विकासन्युज

वर्षातको कारण मेलम्चीको पाइप विच्छ्याउँने काम अन्तिम समयमा रोकियो, सुरुङ पनि जम्मा २ किमीमात्रै खन्न बाँकी

काठमाडौं । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई)अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको छ। सडक हिलो हुने भएकाले रोकियो वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए। ‘वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो। यो बिछ्याउने काम अहिले रोकिएको छ,’ उनले भने, ‘लगातार पानी परेको छ। सडक खन्दा हिलो हुन्छ। सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो।’ ६१० किमि पाइप बिछ्याइसकियो पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ। ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ। वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ। मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने। २ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी मेलम्ची खानेपानीको सुरुङ खन्न अब २।३ किमि मात्रै बाँकी छ। खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको छ। सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ। यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ। ‘सुरुङ खन्ने काम रोकिएको छैन। अब २।३ किमि सुरुङ खन्न बाँकी छ। अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ। ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ। त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’ ठूलो पाइप बिछ्याउन अब दुई किमि मात्रै बाँकी पिआइडीले थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन। ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ। नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ। त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ। ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन। पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ। भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने। पिआइडीका अनुसार थोक वितरण प्रणाली (बिडिएस)अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ। नयाँ पत्रिका दैनिकबाट ।

१८ अर्ब खर्चबारे देशान्तरका प्रधानसम्पादकसँग स्पष्टीकरण माग, आयोग कार्यक्षेत्र वाहिर गएको काउन्सिलको भनाई

कविर राणा काठमाडौं । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादक कविर राणालाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको राससले जनाएकाे छ । तर निर्वाचन आयोगले अधिकार क्षेत्रभन्दा वाहिर गएर निर्देशन दिएको प्रेस काउन्सिलका अधिकारीहरुले बताएका छन् । ‘समाचार गलत भए खण्डन गर्न माग गर्दै आयोगले निवेदन गर्न सक्छ तर यो वा त्यो गर भनेर काउन्सिलाई निर्देशन दिन सक्दैन’ ती अधिकारीले भने । आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ? ” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशित भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ” भनिएको छ ।

एनसेलको फोरजी सेवा अब थप १० शहरमा, २०१८ सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्ने घोषणा

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् । आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि फोरजी सेवा को लाभ लिन सक्ने यो विस्तारसँगै एनसेलको फोरजी सेवा १५ प्रतिशत जनसंख्याको पहुँचमा यी १० शहरमा फोरजी सेवा चलाउने ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी ३० दिन सम्म योण्डर म्युजिक एपमा निःशुल्क गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्ने ‘‘थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छु । फोरजी सेवालाई द्रुत गतिमा विस्तार गर्दै धेरै भन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ छ भन्ने स्पष्ट उदाहरण हो । १० वटा शहरमा भएको यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ । साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजीटल नेपाल निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य अनुरुप हामी देशका विभिन्न भागमा क्रमशः फोरजी÷एलटिई सेवाको पहुँच बढाउदै जानेछौं,’’ शर्माले भने । फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।

माछापुच्छ्रे बैंकले एकै साथ शुरु गर्यो ११ वटा स्थानबाट बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । साथै, साेहि दिन बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको छ । बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने ईत्यादि सुविधा समेत उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । यस बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैकले हालसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको छ । साथै, यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम तिर्न सक्नेछन् ।

तीन अर्ब ३५ करोडको आईपीओ आउँदै, १४ कम्पनीले मागे अनुमति

काठमाडौं । पुँजी बजारमा १४ कम्पनीले झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । हालसम्म १४ कम्पनीले ३ करोड ३५ लाख १४ हजार २९० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । जसमा १२ वटा विकास बैंक र २ जलविद्युत समूहको साधारण सेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका सबै कम्पनीले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् । त्यस्तै, बजारमा पाँच कम्पनीको एक करोड ७१ लाख ३० हजार ७२८ कित्ता थप निष्कासन (एफपीओ) आउने प्रकियामा छन् । प्रिमियर इन्योरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ आउँदै छ । यस कम्पनीको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । बटवल पावर कम्पनीले ४० हजार ८१ हजार कित्ता एफपीओ एनएमबी क्यापिटल एण्ड लक्ष्मी क्यापिटल मार्केटबाट निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । त्यसैगरी, नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता र एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ आउने प्रक्रियामा छन् । सो मात्राको एफपीओ निष्कासन गर्न यी दुई बैंकले आफ्नो बिक्री प्रवन्धकमा क्रमशः प्रभु क्यापिटल र सिटिजन्स इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेका छन् । आइपीओ अनुमति माग्ने १४ कम्पनी:

