ज्योति विकास बैंकले एकैसाथ खोल्यो ३ नयाँ शाखा
काठमाडौं । ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको छ । ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र यस बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्रबैंक नेपालगंजका निर्देशक गुरुप्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् । उक्त कार्यक्रममा स्थानिय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो । हाललाई यि शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा ७ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३/४/२८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ ।
ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १ः४ को अनुपातमा ४० लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट मार्फत ४० करोड रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
एमालेको अवरोधका कारण बिहीबार पनि संसद् चलेन
काठमाडौं। व्यवस्थापिका-संसद्को बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा (माओवादी केन्द्र)का रामनारायण बिँडारीले बोल्न समय माग गरेका थिए तर उनले बोल्न पाएनन् । विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कार्यबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरिन् । स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएका नाममा पुनः मतदान नगराई मतगणना जारी राख्नुपर्ने एमालेको माग छ । आजको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नेसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । रासस
गुँरास लाइफले ८ प्रतिशत बोनस पश्चात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाइ ८ प्रतिशत बोनस सेयर पश्चात सो मात्राको हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले पारित गरेपछि मात्र सो मात्राको सेयर निष्काशन हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ११९९ रुपैयाँमा कारोबार भइरहेको छ ।
अलमलमा इन्भेष्टर्स आइडी योजना, विकल्पमा डिम्याट एकाउण्ट
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानी कर्ताका लागि ल्याउने भनेको इन्भेष्र्ट आइडी अलमलमा परेको छ । बोर्डले नेप्से र सिडिएसको अगुवाईमा इन्भेष्र्टस आइडी कार्यान्वयनमा ल्याउने योजना बनाएको थियो । तर यतिबेला बोर्ड आफैं इन्भेष्टर्स आइडीको विकल्पमा डिम्याट एकाउण्टलाई अघि सार्ने मनस्थितिमा पुगेको हो । बोर्डले इन्भेष्टर्स आइडीको विकल्पमा प्यान नम्बरलाई अघि सार्ने योजना बनाएको थियो । त्यस्तो योजना बजेटबाट अघि सार्ने तयारी थियो तर आगामी आर्थिक बर्षको बजेटले त्यसलाई सम्बोधन नगरेपछि बोर्डले डिम्याट एकाउण्टलाई अघि सार्ने गृहकार्य गरेको हो । ‘इन्भेष्टर्स आइडी ल्याउन झण्झट हुने भएपछि प्यानलाई विकल्पका रुपमा अघि सारेका थियौं तर अब डिम्याट एकाउण्टलाई म्यापिङ गरेर अघि बढ्ने योजना बनेको छ’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । उनले नेपालको सिडिएस र बंगलादेशको सिडिएसको सिस्टम उस्तै भएको र बंगलादेशमा डिम्याट एकाउण्टलाई नै इन्भेष्टर्स आइडीको विकल्पका रुपमा उपयोग गरिएको पनि जानकारी दिए । डिम्याट एकाउण्टको १६ अंकमध्ये पछाडीको ८ अंक व्यक्तिको र अगाडीको ८ वटा अंक भने डिपीको हुने उनले बताए । त्यसकै आधारमा डिम्याट एकाउण्ट म्यापिङ हुने उनले जानकारी दिए । उता, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने डिम्याट एकाउण्ट इन्भेष्टर्स आइडीको विकल्पका रुपमा अघि सारेर म्यापिङको काम अघि बढाएको जानकारी दिए ।‘८ लाख डिम्याट एकाउण्ट छन, तिनीहरुको म्यापिङको काम गरिरहेका छौं’, सिडिएसका सिइओ गुप्ताले भने ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पौडेल र सुवेदी नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेनस कम्पनीको सञ्चालकमा मेघराज पौडेल र शम्भुप्रसाद सुवेदी नियुक्त भएका छन् । जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो । दुई जना नयाँ सञ्चालक आएपछि कम्पनीको सञ्चालक समिति ७ जनाको भएको छ ।
नयाँ बजेटमा महासंघका आधा दर्जन असन्तुष्ठि
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आगामी आर्थिक बर्षको बजेटप्रति आधा दर्जन असन्तुष्ठि प्रकट गरेको छ । बजेटबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्दै महासंघले निजी क्षेत्रका मुद्धाहरुलाई बजेटले सम्बोधन नगरेकोे भन्दै असन्तुष्ठि व्यक्त गरेको हो । नयाँ बजेटका कारण लगानी कर्ता आकर्षित हुनुपर्ने कुनै कारण नभएको पनि महासंघले स्पष्ट पारेको छ । महासंघले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा रहेको प्राथमिकता प्राप्त पर्यटन क्षेत्रको विकासमा बजेटले कुनै कार्यक्रम नल्याएकोमा गुनासो व्यक्त गरेको हो । महासंघले उद्योग सरह जलविद्युतमा लगानी गर्नेहरुले पनि भ्याट फिर्ता पाउनु पर्ने आफ्नो माग सम्बोधन नगरेको पनि चिन्ता व्यक्त गरेको छ । बजेटले राजस्व सम्बन्धी विवादमा धरौटी राख्न नपर्ने व्यवस्था, व्यक्तिगत कर छुट सीमाको वृद्धि गरिनु पर्ने, सामाजिक तथा परोपकार क्षेत्रमा गरिएको सबै खर्च कट्टा गर्न पाउने व्यवस्था जस्ता महत्वपूर्ण सुझाव पनि नसमेटेको भन्दै दुखेसो पोखेको छ । कानुन अनुसार दर्ता भएका प्लाष्टिकजन्य, क्रसर लगायतका उद्योगहरूलाई कुनै अप्रत्यासित रुपमा हुने नीति वा आदेशबाट वन्द गर्दा क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा आफ्नो मागको पनि सुनुवाई नभएको पनि महासंघले बताएको छ ।
दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक, असार २ गते उमेदवारको मनोनयन
काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । भोली शुक्रबार निर्वाचनको विहान १० बजेदेखि ५ बजेसम्म उमेदरवारको मनोनय पत्र दर्ता गर्नुपर्ने गरी आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । मनोनयन दर्ताको सूची प्रकाशन भोली नै साझ साढे पाँच बजे हुने भएको छ । उमेदवारको विरोधमा उजुरी दिने असार ३ गते १० वजेदेखि १ बजेसम्म, मनोनयन जाँच गर्ने ३ गते १ वजेदेखि ४ गते साढे ११ बजेसम्म रहेको छ । उमेदवारको नावमावली प्रकाशन ४ गते साढे ११ देखि १ बजेसम्म रहेको छ । उमेदवारको नाम फिर्ता लिने ४ गते १ वजेबाट ५ बजेसम्मको समय तोकेको छ । उमेदवारको अन्तिम नामावली ५ गते प्रकाशन हुने र निर्वाचन चिन्ह प्रदान पाउने र प्रचार प्रचारको समय दिने गरी आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।