नम्बर पोर्टाबिलिटी सेवा तीन महिनाभित्र, एउटै नम्बरमा फरक कम्पनीको सेवा लिन पाइने
काठमाडौं २९, मंसिर । के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने, ‘फोन नम्बर पोर्टाबिलिटी–एमएनपी प्रविधि अबको तीन महिनाभित्र लागू गर्न हामी प्रयासरत छौँ, यससम्बन्धी अध्ययन र परामर्शमा हामी लागिरहेका छौँ ।’ उनले यो प्रविधि लागू गर्ने सन्दर्भमा दूरसञ्चार प्रदायक कम्पनीहरू ९अपरेटर० तयार नहुँदा विगतमा लागू हुन नसकेको बताए। निर्देशक खनालले भने, ‘अहिले पनि दूरसञ्चार प्रदायकहरूले आफ्नो नेटवर्कमा यससम्बन्धी सिस्टम म्यानेजमेन्ट गरिरहेका छैनन् । अहिले हामी विज्ञ र अपरेटरहरूबीच फोन नम्बर पोर्टाबिलिटीका विषयमा अध्ययन तथा छलफल चलाउदैछौँ ।’ विकसित मुलुकमा सञ्चालन हुँदै आएको फोन नम्बर पोर्टाबिलिटीको सेवा नेपालमा सुरु भएपछि प्रयोगकर्ताले कुनै पनि दूर सञ्चार प्रदायक कम्पनीको सेवा मन नपरे अर्कोमा सजिलै जान सक्छन् । एउटा दूर सञ्चार सेवा प्रदायकबाट सेवा लिइरहेको ग्राहकले आफूले चाहेअनुसार अर्को सेवा प्रदायकमा जाँदा फोन नम्बर परिवर्तन नगरी उक्त सेवा प्रदायकको नेटवर्कमा जान पाउने सुविधालाई नम्बर पोर्टाबिलिटी भनिन्छ । यो व्यवस्था भएपछि अहिले दूर सञ्चार सेवा दिइरहेका कम्पनीको सेवा लिइरहेका व्यक्ति र संस्थाले सेवा र शुल्क मन नपरे कुनै पनि समयमा सेवा सोही नम्बरमा आफूसँग रहेको टेलिफोन सेवा पुरानै नम्बरमा चलाउन पाउनेछन् । मोबाइल नम्बर मात्र नभई प्रयोगकर्ताले ल्यान्डलाइन नम्बरमा समेत कुनै पनि दूरसञ्चार कम्पनीको सेवा लिन र छाड्न सक्ने प्रावधान र सुविधा नम्बर पोर्टाबिलिटी सेवामा रहने निर्देशक खनालले जानकारी दिए। यसरी एउटा अपरेटरबाट अर्को अपरेटरमा जान शुल्क लाग्छ वा निःशुल्क हुन्छ भन्ने विषयमा भने हालसम्म कुनै निणर्य भइसकेको छैन । निर्देशक खनालले भने, ‘अहिले सेवाग्राहीलाई बारम्बार नम्बर फेर्नुपर्ने बाध्यताका कारण समेत कुनै कम्पनीको सेवा चित्त नबुझ्दासमेत नेटवर्क परिवर्तन गर्न अप्ठेरो भएको स्थिति छ । यो प्रविधि सुरु भएपश्चात कम्पनीहरूबीच गुणस्तरीय सेवा दिन प्रतिस्पर्धा बढ्नेछ।’ नेपाल दूरसञ्चार प्राधिकरणले ६ वर्षअघि नम्बर पोर्टेबिलिटीको काम सुरु गर्ने घोषणा गरेको थियो । यस्तै, दक्षिण एसियाली मुलुक नम्बर पोर्टाबिलिटी सेवा भारतमा सन् २०१०, पाकिस्तानमा सन् २००७ र मालदिभ्समा सन् २०१६ देखि सुरु भएको हो । विश्वका धेरैजसो विकसित मुलुकमा यो सेवा निःशुल्क छ भने एकाध मुलुकमा शुल्क तिर्नुपर्ने प्रावधान छ। गोरखापत्र दैनिकबाट ।
काठमाडौंमा भेला हुँदैछन् ५१ देशका प्रहरी प्रमुख, २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका सुरक्षा प्रमुख भेला
काठाडमौं २९, मंसिर । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन काठमाडौंमा हुने भएको छ । करिब २७ वर्षपछि एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५१ देशका प्रहरी प्रमुख नेपाल आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)विज्ञानराज शर्माका अनुसार आगामी १७ जनवरीमा उनीहरू नेपाल आइपुग्नेछन् । सोही दिनबाट काठमाडौंमा सम्मेलन सुरु हुने एआईजी शर्माले जानकारी दिए । तीन दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, मानव बेचबिखन, लागूऔषध तथा संगठित अपराध नियन्त्रणजस्ता गम्भीर विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तो सम्मेलन सन् १९८९ मा सम्पन्न भएको थियो । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागलाई सम्मेलन तयारीको जिम्मा दिएको छ । हरेक दुई÷दुई वर्षमा सदस्य इन्टरपोलमा आबद्ध राष्ट्रहरूमा हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ५० देशका तीन उपक्षेत्रीय कार्यालय प्रतिनिधि सम्मेलनमा भाग लिन आउँनेछन् । अपराध विभागका प्रमुख एआईजी शर्माको नेतृत्वमा सम्मेलन सफल बनाउन सात सदस्यीय मूल समिति गठन गरिएको छ । त्यसैगरी, पूर्वतयारी समिति पनि छुुट्टै बनाइएको छ । जसमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारी, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, देवेन्द्र सुवेदी, मिङमार लामा, हेमन्तबहादुर पाल, रोमेन्द्रसिंह देउजा, रामकुमार खनाल, शिला कार्की कंशाकार र एसएसपी कृष्णप्रसाद गौतम रहेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सम्मेलनमा भाग लिन विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत काठमाडौं आउने भएका छन् । विश्व भन्सार संघसँग सम्बन्धित प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय लागूऔषध नियन्त्रण कार्यक्रमसँग सम्बन्धित प्रतिनिधि, अन्तर्राष्ट्रिय आप्रावासी संगठनका प्रतिनिधि, आसियान सचिवालय प्रतिनिधि र सार्क सचिवालयका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । यसैगरी, संयुक्त राष्ट्रसंघीय अपराध उपचार नियोगका प्रतिनिधि, अरबियन मन्त्रिपरिषद्का सदस्य, गल्फ तथा अरब राष्ट्रका प्रतिनिधि, आर्थीका समन्वय संगठनका प्रतिनिधि, ईक्याप्ट इन्टरनेशनलका प्रतिनिधि, राष्ट्रिय परिधिभित्र रहेको अपराध अनुसन्धान गर्ने अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि, एसियन महाद्वीपका प्रहरी प्रमुख, प्यासिफिक ट्रान्सनेसन क्राइम कोअर्डिनेसनका प्रतिनिधि पनि सहभागी हुनेछन् । सम्मेलनमा एसियन क्षेत्रीय इन्फरमेसन सेन्टरका प्रतिनिधि, विश्व प्रतिआतंकवाद संस्थाका प्रतिनिधिहरूले समेत भाग लिनेछन् । सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डा इन्टरपोलका महासचिवले तय गरी नेपालमा पठाउँनेछन् । आतंकवाद अपराध, युद्ध अपराध, मानवताविरुद्धको अपराध, पर्यावरणीय अपराध, संगठित अपराधजस्ता दर्जनौं अपराध नियन्त्रणका लागि पहलकदमी लिने संगठन भएकाले अहिले देखिएको मुख्य समस्यासँग पनि इन्टरपोलले नेपालमा हुने सम्मेलनमा छलफल गर्ने भएको छ । सम्मेलनमा भाग लिन एसिया महादेशबाहेक अमेरिका र फान्सका प्रहरी प्रमुख पनि नेपाल आउने भएका छन् । १ सय ९० देशका प्रहरी संगठन सदस्य रहेको इन्टरपोलको वार्षिक बजेट ७८ लाख डलर रहेको छ । सम्मेलन सकिएपछि इन्टरपोल मुख्यालय फ्रान्सबाट नेपाल प्रहरीले गरेका काम कारबाहीको अनुगमनका लागि ४ अप्रिल २०१७ मा नेपाल आउने कार्यक्रम रहेको छ । राजधानी दैनिकबाट ।
जलविद्युतमा सेनाको लगानी असम्भव’, सैनिक ऐन संशोधन पहिलो आवश्यकता
काठमाडौं २९, मंसिर । नेपाली सेनाले सैनिक ऐन संशोधन नगरी जलविद्युत आयोजनामा लगानी गर्न नसकिने जनाएको छ । सैनिक ऐन २०६३ र कल्याणकारी कोष नियमावली २०६५ अनुसार अहिलेकै अवस्थामा जलविद्युत वा अन्य कुनै नाफाजन्य उद्योगमा लगानी गर्न नसकिने स्पष्ट पारेको हो। ऊर्जामन्त्री जनार्दन शर्माले सार्वजनिक रूपमै जलविद्युत विकासमा सैनिक कल्याणकारी कोषको रकम लगानी गर्न आह्वान गरिसकेका छन् । ‘हामीले जलविद्युत आयोजनाहरुमा लगानीसहित निर्माणका लागि आउनुस् भनिसकेका छौं, तर उहाँहरुले अहिलेसम्म जवाफ दिनु भएको छैन,’ मन्त्री शर्माले भने । त्यसअघिका ऊर्जा तथा जलस्रोत मन्त्रीहरुले पनि सैनिक कोषको रकमलाई विद्युत परियोजनामा लगानी गर्नुपर्ने धारणा राखेका थिए। उच्च सैनिक अधिकारीहरुले मौखिक आग्रह वा प्रस्तावबाट मात्रै कोषको रकमलाई नाफामुलक उद्योगमा लगानी गर्न नसकिने स्पष्ट पारे । प्रधानमन्त्री संरक्षक, रक्षामन्त्री सहसंरक्षक तथा प्रधानसेनापति सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष रहेको कल्याणकारी कोषले नयाँ कार्यक्रम ल्याउनुअघि सञ्चालक समिति तथा हिताधिकारी ९बहालवाला तथा अवकासप्राप्त कर्मचारी०को समेत स्वीकृति लिनुपर्ने प्रावधान छ । २०३२ सालमा स्थापना भएको कोषको बिभिन्न बैंकरवित्तीय संस्थामा ३२ अर्ब ५९ करोड ८७ लाख ६७ हजार रुपैयाँ नगद मौजदात छ । त्यस्तै स्वास्थ्य, शिक्षा, आवास, गोलीगठ्ठा, उत्पादन, इन्धन डिपो सञ्चालनलगायत सेवामुलक क्षेत्रमा करिब ४ अर्ब रुपैयाँ लगानी छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले विद्यमान ऐनकानुन परिमार्जन नगरी जलविद्युत लगायत नाफाजन्य उद्योगमा लगानी गर्न असम्भव भएको स्पष्ट पारे । कारोबार दैनिकबाट ।
कमजोर बजार व्यवस्थापन र कच्चा पदार्थको अभावले हस्तकलाको प्रबद्र्धन भएनःउद्योग राज्यमन्त्री
काठमाडौं, २८ मंसिर । उद्योग राज्यमन्त्री कन्चन श्रेष्ठ बादेले हस्तकलाको प्रबद्र्धनको लागि कमजोर बजार व्यवस्थापन तथा कच्चा पदार्थको अभाव भएको बताएका छन् । नेपाल हस्तकला महासंघको चवालिसौं वार्षिकोत्सव तथा पाचौं हस्तकला दिवसका अबसरमा उनले हस्तकलाका भावी कार्यक्रमलाई ग्रामिणमुखी बनाई युवा रोजगारलाई प्रबद्र्धन गर्न महासंघ लाग्नुपर्ने बताए । त्यस्तै उनले उद्योग मन्त्रालय ११ हजार युवालाई प्रशिक्षण दिई स्वरोजगारको बातावरण सिर्जना गर्न तर्फ लागेको बताउँदै उद्योग मन्त्रालयले गरिबी न्यूनीकरण तथा युवा शक्तिलाई आफ्नो देश भित्रै रोक्नको लागि अन्य निकायबाट पनि सहयोगको अपेक्षा गरेको बताए । सो कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकला व्यवसाय भनेको नेपलका पहिचान बोक्ने क्षेत्र भएकोले यस क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल सरकारले यथोचित सहयोग गर्नुपर्ने बताए । उनले नेपाली हस्तकला क्षेत्रले रोजगारी प्रबद्र्धनको साथै गरिबी न्यूनकिरणमा समेत सहयोग पु¥याई निर्यातमा बृद्धि मार्फत आयात प्रतिस्थापन गर्नको लागि सहयोग पु¥याउने हँुदा यस क्षेत्रको विकासमा सरकारको गम्भिर ध्यानाकर्षण हुनु पर्ने बताए । हस्तकला दिवसकै अवसरमा परम्परागत हस्तकलाका वस्तुहरु एवं बाह्रौ हस्तकला प्रतियोगिताका सहभागी कलाकारहरुबाट तयार गरिएका सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।
नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी बिहीबारदेखि शुरु
काठमाडौं, २८ मंसिर । सिन्थेसिस् एक्जिविसन्स एन्ड एभेन्ट्स प्रालि नेपाल तथा एसडी प्रोमो मिडिया प्रालि इन्डियाले यही मङ्सिर ३० देखि पुस २ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी २०१६’ आयोजना र्गदैछ । केमिकल एण्ड मेडिकल सप्लायर्स नेपाल ,नेपाल केमिकल सोसाइटी र इण्यिन मेडिकल डिभाइस इण्डट्रिको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । नेपाल ग्रोथ स्टोरीसँग सहयात्रा गरी नेपाल ल्याब एक्स्पो, २०१६ र नेपाल मेडिकल शो, २०१६ को थालनी गरेको हो। प्रर्दशनीमा शल्यचिकित्सका सामग्री, उद्धार र आपत्कालीन सामग्री, औषधिजन्य फोहोर, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापन, सुविधा व्यवस्थापन र अन्य सेवा प्रदायक कम्पनीलाई एउटै मञ्चमा ल्याउँछ । अन्तर्रा्ष्ट्रियस्तरको नेपाल ल्याब एक्स्पो एक प्रदर्शनीले प्रयोग, विश्लेषण, वैज्ञानिक र वायोटेक्नोलोजीसम्बन्धी सामग्री र उपभोग्य वस्तुका लागि विशेष मञ्च प्रदान गर्दछ । प्रदर्शनीमा विश्वभरका १५० भन्दा बढी ठूला कम्पनी र ५०० भन्दा बढी ब्रान्डका प्रदर्शनकर्ता सहभागी रहन्छन् । व्यापारिक अगुवा, सरकारी अधिकारी, चिकित्सक, नीतिनिर्माता, उद्योगपति, वैज्ञानिक र अध्ययनकर्ता उपस्थित हुनेछन् । प्रर्दशनीबाट अवोलकनकर्ताले मेडिकल क्षेत्रको नविनतम अवस्थाका बिषयमा अध्ययन गर्न सक्नेछन् । अस्पताल, व्याथालोजी ,ल्याब, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परिक्षण प्रयोगशाला तथा आपूर्तिकर्ताको उल्लेखीय सहभागीता रहने आयोजको अपेक्षा छ । नेपालमा बार्षिक रुपमा दश अर्ब रुपैयाँ बराबरको मेडिकल जन्य समाग्रीहरुको कारोबार हुने गरेको सम्बन्धीत क्षेत्रको विज्ञहरुको अनुमान छ ।
