महासंघलाई बलियो बनाउन अञ्जन श्रेष्ठको टिमलाई जिताउन आवश्यक छ : शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठलाई साथ दिन आवश्यक रहेको बताएका छन् । महासंघको आगामी नेतृत्वको उम्मेदवारी घोषणासभामा बोल्दै गोल्छाले आजको उपस्थितिले नै भविष्यको संकेत दिएको बताए । उनले ‘मर्निङ सोज द डे’ भन्ने उखान उल्लेख गर्दै आजको दिनले धेरै कुरा देखाएको टिप्पणी गरे। उनले आगामी अध्यक्ष अञ्जन श्रेष्ठलाई सफल नेतृत्वका रूपमा स्थापित गर्न उनको चाहना अनुसारको बलियो टिम आवश्यक पर्ने बताए । गोल्छाले श्रेष्ठको व्यावसायिक पृष्ठभूमि विविध रहेको र उनी त्यसमा सफल समेत भएको उल्लेख गरे। उनले महासंघको नेतृत्व अझ प्रभावकारी बनाउन अनुभवी, सक्षम र समन्वयकारी टोलीको आवश्यकता रहेको धारणा पनि राखे।
कार्यकर्ता र समर्थकसँग एमाले उपमहासचिव योगेश भट्टराईले मागे प्रत्यक्ष सुझाव
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचन २०८२ को निराशाजनक परिणामपछि पार्टीभित्र व्यापक समीक्षा र रूपान्तरणको बहस सुरु गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम सार्वजनिक भएसँगै एमालेले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि भट्टराईले देश तथा प्रवासमा रहेका कार्यकर्ता, बुद्धिजीवी र समर्थकहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् । उनले सार्वजनिक अपिल जारी गर्दै एमाले जस्तो लोकप्रिय र सुदृढ संगठन भएको पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन् । समीक्षा आग्रहभन्दा माथि उठेर हुनुपर्ने उनको भनाइ छ । भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प आवश्यक रहेको औंल्याएका छन् । उनले समीक्षामार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सुझावका लागि तीन प्रमुख विषय पनि अघि सारेका छन् । उनले निर्वाचनमा कमजोर परिणाम आउनुका आन्तरिक र बाह्य कारणहरूसमेत माग गरेका छन् । एमालेका सबल, कमजोर पक्ष र भविष्यको सम्भावनाबारे समेत उपमहासचिव भट्टराईले सुझाव माग गरेका हुन् ।
पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न धनगढी उपमहानगरको निर्देशन
काठमाडौं । धनगढी उपमहानगरपालिकाले कुनै पनि विद्यालयलाई पूर्वस्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको छ । उपमहानगरले एक सूचना जारी गरेर सो निर्देशन जारी गरेको हो । विद्यालयहरूले प्रत्येक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमा अतिरिक्त आर्थिक बोझ पर्ने गुनासो बढ्दै गएको उल्लेख गर्दै अबदेखि आफ्नो पूर्व अनुमति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको हो । सूचनाअनुसार यदि कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । साथै उपमहानगरले पाठ्यपुस्तक परिवर्तन भइसकेको अवस्थामा सम्बन्धित विद्यालयले समयमै कार्यालयलाई जानकारी गराउन र अभिभावकलाई पनि यस विषयमा सजग रहन आग्रह गरेको छ ।
