विकासन्युज

पाठ्यपुस्तक छपाइको निर्णयमा ढिलाई, समयमा नै पुस्तक नछापिदाँ बर्षेनी विद्यार्थीलाई समस्या

काठमाडौं ३०, असोज । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ । तर ,कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुर्याउने भन्ने निर्णय हुन सकेको छैन भन्ने समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ । रंगीन पुस्तक कसले छाप्ने भन्ने पनि निक्र्योल हुन सकेको छैन । हरेक शिक्षामन्त्रीले शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुर्याउने प्रतिबद्धता जनाउने गर्छन् । मातहतको कार्यालयले निर्णयका लागि पेस गरेको फाइलको निर्णय तिनै मन्त्रीले बेलैमा नगरिदिँदा कतिपए विद्यार्थीले शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक पाँउदैनन् ।

गुगलले ल्यायाे नयाँ स्मार्टफोन ‘पिक्सल’, अक्टोवर २० देखि बिक्री शुरु

काठमाडौं, ३० असोज । इन्टरनेट जाइन्ट कम्पनी  गुगलले दुई वटा नयाँ स्मर्टफोन पिक्सल र पीक्सल एसएल सार्वजनिक गरेको छ। इन्टरनेट सर्च इन्जिन गुगल र भिडियो सर्च इन्जिन युट्युवमा एकछत्र राज गरेको गुगलले महत्वकांक्षि लक्षका साथ यी स्मार्टफोनहरु सार्वजनिक गरेको जनाएको छ। यसका साथै दुईवटा हार्डवेयर उत्पादन पनि बजारमा ल्याएको छ । गुगलले एप्पल र अमेजन जस्ता प्रतिद्वन्दीका उत्पादनलाई टक्कर दिनका लागि नयाँ ब्राण्ड लन्च गरेको हो । पीक्सलको मूल्य झण्डै ५० हजार र पीक्सल एक्स एलको मूल्य ६१ हजार भारतीय रुपैयाँ तोकिएको छ । दुबै स्मार्टफोनको बिक्री २० अक्टोबरबाट शुरु हुने कम्पनीले जनाएको छ।

धादिङमा झन्डै ३ अर्वको तरकारी, जिल्लाभर ७६ हजार मेट्रिक टन तरकारी उत्पादन

काठमाडौं ३०, असोज । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यावसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपतसँग सिमाना जोडिएका र आसपासका गाविसका किसानहरु बह्रमासे तरकारी खेतीमा लागेका समाचार आइतबारको कारोबार दैनिकमा खबर छापिएको छ । केही बर्ष अघिसम्म तेलमसलाका लागि मात्रै तरकारी बेचन किसानाहरु अहिले छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै लाखौंको तरकारी बेच्ने भइसकेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर ९१२ हजार ४ सय ४० रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ । जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । जिल्लाको छत्रेदेउराली, जीवनपुर, नौबिसे, थाक्रे, तर्सपु, केवलपुर, गोगनपानी र भुमेस्थान गाविस व्यवसायीक तरकारी पकेट क्षेत्र हुन ।

अर्ब नाफा कमाउने बैंक एक वर्षमै दोब्बर, कतिपय बैंक मर्जरपछि अर्ब नाफामा

काठमाडौं ३०, असोज । वार्षिक एक अर्ब नाफा कमाउने बैंकको संख्या एक वर्षमै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा नौ वटा बैंक अर्ब नाफा कमाउने सूचिमा परेकोमा गएको वर्ष यो संख्या बढेर दोब्बर भएको छ । नाफा गर्नेमा अधिकांश मर्जरपछि एक भएका बैंकले अर्ब भन्दा बढी नाफा कमाएका देखिएको छ । बैंकमा तरलता (लगानी योग्ग पूँजी) थुप्रियो लगानी हुन सकेन, लगानीका बाटो खुम्चिए भनेर बैंकले नै गुनासो गरिरहेको अवस्थामा अर्बभन्दा बढी नाफा कमाउने बैंक थपिदैँ गएका छन् । गएको वर्ष सरकारी स्वामित्वका तीन वटा र निजी क्षेत्रका दुई वटा बैंकले अर्बभन्दा बढी नाफा कामाएका थिए । अर्ब नाफा कमाउने बैंकको संख्या एक दर्जन पुगेको छ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड गएको वर्ष तीन अर्ब नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा परेको छ । अर्बभन्दा बढी नाफा माउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, नेपाल एसबीआई, सिद्धार्थ, एनएमबी, प्राइम कमर्सियल, एनआइएसी एसिया, नबील, कृषि विकास, हिमालयन, ग्लोवल आइएमई, स्याण्डर्ड चार्टड, नेपाल बंगलादेश, प्रभु, सिटिजन्स र सानिमा बैंक रहेका छन् । समाचार स्रोतः अन्नपूर्ण पोष्टबाट ।

