सोलार राख्न उपयुत्त नभएकाले जमिनमा पनि जडान गरिने घिमिरेको भनाई छ । गत बर्ष भारतले नाकाबन्दी लगाएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा सिंहदरबार भित्र सोलार प्यानल जोड्न चिनियाँ सहयोग मागेका थिए । यतिबेला चीनमा निर्मित सोलार प्यानल र त्यसका उपकरण धमाधम सिंहदरबारमा झारिँदैछ । ‘शतप्रतिशत चिनियाँ अनुदानको सोलार हो, केहि भवनका छत र अन्य खाली ठाउँमा जडान हुन्छ’, प्रवक्ता घिमिरेले भने । चिनियाँ कम्पनीले भारतीय सवारी साधनमा सोलार प्यानल र त्यसका उपकरण ढुवानी गरिरहेको छ । सिंहदरबार परिसरमा त्यस्ता सोलार प्यानल र उपकरणहरु भण्डारण गरेर राखिएका छन् । एक मेगावाट क्षमताको सोलार प्यानल जडान भएपछि राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट विद्युत थपिनेछ । यसले बिजलुली खपत कम गरी लोडसेडिङ न्युनिकरणमा सघाउ पुर्याउनेछ । ऊर्जा मिश्रण गर्न सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादनको प्रक्रिया अघि बढाएको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा २५ मेगावाट सोलार प्लाण्ट जडान हुदैछ । यस्तै निजी क्षेत्रबाट ६१ मेगावाट सोलारबाट उत्पादन हुने बिजुली खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

महालेखा परीक्षकको कार्यालयमा ७५ जिल्लामा १७८ जनालाई कर्मचारी अावश्यक, स्थानीयबासीलाई उच्च प्राथमिकता दिने

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।  

नेप्सेले माग्यो नयाँ प्रमुख कार्यकारी अधिकृत, कार्य योजनासहित गोप्य आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का लागि नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजी सुरु भएको छ । अर्थ मन्त्रालयले १५ दिन भित्रै आफ्ना योजनासहित दरखास्त दिन आवेदन खुल्ला गरेको हो । असार २५ गते तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको म्याद सकिएको थियो । प्रमुख कार्यकारी अधिकृत बिहिन भएको करिब तीन सातापछि मन्त्रालयले नयाँ नेतृत्वका लागि आवेदन खुल्ला गरेको हो । बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदकहरुले नेप्से सञ्चालन गर्ने आफ्ना गोप्य योजनासहित आवेदन दिन सक्नेछन् । पाँच हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ ।