रविको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधन तथा फिर्ता लिन गरिएको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ । सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बहस सुरु भए पनि समय अभावका कारण सुनुवाइ टुंगोमा पुग्न सकेन । अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । यसअघि लगातार चार दिनसम्म सुनुवाइ भएपछि चैत ५ गते न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले माघ २ गते गरिएको कसुर संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । उक्त आदेश मुख्यत रवि लामिछानेबाहेक अन्य प्रतिवादीहरूको हकमा गरिएको संशोधन निर्णयसँग सम्बन्धित थियो । रवि लामिछानेसम्बन्धी निर्णय भने सविता भण्डारी ले पुस ३० गते गरेकी थिइन् । त्यसपछि माघ २ गते ‘त्रुटि सच्याइएको’ भन्दै सबै प्रतिवादीहरूविरुद्धको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय अघि बढाइएको थियो । यस प्रक्रियामा फरार प्रतिवादी जिबी राई लगायतलाई समेत समेटिएको देखिन्छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको लिखित जवाफमा उक्त संशोधनसम्बन्धी विवरण उल्लेख भए पनि महान्यायाधिवक्ताको आधिकारिक जवाफमा सो विषय स्पष्ट नदेखिएको भन्दै अदालतले सम्बन्धित टिप्पणी आदेश र प्रमाणहरू झिकाउन निर्देशन दिएको हो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् । ती रिटहरूको सन्दर्भ देखाउँदै सरकारी वकिलले दिएको संशोधन निवेदनमा कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालत ले समेत अन्तिम निर्णय नगर्न आदेश दिएका छन् । निवेदक युवराज सफल ले महान्यायाधिवक्ताको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै त्यसको कार्यान्वयन रोक्न माग गरेका छन् । अब यस मुद्दामा सर्वोच्च अदालतको अन्तिम निर्णयलाई चासोपूर्वक हेरिएको छ ।
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
मधु शाही र सिर्जना राई काठमाडौं । मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन् । कतिपय कर्मचारीहरू मन्त्रीका कार्यकक्ष सजाउन खटिएका छन् । नयाँ मन्त्रीको स्वागतमा सजिएका छन्, मन्त्रालयहरू । यसै त वसन्त ऋतुमा सिंहदरबारका बगैँचामा फूलहरू ढकमक्क छन् । त्यसैमा अहिलेको सजावटले ‘सुनमा सुगन्ध’ थपिदिए जस्तै भएको छ । यसो हेर्दा लाग्छ, सिंहदरबारमा फुलेका फुलहरू पनि नयाँ सरकारको स्वागतार्थ लामबद्ध छन् । निर्वाचनको अन्तिम परिणाम आइसकेको छ र सांसदहरूको शपथ चैत १२ गतेका लागि तोकिएको छ । त्यसलगत्तै सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृहकार्यमै छ । त्यसैले केही दिनमै बन्ने सरकारको स्वागतका लागि सिंहदबारभित्र तयारी भइरहेको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीमा परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मुहार पनि यसै मेसोमा फेरिँदै छ, सिँगारिँदै छ । मन्त्रालयका सूचना अधिकारी मधुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलनका बेला टेलिफोनका जलेका टेलिफोनका तारहरू व्यवस्थित हुँदैछन् । उनले भने, 'मन्त्रालय चिरिच्याट्ट बन्दै छ । नयाँ मन्त्रीको स्वागतमा तयार हुँदै छ ।' युवा खेलकुद मन्त्रालयमा पनि नयाँ मन्त्रीको स्वागतका तयार गरिँदै छ । यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि नयाँमन्त्रीसँगै नीतिगत कार्य सम्पादनको पर्खाइमा छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानामगरले कार्यकारी अर्थात मन्त्री नहुँदा नियमित सामान्य कामसमेत प्रभावित भइरहेको अवस्थामा नयाँ मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारी उत्साहित रहेको बताए । उनले विगतमा जस्तै भौतिक संरचनाको हिसाबले मन्त्रीकक्ष पूर्ण व्यवस्थित नै रहेको सुनाए । 