धमाधम हेलिकोप्टर थपिँदै, नयाँ तथा पुराना कम्पनी अधिकांशले हेलिकोप्टर थप गर्दै
काठमाडौं २९, असोज । आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट नामकको नयाँ हेलिकोप्टर कम्पनी नै थप भएको छ । अर्को एक एभरेष्ट हेलिकोप्टर नामक कम्पनीले पनि सेवा सुरु गर्ने अन्तिम तयारीमा रहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने योजना रणनीति बनाइसकेको छ । यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । दसैंलाई नै लक्षित गरेर यो कम्पनीले नयाँ हेलिकोप्टर थप गरेको हो । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । उनका अनुसार आगामी एक वषभित्रै एक अर्ब रुपैयाँसम्म लगानी थप गर्ने योजना फिस्टेल ग्रुपको छ । फिस्टेल ग्रुपमा फिस्टेल एयर नामक हेलिकोप्टर र नियमति उडानको आन्तरिक वायुसेवा कम्पनी गोमा एयर छन् । पाण्डेका अनुसार फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीको दुई वटा हेलिकोप्टर थप गर्ने भएको छ । गोमा एयरका लागि भने एउटा लेट ४१० जहाज आगामी जनावरीभित्र थप गर्ने भएको छ । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरेको पाण्डेले जानकारी दिए । सिम्रिक हेलि नेपालका लागि बेलको आधिकारीक विक्रेता कम्पनी भएको सिम्रिक एयरका प्रमुख प्रवन्धक दिलबहादुर ओलीले बताए । ओलीका अनुसार सिम्रकले पनि आगामी तिहारसम्मा नै एउटा हेलिकोप्टर ल्याउने भएको छ । बेलकै एक हेलि ल्याउने अन्तिम तयारी गरिहेको छ । यो सिम्रिकले एउटा युरोपक हेलिकोप्टरको पुरानो भर्सनको हेलिकोप्टर भने काठमाडौं भित्र्याएसकेको छ । यसलाई उडाउने तयारीमा रहेको पनि ओलीले जानकारी दिए । फिस्टेलले दसैंदेखि एयरवस हेलिकोप्टर कम्पनीको एउटा एएस ३५० बी थ्री नामक ६ सीट क्षमताको हेलिकोप्टर थप गरेको थियो । यो हेलिकोप्टर करीब २५ करोड रुपैयाँमा खरिद भएको फिस्टेलको भनाइ छ । फिस्टेल एयरले दसैंबाटै उडान सुरु गरेको नयाँ हेलिकोप्टर फिस्टेलले थप गर्न लागेको दुई वटा हेलिकोप्टरमा एउटाको १२ करोड रुपैयाँ पर्ने उल्लेख छ । फिस्टेलले नयाँ बजार रणनीति बनाएर बजार विस्तार गर्दै जाने र आन्तरिक उडानमा फिक्स विंग्स तथा हेलिकोप्टर सेवाको पहुँच बढाउने योजना रहेको पनि पाण्डेले जानकारी दिए । उनका अनुसार विकास राणा अध्यक्ष रहेको यो कम्पनीले नेपाली हवाई क्षेत्रमा बलियो पहुँच बनाएर अगाडि बढ्ने दीर्घकालिन रणनीति बनाइरहेको छ । फिस्टेलले दसैं अगाडि मात्रै बेलका दुईवटा हेलिकोप्टर खरिद गर्न टेक्ट्रोन कम्पनीसँग सम्झौता गरेको छ । सम्झौतामा फिस्टेलक अध्यक्ष विकास राणाले हस्ताक्षर गरेका छन् नेपाली आकासमा दुई प्रकारको हेलिकोप्टर सेवा प्रदान गरेर नयाँ पुस्तालाई सेवा दिन यो कम्पनी अब्बल ठहरिदै गएको बुझाई पनि फिस्टेल एयरको छ । नेपाली आकासमा फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेल हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८ वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ । उनका अनुसार हेलिकोप्टरमा पछिल्लो समय बजारको अवश्यकता भन्दा चर्को प्रतिस्पर्धा बढेको छ । सेम्टेम्बरदेखि डिसेम्बसम्मको पर्यटकीय सिजनमा त सबैले काम पाउने भएपनि त्यसपछिको समय भने हेलिकोप्टर नै काम नपाउने अवस्थामा पुग्ने गरेका छन् । प्रतिस्पर्धा बढेपनि सेवामा गुणस्तर बढाउन नसकिएको न्यौपानेको बुझाई छ ।
बचतकर्तालाई दिने ब्याज बढ्यो, बैंकहरुले गत बर्षभन्दा दोब्बर ब्याज दिएर निक्षेप तान्न थाले
बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्धती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्धती र त्यसपछि बचतको पनि व्याज बढ्दै जो संकेत देखिएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । गत बर्षको असोजमा मुद्धतीको ब्याजदर ४ प्रतिसत हाराहारीमा झरेको थियो । केहीअघि नागरिक लगानी कोषले ठुलो रकम ८ प्रतिसत ब्याज पाउने गरी बाणिज्य बैंकमा राखेको छ ।
दसैं विदा मनाउनले होटल भरिभराउ, पोखरामा पनि आन्तरिक पर्यटककको घुइँचो
काठमाडौं २९, असोज । दसै बिदा मनाउन आउने आन्तरिक पर्यटकले म्याग्दी र मुस्ताङका होटल भरिभराउ भएका छन् । म्याग्दी सदरमुकाम बेनीबजार देखि बेनी–जोमसोम सडक अन्तर्गत पर्ने गलेश्वर, झुरुङ तातोपानी, घांसाका होटल भरिभराउ भएका छन् । लेते, मार्फा, जोमसोम र मुक्तिनाथसम्मका करिब १ सय ५० साना तथा ठूला होटल दशमीको भोलिपल्टदेखि नै भरिभराउ भएका हुन् । बिदा मनाउन आउन विद्यार्थी, नीजि संघसँस्थाका कर्मचारी बढी छन् । यो रुटमा मोटरसाइकल र नीजि सवारीसाधनमा यात्रा गर्ने आन्तरिक पर्यटक धेरै देखिएका छन् । पोखरामा पनि आन्तरिक पर्यटकको होटल खचाखच भएका छन् । पर्यटकीय सिजन सुरु भएपनि दसैं विदामा घुम्न निस्कने आन्तरिक पर्यटकले नै होटलका कोठा भरिएको पोखरा क्षेत्र आन्तरिक पर्यटकको चहलपहल बढेको समाचार शनिबारको अन्नपुर्ण पोस्ट्मा छापिएको छ ।
१२ हजार दृष्टिविहीनले संसार देख्न पाए, ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका
काठमाडौं २९, असोज । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् । हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए । मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ । काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका छन् ।
शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल
काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।
ग्रिड पुगेपछि लघुविधुत् बन्द, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सरकारी समन्वयको अभाव
काठमाडौं २९, असोज । विधुत् प्रधिकरणले विधुत्तीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् । केन्द्रका लघु जलविद्युत् विज्ञ एवं कार्यक्रम संयोजक जगदीश कोजूका अनसार करिब तीन मेगावटबराबरका लघु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइन(ग्रिड)पुगेपछि बन्द भएका वा सञ्चालनमा आउन छाडेका समाचार शनिबारको अन्नपूर्ण पोस्टमा छापिएको छ । राष्ट्रिय प्रसारण लाइनको बिजुलीको गुणस्तर उच्च हुने भएकाले ग्रिड पुगेपछि स्थानीय बासिन्दा लघु जलविद्युतका लाइन लिन मान्दैनन्’,कोजुले भने,‘लघु जलविद्युतको बिजुली ग्रिडमा जोड्न सकिन्छ तर त्यसो पनि हुन सकिरहेको छैन ।’
बंगलादेशलाई २३ अर्ब डलर, तीन दशकपछि चिनियाँ राष्ट्रपतिको वंगलादेश भ्रमण
काठमाडौं २९, असोज । ब्रिक्स सम्मेलनमा भाग लिनुअभि चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् । भ्रमणका क्रममा चिनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौतासमेत भएको छ । राष्ट्रपति सीको उपस्थितिमा दुई देशबीचक २६ बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा उनले छिमेकी बंगलादेशको औपचारिक भ्रमण गरेका हुन् । चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमण तीन दशकपछि भएको हो । समाचार स्रोत: कान्तिपुर दैनिकबाट ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं, २८ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले ५ करोड २८ लाख ७३ हजार रुपैयाँ बोनस र कर प्रयोजनको लागि २७ लाख ८२ हजार ७९४ रुपैयाँ नगद लाभांश गरि साे मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।