विकासन्युज

नेप्से ७६ अंकले बढ्दा १४१ कम्पनीका लगानीकर्ताले कमाए, ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेको थियो । बजार उच्च अंकले बढेको परिसूचक १६१० दशमलब ६२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सेयर मूल्य वृद्धि हुने १४१ कम्पनी मध्येमा पनि ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, २४ कम्पनीका लगानीकर्ताले १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाएका छन् । उता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लगानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् ।             १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाउने

टेलिकमले ल्यायो एयरटाइम क्रेडिट सुविधा, जीएसएम तथा सीडीएमए प्रिपेडमा लोन पाइने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेडका उपभोक्ताहरु माझ एयरटाइम क्रेडिट सुविधा ल्याएको छ । उक्त सुबिधा अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा कल गर्न लोन रकम पाउने कम्पनीले जनाएको छ । उक्त सुविधा सम्बन्धी नेपाल टेलिकम र हंकङ्गस्थित टिआक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुने कम्पनीले जनाएको छ । सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको बताएको छ । यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुने कम्पनीले जनाएको छ । सम्झौता अनुसार यो सुविधा आगामी ५ महिना भित्रमा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

निर्मल प्रधान र लक्ष्मी बहादुर श्रेष्ठबीच विवाद सर्वोच्च अदालतमा, कोसँग छ एनबी बैंक र नेशनल हाईड्रोको ५ लाख ३८ हजार कित्ता विवादित सेयर ?

काठमाडौं । नेपालको सेयर बजारको वादशाहको रुपमा परिचित निर्मल प्रधान र कर्पोरेट लफडाबाजको नाममा परिचित लक्ष्मी बहादुर श्रेष्ठबीचको सेयर कारोबार विवाद सर्बोच्च अदालतमा पुगेको छ । नेपाल बंगलादेशको १ लाख ७१ हजार ८१८ कित्ता सेयर र नेशनल हाइड्र पावरको ३ लाख ६६ हजार २८१ कित्ता सेयर कारोबार विवाद सर्वोच्च अदालतमा पुगेको छ । लक्ष्मीबहादुर श्रेष्ठले करार गरी शंकर कुमार श्रेष्ठको नाममा राखेको राखेको नेपाल बंगलादेशको १ लाख ७१ हजार ८१८ कित्ता सेयर दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रालिको नाममा बिक्री गरेको देखिन्छ । दोलखा भिमसेन इन्भेष्टमेट उक्त सेयर ३ करोड ४५ लाख ३५ हजार ४१८ रुपैयाँमा किनेर तत्काल सर्ब साधारणलाई बिक्री गरेको पाइएको छ । त्यस्तै, राजधानी इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको नेशनल हाईड्रोपावरको ३ लाख ६६ हजार २८१ कित्ता सेयर दोलखा भिमसेन इन्भेष्टमेन्ट हुँदै सर्वसाधारणमा बिक्री गरिएको छ  । उक्त सेयर २ करोड ८८ लाख ४४ हजार ६२९ रुपैयाँमा कारोबार भएको छ । विवादित दुबै सेयर कारोबार दिपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) बाट बिक्री भएको छ । फागुन १५ गतेदेखि चैत ७ गतेसम्ममा ती सबै सेयर बिक्री भएको देखिएको छ । प्रधान र श्रेष्ठबीच आन्तरिक कारोबार विवादबारे २०७३ असार ९ गते पाटन उच्च अदालतले गरेको फैसला विपरित उल्लेखित दुबै सेयर कारोबार भएकोले आफू सर्वोच्च अदालन जानु परेको निर्मल प्रधानले बताए । पाटन अदालतकाे फैसला न्यायाधीश डिल्लीराज आचार्य र चण्डीराज ढकालको संयुक्त इजलासले गरेको फैसला विपरित उक्त कारोबार भएकोले निषेधाज्ञाको मागसहित प्रधानले लक्ष्मीबहादुर श्रेष्ठ, दिपशिखा, दोलखा भिमसेन इन्भेष्टमेन्ट कम्पनी, उच्च अदालतको निर्णय विपरित कारोबारमा सहमति दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश जयनन्द पनेरु, फैसला कार्यन्वयन अधिकारी सन्तोष कुमार पोखरेल विरुद्ध मुद्दा हालेका छन् । प्रधानले हालेको मुद्दा हाल सर्वोच्च अदालतमा न्यायाधीश ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले हेरिरहेको छ । दिपशिखाले गैरकानुनी रुपमा सेयर कारोबार गरेको र उक्त सेयर लिएका सर्वसाधारण समेत विवादमा तानिने अवस्था आएको प्रधानले बताए । ‘लक्ष्मीबहादुर श्रेष्ठले विभिन्न पक्षलाई प्रभावमा परेको अलादतको निर्णय विपरित सेयर कारोबार गराएका छन् । यो करोबारमा राजश्व पनि छलि भएको छ’ प्रधानले भने–‘दिपशिखाले सर्वसाधारण लगानीकर्तालाई फसाउने गरी कारोबार गराएको छ ।’ दिपशिखाको प्रबन्ध निर्देशक विष्णु ओझाले जिल्ला अदालतको सहमतिमा सेयर कारोबार भएको बताउँदै माथिल्लो अदालतले कारोबार बदर गरेमा बिक्री भएको सेयर फिर्ता ल्याउन कठिन हुने बताए । ‘किन्नेले पनि बेचिसकेका हुन्छन्, माथिल्लो अदालतबाट जिल्ला अदालतको निर्णय उल्ट्यायो भने सम्बन्धित व्यक्तिको अन्य सम्पत्ति रोक्का गरेर असुल गर्नु पर्ने हुनसक्छ ’ ओझाले भने । विवादित उक्त सेयर कसको स्वमित्वमा पुगेको छ भन्ने कसैलाई थाहा छैन ।