काठमाडौंका दुई रुटमा मोनो रेल बनाउन सिफारिस, प्रति किलोमिटर साढे पाँच अर्ब लागत

काठमाडौं । राष्ट्रिय योजना आयोगले काठमाडौंका दुई वटा रुटमा मोनो रेल बनाउन सिफारिस गरेको छ । योजना आयोगको पूर्वाधार हेर्ने सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानको अध्ययन समितिले कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्टसम्म र महाराजगञ्ज, रत्नपार्क, जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म सञ्चालन हुने गरि २ वटा रुटमा मोनो रोलको डिपिआर निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो । ‘१ नम्बर र २ नम्बर रुटमा मोनो रेल निर्माण गर्न सकिने सम्भावना देखियो, डिपिआर निर्माणका लागि नीतिगत निर्णय गर्न र मोनो रेल निर्माणका लागि वित्तिय श्रोत जुटाउनका लागि बृहत छलफल अघि बढाउन सुझाव दिएका छौं’, अध्ययन समितिका संयोजक तथा योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधानले विकासन्युजँसग भने । यात्रु आवागमन, सडक पुर्वाधार र लगानी उठाउने सम्भावना लगायतका पक्षको आधारमा ती दुई रुटमा मोनो रेल निर्माण गर्न सकिने निष्कर्षमा पुगिएको प्रधानले बताए । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका), कोरियाली कम्पनी र रेल विभागले यस अघि गरेका सम्भाव्यता अध्ययनहरुलाई समेटेर प्रधान नेतृत्वको समितिले रिपोर्ट तयार पारेको हो । समितिले रिङ रोडमा भने मोनो वा मेट्रो दुबै रेल निर्माण गर्ने सम्भावना नभएको निष्कर्ष पनि निकालेको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि मेट्रो रेल, मोनो रेल र फ्लाई ओभर निर्माणबारे अध्ययन थालेपछि आयोगले दुबै महानगरका प्रमुखलाई बोलाएर छलफल पनि गरिसकेको छ ।‘पुर्वाधार निर्माणका कार्यक्रममा डुब्लिकेशन नहोस भनेर दुबै महानगरका प्रमुखसँग छलफल गरेका छौं, अब कार्यक्रममा डुब्लिकेशन हुँदैन, मेट्रो वा मोनो रेल जे बनाउने हो त्यसको एकिकृत रोडम्याप अनुसार काम हुन्छ’, प्रधानले भने । सम्भाव्यता अध्ययनका क्रममा मोनो रेलको निर्माण लागत प्रति किलोमिटर साढे पाँच अर्ब(५१.५३ मिलियन डलर) लाग्ने प्रक्षेपण गरिएको छ । प्रति घण्टा ८० किलोमिटर दौडने सो मोनो रेलमा रबरबो टायर प्रयोग हुनेछ । मोनो रेलको एउटा प्याक्स(कार)ले प्रतिदिन ३० हजार यात्रु बोक्न सक्नेछ । १ नम्बर रुटको मोनो रेलले सन २०१९ मा दैनिक एक लाख ५८ हजार यात्रु पाउने प्रक्षेपण गरिएको छ भने सन २०४९ मा पुग्दा त्यो संख्या बढेर २ लाख ८१ हजार पुग्ने अनुमान छ । २ नम्बर रुटको मोनो रेलले भने सन २०१९ मा १ लाख १६ हजार यात्रु पाउनेछ भने त्यो संख्या सन २०४९ मा पुग्दा २ लाख ८३ हजार हुने अनुमान छ । १ नम्बर रुट १२ दशमलब १० किलोमिटरको हुनेछ भने २ नम्बर रुटको लम्बाई ११ दशमलब १५ किलोमिटर हुनेछ । आयोगले तयार पारेको रिपोर्टलाई लगानी बोर्डमा पठाइनेछ । लगानी बोर्डले त्यसलाई मन्त्रि परिषदमा लगेर डिपिआर निर्माणको प्रक्रिया अघि बढाउनेछ ।

टेलिकमको ३ जलविद्युत आयोजनामा लगानी

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ३ वटा जलविद्युत कम्पनीमा लगानी गरेको छ । सरकार स्वामित्वको टेलिकमले आफनो लगानीलाई विविधिकरण गरी निर्माणधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा लगानी गरेको हो । यस्तै टेलिकमले नेपाल विद्युत विकास कम्पनीमा पनि लगानी गरेको छ । विद्युत् विकासमा १० प्रतिशत लगानी गरेको छ । माथिल्लो तामाकोसीमा ६ प्रतिशत अर्थात ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । निर्माणको तयारीमा रहेको त्रिशुली ३ बीमा ३० प्रतिशत लगानी गरेको छ । यस्तै जलविद्युत विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको उनले जानकारी दिइन् । माथिल्लो तामाकोसीको ९० प्रतिशत काम सकिएको छ । अब १० प्रतिशत मात्र काम बाँकी छ । आउदो ०७५ को असारसम्म पाँच मध्ये एउटा युनिटबाट बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ । बाँकी ४ वटा युनिट सोही वर्षको मंसिरसम्म सञ्चालनमा ल्याउने प्रवद्र्धक अपर हाइड्रोपावर लिमिटेडको तयारी छ । यस्तै त्रिशुली ३ बी आयोजनाको सिभिल ठेकेदार छनौट अन्तिम चरणमा पुगेको छ । आउदो कात्तिकदेखि आयोजनाको सिभिल निर्माण सुरु हुने त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा हुने विद्युतभार कटौतीका साथै भारतबाट बिजुली आयात बन्द हुने छ ।