जाडो महिनालाई न्यानो बनाउन सिजीले ल्यायो विभिन्न मोडलका इलेक्ट्रोनिक्स सामग्री
काठमाडौं,३० कात्तिक । “अब जाडो मै छ मज्जा” नाराका साथ जाडो महिनालाई ध्यानमा राखेर सिजी इलोक्ट्रोनिक्स कम्पनीले विभिन्न नयाँ मोडल र डिजाइनका घरायसी सामग्री बजारमा ल्याएको छ । सिजीले आफूबस्ने कोठा न्यानो बनाउनका लागि रुम हिटर फ्यान हिटर र हलोजेन हिटर बजारमा ल्याएको छ । त्यस्तैैगरी पानी तताउनको लागी ग्यास गिजर, हट पट, इलेक्ट्रीक केटल, र वाटर डिसपेन्सरको नयाँ मोडल पनि बजारमा ल्याएको छ । यीनीहरुको प्रयोगले प्रयोगकर्ताहरुलाई जाडोको अनुभव नहुने कम्पनीको दावी छ ।
आरम्भ माइक्रोफाइनान्सद्धारा गोष्ठि तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं ३० कात्तिक । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शाखा प्रवन्धकहरुको लागि समीक्षा गोष्ठि तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल तालिम केन्द्रमा २०७३ कार्तिक २८ र २९ गते संचालित उक्त २ दिने कार्यक्रम शाखा प्रवन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले कर्मचारीहरु संस्थाको सम्पत्ती भएको तथा शाखा प्रवन्धकहरु केन्द्रिय कार्यालयको प्रतिनिधि भएकोले सोही अनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । विशेषगरी शाखा प्रवन्धकहरुले लघुवित्तीय लगायत समग्र वित्तीय क्षेत्रको ज्ञान राख्नुपर्ने र बजार अत्यन्त प्रतिस्पर्धी भएकाले आफुले गर्ने हरेक कामहरु नौलो तरिकाले गर्नुपर्ने बताए । २ दिन सम्म चलेको सो कार्यक्रममा आफनो शाखा अन्तर्गत आ. व. २०७३\०७४ को पहिलो त्रैमासिकको लक्ष्य तथा प्रगतिको समिक्षा, कार्यक्रम संचालनको दौरानमा आइपरेका चुनौतीहरु, त्यसको समाधानहरु तथा आगामि दिनको रणनीतिहरुको बारेमा छलफल गरियो । साथै उक्त कार्यक्रममा शाखा प्रवन्धकहरुको क्षमता अभिवृद्धिका लागि वित्त, कार्यक्रम, प्रशासन तथा व्यवस्थापन सम्वन्धि ४ वटा विधामा प्रस्तुतिहरु गरिएका थिए । कार्यक्रममा शाखा प्रवन्धकहरु ११ सहित १५ जनाको उपस्थिती रहेको थियो ।
नोट नसाट्नेबारे भारतीय संचार माध्यममा अाएका समाचार गलत भएको गभर्नर नेपालका भनाइ
काठमाडौं, ३० कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपालमा रहेका भारु पाँच र हजार साट्ने सम्बन्धमा भारतीय सरकारबाट कुनै पनि औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् । भारतीय मिडियामा भारतीय रिर्जभ बैंकले नेपालमा रहेको भारतीय रुपैयाँ साट्नु पर्छ भन्ने छैन र त्यसै हामी उक्त रुपैयाँ बाध्य छैनो भनी आएको समाचारसँगै नेपाली व्यवसायीहरु गभर्नर नेपाललाई भेट्न गएका थिए । भारु प्रतिबन्ध, आरबीआईले गरेको पछिल्लो कदम र नेपाली बजारमा उत्पन्न समस्यबारे छलफल गर्न राष्ट्र बैंक पुगेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुको टोलीसँग गभर्नर नेपालले भारतीय ५०० सय र हजारको नोट साट्ने सम्बन्धमा कुनै औपचारिक जानकारी नआएको स्पष्ट पारेका हुन् । टोलीमा सहभागी एक सदस्यका अनुसार गभर्नर नेपालले यो अन्योल छिटै अन्त्य हुने बताएका थिए । उनले नेपालमा रहेका भारु पाँच सय र हजार साट्न रिजर्भ बैंक अफ इन्डियाले अस्वीकार गरेको हल्ला गलत भएको बताएका थिए । भारतले भारु पाँच सय र हजारमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालमा रहेको साढे तीन करोड भारु साट्न सहयोग गरिदिन भारतीय रिजर्भ बैंक अफ इन्डियालाई औपचारिक पत्र पठाइसकेको छ । त्यो पत्रमा आफै निर्णय लिन असमर्थ रहेको जनाउँदै आरबीआईले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएपछि हिजो सोमबार भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र नेपालका प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच नोट साट्ने व्यवस्था मिलाउने सम्बन्धमा टेलिफोन वार्ता भएको थियो । त्यस्तै अर्थ मन्त्री कृष्णवहादुर महराले भारतीय समकक्षी अरुण जेट्लीलाई फोन गरेर भारतीय सरहकै नोट सटही सुविधा दिन आग्रह गरेका हुन् । ‘फोनवार्तापछि भारतीय समकक्षीबाट हाल उब्जिएको समस्या समाधान गर्न भारत सरकार प्रयत्नशील रहेको बताइएको थियो । तर मंगलबार भारतीय सञ्चार माध्यमहरुले आरबीआईले नेपाली रुपैयाँ नसाट्ने निर्णय गरेको समाचारहरु सम्प्रेषण गरिरहेका छन् । भारतका गभर्नरले भारतीय सरकारलाई पत्रसहित जानकारी गराएको र निर्णय कुर्न नेपाललाई आग्रह गरेको गभर्नर नेपालले बताए । भेटमा अध्यक्ष पशुपति मुरारका नेतृत्वको टोलीले यसबारेमा अन्योल हटाउन र भारतीय पक्षसँग कुरा गरेर समाधान खोज्न सुझाव दिएका थिए ।
उत्पादित विद्युत् प्रसारण लाइनमा जोड्न नसक्दा दोहोरो क्षति
काठमाडौं, ३० कात्तिक । देशभित्र ऊर्जा संकट चुलिरहेको बेला नेपाल विद्युत प्राधिकरणले उत्पादित विद्युत समेत उपयोगमा ल्याउने सकेको छैन । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसक्दा एकातिर जलविद्युत् आयोजनाहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको हो भने अर्कोतिर आम जनता अध्यारोमा बस्न वाध्य छन् । दोलखामा रहेको १० मेगावाटको सिप्रिङ जलविद्युत् आयोजनाबाट प्राधिकरणले केवल ७ मेगावाट मात्र प्रसारण लाइनमा जोडिउको छ । ३ मेगावाट विद्युत् त्यतिकै खेर गइरहेको छ । दरौंदी जलविद्युत् आयोजनाबाट वर्षायाममा उत्पादन हुने ६ मेगावाटमध्ये ३ मेगावाट प्रसारण गर्ने लाइन नहुँदा विद्युत् त्यहाँबाट पनि त्यतिकै खेरा गएकोे छ । त्यस्तै प्रसारण लाइन अभावका कारण सानिमा माई हाइड्रोपावर पनि न्यून उतपादन गरेर बस्न वाध्य भएको थियो । प्रसारणलाई अभावका कारण आयोजनाको २२ मेगावाट क्षमतामध्ये चार मेगावाट मात्र विद्युत् उत्पादन गर्दै आएको थियो । २०७२ असोज पहिलो सातादेखिमात्र हाइड्रोपावरबाट उत्पादित थप १८ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । जमा मेची अञ्चलका पहाडी जिल्लामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड झापा लखनपुरदेखि इलाम गोदकखण्ड गत वर्षको असोजबाट सञ्चालनमा आएपछि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको हो । २०७१ फागुनदेखि आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दै आएको थियो । तर, उत्पादित विद्युत् प्रसारण लाइन अभावका कारण त्यतिकै खेरा गएपछि आयोजनाले मासिक करोडौं घाटा व्यहोर्नु परेको थियो । सिनो हाइड्रोद्वारा उत्पादित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रसारण लाइन अभावका कारण हाल २५ मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । प्रसारण लाइन अभावका कारण आयोजनाले दुईमध्ये अहिले एउटा मात्र टर्वाइन चलाएको छ । करीब एक महिना अघि उत्पादन शुरू गरेको आयोजनाले अबको करीब डेढ महीनापछि दुवै टर्वाइनबाट उत्पादन शुरू गर्ने बताएको छ । हिउँदको मौसम शुरू हुन लागेकाले पूर्ण रूपमा ५० मेगावाट नै उत्पादन हुने सम्भावना नरहेको र अन्य आयोजनाबाट पनि सुख्खा मौसममा कम विद्युत् उत्पादन हुने भएकोले हाललाई प्रसारण लाइनको समस्या नदेखिए पनि पछि यो नियती सिनो हाइड्रोले पनि भोग्नु पर्ने हुन्छ । त्यसका लागि आउँदो वर्षायाम शुरू हुनुअघि नै प्राधिकरणले करीब १४ किलोमिटर पर रहेको सबस्टेशनसम्मको प्रसारण लाइन तयार पार्नुपर्छ । यदि सरकारले सो व्यवस्था गर्न नसके सिनो हाइड्रोपावरलाई क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ । विदेशी लगानीमा निर्मित यस आयोजनासँग प्राधिकरणले अमेरिकी डलरमा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ । त्यसैले