विकासन्युज

काठमाडौंमा शाक्यको जित सुनिश्चित,१३ हजार गन्न बाँकी हुँदा १७ हजार मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या धेरै छ । काठमाडौं महानगरमा अब १३ हजार मत गन्न बाँकी छ । तर, निकटतम प्रतिद्वन्द्वी र शाक्यबीचको मतअन्तर १७ हजार २ सय ४ छ । शाक्यका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी हुन् । उनले शुक्रबार बेलुकासम्म ४० हजार ६ सय ९० मत पाएका छन् । तर, शाक्यले ५७ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरमा एक लाख ९३ हजार मत खसेको थियो । त्यसमध्ये एक लाख ७० हजार मत गनिसकिएको छ । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार अब १०, १४ र १६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ‘महानगरपालिकाको मत करिब–करिब अब अन्तिम चरणमा पुगेको छ । अब तीनवटा वडाको मात्रै मत गन्न बाँकी छ । आइतबारसम्ममा सकिने हाम्रो अनुमान छ । मतगणनाको काम तीव्र गतिमा अघि बढेको छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । यसैबीच, शुक्रबार राति १० नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । सो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

सुमार्गीको विवादित रकम फुक्का गर्न कसरत, ११ अर्बमध्ये तीन अर्ब मात्रै निकासा बाँकी

काठमाडौं । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैयाँ निकासा गर्न कसरत सुरु भएको छ । सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए । अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि पटक/पटक छलफल भयो । तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकासा गर्न भने सरकारले सकेन । सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् । रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा। युवराज खतिवडा गभर्नर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । दाहाल सरकार सत्ताबाट बाहिरिँदै गर्दा अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न जेठ ४ गते गोप्य निर्णय गरी बाटो खोलिदिएको स्रोतको दाबी छ । यो निर्णयको औपचारिक पुष्टि भने हुन सकेको छैन । अजय सुमार्गीको रोक्का रकम निकासाका सम्बन्धमा सरकारबाट नेपाल राष्ट्र बैंकमा शुक्रबारसम्म कुनै आधिकारिक पत्र नआएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डितले बताउनुभयो । सरकारले निर्णय गरेको भए अहिलेसम्म पत्र आउनुपर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी रकम निकासा गर्न निर्देशन दिन सक्छ । तर, रकम निकासाका लागि आवश्यक पर्ने विभिन्न कागजात बुझाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले अजय सुमार्गीले ल्याएको रकम निकासा गर्न नदिने भनेर रोकेको हैनु, उहाँले भन्नुभयो, यति ठूलो रकम निकासाका लागि आवश्यक कागजात ल्याऊ मात्रै भनेको हो । रकम निकासाका लागि आवश्यक कागजात जुटाउन नसक्दा रकम त्यतिकै बैंकमा रोकिएको हो । २०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रूपमा राष्ट्र बैंकले उक्त रकम निकासामा रोक लगाएको हो । अजय सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगमा लगानी गर्न उक्त रकम नेपाल भित्र्याएका हुन् । ठूलो रकम एकाएक बैंकमा आएपछि रकम ल्याउनुको आधार उल्लेख गर्न सकेका थिएनन् । अन्नपूर्ण पाेस्टबाट ।  