साढे तीन अर्बको जीवित पशु आयात, अधिकांश भारतबाटै भित्रिन्छन्

काठमाडौं, २९ असोज । नेपालले आर्थिक वर्ष २०७२/७३ सालमा तीन अर्ब ५९ करोड मुल्य बराबरका जीवित पशु आयात गरेको छ । नेपालले भारत, बेलायत, जर्मनी, फ्रान्स, अमेरिका, हङकङ, मलेसिया, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, नेदरल्याण्ड, अष्ट्रेलिया, एण्डोरा लगायतका मुलुकबाट जिवित पशु आयात गर्दै आएको छ । भारतबाट २ अर्ब ६६ करोेड मुल्य बराबरका ४ लाख ७९ हजार २ सय ७ वटा बाख्रा आयात भएका छन भने ५ करोड मुल्य बराबरका ८ हजार ३ सय ९३ वटा भेडा ल्याइएका छन् । तीन करोड ८७ लाख मुल्य बराबरका ७ हजार एक सय ९८ वटा जीवित भैसी नेपाल भित्रिएका छन् । नेपालले आयात गरेका जिवित पशुमध्ये केहि पाल्नका लागि र केहि मासुका लागि ल्याएको देखिन्छ । नेपालले भारतबाट २३ वटा घोडा किनेको छ भने ७६ लाख मुल्यका एक हजार ४ सय ७५ वटा उन्नत प्रजातिका गाई आयात गरेको छ । ५० करोड ३९ लाख मुल्य बराबरको ८ लाख ६५ हजार वटा कुखुराको चल्ला नेपाल भित्र्याएको छ । नेपालले १८५ ग्राम भन्दा कम तौल भएका यस्ता कुखुराका चल्लाहरु अमेरिकादेखि बेलायत र थाइल्याण्डबाट आयात गरेको देखिन्छ । त्यस बाहेक फ्रान्स, जर्मनीबाट समेत कुखुराका चल्ला आयात गरिएको छ । त्यस्तै७७ लाख रुपैंयाँमा ८ सय ७७ वटा गधा पनि भारतबाटै आयात गरेको छ । हिमाली क्षेत्रमा भारी बोक्ने साधानका रुपमा गधाहरुको उपयोग गरिँदै आएको छ ।

‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा भाग लिन प्रचण्ड गोवा प्रस्थान

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन गोवा प्रस्थान गरेका छन । आजैदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गरेका थिए । यसअघि प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहालको बिदाइका लागि मन्त्रिगण, नेकपा ९माओवादी केन्द्र०का नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नेछन । सोक्रममा प्रधानमन्त्री दाहालले नेपालको आवश्यकता र हितलाई पूरा गर्नेतर्फ सम्मेलनलाई बढीभन्दा बढी सदुपयोग गर्ने कार्यक्रम छ । सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ । प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनेछन । सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो । दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ । ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । ब्रिक्सले निर्माण, उत्तरदायित्व, समावेशिता, सामूहिकता र समाधानका विषय मुख्य उद्देश्य बनाउँदै पारस्परिक हितका विषयमा सामूहिक तवरले सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस वर्षको ब्रिक्स सम्मेलनको नारा ‘जिम्मेवारीपूर्ण निर्माण र समावेशी तथा सामूहिक समाधान’ रहेको छ । प्रधानमन्त्री दाहालको नेतृत्वमा रहने भ्रमण दलमा दालहाकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत छन । प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

निरज श्रेष्ठले सम्हाले माछापुच्छ्रे बैंक, को हुन श्रेष्ठ ?

काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरज श्रेष्ठले कार्यभार सम्हालेका छन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । श्रेष्ठको कार्यकाल भने आज अर्थात असोज २८ गतेबाट सुरु भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम कार्यकाल सकिएपछि श्रेष्ठलाई सिइओ नियुक्त गरिएको थियो । को हुन निरज श्रेष्ठ ? श्रेष्ठले सन १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक(हालको स्ट्याण्डर्ड चाटर्ड बैंक)बाट बैंकिङ करिअर आरम्भ गरेका हुन् । ग्रीनलेज हुँदै स्ट्याण्डर्ड चाटर्ड बैंकसम्म आईपुग्ग्दाले सो बैंकमा १३ बर्षसम्म काम गरे । श्रेष्ठले एस फाइनान्समा करिब ३ वर्षसम्म काम गरे । त्यसपछि उनी तत्कालिन एनआइसी बैंकमा जोडिन पुगे । जीएमका रुपमा एनआइसी बैंकमा नौ बर्षसम्म काम गरेका श्रेष्ठले पछिल्लो पटक ग्लोबल आइएमई बैंकमा जोडिन पुगेका थिए ।श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । ५१ बर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

दसैंमा बाँडियो ५८ अर्बका नयाँ नोट, साना नोटमात्र ९ अर्ब नौ करोडका

काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा उक्त मूल्यका नयाँ नोट साटिएको हो । राष्ट्र बैंकका सह प्रवक्त राजेन्द्र पण्डितका अनुसार दसैंको लागि बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सयका र एक हजारका नोट छन भने बाँकी नौ अर्ब साना नोट हुन । बैंक तथा वित्तीय संस्थाले बजारमाा पठाएका यी नोट तिहारपछि बैंकमा नै फिर्ता आइसक्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ । नेपालको अर्थतन्त्रको आकार अनुसार हाल बजारमा प्रवाह भएका नोटको हिस्सा सानो भएकोले यसले मुल्यबृद्धि नगर्ने उल्लेख छ । हाल नेपालको अर्थन्त्रको आकार साढे २२ अर्बको रहेको छ ।