क्षतिपूर्ति पनि सोही दरमा तिर्नुपर्ने हुन्छ । पीपीए गर्दाको प्रावधानमा भएको फरकले क्षतिपूर्ति तिर्नु पर्ने आउन सक्ने प्राधिकरण, विद्युत् व्यापार विभागका सहायक प्रबन्धक सुवर्ण सापकोटाले बताए । ‘नेपाली लगानीमा बन्ने आयोजनाको परीक्षण उत्पादन हुनुभन्दा केही समयअघि उत्पादक कम्पनी र प्राधिकरणबीच एक समझदारी गरिन्छ,’ उनी भन्छन् ‘त्यसमा तोकिएको मात्राको ऊर्जाको २० प्रतिशतसम्म कम उत्पादन हुँदा आयोजनाले क्षतिपूर्ति तिर्नु नपर्ने र सोही प्रतिशतसम्म ऊर्जा प्रसारण गर्न नसके प्राधिकरणले क्षतिपूर्ति तिर्नु नपर्ने हुन्छ ।’ तर विदेशीले निर्माण गरेका आयोजनमा उत्पादन गर्न नसके पनि उत्पादित विद्युतलाई प्रसारण लाइनमा जोड्न नसकेपनि क्षतिपूर्ति तिर्नुनपर्ने सम्झौता गरिएको हुन्छ । यस्तो सम्झौता आयोजना पिच्छे फरक हुने प्राधिकरणले बताएको छ । हाल उत्पादनमा रहेका जलविद्युत् आयोजनाको क्षमता र त्यसका लागि तयार गर्न लागिएको प्रसारण लाइनको गतिका आधारमा हेर्ने हो भने अबको २ वर्षमा प्राधिकरणले नेपाली लगानीकर्ताका आयोजनालाई पनि क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको भनाइ छ । हाल उत्पादन शुरू हुने तर्खरमा २५ मेगावाटको माथिल्लो मादी, ६ मेगावाटको दरौंदी कालिका र ४ दशमलव ३ मेगावाटको टुङ्गुन ठोस्ने रहेका छन् । त्यसमध्ये टुङ्गुन ठोस्नेको परीक्षण उत्पादन शुरू भइसकेको छ । यो आयोजनासँग खानीखोलाद्वारा उत्पादित ऊर्जा मिसाउँदा ६ मेगावाट हुन आउँछ । तर, प्राधिकरणसँग केवल १५ सय किलोवाट मात्र विद्युत् प्रवाह गर्ने प्रसारण लाइन छ । बाँकी ४५ सय किलोवाट ऊर्जा प्रसारण लाइनको अभावमा त्यतिकै खेर जाने भएको छ । आयोजना बन्ने तर प्रसारण लाइन निर्माणले गति नलिँदा उत्पादित विद्युत् खेर जाने अवस्था निकट भविष्यमै आउँन निश्चित छ । अन्तर निकाय संयोजन नहुनाले यो अवस्था आउन लागेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष खड्गबहादुर बिष्ट बताउँछन् । आयोजना निर्माणको अनुमति दिन निकायले र प्रसारण लाइन निर्माण निकायबीच समन्वय नहुँदा समस्या आएको हो । लाइसेन्स दिनुअघि आयोजना निर्माण गर्न मागिएको क्षेत्रमा प्रसारण लाइनको अवस्था र निकट भविष्यको सम्भावनाका बारेमा प्राधिकरणसँग छलफल भएर अघि बढे यो समस्या नआउने बिष्टको ठहर छ ।
लक्ष्मी बैंककाे थप दुर्इ शाखा रामपुर र कौशलटारमा विस्तार
काठमाडौं, ३० कात्तिक । लक्ष्मी बैंकले दुई नयाँ शाखा खोलेको छ । बैंकले पाल्पाको रामपुर र भक्तापुरको कौसलटार नयाँ शाखा खोलेको हो । आफ्नो सेवाहरु सहज रुपमा पु¥याउने लक्ष्यले बैंकले यी शाखाहरु संचालनमा ल्याएकोे हो । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको रामपुर बजारमा र कौसलटारमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति बैंकले लिएको छ । यो सँगै बैंकको शाखा सञ्जाल ५९, विस्तार काउन्टर दुई वटा र एटिएम ७९ वटा पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको बैंकले दावी गरेको छ । बैंकले आर्थिक वर्ष २०७२÷७३ मा ४८ अर्व १५ करोड निक्षेप र ४० अर्व ३५ करोड कर्जा संकलन गरेको छ ।
भेटी र दानबाट आठ करोड बराबरको विभिन्न पूर्वाधार निर्माण
