विकासन्युज

मौद्रिक नीतिबारे के भन्छन् बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सिइओ ?

काठमाडौं । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले नयाँ मौद्रिक नीतिबारे मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले  आफ्ना केहि माग पुरा भएको र केहि माग पुरा नभएको बताउँदै मौद्रिक नीतिलाई औषत बताएका हुन् । ज्ञानेन्द्र ढुंगाना, सिइओ-नेपाल बंगलादेश बैंक हामीले मागेका केहि कुरा मौद्रिक नीतिमा समेटिएका छन् भने केहि समेटिएका छैनन् । लगानी योग्य पुँजीको चरम अभावको अवस्था छ, त्यसको समाधानका लागि/तरलता समाधानका लागि केहि कुरा आएको छ । संघियताका कार्यन्वयनका लागि शाखा विस्तारका योजना आएको छ । मेरो पहिलो नजरमा मौद्रिक नीति सकारात्मक नै आएको छ । महेश ढकाल, सिइओ-टुरिजम डेभलपमेन्ट बैंक नयाँ मौद्रिक नीतिले ब्याजदर कम गर्ने कुरा औजार ल्याएन् । बजारमा ब्याजदर अनावश्यक रुपमा बढेर गएको छ । त्यसलाई रोक्न मौद्रिक नीतिले केहि न केहि ल्याउँछ भन्ने हामीले आसा गरेका थियौं । तर त्यस्तो कुनै प्याकेज आएन् । मौद्रिक नीतिपछि पनि ब्याजद घट्ने कुनै सम्भावना अब मैले चाँही देखेको छैन् । मौद्रिक नीतिका सकारात्मक पाटो भनेको संघियता कार्यान्वयनमा जाने योजना हो । बैंकहरुलाई ग्रामिण क्षेत्रमा पठाएर जनतामा वित्तिय पहुँच विस्तार गर्ने कुरा ठिक छ । मौद्रिक नीतिले धेरै कुरा सर्कुलरबाट ल्याउने भनेको छ । त्यसकारण अहिले नै धेरै कुरा स्पष्टसँग आएको छैन् । सरोज काजी तुलाधार, सिइओ-गुडविल फाइनान्स यो मौद्रिक नीति अघिल्लो मौद्रिक नीतिको मध्यावधी समिक्षा भन्दा खास अर्थमा फरक देखिएन् । यद्यपी यसले केहि वर्तमान मुद्धाको सम्बोधन भने गरेको छ । मार्जिन ल्याण्डिंगमा ४० प्रतिशत कायम भएको छ । यसले सेयर बजारमा नकारात्मक सन्देश गएको भएपनि यो यसले सेयर कर्जाको लिमिट भने बढाउँछ । बैंकको पुँजी २ अर्ब हुँदा सेयरमा २ अर्बसम्म कर्जा दिन पाउँथे । अहिले पनि बैंकको पुँजी २ अर्ब मात्रै थियो भने ८० करोड मात्रै कर्जा लगानी गर्न पाउँथे । तर बैंकहरुको पुँजी ८ अर्ब पुगेको छ । त्यसरकारले अब बैंकले ३ अर्ब २० करोड सेयरमा कर्जा दिन पाउँछन् । जुन पहिलेको भन्दा अझै धेरै हुन आउँछ । अर्काे कुरा काठमाडौं उपत्यका भित्र रियल स्टेट लोन घटाइएको छ । उपत्यका भित्र नभएर जमिनको मुल्य उपत्यका बाहिर बढेको हो, त्यसकारण उपत्यका भित्र रियल स्टेट लोन घटाउने कुरा त्यति उचित लागेन् । अर्काे कुरा तरलता समाधानका लागि केहि प्रयास भएका छन् । जस्तो पुन कर्जाको कोषको आकार बढेकाले पनि तरलता व्यवस्थापन केहि सहज होला । राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई बासेल ३ मा लैजाने भनेको छ । हामी भर्खरै बासेल २ मा गएका छौं । अहिले नै बासेल ३ मा जाने कुरा त्यति ठिक भएन । फाइनान्स कम्पनीलाई बासेल ३ मा जान एक साल समय थपिदनुपर्छ ।

आइतबारको सेयर बजारमा उतारचढाव, एकैदिन एक अर्ब १२ करोडको सेयर कारोबार

काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ । आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा, आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।

सेयर कर्जाप्रति उदार र स्पष्ट मौद्रिक नीति, सेयर कर्जा २७५ प्रतिशत बढाउन मिल्ने सुविधा

