घरमा लक्ष्मी माताको बास गराउन यसरी गरौ पूजा
काठमाडौं, १४ कात्तिक । हरेक मानिसको चाहना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास गरुन्, आर्थिक स्थिति राम्रो होस्, व्यक्तिले सबै सुख भोग गर्न सकोस् । यी सबै कुरा प्राप्त गर्नको लागि हिन्दुधर्मालम्बीहरुले हरेक वर्ष कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको पूजा तथा आरधना छ । धनधान्य तथा सुखसमृद्धिकी देवी लक्ष्मीको पूजा तथा उपासना गर्दा घरमा धन सम्पत्ति वृद्धि हुनका साथै सुखसमृद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ । परम्परादेखि तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाउने प्रचलन छ । आजका दिन घर वरिपरि सर–सर्फाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारेर लक्ष्मीको आव्हान गरिन्छ । यस दिन लक्ष्मीमातालाई मन पर्ने जटा नरिवल, कमल तथा गुलावको फूल, विभिन्न फलफूल तथा पक्वान, सौभाग्यका सामन, कौडा तथा चाँदी तथा चाँदीबाट बनेका भाडाकुडा चढाउने प्रचलन छ । विविध धर्मशास्त्रअनुसार दिपावलीको रात माता लक्ष्मी रातभर पृथ्वीमा भ्रमण गर्नु हुन्छ । त्यसैले यस दिन लक्ष्मी कृपा भयो भने वर्ष भरि कहिल्यै खल्ती रित्तो हुँदैन । ज्योतिष विद्यांका अनुसार माता लक्ष्मीलाई खुसी राख्न तथा उहाँको कृपा प्राप्त गर्न, मानसिक पारिवारिक क्लेश, भूतप्रेतको वाधा आदि वाट छुट्कारा प्राप्त गर्न विशेष ध्यान दिनुपर्छ । यस दिन यी सात ठाउँमा दीप बाल्दा धनलाभ हुने घरमा जहाँ लक्ष्मी माताको पूजा आजा गरिन्छ, त्यहाँ दीप बाल्नु पर्छ र दीप रात भरि बालिराख्नु पर्छ निभ्नु हुँदैन् । ड्ड धनको कामना पूरा गर्नका लागि मूल ढोकाको बाहिर दुईवटा दियो बाल्नु राम्रो मानिन्छ । यदि धन सम्पत्तीको बहुतै समस्या भएको भय पिपलको फेदमा दीपावलीको राती दियो बाल्नु फलदायी मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने दीप जलाएर हिडे पछि पछाडि फर्केर हेर्नु हुँदैन । घरको आसपासको खाली चौरमा दिपावलीको दिन रातको समय दिप जलाउदाँ पैसाको समस्या पर्दैन । घरको आसपासको मन्दिरमा लक्ष्मी पूजाको दिन दिप बाल्दा सबै देवीदेवताको कृपाका साथै परिवारिक क्लेश हट्ने छ र मानशिक तनावबाट छुट्कारा मिल्छ । वेलपत्रको फेदमा यस दिन दीप जलाउँदा भगवान शिव खुसी लक्ष्मी प्राप्त हुनका साथै मानिसका जीवनमा आउने हरेक प्रकारका दुःख हटेर जानेछ । यदि घर तथा कुनै मानिसको जीवनमा भूत प्रेतको समस्या छ भने दिपावलीको दिन मसान घाटमा पित्रृका नाममा बत्ती बाल्दा भूत प्रेतको भयबाट छुट्कारा मिल्नेछ । मूलढोकामा यी सात चिज राख्दा वर्षभरि धनको लाभ हुने वास्तवमा वास्तुशास्त्र अनुसार मूलढोकालाई महत्वपूर्ण मानिन्छ । यसै कारणले दिपावलीमा मूल ढोका सर–सफाइ तथा सजावट गरी दिप बाल्ने प्रचलन छ । मूलढोकामा यी चिजहरु राख्दा माता लक्ष्मी कृपा प्राप्त हुनेछ । दिपावलीको दिन राम्रो कलशमा शुद्ध जल भरेर कलशलाई सजाएर कलशलाई मूल ढोकाको पूर्व दिशा वा उत्तर दिशमा राख्दा घरको मूल