कञ्चन डेभलपमेन्टको नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन, पुस १८ देखि माग २३ सम्म आवेदन दिन पाइने
काठमाडौं ३०, मंसिर । कञ्चन डेभलपमेन्ट बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित नौ लाख ९० हजार कित्ता हकप्रद शेयरको निष्कासन गरेको छ । यो बैंकले २ कित्ता सेयर बराबर १ कित्ता सयेर दिने गरी अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । १९ करोड ८० लाखको चुक्ता पूँजीमा नौ करोड ९० लाख रुपैयाँ थप गर्ने गरी बैंकले हकप्रद जारी गरेको हो । यो बैंकको हकप्रद सेयर खरिद गर्न आवेदन दिने सयम आगामी पुस १८ गतेबाट माग २३ गतेसम्म निर्धारण गरेको छ । मंसिर २९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा अन्तिम कारोबार भएको सेयर धनीले पनि हकप्रद खरिद गर्ने सक्ने भएका छन् । कन्चनपुरमा केन्द्रीय कार्यालय रहेको यो बैंक नेपाल राष्ट्र बैंक ख वर्गको इजाजत प्राप्त बैंक हो । यो बैंकले सेयर निष्कासन बैंकको रूपमा माछापुच्छ्रे बैंक लिमिटेड बबरमहल, सिटिजन्स बैंक इन्टरनेशनल कमलादी र ग्लोबल आइएमई बैंक कमलादीलाई नियुक्त गरेको छ । यो बैंकको सेयर आवेदन दिन ग्लोवल आइएमई बैंक जमल यसका काठमाडौं बाहिरका सात शाखा तथा कन्चन डेभलपमेन्ट बैंकका सबै शाखाबाट दिन सकिने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमएई क्यापिटल लिमिटेड हो ।
माधव नेपालकी श्रीमती टर्कीमा २० घण्टा थुनिइन्, गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा
काठमाडौं ३०, मंसिर । बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केही नबोल्ने बताएका छन् । मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस फाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाडौंबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो । गायत्रीको पासपोर्टमा सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घन्टा थुनिनुपर्यो। न्यूयोर्क उड्न विमानको प्रतिक्षा गर्दै इस्तानबुल विमानस्थलको बिजनेश कक्षमा बसुन्जेल गायत्रीलाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहा थिएन। गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक राहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन । तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् । अन्नपूर्ण पोस्टबाट ।
राउटे बस्तीमा सबै किशोरी आमा, छोरी जन्मनेबित्तिकै कसैकी श्रीमती तोकिने १२ वर्ष नपुग्दै विहे
काठमाडौं ३०, मंंसिर । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एकरदुई सन्तानका आमा बनिसकेका छन् । जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे ९विवाह० गर्न वर्षौं कुर्नुपर्छ । तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ ।’ केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ । ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने । पुरुष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा । ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन् । शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ । उमेरको कुनै वास्ता हुन्न ।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा । उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ । तर, पुरुषहरू त्यसो गर्न मान्दैनन् । जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ । राजधानी दैनिकबाट ।
भारतले नेपालमा साना दरका नोटसमेत नदिने, भारु संकट गहिरिदैँ