भक्तपुर व्यापार मेलामा पाँच करोडको कारोबार, लाखौँद्धारा अवलोकन
भक्तपुर, २८ मंसिर । सल्लाघारीमा जारी भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँचौ दिनसम्ममा पाँच करोड रुपैयाँको कारोबार भएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको उक्त मेलामा ९० हजारभन्दा बढीले अवलोकन गरिसकेको मेलाका संयोजक राजु मृगेन्द्र जोशीले जानकारी दिए। मेलामा मौलिक हस्तकलाका उत्पादन, घरेलु तथा लघु उद्यमका उत्पादन, शैक्षिक, सूचना प्रविधि, कृषि उत्पादन, विभिन्न किसिमका सवारी साधन, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्री, फर्निचर, बाल मनोरञ्जन लगायतका सामग्री बिक्रीका लागि राखिएको छ । रासस
पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि, तीन महिनामा १० हजार बढी पर्यटकको आगमन
सोलुखुम्बु, २८ मंसिर । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर) महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजार ७७९ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष उक्त समयमा १९ हजार ४१७ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी जयराम न्यौपानेका अनुसार यस वर्षको सेप्टेम्बरमा ३ हजार १३० जना, अक्टोबरमा १० हजार १३ र नोभेम्बरमा ६ हजार २७४ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्ममा पर्यटक दृष्यावलोकन तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । छ महिना व्यवसाय सञ्चालन तथा बाँकी छ महिना बन्द रहने सगरमाथा क्षेत्रका व्यवसायी यस वर्ष पर्यटक आगमनमा भएको सुधारसँगै उत्साहित बनेका नाम्चेका होटल व्यवसायी कर्मा शेर्पा बताउछन् । रासस
ऊर्जा सम्मेलन मंसिर ३० गतेदेखि शुरु, आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
काठमाडौं, २८ मंसिर । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मंसिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, विभिन्न देशका जलस्रोतविज्ञ, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दश हजार मेगावाट जलविद्युत् उत्पादनको विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए । सम्मेलनलाई ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विशेष कार्यपत्रसहित सम्बोधन गर्ने कार्यक्रम छ । दश हजार मेगावाट लक्ष्यलाई कसरी दिगो बनाउने सम्बन्धमा समेत छलफल हुने अध्यक्ष विष्टले बताए । आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तीय व्यवस्थापन सन्दर्भमा समेत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गरिनेछ । ऊर्जा सुरक्षाको अवधारणा, विद्युत् माग एवम् आपूर्तिको विश्लेषण जस्ता विषयमा समेत छलफल हुनेछ । सरकारले गत वर्ष फागुन ६ गते ९९ बुँदे कार्ययोजनासहित दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जा सङ्कटकाल घोषणा गरेर ऊर्जा क्षेत्रमा महत्वपूर्ण लगानी जुटाउने घोषणा गरेको थियो । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५०० जनाको सहभागिताको अपेक्षा गरिएको महासचिव कुमार पाण्डेले जानकारी दिए । पत्रकार सम्मेलनमा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्न जलाशययुक्त आयोजनाको तत्काल विद्युत् खरिद सम्झौताको दर कायम गर्न माग गरिएको थियो । रासस