लोकमान लडाउने वकिल, एकाएक हिरो भए वकिल ओमप्रकाश
काठमाडौं २५, पुस । अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो । उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो । उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन, अर्को फोनमा व्यस्त हुनहुन्छ । साँच्चै ओमप्रकाश चटारो थियो– बधाई लिने र प्रतिक्रिया दिने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदका निम्ती अयोग्य भएको निर्णय सार्वजनिक भएपछि उनी एकाएक ‘हिरो’ भए । समयको यो विन्दुसम्म आइपुग्न उनले निकै अप्ठेरो उकाली ओराली हिडे । कैयन कथा र किस्सा झेले । चालीस वर्षे ओमले नहौसीकन भने, ‘सत्यको जीत हुन्छ भन्नेमा म दृढ थिएँ ।’ ओमप्रकाश कसरी लोकमानको अयोग्यताको फाईल खोतल्न पुगे भन्ने प्रश्न जान्न २०६९ चैत १ मा पुग्नुपर्ने हुन्छ । जतिवेला संविधानसभा विघटनपछि प्रधानन्याधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएको थियो । उनले खिलराज नेतृत्वमा बनेको चुनावी सरकार कानूनी रुपमा अबैध भएको भन्दै सर्वोच्चमा ‘चुनौती’ दिएका थिए । तर ओमले गरेको कानूनी जिकिरलाई सर्वोच्चले उल्टाइदियो । लगत्तै सारा चासो, सरोकार र जिम्मेवारीलाई थाती राखेर उच्चस्तरिय राजनीति संयन्त्रले लोकमानसिंह कार्कीलाई ‘उच्च नैतिक चरित्र’ भएको भन्दै अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्यो । जति हतारोमा सिफारिसमा भयो त्यति नै चटारोमा मन्त्रिपरिषदा अध्यक्ष रेग्मीले संवैधानिक परिषदको बैठक बोलाई कार्कीलाई नियुक्त गर्न सिफारिस गरे भने तत्कालीन राष्ट्रपति रामवरण यादवले उनलाई अख्तियार प्रमुख पदमा आसिन गराए । लोकमानको नियुक्तीको दिन ओमप्रमुखलाई लागेको थियो, नियुक्तीको जरो रेग्मीको चुनावी सरकारसँग जोडिएको छ । उनले आफुले हारेको मुद्धासँग लोकमान नियुक्ती प्रकरणलाई जोडेर हेरे । त्यसपछि निष्कर्ष निकाले, कानून विपरितको यो नियुक्तीविरुद्ध नलडी हुन्न । ओमले पुरानो दिन सम्झँदै भने, ‘खिलराजले लोकमानको नियुक्ती थोपर्नु आफैंमा विधीको शासनमाथि अर्को प्रहार थियो ।’ खिलराजको नियुक्ति असंवैधानिक भन्ने कानूनी लडाइँमा फेल भएपछि ओमप्रकाशले सोचे, हारसँग जोडिएको अर्को मुद्धा लोकमानको गैरकानूनी नियुक्ती हो । कानुन व्यवसायीहरुले खिलराजको नियुक्तीविरुद्ध ०६९ चैत ५ मा कार्यक्रम नै गरेका थिए । त्यसपछि ओम झनै तरंगित भए, साँच्चै लोकमानको नियुक्ती विधी र प्रक्रिया विपरित छ र त्यसमा खिलराज जोडिएका छन् । २०५५ देखि कानून व्यवसायमा लागेका ओमलाई पहिल्यै थाहा थियो, रायमाझी आयोगले दोषी किटेका व्यक्ती संवैधानिक निकायको उपल्लो पदमा कसरी योग्य हुन सक्छन् रु यही प्रश्नले उनलाई लोकमानको नियुक्तिविरुद्ध कानूनी लडाई लडने आँट दियो । सार्वजनिक सरोकारका मुद्धामा कैयन कानुनी लडाई लडेको अनुभवले ओमप्रकाशलाई पाको बनाएको थियो । २०५८ मा उनले मुस्ताङी, जाजरकोटी, सल्यानी र बझाङी राजाको पदवी र भत्ता उन्मूलन गर्नुपर्छ भन्दै मुद्धा लडेका थिए । लोकमानको नियुक्तीमाथी कानूनी प्रश्न उठाउँदा उनलाई धेरैले धेरै कुरा सुनाए । कसैले भने, ‘विचार गर्नुस् है ।’ कोहीले भने, ‘लोकमान अरुजस्ता हैनन् । फरक मान्छे हुन् ।’ जसले जे भनेपनि ओमप्रकाशले एउटै कुरा सोचे, ‘न्याय मर्न दिनु हुदैन ।’ प्रमुख दलका शीर्ष नेताहरु लोकमान नियुक्तीको बचाउमा थिए । शक्ती भएका भनिएकाहरु कि त यसबारे बोल्दैनथे वा वोलपनि मधुरो स्वरमा बोल्थे । त्यही बेला ओमप्रकाशको मनमा थियो, ‘न्याय अझै मरेको छैन ।’ २०६९ चैत ७ गते उनले लोकमानको नियुक्ती गैरकानूनी भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरे । त्यसयताका झण्डै चार वर्षमा ओमप्रकाशले कती उल्झन झेले, कती दौडधुप गरे त्यसको कुनै हिसाब छैन । उनले गर्विलो स्वरमा ‘भने, यो मुद्धालाई मैले सुरुदेखि नै नैतिकताको मुद्धा ठाने । त्यसैले मैले सम्झौता गरिन ।’ उनले ‘जस’ का लागि भन्दा पनि निष्ठाका लागि यो मुद्धा लडे । त्यसैले ओमप्रकाशले २०७१ असोज ८ मा रिट निवेदन खारेज हुँदा पनि हार मानेनन् । न्यायिक लडाईमा दलहरुको भूमिका, मौन बस्ने नागरिक समाजको चरित्र सबैलाई उनले नजिकबाट नियाल्ने मौका पाए । तैपनी उनले ठानिरहे, स्वार्थी भएपनि दलका नेताहरु समाजका स्थायी शक्ति होईनन् । उनले दलभीत्र थोरै भएपनि न्याय र सत्यको पक्षमा बोल्ने आँट र हिम्मत भएका नेता भेटे । तिनीहरुसँगको भेट, न्यायको पक्षमा बोल्ने डाक्टर गोविन्द केसीजस्ताको आवाजले ओमलाई थाक्न दिएन । उनले भने, ‘नयाँ पुस्ताले यसलाई पक्कै बुझ्लान ।’ त्यसो त ओमप्रकाशको लोकमानसँग कहिल्यै दोहोरो संवाद भएको छैन । उनलाई सबैले सोध्छन्, सबै ठुला नेता लोकमानको पक्षमा थिए । शक्ती केन्द्र उनकै पक्षमा थियो । तपाईलाई उनी विरुद्ध मुद्धा लडन डर लागेन रु ओमप्रकाशको एउटै जवाफ छ, ‘अहँ पटक्कै लागेन । उनलाई झनै धेरैले सोधे, ‘धम्की आएन । ओमले शान्त भएर भने, ‘झुटो बोल्नु हुदैन । मलाई प्रत्यक्ष धम्की कसैले दिएन । कान्तिपुर दैनिकबाट।
५३ करोड २७ लाख बोनस बाँड्दै उड्डयन प्राधिकरण, हरेक कर्मचारीलाई कम्तिमा साढे ६ लाख
काठमाडौं २५, पुस । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ। यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ। संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो। उक्त निर्णय सहमतिका लागि प्राधिकरणले तालुक मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयानलाई पत्राचार गरिसकेको छ। पर्यटनबाट सहमति आउनासाथ प्राधिकरणको उक्त निर्णय अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ। प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा पर्यटन मन्त्री रहने व्यवस्था छ। बोनस बाँड्ने निर्णय गर्ने सञ्चालक समितिको अध्यक्ष र पर्यटन मन्त्रालयमा बोनसका लागि सहमति दिने व्यक्ति एउटै हुँदा निर्णय विवादास्पद बन्न पुगेको हो । नागरिक दैनिकबाट ।
नेपालको आफ्नै ग्यास बुलेट काठमाडौं भित्रियो, वार्षिक साढे तीन अर्ब बचत
काठमाडौं २५, पुस । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको छ । फाइल फोटो बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका बुलेट नहुँदा अहिलेसम्म भारतीय कम्पनीका बुलेटमार्फत ग्यास आयात गरिँदै आएको थियो । नेपाली नम्बरका बुलेट भित्रिएपछि भारतको एकाधिकार क्रमिक रुपमा तोडिँदै जाने उद्योगीको भनाइ छ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्सारमा रोकिएका नेपाली नम्बरका ग्यास बुलेट भन्सार पास भई नेपाल भित्रिएको बताए । “पहिलो चरणमा परीक्षणका लागि दुइटा बुलेट नेपाल ल्याएका छौं,” घिमिरेले भने, “सबै प्रक्रिया मिलेर नेपाल भित्रिएकाले पनि एकदुई दिनमै ग्यास ल्याउनका लागि ती बुलेट भारत जानेछन् ।” उनले भारतमै निर्माण गरी राखिएका थप तीन सय बुलेट चाँडै नेपाल ल्याउने बताए । अध्यक्ष घिमिरेले भने, “नेपाली नम्बरका बुलेटबाट ग्यास आयात गर्दा ढुवानीमार्फत बाहिरिने अर्बौ रुपैयाँ नेपालमै रहन्छ ।” ग्यास ढुवानीबापत बाहिरिने वार्षिक साढे तीनदेखि ४ अर्ब रुपैयाँ बचत हुने उनको भनाइ छ । नेपाली बुलेटबाट ग्यास आयात गर्दा चालकदेखि सहचालकसम्म नेपाली नै रहने र सरकारलाई कर तिर्ने भएकाले ठूलो रकम बाहिरिनबाट बच्ने उद्योगीहरुको भनाइ छ । निजी उद्योगीले आफ्नै लगानीमा बुलेट तयार गरी नेपालमा ल्याएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएको थियो । उद्योगीका अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ लागेको छ । दुई तिहाई कर छुटमा उद्योगीले ग्यास बुलेट नेपाल ल्याएका हुन् । नेपाल आयल निगमका अनुसार सरदर मासिक ४ सय ५० बुलेटले ग्यास ल्याउने गरेका छन् । चिसोको समयमा ग्यासको खपत धेरै हुँदा ६ सय बुलेट ग्यास नेपाल आउने गरेको छ । निगमका अनुसार एक बुलेट ग्यास नेपाल ल्याउँदा १ लाख रुपैयाँ खर्च हुन्छ । कारोबार दैनिकबाट ।
पोखरामा टेलिकमको एमएसएजी एक्सचेञ्ज सञ्चालनमा, एक्सचेञ्जको क्षमता ७३६ लाइन