काठमाडौं ३०, मंसिर । भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने जानकारी गराएको जानकारी दिए। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पस्ट पारेका हुन्। अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए। भारतमा ठूला दरका भारु प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ। भारतमा पुस १६ सम्म सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन। सरकार र राष्ट्र बैंक भारतको निर्णय कुरेर बसेका छन्। तर, भारतले भने नेपालमा ठूला दरका नोट साट्न दिने वा नदिने भन्नेमा कुनै संकेत गरेको छैन। नेपालको अधिकांश व्यापार भारतसँग हुने र उपचारलगायतका गतिविधिमा भारुको अधिक प्रयोग हुने भएकाले सीमा नाका र मुलुकका विभिन्न भागमा तोकिएको विनिमय दरभन्दा बढीमा भारु सटही हुने गरेको छ। अर्थमन्त्री महरालाई गभर्नर नेपालले देशको ढुकुटी राख्ने ठाउँ भत्केकाले चाँडै बनाउनुपर्नेमा जोड दिएका थिए। तर, सरकारी संरचनाको पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएकाले अर्थ मन्त्रालयले खासै केही गर्न सक्ने स्थिति छैन। कारोबार दैनिकबाट ।
स्वस्थ्यमा राज्यको पहुँचको कमी, एउटा सिटामोलको लिन एक दिन पैदल हिँड्नुपर्ने
जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् । ‘गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो ’, पुजारु ९ टीकाचौरका स्थानीय यमलाल पुनले भने, ‘उपचारका लागि बिरामीलाई अस्पताल लानु भन्दा गाउँलेहरु धामीझाँक्रीकै भर पर्छन् ।’ जिल्लाका अति दुर्गम गाविस दहको जुर्क, निपाने पजारुका् टीकाचौर, रुव ढिम्को समाइला, धनरासी भगवतीको सिउन, सीमाको लयकाँडालगायतका गाउँका बासिन्दा स्वास्थ्य सेवाबाट टाढा रहेको छ । राजधनी दैनिकबाट ।
पुनर्निर्माणको खर्च २ प्रतिशतभन्दा कम, ३२ अर्बमध्ये जम्मा ६० करोड रुपैयाँमात्रै खर्च
काठमाडौं ३०, मंसिर । चालू आर्थिक बर्षमा पुनर्निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट अहिलेसम्म २ प्रतिशत पनि खर्च हुन सकेको छैन । पुनर्निर्माणको पुँजीगत बजेटतर्फ छुट्याइएको ३२ अर्व २२ करोड रुपैयाँमध्ये अहिलेसम्म ६० करोड ४४ लाख अर्थात १.८८ प्रतिशतमात्रै खर्च भएको छ। पुनर्निर्माण प्रक्रिया अघि बढाउन आवश्यक जग्गा खरिदका लागि छुट्याइएको १३ करोड रुपैयाँ अहिलेसम्म खर्च हुन सकेको छैन । बिभिन्न सरकारी कार्यालयको भवन निर्माण तथा बस्ती स्थानान्तरणका लागि जग्गा खरिद गर्न यो रकम छुट्याइएको थियो । अर्थ मन्त्रालयले संसदको बिकास समितिमा पेश गरेको विवरणअनुसार जग्गा खरिदसँगै भवनतर्फको पुँजीगत खर्च शून्य देखिएको छ । यता पुनर्निर्माण प्राधिकरणले चार लाख ७५ हजार ६९० भूकम्पपीडितले पहिलो किस्ताको रकम पाएको जानकारी गराएको छ । उनीहरुले ५० हजारका दरले अनुदान पाएका छन् । पहिलो किस्ताका रुपमा प्राधिकरणले अहिलेसम्म २३ अर्व ७५ करोड आबितरण गरेको छ । नयाँ पत्रिका दैनिकबाट ।
आयल निगम सञ्चालक समितिले गोप्य रूपमा ३३४ पम्पलाई अनुमति, अनुमति बन्द भएकै समयमा दिएको फेला
काठमाडौं ३०, मंसिर । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको पाइएको छ । व्यवसायीको प्रभावमा निगम व्यवस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको ।‘२०६९ सालबाट पहाडी र ग्रामिणबाहेक राजमार्ग र सहरमा नयाँ पम्प अनुमति बन्द गरिएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने,‘उक्त निर्णयको वेवास्ता गर्दै पम्प सञ्चालनको अनुमति दिइएको छ। अनुमति दिइएका अधिकांश पम्प राजमार्ग र सहर आसपास छन्। नयाँ पम्पलाई इजाजत दिनुपूर्व सार्वजनिक सूचनासमेत जारी गर्नुपर्छ। नापतौल तथा गुणस्तर विभागसँग समन्वय पनि गर्नुपर्छ। उक्त व्यवस्थालाई पन्छाउँदै २०६९ यता निगम व्यवस्थापनले जथाभावी रूपमा पम्प सञ्चालनको लागि अनुमति दिएका हुन्। कान्तिपुर दैनिकबाट ।
मन्त्रीको सम्पती विवरण सार्वजनिकः प्रधानमन्त्री गरिब, मन्त्रीहरु धनी
काठमाडौं ३०, मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन । दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै होरु प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च रवाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन । खान लाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन्। हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ। उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन्। विलासी गाडी चढ्छन्। दाहालको सुकुम्बासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए। अन्नपूर्ण पोस्टबाट