मान्छेलाई लाभदायक हुन्छ । दिपावलीको समय घर वा व्यवसायिक स्थलको मूलढोकामा पूर्ण रुपले सजिएको तोरन ( पिपल, आप, अशोकको पात) लगाउँदा लाभदायक हुन्छ । यसले गर्दा घरभित्र भएका नकारात्मक ऊर्जा नष्ट हुने जनविश्वास रहि आएको छ । दिपावलीको दिन घर वा व्यवसायिक संस्थाको मूल ढोकामा चाँदीको स्वातिक बनाउनु पूर्ण फलदायक मानिन्छ । वास्तुका अनुसार यसो गर्दा घरमा कुनै प्रकारको दुःख विरामी हुनेछैन । यदि यो गर्न नसके कुमकुम (अविर) बाट पनि स्वातिक बनाउन सकिन्छ । दिपावलीका दिन घर वा व्यवसायिक स्थलको मूलढोकामा माता लक्ष्मीको पाइला बनाउनु धेरै लाभदायक मानिन्छ । लक्ष्मीमाताको पाइलाको छाप भने भित्र फर्किएको हुनु पर्दछ । दिपावलीको दिन घर वा व्यवसायिक स्थलको मूलढोकाको माथि माता लक्ष्मी कमलको फूलमाथि विराजमान भएको फोटो लगाउनु धेरै लाभप्रद हुनका साथै परिवारमा सुख र समृद्धि बढ्छ । विधिवत लक्ष्मी पूजा गर्नको लागि आवश्यक सामग्री सुख र समृद्धीकी देवी महालक्ष्मीको मूर्तिलाई स्नान गर्नका लागि तामाको पात्र, तामाको लोटा, जलको कलश, दूध, वस्त्र र आभूषण तयार गर्नु पर्दछ । त्यस्तै चामल, दियो, तेल, धूपबत्ती र अष्टगन्ध तयार पार्नुपर्छ । गुलाबका फूलहरू ल्याउनुस् । प्रसादका लागि फल, दूध, मिठाई, नरिवल, पञ्चामृत, सुक्खा मेवा, सक्खर, पान र दक्षिणा छुट्याउनु पर्छ । लक्ष्मी पूजा गर्ने विधि कुनै पनि शुभकार्य शुरू गर्नुअघि श्री गणेशको पूजा गर्नुपर्छ । भगवान गणेशलाई स्नान गराइ वस्त्र अर्पण गनुपर्दछ । चन्दन, पुष्प र अक्षता पनि चढाउनुस् । त्यसपछि देवी लक्ष्मीको पूजा शुरू गर्नुपर्छ । देवीको प्रतिमामा उहाँको आव्हान गरी आसन भगवतीलाई बसाल्नु पर्छ । स्नान गराउँदा पहिला जल अनि पञ्चामृत अनि फेरि जलले स्नान गराउनु पर्दछ । त्यसपछि माता लक्ष्मीलाई वस्त्र अर्पण गर्नु पर्दछ । अनि आभूषणहरू लगाइ फूलको माला पहिराइ दिनुपर्छ । सुगन्ध अर्पण गर्दै तिलक लगाइदिनु पूजा गर्दा उपयुक्त मानिन्छ । । अनि धूप र दीपले आरती बाल्नु पर्दछ । माता लक्ष्मीलाई गुलाब र कमलको फूल धेरै मन पर्छ । त्यो फूल चढाउन भुल्नु हु्रँदैन । त्यस्तै बेलपत्र चढाउँदा पनि लक्ष्मीमाता प्रसन्न हुनुहुन्छ । ११ वा २१ अक्षता गेडा चामल अर्पण गर्नुस् । श्रद्धानुसार घिउ वा तेलको दियो बाल्नुस् । आरती गरी देवीको प्रतिमालाई परिक्रमा गर्नु पर्दछ । अब नैवेद्य अर्पण गर्नु पर्दछ । महालक्ष्मी पूजा अवधिभरि ऊँ श्री महालक्ष्म्यै नमः भनी जप गर्नु पर्दछ । लक्ष्मीको वीच मन्त्र ॐ ह्रीं श्रीं लक्ष्मीभयो नमः।। लक्ष्मीको गायत्री मन्त्र ॐ श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ।। महालक्ष्मी मन्त्र ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमः।।
फेसबुकमा तिहारको शुभकामना कार्ड यसरी बनाउनुहोस्