श्रीको आवश्यक प्रक्रिया सबै पूरा, जहाज आएको साढे तीन महिना हुँदापनि एओसी दिन आनाकानी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आफ्नो तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरेको छ । यो वायुसेवाले हिजो सोमबार इमर्जेनन्सीको अवस्थामा कसरी अवतरण गर्ने भन्ने विषयमा गरिएको अभ्यास सफल भएको छ । अब यो वायुसेवाले उडान अनुमति पाउनुअगाडि गनुपर्ने प्रुभिङ फ्लाइट मात्रै बाँकी छ । त्यो फ्लाइट पनि हामी १ दूई दिनमै गर्न सकिने श्री एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार हामीले आफ्नो तर्फबाट गनुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं । अब एउटा प्रुभीङ फ्लाईट मात्रै बाँकी छ । यो फ्लाइट गरेपछि बल नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कोर्टमा जान्छ । हामीलाई एसोसी दिन कि नदिने भन्ने विषयको निर्णय अब भने हामीले उतैबाट पर्खनुपर्ने भएको मानन्धरले जानकारी दिए । उनका अनुसार वायुसोव कम्पनीले प्राधिकरणले भने अनुसार र नियम तथा प्रक्रिया सबै पूरा गरेको छ । अब एसोसी दिनुपर्ने उनको बुझाइ छ । उडान अनुमति दिनुपर्ने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अझै उडान अनुमति दिन आनाकानी गरिरहेको छ । प्राधिकरणले आवश्यक सबै प्रक्रिया पूरा गरेको र उडान अनुमति पाउने वित्तिकै तत्काल नियमति उडानमा प्रयोग गर्न सक्ने जहाजलाई महिनौदखि एओसी अड्काएर राखेको छ । यो वायुसेवा कम्पनीलाई उडान अनुमति दिने विषयमा प्राधिकरण र हवाई उडान सुरक्षा विभागको मात्रै नभएर इयू, आइकाओले पनि अनुमति दिनुपर्ने भन्दै हवाइ उडान सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले पन्छिए । उनले भने एओसी दिन आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । यो वायुसेवाले हिजो इमर्जेन्सी लिडिङको काममा सफलता पाएको छ । अब यसले पूरा गरेको चेकलिष्ट देखाउनुपर्छ । उक्त चेकलिष्टलाई हामी अध्ययन गर्ने, र स्टेपवाई स्टेप पूरा भएको अवस्थामा मात्रै एओसीको प्रक्रिया अगाडि बढ्ने दाबी सुवेदीको छ । उनले आफूले मात्रै निर्णय नगर्ने भएकोले प्राधिकरणको हेड अफिसबाटै जानकारी लिनुपर्ने भन्दै पन्छिए । यो वायुसेवाले जहाज छिटो ल्याएको र आवश्यक तयारी ढिलो भएकोले लामो समय जहाज थन्किएको दाबी पनि उनको छ । उनका अनुसार एक साता अगाडि जहाज ल्याएको भए यति लामो समय बस्नुपर्ने थिए । उनका अनुसार प्राधिकरणले दिएकै अनुमति अनुसार जहाज ल्याएको भएपनि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकोले पनि अनुमति दिन ढिलो भएको बताए । यो वायुसेले अवाश्यक सबै प्रक्रिया पूरा गरेकोले अब एसोसीको दिन मात्रै बाँकी रहेको पनि उल्लेख छ । यो वायुसेवाले तीन वटा जहाज महिनौदेखि विमानस्थलमै थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा लागेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिरहेको श्रीले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको हो । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज असार पहिलो साता नै काठमाडौं ल्याइसकेको छ । जहाज ल्याएको साढे तीन महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले साढे तीन महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ । दुई वटा जहाज काठमाडौंमा छ भने एउटा विराटनगरमा लगेर राखेको छ ।

ओम डेभलपमेन्ट बैंकले कमायो ४३ करोड ३४ लाख, ४६ प्रतिशतले नाफा बढायो

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यो बैंकले २९ करोड ६५ लाख रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो ।  यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । यसको उक्त अवधिसम्मको संचित कोषमा ७५ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ । यो विकास बैंकले गत असार मसान्तसम्ममा निक्षेप संकलन १६ अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ भने १४ अर्ब ५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ६७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शुन्य दशमलव ९० प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ३७ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७५ दशमवल २३ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ४३ पैसा रहेको छ ।

सिद्धार्थ बैंकले कमायो १ अर्ब ४१ करोड, एक वर्षको नाफा १३ प्रतिशतले बढ्यो

काठमाडौं । सिद्धार्थ बैंकले एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । यो नाफा गत वर्षको तुलनामा १६ अर्ब ३० करोड रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । यो बैंकले गत असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब २८ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप संकलन ७७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरेको छ भने ६६ अर्ब ६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म ११ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १ दशमलव १५ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा रहेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमवल ७१ प्रतिशत रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा रहेको छ ।