बेनी, ३० कात्तिक । भेटी र दानबाट सङ्कलित रकमको सही व्यवस्थापन र पारदर्शिता अपनाउन सकियो भने करोडौका पूर्वाधार निर्माण गर्न सहज हुने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको रकम र तीर्थयात्रीले दिएको दानबाट सङ्कलित रु आठ करोडको लागतमा विभिन्न भवनका साथै बाटो निर्माणमा टेवा पुगेको छ । सो रकमबाट गलेश्वरमा धर्मशाला, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका काम सम्पन्न भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । छ वर्ष अगाडिसम्म गलेश्वर मन्दिरमा वार्षिक करिव रु ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । मन्दिर प्रवेश गरेका भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालीग्राम, कुण्डलगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा थिएन । विसं०५७ देखि ६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटी रु ३१ लाख बराबर थियो । विसं। २०६७ मा समाजसेवी रुद्रबहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ समितिले भेटी व्यवस्थापनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाएको ६ वर्षको अन्तरालमा मन्दिरमा करोडौंका पूर्वाधार थपिएको हो । ‘अस्तव्यस्त अवस्थामा मैले जिम्मेबारी सम्हालेको थिएँ । भेटी व्यवस्थापन गर्न केहीवर्ष धेरै मेहनत गर्नुप¥यो’ कार्कीले भन्नुभयो । भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । मन्दिरका तीन पुजारीमध्ये मुख्य पुजारीलाई रु १५ हजार, सहायकलाई रु १० हजार र सहयोगीलाई रु चार हजार तलबसहित खाने–बस्ने व्यवस्था गरिएको छ । मन्दिर स्थापनादेखि ०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा, आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मालम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए । अहिलेसम्म भेटी, महायज्ञ र चन्दाबाट रु ८ करोडको पूर्वाधार थपिएको छ । गत साउन महिनामा मात्रै रु १३ लाख भेटी सङ्कलन भएको थियो । साउने सोमबार र शिवरात्रिका बेला लाखौँ भेटी सङ्कलन हुने गरेको छ । मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ । कृष्णगण्डकीदेखि नौ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा निर्मित मन्दिरभित्र विराजमान भएकाज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको धार्मिक विश्वास छ । यसैबीच गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारी समेत भइरहेको छ । रासस
जेटीइका दुई स्मार्टफोन बजारमा
काठमाडौं । चिनियाँ मोवाइल उत्पादक कम्पनी जेडटीइले दुई नयाँ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । जेडटीइका एक्जन मिनी र एक्जन इ—लाइट नेपालमा भित्रिएका हुन् । यसअघि सो कम्पनीले नेपालमा भित्र्याएको ब्लेड सिक्स, ब्लेड थ्री, ब्लेड डी टु, ब्लेड एल फाइभ प्लस, ब्लेड एल फाइभ र ब्लेड एस सेभेन मोवाइल उत्कृष्ट सावित भएको कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार एक्जन इलाइट स्मार्ट फोन ५.५ इन्चको फुल एचडी डिस्प्ले छ भने १३ मेगा पिक्चल प्राइमरी क्यामेरा र २ मेगा पिक्सल सेकेन्डरी क्यामरा रहेको छ । एन्ड्रोइड ५.०.२ ललिपप भर्सनको यो फोनमा ३ जीबी र्याम र ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । फोनले फोरजी तथा थ्री जी दुबै सर्पोट गर्छ । यसको मुल्य ३३ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ । त्यस्तै अर्को स्मार्ट फोन एक्जन मिनी पनि ५.२ इन्चको फूल एचडी डिस्प्ले छ । फोनमा सेन्सर लक जडान गरिएको छ । यस स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर क्यामेरा र सेल्फीको लागि ८ मेगा पिक्सलको क्यामेरा छ । फोनमा ३ जीबीको र्याम र ३२ जीबीको इन्टरनल स्टोरज क्षमता छ । एन्ड्रोइड ५ं१ं.१ ललिपप भर्सनको फोनमा २८ एमएएच पावरको ब्याट्री छ । यो फोनमा ३२ जीबी इन्टरनल मेमोरीको क्षमता रहेपनि १३२ जीबीसम्म एक्सपान्ड गर्न मिल्नेछ । यो स्मार्टफोनको मूल्य २५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपाल बैकर्स संघकाे अध्यक्षमा अनिल शाह निर्विराेध, अाैपचारिक घाेषणा भाेली
काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ। हाल एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।