काठमाडौँ, १३ कात्तिक। तिहार सुरु भएको छ। फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन् । सामान्य मेहनतमै बनाउन सकिन्छ शुभकामना कार्ड । यसरी बनाउनुस् फेसबुकमा तिहारको शुभकामना सर्बप्रथम आफ्नो प्रोफाइलमा जानुहोस् र स्न्यापसागा डटकममा जानुहोस् त्यहाँ पेजको बायापट्टिको सिरानमा ‘भ्यू अल फ्रेम’ अर्थात् सबै फ्रेम हेर्नुहोस् देख्नुहुने छ । भ्यू अल फ्रेममा क्लिक गरेपछी तपाईलाई मनपर्ने फ्रेम हरुको संकलनमा वेबसाइटले लैजाने छ । उपलब्ध फ्रेममध्ये आफुलाई मनपर्ने फ्रेम छनोट गर्नुहोस् । अहिलेको लागि खुलेको पेजको पहिलो फ्रेम ‘शुभ दिपावली’ रोज्नुहोस । तपाईले रोजेको फ्रेममा क्लिक गरेपछि फोटोको पुछारमा ‘क्लिक हियर टु स्टार्ट’ लेखेको हरियो बटन देखिने छ । त्यस बटनलाई क्लिक गर्नुहोस् । पहिलोपटक स्न्यापसागा प्रयोग गर्दै गरेका प्रयोगकर्तालाई यो पेजमा जानु अगाडी यो एप्सको प्रयोग गर्न फेसबुकका सूचनाहरु जरुरी हुनेछ । बटन क्लिक गर्नेबितिकै पप-अपमा अर्को विन्डो ट्याब खुल्ने छ जसले प्रयोगकर्ताको फेसबुकको विवरण माग्ने छ । सिधै अर्को पेजमा जानु अघि प्रयोगकर्ताले सार्वजनिक प्रोफाइल र इमेल ठेगाना माग्ने छ । तर इमेल खुलाउन चहानुहुन्न भने एडिट अप्सनमा गएर इमेल लेखिएको बटनमा रहेको टिकमार्क हटाउनु पर्ने छ । त्यस पछि निलो बटनमा लेखिएको ‘कन्टिन्यु’ क्लिक गरेका आफ्नो तयार भएको तस्बिर हेर्न सकिने छ । यसको अन्त्यमा रहेको सेयर अन फेसबुकमार्फत तयार शुभकामना कार्डलाई सेयर गर्न सकिने छ ।
यस्तो छ भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण कार्यक्रम, जनकपुर र पाेखरा पनि जाँदै
काठमाडौँ, १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । भारतीय राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटवार्ता गर्नेछन् भने उनको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ । त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजीत रायले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ । सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा संबोधन गर्नेछन् । राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् । भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने र उनको सम्मानमा नागरिक स्वागत आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जानेछन् । भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपालको भ्रमणमा आएका थिए । राष्ट्रपति मुखर्जी कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस
मन्त्रीको हैसियतमा उपाध्याय र पौड्याल राजदूतमा नियुक्त
काठमाडौँ , १३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । त्यसैगरी गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूतमा नियुक्त गरेकी हुन् । राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
नायक राजेश हमाल र मन्त्री जनर्दन शर्माकाे लाेकप्रियता बढ्याे, प्रचण्ड र अाेलीकाे घट्याे