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति सेयर लगानी गर्न पाउने र कुन कम्पनीको सेयर धितोमा कतिसम्म कर्जा लगानी गर्न पाउने भन्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेको छ । नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर पुँजी (प्राथमिक पुँजी)को ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन् । यस आधारमा सेयर कर्जा २७५ प्रतिशतसम्मले हुन सक्ने बैंकर्सहरुले बताएका छन् । बैंकहरुको चुक्ता पुँजी ८ अर्ब भईसकेको अवस्थामा ४० प्रतिशत रकम सेयर कर्जामा प्रवाह गर्न पाउने व्यवस्था पुँजी बजारको लागि निकै उदार भएको गभर्नर डा चिरञ्जीवि नेपालले बताए । ‘२ अर्बको बैंक हुँदा यहि नीति अनुसार ८० करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह हुन सक्थ्यो । ८ अर्बको पुँजी भएको बैंकले ३२० करोड रुपैयाँ सेयर कर्जामा लगानी गर्न पाउँछ’ विकासन्युजसँग कुरा गर्दै गभर्नर नेपालले भने । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि हुँदै जाँदा सेयर बजारमा प्रवाह हुने कर्जा पनि विस्तार हुँदै जाने उनले बताए । नयाँ नीतिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २० अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जामा लगानी गर्न सक्ने बैंकर्स अनलराज भट्टराईले बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जामा करिव ३२ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । अब १२० अर्ब रुपैयाँसम्म लगानी गर्न सक्ने बाटो खुला भएको छ ।’ त्यस्तै एउटै कम्पनीको सेयर धितोमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको १० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । चुक्ता पुँजी ८ अर्ब भएको कुनै एक बैंकले नेप्सेमा सूचिकृत कुनै पनि एक कम्पनीको सेयर धितोमा ८० करोड रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने भएको छन् । ‘पहिला सेयरमा बढी कर्जा प्रवाह भयो मात्र भनिन्थ्यो । तर स्पष्ट मापदण्ड थिएन । अहिले स्पष्ट मापदण्ड आयो’ भट्टराईले भने । मौद्रिक नीतिले सेयर कर्जा प्रवाहको लागि प्रशस्त ठाउँ खुला गरिए पनि बैंकहरु लगानी गर्ने अवस्थामा नभएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘मौद्रिक नीतिले कर्जा प्रवाह गर्न तरलता उपलब्ध गराएको छैन, उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानीको सीमा वृद्धि गरिएको छ । यस अवस्थामा सेयर कर्जामा बैंकहरुले लगानी गर्न सक्दैनन्’ शाहले भने ।

दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्ष-एक करोड सित्तैमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण क्षेत्रमा जाने बैंकका शाखाहरुलाई एक बर्षसम्म एक करोड रुपैंयाँ बिना ब्याज उपलब्ध गराउने भएको छ । केन्द्रिय बैंकले नयाँ मौद्रिक नीति मार्फत दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्षसम्म ब्याज बिनै एक करोड रुपैंयाँ उपलब्ध गराउने भएको हो । बैंकको शाखा विस्तार नभएका स्थानीय तहमा केन्द्रिय बैंकले अनिवार्य रुपमा शाखा विस्तार गर्न निर्देशन दिने पनि जनाएको छ । त्यस्तै, ग्रामिण क्षेत्रमा शाखा खोलेर २ हजार ५ सय जनाको नयाँ खाता खोल्ने बैंकको शाखालाई पनि एक बर्षसम्म ब्याज नलिई एक करोड रुपैंयाँ उपलब्ध गराउने नीति लिएको हो । यसले सबै नेपालीको बैंक खाता खोल्ने अभियान र वित्तिय पहुँचमा सहयोग पुग्ने अपेक्षा केन्द्रिय बैंकले गरेको छ ।

रियल स्टेट कर्जा ४० प्रतिशतमा झारियो, व्यवसाय संकटमा पर्ने

काठमाडौं । नयाँ मौद्रिक नीतिले  रियल स्टेट कर्जामा थप कडाई गरेको छ । नयाँ मौद्रिक नीति रियल स्टेट क्षेत्र प्रति अनुदार देखिएको हो । । अब काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा सिमित गरिएको छ । यस अघि रियल स्टेट कर्जा ५० प्रतिशतसम्म प्रवाह गर्न पाइन्थ्यो । नयाँ मौद्रिक नीतिले उपत्यका भित्रको रियल स्टेट व्यवसायमा भने नकारात्मक असर गर्नेछ । उपत्यका बाहिरको रियल स्टेट कर्जामा भने पुर्ववत ५० प्रतिशतको व्यवस्था कायम रहनेछ ।

विदेशी कम्पनीलाई लाभांश लैजान बाणिज्य बैंकमै सटही सुबिधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी कर्तालाई लाभांश लैजान सरलीकरण गर्ने नीति अख्तियार गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत १० करोेडसम्म लाभांश बाढ्ने विदेशी कम्पनी, फर्म वा संस्थाले बाणिज्य बैंकबाटै सटही सुबिधा पाउने भएका हुन् । केन्द्रिय बैंकले तोकिएको कागजपत्र पेश गरेर १० करोडसम्म लाभांश बाढ्ने कम्पनीले बाणिज्य बैंकबाटै डलर सटही सुबिधा पाउने व्यवस्था गरेको हो । ‘विदेशी लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने नीति लिइनेछ । यसअन्तर्गत वार्षिक रु. १० करोडसम्मको लाभांश वितरण गर्ने फर्म, कम्पनी, संस्थाहरुले तोकिएको कागजात पेश गरी वाणिज्य बैंकमार्पmत् सोभैm सटही पाउन सक्ने व्यवस्था गरिनेछ ।’, मौद्रिक नीतिमा भनिएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैैठकले गरेको हो । आज कम्पनीको विशेष साधारणसभा बस्दै छ । उक्त सभाले कम्पनीको सो मात्राको हकप्रद निष्काशन गर्ने निर्णयलाई पारित गर्ने छ ।

मौद्रिक नीतिको राहतः अटोलोनको सिमा ६५ प्रतिशत पुग्यो, नीजी आवास कर्जा १ करोड ५० लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा ६५ प्रतिशतसम्म बैंकले लगानी गर्न पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको ६५ प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था थियो । यसले अटोमोबाइल्स क्षेत्रको व्यापारमा बढोत्तरी हुनेछ । नयाँ मौद्रिक नीतिले व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था पनि गरेको छ । त्यसै गरि, व्यक्तिगत प्रयोजनका आवासिय कर्जामा पनि केन्द्रिय बैंकले खुकुलो नीति अख्तियार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सिमा १ करा्ढ ५० लाख पुर्याएको छ । यस अघि बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिगत आवासिय भवनका लागि एक करोेड मात्रै लगानी गर्न पाउने सुबिधा थियो । त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने छन् । तर एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था पनि अघि सारेको छ ।