मेगा अस्पतालले बिरामीको आफन्तकै सर्वश्व लुट्याे

काठमाडौं । अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए। बाटोमा एम्बुलेन्स ड्राइभरले पटकपटक सोधिरहेका थिए कुन अस्पताल लाने भनेर। मैले सिभिल अस्पताल भन्दा अन्त लगे हुन्न र भन्ने गर्थै उनी। बुवालाई सिभिल पुर्‍याए तर त्यहाँका डाक्टरले ‘ट्रमा’को उपचार हुन्न अन्त लैजान सुझाव दिएपछि एम्बुलेन्सलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍यादिन भने। तर ड्राइभरले ट्रमा र टिचिङ अस्पतालमा आफ्नो मान्छे नभएसम्म भर्ना लिदैनन् र उपचार शुल्क पनि मंहगो लिन्छन् बरु यसका लागि मेघा अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भन्दै एम्बुलेन्स त्यतै लगे। उनले त्यहाँ उदारोमा पनि उपचार हुने अनि नसा र हाडजोर्नीका ठूलाठूला डाक्टर कार्यरत भएको बताए। काठमाडौंमा एक जना मामा बाहेक अरु खासै कोही चिनेजानेको कोही थिएन। त्यही भएर ड्राइभरलाई विश्वास गरे। मेघा अस्पताल पुर्याएपछि सिधै आईसीयुमा भर्ना गरियो र भनियो प्रत्येक दिनको बेड चार्ज पाँच हजार लाग्छ अनि आवश्यक औषधि उपकरण आफै किन्नु पर्छ। दुई लाख २० हजार ‘डिपोजिट’ गर्न पनि भनियो। फार्मेसीमा पनि १५ हजार डिपोजिट गर्न लगाइयो। त्यतिबेला बुवालाई बचाउनु थियो त्यसैले चुपचाप अस्पतालले जे भन्यो त्यही मानेँ। साता दिनपछि बुवालाई ‘वार्ड’मा सारे। तत्काल ‘ट्रयाक्सन’ लगाउनु पर्छ भनियो। तर एक हप्तासम्म सामान आइपुगेको छैन भन्दै ‘ट्रयाक्सन’ लगाइएन। बुवाको पीडा देखेर मलाई खपिनसक्नु हुन्थ्यो। बुवा दिनप्रतिदिन सुक्दै जानु भएको थियो। हातखुट चल्न छोडेका थिए। म आत्तिएर डाक्टरलाई सोधिरहन्थे। डिपोजिट गरेको पैसाबाट ट्रयाक्सनको मात्रै एक लाख कटाइयो। त्यसको सातादिनपछि अस्पतालले अप्रेशन गर्नु पर्छ भन्दै अर्को तीन लाख रुपैयाँ जुटाउन भन्यो। पहिले नै ऋण। त्यत्रो रकम जुटाउन मेरा लागि समय थिएन। अस्पतालले मेरो कुरा नसुनेपछि बुवालाई हेर्दै आउनु भएको डाक्टरलाई फोन गरेर आफूसँग पैसा नभएको र बुवाको अवस्था झन् कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरे। उल्टो डाक्टरले अस्पतालबाट आफूले ‘डियुटी’ गरेको पैसा नपाएकाले आउन नसक्ने बताउनुभयो। मैले पटकपटक ट्रमा सेन्टरमा रिफर गर्न गरेको अनुरोध अस्पतालले सुन्दै सुनेन। मैले पैसा दिन नसकेपछि भर्ना गरेको एक महिना दुई साता पछि अस्पतालले अप्रेशन गर्न नसकिने र अहिले सम्मको शुल्क तिरेपछि बुवालाई ट्रमा सेन्टर पठाउन सक्ने निर्णय सुनायो। अनि कुल तीन लाख ६८ हजार रुपैयाँको बिल बनाइयो। अस्पतालको प्रिन्टर बिग्रिएको छ भन्दै कापीको पानामा हातले लेखेको बिल दियो। कुनै पनि हालतमा मैले त्यो पैसा जुटाउने सक्दैन थिए म। अन्तमा मैले पैसा तिर्न सक्दिन बुवालाई यही छोडेर जान्छु र उहाँलाई केही भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै म अस्पतालबाट