काठमाडौँ , १३ कात्तिक । पछिल्ला राजनीतिक गतिबिधिबाट सामाजिक संजाल तथा आमसंचार मध्यम मा राजनीतिक दलका नेताहरुको लोकप्रियता घटेको छ । अनलाइन संचार मध्यमहरुको पहुचमा भएका मानिसहरुले राजनीतिक दलका नेताहरु भन्दा कलाकारहरुतर्फ आफ्नो ध्यान खिचेका छन् । शुक्रबार मात्रै सिन्धुपाल्चोकको गिरान्चोकमा चर्चित हास्य कलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरेले भूकम्प पीडित जनतालार्इ सुब्यबस्थित वस्ती वितरण गरेपछि त झन् कलाकारहरु प्रति ठूलो श्रद्दा बढेकाे देखिएकाे छ भने नेताहरु प्रति सामाजिक संजालमा ठूलो आक्रोश पनि व्यक्त भएको पाइएको छ । अक्टोबर महिनाको अन्तिम साता नेपाली चलचित्रका महानायक राजेश हमाल नार्कोसी डट कम को पब्लिक फिगर अाइकनमा पहिलो नम्बरमा उक्लेका छन् । यसघि प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोमा थिए । उनी दोश्रोमा झरेका छन् । तेश्रो र चौथोमा क्रमश चर्चित हास्य कलाकार जितु नेपाल र नायक तथा बिमान चालक बिजय लामा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पाचौमा छन् भने शेरबहादुर देउबा छैठौमा छन् । गायिका तिर्सना बुढाथोकी सातौमा छिन । उर्जा मन्त्नी जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्दको महा अभियोग प्रस्ताबको भित्री नेतृत्व समाचार अनलाइनहरुमा चर्चित भएपछी उनका पाठक पनि निकै बढेका छन् । उनी आठौमा छन् । नबौ स्थानमा अस्ट्रेलियाका नेपाली मुलका धनाड्य तथा गैर आवाशीय नेपाली संङका अध्यक्ष शेष घले छन् । दसौमा भने युबा गायिका मिलन अमात्य छन् । नार्कोसी डट कम अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको नेपाली भाषाका सबै अनलाइन पोर्टलबाट समाचार, विचार तथा श्रव्य दिर्ष्य सामग्री एकिकृत गरि अनलाइनका पाठकबीच पुर्याउदै अाएकाे न्यूजपाेर्टल हाे ।
संविधान संशोधनमा एमालेकाे शर्त ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ’
काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) संविधान संशोधनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने सर्त अगाडि सार्ने भएको छ । संविधान संशोधनको विपक्षमा उभिदै आएको एमालेले प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीको व्यवस्था राख्न अरु दल सहमत भए एमाले संविधानका बाँकी विषयमा संशोधन गर्न तयार हुने जनाउ दिएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताए । एमाले काठमाडौँ– ४ नम्बर वडा कमिटीले शनिबार आयोजना गरेको चियापान कार्याक्रममा उनले संविधानमा शासकीय स्वरुप र निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । सरकार बदल्ने र भत्काउने फोहोरी खेल बढेकाले अब मुलुक बनाउन प्रत्यक्ष कार्यकारीका लागि एमालेले पहल गर्ने उनको कथन छ । महासचिव पोखरेलले भने ‘‘संविधान जसरी पनि जारी गर्नुपर्ने भएकाले हामीले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति गर्न बाध्य भएका थियौँ । एमालेले सरकार छाडेपछि मोर्चा बदलिएको छ तर राष्ट्र निर्माणको मिसन बदलिएको छैन।” वर्तमान सरकार संविधान संशोधन गरेर मधेशमा भईरहेको असन्तुष्टिलाई संबोधन गर्दै स्थानीय तहको निर्वाचन गराउने र संविधान कार्यान्वयन प्रभावकारी बनाउने बताउँदै आएको छ । तर एमाले अध्यक्ष केपी शर्मा अाेलीले औचित्य पुष्टि भए मात्र संविधान संशोधनमा जान सकिने बताउँदै आएका छन् ।