धरहरा पुनःनिर्माणमा जुट्यो सहमति, आठ अर्ब खर्चिर प्राचीन स्वरूपमा बन्ने

काठमाडौं । भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनःनिर्माण गर्ने सहमति भएको हो। बैठकमा प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले मुलुककै पहिचानका रूपमा रहेको धरहरा पुनःनिर्माणलाई तीव्रता दिएर अबको तीन वर्षभित्रमा सम्पन्न गर्न जोड दिए। करिब आठ अर्ब रुपियाँ लागत अनुमान गरिएको धरहरा पुनःनिर्माणका लागि अहिलेसम्म मेरो धरहरा म बनाउँछु अभियानअन्र्तगत करिब नौ करोड रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्कको थापाथली शाखामा जम्मा भइसकेको छ। उक्त शाखामा रकम जम्मा हुने क्रम निरन्तर चलेको प्राधिकरणले जानकारी दिएको छ। २०७२ सालको भूकम्पले पूर्णरूपमा भत्किएको धरहरा पुनःनिर्माणका लागि मेरो धरहरा म बनाउँछु अभियान सुरु गरेर रकम सङ्कलन गरिएको थियो। नेपाल टेलिकमले धरहरा पुनःनिर्माणमा चासो देखाए पनि ठोस रूपमा प्रक्रिया अघि बढ्न सकेको थिएन। महानगरपालिका, नेपाल टेलिकम, पुरातत्व विभागलगायत निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुनःनिर्माणलाई प्राथमिकता दिन सरोकारवाला निकायलाई ताकेता गरेको थियो। सोमबार प्राधिकरणले बोलाएको बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधि सहभागी थिए। प्राधिकरणका कार्यकारी समिति सदस्य डा। हरिराम पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनःनिर्माणमा ठोस प्रगति नभएको भन्दै अब यसलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको बताए। उनले अब बन्ने धरहराको थ्रीडी मोडल आगामी आइतबार बस्ने बैठकमा नेपाल टेलिकमले प्रस्तुत गर्ने र पुनःनिर्माणको काम अघि बढ्ने जानकारी दिए। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरूप विक्रम संवत् १९८२ मा उक्त धरहरा निर्माण गर्न लगाएका थिए। विक्रम संवत् १९९० को भूकम्पले क्षति पुगेपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमसेर राणाले धरहरालाई पुनःनिर्माण गराएका थिए। २०७२ सालको भूकम्पका कारण ऐतिहासिक उक्त धरहरा पूर्ण रूपमा भत्किएको हो। धरहरा पुनःनिर्माणको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभागको जग्गा र सुन्धारासमेतलाई समेटेर ४२ रोपनी जग्गा व्यवस्था गरिने योजना छ। रकम अभाव हुँदैन विभिन्न माग राख्दै विरोधमा उत्रिएको गुम्बा विहार पुनःनिर्माण सङ्घर्ष समितिसँग प्राधिकरणले सोमबार छलफल गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा व्यवस्थापन समिति र सङ्घर्ष समितिबीच भएको बैठकमा भूकम्पले भत्किएका गुम्बा तथा विहार पुनःनिर्माणलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो। बैठकमा प्रमुख कार्यकारी अधिकृत डा। पोखरेलले विगतमा कार्यविधि नबनेका कारण गुम्बा तथा विहार पुनःनिर्माणका लागि छुट्टाइएको करिब ४२ करोड ५ लाख रुपियाँ खर्च हुन नसकेको भन्दै यसको पुनःनिर्माणमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। उनले गुम्बा तथा विहार पुनःनिर्माणमा प्राधिकरणले रकम अभाव हुन नदिने बताउनुभयो। सङ्घर्ष समितिका प्रतिनिधिले नयाँ कार्यविधिले केही कठिनाइ सिर्जना गरेको भन्दै गुम्बा विकास समितिमार्फत त्यस्ता क्षतिग्रस्त गुम्बा तथा विहारको पुनःनिर्माण गर्नुपर्ने, नक्साङ्कन भइसकेको गुम्बाहरूलाई मान्यता दिनुपर्ने माग अघि सारेका थिए। बैठकमा प्राधिकरणका कार्यकारी सदस्यद्वय चन्द्रबहादुर श्रेष्ठ र धुव्र शर्माले कार्यविधिले गुम्बा तथा विहार पुनःनिर्माणका लागि थप सहयोग पुग्ने भन्दै विरोधका कार्यक्रम फिर्ता लिएर समझदारीका साथ अघि बढ्न आग्रह गरेका थिए। गोरखापत्र दैनिकबाट ।

देशैभर फोरजी विस्तार गर्दै टेलिकम, फोरजी सुरुपछि डाटा प्रयोेगकर्ता दैनिक ८ हजार जीबीले बढ्यो

नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फेरजी)सेवा देशैभर पुर्याउने गरी कार्ययोजना तयार पारेको छ । द्रुत गतिको मोबाइल इन्टरनेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्याउने गरी कार्ययोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् । डाटा सेवामा मात्रै केन्द्रित हुन टेलिकमले देशैभर फोरजीको सेव दिन लागेको हो । टेलिकमले फोरजीलाई भ्वाइस, भिडियोसहितको उच्च गति, डाटा स्पीड आदिका आधारमा विस्तार गर्न लागेको पनि उल्लेख छ । टेलिकका अनुसार दैनिक १६ हजार जीबी डाटा प्रयोग गर्ने टेलिकमका मोवाइल प्रयोगकर्ता फोरजीको सेवापछि दैनिक २७ हजार जीवी प्रयोग गर्ने भैसकेको पनि उल्लेख छ । टेलिकमका अनुसार फारजीको प्रयोगपछि दैनिक आठ हजार जीवी डाटा प्रयोगकर्ता बढेको देखिएको छ । अन्नपूर्ण पोस्टबाट ।