निस्किए। अनि काठमडौंमा रहनुको भएका मामालाई सम्पर्क गरी सबै घटना सुनाएँ। पत्रकारलाई भनेर हुन्छ की भनेर म अर्को दिनदेखि मिडियाको खोजीमा लागँ। त्यो कुरा अस्पतालका कर्मचारीले थाहा पाएछन् अनि तपाई आउनुहोस सल्लाह गरौंला भन्दै फोन गरे। म त्यहाँ पुग्नासाथ एकाएक अस्पतालका कर्मचारीले कुरा फेरे। पहिले पैसा नतिरेसम्म बुवाको रिफर वा डिस्चार्ज हुँदैन भन्नेहरु बुवालाई ट्रमा पठाउन राजी भए। मैले तिर्नु पर्ने बाँकी पैसा छुट गरेको सुनाए। अनि कसैलाई भन्नु भयो भने तपाइको राम्रो हुने छैन भन्दै धम्की पनि दिए मलाई। बुवाको उपचारमा लापरवाही गरेको र मेरो अनावश्यक उपचार खर्च लिएको अस्पतालसँग म झगडा गर्न चाहन्थेँ तर गरिन किनभने बुवालाई त्यहाँबाट निकाल्नु नै मेरो पहिलो काम थियो। अस्पतालले बुवालाई निकालेपछि मैले उहाँलाई तत्कालै ट्रमा सेन्टरको इमरजेन्सीमा पुर्याए। यहाँका डाक्टरले बुवालाई किन ढिलो ल्याएको भन्नु भयो। उहाँको जेजसरी उपचार हुनुपथ्र्ये त्यो नभएको डाक्टरको भनाइ छ। बुवाको मेरुदण्डको हड्डी फुस्केकाले समयमै अप्रेशन गर्नु पथ्र्यो रे । मैले ऋणबाट जम्मा गरेको पैसा सबै अस्पताललाई मैले ऋणबाट जम्मा गरेको पैसा सबै अस्पताललाई बुजाइसकेकाे छ । ट्रमा सेन्टरमा निःशुल्क वेड हुन्छ भन्ने सुनेको थिए तर खाली छैन रे। विपन्नको कार्ड बनायो भने निःशुल्क उपचार हुन्छ भने सुने तर त्यसको लागि बुवाको सबै रिर्पोट लिएर फेरि गाउँ जानु पर्छ रे । कार्ड बनाउन पनि निकै दिन लाग्छ रे । म बुवालाई यस्तो अवस्थामा छोडेर कतै जान सक्दिन। ट्रमामा आएपछि पनि भर्नाका र औषधिका लागि तीन हजार खर्च गरिसकेको छु। गाउँबाट पठाएको पैसा सकिएपछि मागेर काम चलाइरहेको छु। मलाई लाग्छ मेघा अस्पताल र एम्बुलेन्सको मिलोमतो हुँदा ड्राइभरले मेरो बुवालाई मेघा पुर्‍यायो। यो त छानविनले पुष्टी गर्ने कुरा हो। तर म गरिब, बुवाको हेरचाह गरौं की न्याय मागौं ? उपचारकाे काेशिसमा छाै: मेघा अस्पताल  शिव चौधरीको उपचार हामीले राम्रै गर्ने कोशिस गरेका हौँ। उहाँ धेरै गम्भीर अवस्थामा आएकाले आईसीयुमा राखेका थियौं। ट्रयाक्सनबाट हुन्छ की भनेर त्यो विधिबाट पनि उपचार थालेको हो। तर नभएपछि अप्रेशन गर्ने तयारीमा हुनुहुन्थ्यो डाक्टरहरु। तर अप्रेशनका लागि करिव तीन लाख रुपैयाँ लाग्ने भने पछि मात्रै उहाँहरुले हामी पैसा जुटाउन सक्दैनौं भन्नु भयो। त्यसबारे हामीलाई पहिला जानकारी भएन। आईसीयुमा राख्दा ट्रयाक्सन गर्दा पनि हामीले तपाईंको आर्थिक अवस्था कस्तो छ भनेर सोधेका थियौं। उहाँका आफन्तले हामी चौधरीहरु हो पैसा जुटाउन सकिहाल्छौं भन्नु भएको थियो। त्यसैले हामीले शिव चौधरीलाई आईसीयुमा राखेका हौं। उहाँले अप्रेशन र अहिलेसम्म लागेको उपचार शुल्क तिर्न सक्दैनौं भनेपछि हामीले उहाँहरुले तिर्नु पर्ने एक लाख ४८ हजार रुपैयाँ पनि मिनाह गरेर ट्रमा सेन्टरमा पठाएको हो। अन्नपूर्ण पोस्टबाट ।