दयाको सम्बन्ध होइन, आपसी लाभको सम्बन्ध अावश्यक
काठमाडौं, १३ कात्तिक । नेपालले अबको डेढ दशकमा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गरी विकाशिल राष्ट्र बन्ने लक्ष्य निर्धारण गरेको छ । हाल भइरहेको विकास गतिलाई हेर्दा अबको १५ वर्षमा नभइ ३० वर्षमा पनि सो लक्ष्य पूरा नहुन सक्छ । सरकारकै प्रमुख प्राथमिकतामा परेको र राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजन शुरु भएको झण्डै तीन दशक बितिसकेको छ । तर, हालसम्म पनि आयोजनाका धेरै कामहरु हुन बाँकी नै छ । यो त एक उदाहरण मात्र हो, यसरी समयमा सम्पन्न हुन नसकेका आयोजनाको सूचि धेरै हुन्छ, जसले देश विकासमा सहयोग गरी राष्ट्रलाई समृद्ध बनाउन विशेष भूमिका निर्वाह गर्दछ । यस्तो परिस्थितिको दल दलमा हामी फसेको भएपनि हाम्रा दुई छिमेकी देश विश्वकै अर्थतन्त्रमा खास भूमिका र महत्व राख्ने सूचीमा दर्ता भइसकेका छन् । उत्तरतिरको छिमेकी चीन विश्वकै एक नम्बर अर्थतन्त्रको आकारमा भएको देश बनिसकेको छ । चीनको अर्थतन्त्रले विश्वको एक नम्बर मानिएको अमेरिकी अर्थतन्त्रलाई समेत उछिनिसकेको तथ्याङ्क अन्तराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरिसकेको छ । दक्षिण छिमेकी भारत आफूलाई विश्व अर्थतन्त्रको निर्णायक साझेदारका रूपमा स्थापित गर्ने अभियानमा छ । भूराजनीतिका कारण पनि हामीले अपेक्षा राखेको समृद्धिका निम्ति भारत र चीन सितै सहकार्य गर्नु जरुरी छ । भारतसित खुला सिमाना, भाषिक, सांस्कृतिक र सामाजिक सामिप्ताले बढी नजिक छौं भने चीनसँग भौगोलिक सामिप्यता कारण केही कठिनाइ भएपनि सूचना र प्रविधिको युगमा भौगोलिक जटिलता मात्र निकट सम्बन्धको अवरोध होइन । दुबै राष्ट्र हाम्रा लागि उत्तिकै महत्वका राख्दछन् । विश्व अर्थतन्त्रमा उदयमान राष्ट्रबीचको सेतु नेपाल बन्न सक्नुपर्छ । दुई उदयमान आर्थिक शक्तिका बीचमा उभिएको नेपालजस्तो अल्पविकसित देशका लागि त भारत र चीनको आर्थिक गतिको लाभ लिन सक्नुपर्छ । आधुनिक वैदेशिक सम्बन्ध आपसी हित र लेनदेनमा आधारित सहकार्यमा अडिएको हुन्छ । यो विश्वका औसत देशहरूको आर्थिक सम्बन्ध र साझेदारीका तथ्यले प्रमाणित गरिसकेको विषय हो । यी देशहरुबीचको सम्बन्ध सदाको लागि सदावहार राख्न यस्ता सम्बन्धबाट थप फाइदा लिन हामीले कुटनीतिक तबरबाट विशेष सोच विचारका साथ अघि बढ्नु पर्दछ । छिमेकी राष्ट्रसँगको सम्बन्ध कुन देशको प्रमुखले कतिपटक भ्रमण ग¥यो वा गरेन भन्नेमा निर्धारण हुँदैन । जुनसुकै देशको विदेश नीतिको मुख्य आधार भनेको आर्थिक हित र स्वार्थ नै हो । आपसी आर्थिक हितमा आधारित सम्बन्ध दिगो र लाभदायी हुन्छ भने दयामा पाएको सम्बन्ध जुनसुकै बेला पनि धरापमा पर्न सक्छ । यो तथ्यको केन्द्रमा रहेर कसरी दुबै छिमेकीबाट बढीभन्दा बढी लाभ लिन सकिन्छ र दीगो सहकार्यका आधारहरू के के हुन सक्छन्, यस्ता आर्थिक