काठमाडौं, २४ पुस । नेपाल टेलिकमद्धारा पोखराको छिनेडाँडामा एमएसएजी एक्सचेञ्ज सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार मन्त्री सुरेन्दकुमार कार्कीले आइतबार उक्त एक्सचेञ्जको उद्घाटन गरेका छन् । उनले पुम्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्लेगरी उद्घाटन गरेका हुन् । सो अवसरमा कार्कीले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकम मार्फत सरकारले सहयोग गर्ने बताएका छन् । नेपाल टेलिकमसँग बलियो पुर्र्वाधार र दक्ष जनशक्ति भएको र यहाँका कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताएका छन् । सो अवसरमा संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने ब्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिएका छन् । साथै, उनले नेपाल टेलिकमले नाफा हुने क्षेत्रमा कमाएर दुर्गम र विकट भेगमा सेवा विस्तार गरिरहेको बताए । उनले पोखरा नगरलाई वाइफाइ फ्रि जोनको रुपमा विकास गर्न कम्पनीले सहयोग गर्नुपर्ने बताएका छन् । उक्त अवसरमा बोल्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम ब्यवसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताइन् । उनले एक्सचेञ्जको समुद्घाटनका अवसरमा पचास रुपैयाँ बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिएकी छन् । उक्त अवसरमा दूरसञ्चार कार्यालय पोखराका प्रमुख नरेशकाजी शाक्यले एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा पनि रहेको जानकारी दिएका छन् । सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा फ्याक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने जानकारी दिएका छन् । उक्त अवसरमा सो क्षेत्रका सभासद शारदा पौडेल, कम्पनी प्रमुख ब्यावसायिक अधिकृत प्रदीप राज उपाध्याय, स्थानीय वासिन्दा, व्यवसायी, समाजसेवी लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा कार्यालय स्थानान्तरण
काठमाडौं, २४ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई आइतबार देखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ । कम्पनीका अनुसार २०७२ सालको महाभुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो । बैंकका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्षले उद्घाटन मन्तव्यका क्रममा लालबन्दीबासीसँग यस बैंकको शुरुवात देखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराएका छन् । बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एविविएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकले ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चूक्ता पूँजी १ अर्ब ८१ करोेड ५० करोड रुपैयाँ रहेको छ ।
एनएमबि बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पूँजी ६ अर्ब रुपैयाँ नाघ्ने
काठमाडौं, २४ पुस । एनएमबि बैंक लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकले ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
नेपाल बङ्गलादेश बैंकको ४० औं शाखा चितवनको खैरहनीमा
काठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा चितवन जिल्लाको खैरहनीमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा सो स्थानमा शाखा सञ्चालन गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा आइतबार संयुक्त रुपमा गरिएको थियो । सोहि अवसरका बैंकको एटिएमको उद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा संयुक्त रुपमा गरिएको थियो । साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका छन् । खैरहनी शाखा सहित बैंकले ४० शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ । बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९ अर्ब ६० करोड रुपैयाँ र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
सगरमाथा इन्स्योरेन्सको ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २४ पुस । आइतबार मात्र सगरमाथा इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको ८ लाख ४६ हजार ७ सय ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । काठमाडौंको नक्सालमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ५३ करोड ८२ रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ११४० रुपैयाँमा किनबेच भएको छ ।