रित्तिदै पहाड, शहरकेन्द्रित बसाईसराई बढ्यो

अछाम । अछामको साँफेबगरबाट करिब १० किलोमिटर उकालो चढेपछि रिडिकोट पुगिन्छ । साँफेबगर मंगलसेन सडक खण्ड त्यही रिडिकोट गाउँको बीचैबीच गएको छ । सडकको दायाँतिर हेर्दा ठुल्ठूला महल देखिन्छन् । परम्परागत कलाले सिंगारिएका यी घर अहिले रित्ता छन् । कुनै घरका छाना पूरै भत्किएका छन् त कुनैका भत्किने क्रममा छन् । घरवरिपरि झाडीले ढाकिएको छ । हेर्दै रहर लाग्ने ती महल अचेल खण्डहरमा परिणत भइरहेछन् । कुनै बेला मानिसको चहलपहलले भरिने दरबारजस्ता महल खण्डहर बन्नुको एउटै कारण हो( तीव्र बसाइँसराइ । सिंगो परिवार बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा यी घर खण्डहरमा परिणत भएका हुन् । रिडिकोट गाउँमा कति घरको त अस्तित्व नै नामेट भइसकेको छ भने स्वाँर जातिका मात्र सात(आठवटा घर खण्डहरमा परिणत हुने अवस्थामा छन् । खण्डहर भएका र हुने क्रममा रहेका ती घर देशकै पहिलो दुःखान्त नाटककार पहलमानसिंह स्वाँर तथा पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरका आफन्तजनका हुन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतः सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्ये पर्छ । बसाइँसराइ दर उच्च रहेको यस गाउँमा हाल बसोवास गरिरहेका अधिकांश परिवार पनि दोघरी (एक घर त्यहीँ र अर्को अन्यत्र भएका ) छन् । रिडिकोट एक उदाहरण मात्र हो । अछाममा बसाइँ सरेर गएका कारण खाली भएका र खाली हुने क्रममा रहेका थुप्रै गाउँ छन् । भूकम्पअघि वारपाक तत्कालीन बाइसे, चौबीसे राजामध्येका एक बिमकोटे राजाको अछाम, बिमकोटस्थित दरबार भत्किने अवस्थामा । सशस्त्र युद्धपछि सबै परिवार विस्थापित हुँदा दरबार खाली छ । राणाकाल अन्त्य सँगसँगै विशेषगरी तराईका जिल्लाहरू बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा बसाइँ सरेर जाने अछामीहरूको संख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ, रिडिकोटकै स्थानीयसमेत रहनुभएका पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह । उहाँका अनुसार यसरी बसाइँ सरेर जाने दुई वर्ग छन् । एक, आर्थिक रूपमा सम्पन्न वर्ग जो थप सुविधाको खोजीमा बसाइँ सरेका छन् । अछामका सम्भ्रान्त जातिमा पर्ने स्वाँर र ठकुरी जातिको बसोवास रहेको रिडिकोट गाउँ जिल्लामै सम्भवतस् सबैभन्दा पहिले बसाइँसराइ सर्ने गाउँमध्ये पर्छ । यो गाउँ अहिले करिब/ करिब रित्तिइसकेको छ । अर्को, एकदमै विपन्न वर्ग जो दुई छाक टार्न पनि मुस्किल हुने र समाजमा विभिन्न दुस्ख, कष्ट भोग्न बाध्य भएकाले बसाइँ सरेका छन् । सम्पन्न वर्ग प्रायस् तराईका सहर र काठमाडौं उपत्यकामा गएको र विपन्न वर्ग प्रायस् तराईका गाउँमा गएको शाह बताउनुहुन्छ । बसाइँसराइ गरेर अन्यत्र जानेमा विपन्नको भन्दा सम्भ्रान्त वर्गको नै बाहुल्य देखिन्छ । आर्थिक रूपमा सम्पन्न भए पनि चाहेअनुसार शिक्षा तथा औषधोपचारका लागि स्वास्थ्य सेवाको अभावजस्ता कारणले बसाइँसराइ गर्नेको दर बढेको हो । अर्कोतर्फ आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ । तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ । आर्थिक रूपमा सम्पन्न भएकै कारण थप सुविधाको खोजीमा होस् वा दुई छाक टार्नकै लागि होस्, बसाइँ सर्ने दर बढ्दै जाँदा अछामका थुप्रै गाउँ खाली हुने अवस्थामा पुगेका छन् । अन्नपूर्ण पोस्टबाट ।