विकासमा ध्यान जानु जरुरी छ । तर, आन्तरिक राजनीतिक खिचातानी र स्वार्थकेन्द्रका कारण हामीले समयमै विकास निर्माणका कार्यहरु सम्पन्न गर्न नसकी आफ्नो खुट्टामा बञ्चरो हानिरहेका छौं । भारत र चीनले एशियामा आफ्नो प्रभाव विस्तार गरिराख्दा त्यसलाई आफ्नो हितमा जोड्न नसक्नु कमजोरी हाम्रै हो । भारत र चीनका निम्ति हामी सहयोगी हुन सक्छौं । तर, हाम्रा निम्ति यी उदीयमान अर्थतन्त्र अवसरको खानी नै हुन् । विश्वको आर्थिक मञ्चमा आआफ्नो वर्चस्व स्थापित गर्ने उद्देश्यमा अग्रसर देशहरूको बीचमा रहेका हामीले विकासको सपनामात्र देखिरहेका छौं । दुई शक्तिशाली अर्थतन्त्रको होडलाई अवसरका रूपमा उपयोग भने सकेका छैनौ । नेपालप्रति दुवै छिमेकीको स्वार्थमा समानता नहुन सक्छ । यी दुबै राष्ट्रले नेपालको विकासविना आफ्नो समृद्धि पूर्ण नहुने बताइ सकेका छन् । उनीहरुको यी विचारलाई हामीले शक्तिमा परिणत गर्न तथा यसबाट बढी भन्दा बढी फाइदा लिन भारत र चीनसित आर्थिक साझेदारी र सहकार्यका नयाँ आयामहरूको खोजी गरिनु र सही मार्गमा हिड्नु आजको आवश्यकता हो । छिमेकीलाई विश्वासमा लिएर विकासका अवसरहरूको अधिकतम उपयोग गर्नुको विकल्प छैन । एउटासित सम्बन्ध बढाउँदा अर्को पछिहट्छ कि भन्ने मनोविज्ञानमा जेलिएको बस्नु हुँदैन । यी दबैलाई समदूरीमा राखेर सहकार्य गर्दै यी दबै राष्ट्रसँगको सम्बन्धलाई प्रगाढ बनाउनु पर्छ । यसैले यी दुबै राष्ट्र प्रमुखको भ्रमण हाम्रा लागि उत्तिकै महत्व राख्दछन् ।
जनता बैंक र त्रिवेणी विकास बैंक मर्ज हुने, ५ अर्ब ५० करोड पुँजी जुट्दै
काठमाडौं, १३ कात्तिक । जनता बैंक नेपाल र त्रिबेणी बिकास बैंक मर्ज हुने भएको छ । सो सम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछ । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालका अनुसार स्वाप रेसियो १०० बराबर १०० हुनेछ । यो मर्जसँगै जनता बैंकले ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको आधार तयार गरेको छ । ‘दुबै बैंकले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ हुनेछ’ लाम्सालले देश विकासलाई भने । हाल जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । यस बैंकले १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन आह्वान गरेको छ भने ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर छ । हकप्रद र बोनस सेयर जोड्दा जनता बैंकको सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ । जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस बैंकमा हाल चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले करिव १५ करोड रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव अगाडि बढाएको छ । दुई बैंक मर्जपछि चुक्ता पुँजी ४ अर्ब ८८ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिँदा ५ अर्ब ५० करोड रुपैयाँ पुँजी पुग्ने विश्वास गरिएको छ । यो मर्ज सकिएपछि पुन अर्को विकास बैंक एक्वाएर गर्ने रणनीतिमा जनता बैंक रहेको छ ।