'मन्त्री हुँदा पब्लिक चहलपहल हुने गर्यो । अहिले सुनसान जस्तै छ,' उनले भने, 'मन्त्रीको प्रतीक्षामा कार्यालयदेखि कर्मचारी रहेका छौँ ।' त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि जलेको अघिल्लो भाग पेन्टिङ गरेर चिरिच्याट्ट पारिएको छ । मन्त्रालयका एक कर्मचारीले भने, 'अब नयाँ सरकार आएसँगै चहलपहल बढ्ला, अहिले त सुनसानै छ ।' मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयमा सेवाग्राहीले चाप बढ्ने हुनाले आवश्यक सबै तयारी सकिएको बताए । जेनजी आन्दोलनका क्रममा मन्त्रालयको क्षतिग्रस्त भवनको पुनः निर्माण सम्पन्न भइसेको छ । नियमित प्रशासनिक कामबाहेक नीतिगत मन्त्रिस्तर निर्णयका लागि मन्त्रालय प्रतिक्षारत रहेको उनको भनाइ छ । जेनजी आन्दोलनले पूर्ण रूपमा क्षति भएको मन्त्रालयमध्ये, बेला रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थियो । भवनको क्षति भएसँगै कार्यालय व्यवस्थित बनाउने सङ्घर्षमै रहेको छ । मन्त्रालयको आधा कार्य कार्यालय अहिले सिंहदबारस्थित अस्थायी टहरामा सीमित छ । यद्यपि आगामी सरकार गठनले ल्याउने स्वास्थ्यमन्त्रीको स्वागत गर्न मन्त्रालय प्रशासन चुस्त छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भवन जलेपछि स्वास्थ्य मन्त्रालयको आफ्नो स्थायी संरचना छैन । उनका अनुसार हालका स्वास्थ्यमन्त्री डा सुधा गौतमले आइतबारदेखि अत्यावश्यक कामबाहेक मन्त्रालयमा नियमित उपस्थित नहुने गरी धन्यवाद दिएर जाएकी छन् । आगामी बजेटको तयारीमा लागेको मन्त्रालयले बेलैमा नयाँ मन्त्रीको स्वागत गर्न पाए प्रभावकारी हुने आशा रहेको मन्त्रालयका प्रवक्ता बुढाथोकीको धारणा छ । 'टहरामा मन्त्रालय चलाउनु परेको अवस्था छ,' उनले भने, 'हाम्रो यति मात्र आशा छ कि बजेटको तयारी गर्दै गर्दा स्वास्थ्यमन्त्री छिटो नियुक्ति भएको खण्डमा पछि पनि सजिलो हुन्थ्यो ।' सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले नयाँ मन्त्रीको स्वागतका लागि खास तयारी आवश्यक नभएको बताए । उनले भवन संरचना पूर्ण तयार रहेकाले पनि तयारी आवश्यक नभएको बताए । नियमित प्राशासनिक काम सञ्चालन भइरहेको र नीतिगत कामहरू सम्पादन गर्न मन्त्रीको पर्खाइमा रहेको उनले सुनाए । रासस
कपिलवस्तुमा दुई समुदायबीचको झडपमा १० जनाविरुद्ध मुद्दा, स्थिति सामान्य बन्दै
काठमाडौं । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाको बर्गदामा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा विवाद उत्पन्न भई स्थिति उग्र बनेपछि जिल्ला प्रशासनले तत्काल अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दासमेत चलाइसकेको छ । मस्जिदमा नमाज पढिरहेका बेला नजिकैको काली मन्दिरमा अत्यन्त चर्को स्वरमा भजन बजाइएको विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको हो । सुरुमा भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा नमाज पढिरहेको समूहले मन्दिरभित्र पसी मूर्ति तोडफोड गरे । त्यसपछि दुवै समुदाय शारीरिक झडपमा उत्रिए र स्थिति पूरै तनावपूर्ण बन्न पुग्यो । स्थानीय प्रशासनले अवस्था थप बिग्रन नदिन शनिबार दिउँसो २ बजेदेखि सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू गर्यो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सर्वपक्षीय बैठक सम्पन्न बसी आवश्यक निर्णयहरू सार्वजनिक गरिएको जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचार जारी रहेको र दोषीहरूमाथि कानुन बमोजिम कारबाहीको प्रक्रिया सुरु भइसकेको पनि छ । गौतमले कानुनले निषेध गरेका कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गइरहेको बताए । ‘आज पनि बजार बन्द गर्दै हिँड्ने केही समूहलाई पक्राउ गरिएको छ । झडप भएको दिनदेखि हालसम्म प्रहरीले १० जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइसकेको छ,’ उनले भने । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालमार्फत नागरिकको जीवनलाई लक्षित गरी भ्रम फैलाउने कार्य नगर्न सबैलाई कडा अनुरोध गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रमपूर्ण अभिव्यक्ति दिनेहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही अगाडि बढाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लामा सुरक्षा निकायको उपस्थिति बढाइएको छ र अवस्थामाथि निरन्तर निगरानी राखिएको प्रशासनले जनाएको छ ।
सालमनीदेवी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता तथा सर्वसाधारणका लागि सोही अंकित दरका थप ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा अवस्थित ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
अनुभवी उद्योगी लिएर अञ्जनले घोषणा गरे प्यानल, को–को बने उम्मेदवार ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो टिम घोषणा गरेका हुन् । गत फागुन २१ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा भएको हो । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गरेको हो । यस समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गरेका छन् । यी हुन् उम्मेदवार वस्तुगततर्फका उम्मेदवार शिवप्रसाद घिमिरे, उपाध्यक्ष सदस्यका उम्मेदवारहरूः नेपाल आइसक्रिम उद्योग– अरनीकोराज भण्डारी नेपाल दाना उत्पादक संघ– रबिन पुरी नेपाल कुचो संघ– राजकुमार कार्की नेपाल बिउ व्यवसायी संघ– बसन्त चन्द्र मरहट्टा नेपाल सिमेन्ट उद्योग संघ– रघुनन्दन मारु नेपाल कृषि मेशिनरी व्यवसायी संघ– सुनिता नेहाफुकि नेपाल प्लाइउड उत्पादक संघ– होम प्रसाद घिमिरे नेपाल पश्मिना उद्योग संघ– धन प्रसाद लामिछाने नेपाल धितोपत्र दलाल संघ– धर्मराज सापकोटा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल– संघर्ष विष्ट फ्लोरिकल्चर एशोसिएसन नेपाल–राजेश भक्त श्रेष्ठ जुत्ता उत्पादक संघ– नानीराज घिमिरे नेपाल वायो ग्यास प्रवद्र्धक संघ– यप बहादुर थापा मगर ढुवानी व्यवसायी महासंघ नेपाल– विश्वनाथ खनाल नेपाल इट्टा उद्योग संघ– कृष्ण प्रसाद अवाले नेपाल बोटल एण्ड वाटर इण्डष्ट्रिज एशोसिएसन– ध्रुव बहादुर गौतम जिल्ला/नगरतर्फ उपाध्यक्षहरू १. दिलसुन्दर श्रेष्ठ २.कृष्णप्रसाद शर्मा सदस्यहरू १.कोशी प्रदेश– नवीन रिजाल २. बागमती प्रदेश– बेदबहादुर श्रेष्ठ ३. गण्डकी प्रदेश–नवराज सुवेदी ४. लुम्बिनी प्रदेश–ठाकु श्रेष्ठ एसोसिएट तर्फका उम्मेदवार प्रवलजंग पाण्डे, उपाध्यक्ष सदस्यहरू अविज्ञा मल्ल अम्बिका प्रसाद पौडेल बाबुकाजी कार्की हेमन्त गोल्छा इश्वर जीसी जुना माथेमा कृष्णलाल महर्जन निकोलश पाण्डे प्रियराज रेग्मी राजेश कुमार अग्रवाल ऋषी अग्रवाल चैनावाल आरएस भण्डारी शक्ति कुमार बेगानी सुशील थापा सुयस प्याकुरेल उज्वल कुमार श्रेष्ठ अर्को समूहले गत फागुन ११ गते टिम घोषणा गरेको थियो । सो समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल, वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’