संविधान संशोधन नहुँदा र चुनाव चिन्ह नपाउँदा राजपा आन्दोलनमा, चुनावै विथोल्ने घोषणा

काठमाडौं । राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले दोस्रो चरणको स्थानीय चुनावमा अवरोध गर्ने गरी आन्दोलन घोषणा गरेको छ । गठबन्धनको शुक्रबारको बैठकले आन्दोलनमा जाने निर्णय गरेको खबर आजको नागरिकमा छ । बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ टाकुरलाई भेटी आन्दोलनमा नजान आग्रह गरेका थिए । यस्तो छ आन्दोलनका कार्यक्रम: – शनिबार सबै उपमहानगरपालिका र नगरपालिका सदरमुकाममा मसाल जुलुश प्रदर्शन । – जेठ १४ गते लाठी जुलुश प्रदर्शन । – सबै केन्द्रमा संघर्ष समिति गठन गर्ने । – १५ गते विभिन्न व्यक्तित्वसँग अन्तक्र्रिया गर्ने बेलुकी सहिदको सम्भलनामा मैनबत्ती बाली श्रद्धान्जली सभा गर्ने । – १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने । – मसाल जुलुश प्रदर्शन गर्ने । – १८ र १९ गते मधेस, थरुहट, लिम्बुवानमा बन्द, आमहडताल तथा उम्मेदवारी प्रक्रियामा अवरोध गर्ने । नागरिक दैनिकबाट ।

हेटैडामा मेडिकल कलेज स्थापना गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हरिबहादुर महतले उपमहानगरपालिकाभित्र आफ्नै कार्यकालमा मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेका छन् । उनले उपमहानगरपालिकाका दुर्गम क्षेत्रमा समेत नगरकै आभास गराउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज यहाँ आयोजित शपथग्र्रहणपछि पदभार सम्हाल्दै उनले सहिद स्मारकको विकासका लागि आफूहरु लागिपरेको भन्दै अब अर्को पर्यटकीयस्थल गुम्बा डाँडाको पनि भौतिक विकासमा जोड दिने बताए । पदभार ग्रहणअघि नवनिर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनिर्वाचित जनप्रतिनिधिले विगतमा कर्मचारीबाट समस्या भोगिरहेका नगरवासीलाई छिटो छरितो ढङ्गले सेवा दिन आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता जनाए । शपथग्रहण समारोहमा नगरप्रमुख महत, उपनगर प्रमुख मीना लामा, र १९ वटै वडाका वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