क्यासवेलाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासवे मनि ट्रान्सफर प्रा. लि. लाई मनि ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । नेपालका प्रतिष्ठित उद्योगपति, व्यवसायी, बैंकर तथा रेमिट्यान्स विशेषज्ञहरुको प्रयासमा रेमिट्यान्स सेवालाई अझै सरल, सहज तथा अत्याधुनिक प्रविधिको प्रयोग गरि सेवा दिने उद्देश्यले कम्पनीको स्थापना भएको हो । जसले गर्दा अझै आउने दिनहरुमा बढी मात्रामा नेपालभित्र बैंकिङ्ग माध्यमद्वारा रेमिट्यान्स भित्र्याउने कार्य सहज हुनेछ । “विश्वमा जहाँ जहाँ नेपाली, त्यँहा त्यहाँ क्यासवे मनि ट्रान्सफर” भन्ने मुल नाराका साथ कम्पनीले आफ्नो प्रारम्भिक कार्यहरु शुरुवात गरिसेकेको छ । पहिलो चरणमा कम्पनीले “जनरल रेमिट” को सेवा दिने कार्य गरिसके पछि दोस्रो चरणमा डिजिटल रेमिटको सेवा पनि शुरु गर्नेछ ।

वनका हाकिम ५० हजार घुससहित पक्राउ

काठमाडौं । ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्की ५० हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो । काउ भलान फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए । सोही सूचनाका आधारमा आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनलाई न्युरोड पोखरास्थित कल्पना मम रेष्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउपछि आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

दिगो विकासको लक्ष्य खोज्न आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ एशिया प्रशान्त क्षेत्रका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग(यूनेस्क्याप)ले यही मार्च २९ देखि ३१ तारिकसम्म थाइल्याण्डको बैंककमा आयोजना गर्न लागेको दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ मा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका हुन् । श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु विषयको सत्रको अध्यक्षता गर्नेछन् । साथै, सोही दिन उनले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिने योजना रहेको छ । दोस्रो दिन श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरण सम्बन्धी सत्रको सहजीकरण गर्ने छन् । तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणको लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी विषयको सत्रमा मुख्य वक्ताको रुपमा भाग लिँदै छन् । एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने छ । उक्त फोरममा नेपालको तर्फबाट भाग लिने उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत माननीय खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहेका छन् । श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

स्विजरल्याण्डको सिन्काले दाँत कोट्याएर कहिले बनाउने स्विजरल्याण्ड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० बर्षे सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा फर्किएपछि नेपाललाई स्विजरल्याण्ड बनाउने उद्घोष गरेका थिए । त्यसो त पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुर बनाउने बताएका थिए । यतिबेला दाहाल दोश्रो कार्यकाल प्रधानमन्त्री बनेका छन तर जनता भने स्विजरल्याडको सिन्काले दाँत कोट्याईरहेका छन् । स्विजरल्याण्ड जस्तै विकासित बन्ने प्रचुर सम्भावना रहेको मुलुकका जनताले लाखौं मूल्यका दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट मगाएका छन् । आर्थिक बर्ष २०६९/७० मा २२ हजार एक सय ४१ रुपैंयाँ मूल्यको २१ किलोग्राम दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट नेपाल भित्रिएको थियो भने त्यसको एक बर्ष अघि एक हजार ९ सय ६५ रुपैंयाँको ४ किलो सिन्का भित्रिएको थियो । अझै पनि नेपालमा बर्षेनी आधा करोड भन्दा बढि मूल्यका विदेशी सिन्का भित्रिरहेका छन् । गत आर्थिक बर्ष २०७२÷७३ मा मात्रै ४५ लाख ५६ हजार ५ सय ७७ रुपैंयाँ मुल्यका दाँत कोट्याउने सिन्का नेपाल भित्रिएको थियो । यो मात्रा आव २०७१÷७२ मा पनि ४३ लाख ५८ हजार ६ सय ६२ रुपैंयाँ थियो । जुन आव २०७०/७१ मा भने ८७ लाख भन्दा बढि थियो । आव २०६९/७० मा ४४ लाख र आव २०६८/६९ मा ४७ लाखको दाँत कोट्याउने सिन्का आयात भएको थियो । चीन, भारत, अमेरिका, थाइल्याण्ड, मलेसिया, हङकङ र स्विजरल्याण्डबाट दाँत कोट्याउने सिन्का आयात भैरहेको छ । गत आवमा ४४ लाख ४६ हजार एक सय ८८ रुपैंयाँ मूल्यको ४९ हजार ३ सय ५६ किलो सिन्का चीनबाट आयात भएको छ । हङकङबाट ५४ हजार २ सय २५ रुपैंयाँको १९० किलो र भारतबाट ३२ हजार २ सय ६२ रुपैंयाँको २६० किलो सिन्का आयात भएको छ भने थाइल्याण्डबाट २३ हजार ९ सय २ रुपैंयाँको ३०० किलो सिन्का भित्रिएको छ । अथाह प्राकृतिक सम्पदाको खानीका रुपमा रहेको नेपालले दाँत माझ्ने सिन्का समेत अन्य मुलुकबाट आयात गर्नुपरेपछि देश कहिले आत्म निर्भर हुन्छ भन्ने प्रश्न भने पेचिलो बन्दै गएको छ ।

सर्किट ब्रेक लागेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाए, क-कसले गुमाए ?

काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लागानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । मंगलबारको सेयर बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउने १४४ कम्पनी मध्ये पनि ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २४ वटा कम्पनीको १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ ।     सबैभन्दा बढी  कमाउने १० कम्पनी                                                                         गुमाउने ३ कम्पनी