सिजीको एसीमा ग्राहकको आकर्षण बढ्दै, यस्तो छ कारण

काठमाडौं । प्रस्पिधात्मक एसी बजारमा अन्य कम्पनी र ब्राण्डलाई च्यालेन्ज गर्दै सि.जी. ब्राण्डले नयाँ आकर्षक रुप र डिजाइनमा विभिन्न विशेषताका साथ नेपाली बजारमा सिजी एसी ल्याउदै आईरहेको छ । निरन्तर रुपमा सि.जी. ब्राण्डले नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनजर गर्दै विभिन्न किसिमका एयरकन्डीसनरहरु नेपाली बजारमा सर्वसुलभ मुल्यमा उपलब्ध गराउदै आइरहेको छ । सि.जी. एसीको प्रमुख उदेश्य भनेको नेपाली बजारमा सस्तो मुल्यमा गुणस्तरिय उत्पादन धेरै भन्दा धेरै स्थानमा पु¥याउने रहेको छ । सि.जी. एसी आज नेपाली बजारमा मुख्य गरी घरका साथै होटल, हस्पिटल, मन्त्रालय, बैक, पार्टी प्यालेस र सेमिनार हलहरुमा बढी नै प्रयोग गरिएको पाईन्छ । सि.जी. एउटा आफै नेपाली ब्राण्ड भएको र यसको गुणस्तर एवं सर्भिस नेपाल भरी उपलब्ध गरिरहेको साथ साथै नेपालको एकमात्र नेपाली आइएसओ ९००१ सर्टिफाइड कम्पनी भएकाले पनि जनमानसमा सि.जी. एसीले राम्रो छाप पार्न सफल भएको छ । सि.जी. एसी विभिन्न आकर्षक डिजाईन, मोडल एंव साइजहरुमा नेपाली बजारमा उपलब्ध छ । यो पूर्व को काकडभिट्टा देखि पश्चिमको महेन्द्रगनर सम्म सुलभ किसिमले खरिद गर्न सकिन्छ । कम्पनीले यस सि.जी. एसी निकै नै आकर्षक फुलको डिजाईन, डिजिटल डिस्प्ले र आकर्षक ग्लास प्यानल अनि सस्तो मुल्यमाबजारमा ल्याएको छ । त्यसैगरि नेपालभरी सर्भिस र जडानको व्यवस्था गर्दै यस एयरकन्डिसनरमा ३६ महिनाको प्रमुख कमप्रेसर वारेण्टी दिदै आइरहेको छ । सि.जी. एसी नेपाली बजारमा ०.७५ टन देखि २ टन सम्म, तातो र चिसो बनाउने क्षमता हुने वाल माउन्टेड खालको र २ देखि ४ टनसम्मको सिलीङ्क क्यासेट जुन सिलीङ्कको विचमा राख्ने खालको गरी दुई किसिमबाट उपलब्ध छ । त्यसैगरि सि.जी. एसी इन्भरटरले नचलेतापनि कम विजुली को भोल्टेजले पनि चलाउन सकिने हुँदा अन्य कम्पनीको एसी को तुलानामा तुलनात्मक रुपमा अलिकम विजुली खपत गर्दछ । यसको अझै महत्वपूर्ण विशेषता भनेको यदि एयरकन्डीसनरमा प्राविधिक समस्या आएकोे खण्डमा यसमा रहेको डिस्प्लेमा नचलेको जानकारी प्राप्त हुने हँुदा सजिलै जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी सि.जी.ले आगामी दिनहरुमा ग्राहकहरुको चाहाना र माग अनुसारका नयाँ प्रविधीका सि.जी. एयरकन्डीसनर हरु पनि बजारमा विस्तार गर्दै लैजाने कुराको जानकारी सेल्स हेड बिष्णु ज्ञवालीले गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सचिव श्रेष्ठलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो । श्रेष्ठले विज्ञान र जनप्रशासन विषयमा स्नातकोत्तर र नेदरल्याण्डबाट वातावरण व्यवस्थापनमा पोष्ट ग्राजुएट गरेका छन् । विभिन्न बैठकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने महासंघको विश्वास रहेको छ ।