विकासन्युज

मजदुरी गर्न दशैंविदामा विद्यार्थी भारततर्फ, तिहारपछि मात्रै फर्कने

बझाङ ८, असोज , दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन्। तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने दशैं विदा सुरु भएपनि मजदुरीका लागि भारत पस्ने गरेका छन् । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कने गरेको समाचार शनिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे। बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए। त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए। ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए। दशैं र तिहार एकैपटक विदा भएकोले पनि लामो समय छुट्टि मिलेकोले कमाउनु जानुपरेको उल्लेख छ ।

अघिल्लो सरकारले गरेको सम्झौतामा चीनको चासो, सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं ८, असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ । नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ । चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए । ‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने । हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ( पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त रु तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन् । तर समस्य जस्ताको तस्तै देखिएको छ । समाचार नेपाल समाचारपत्रबाट ।

सामसुङलाई फेरी अर्को झड्का, जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु

काठमाडौं, ७ असोज । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङमाथि अब अर्को तनाव आइलागेको छ । उसको विश्वचर्चित उत्पादन ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएको छ । भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको हो । रिपोर्टका अनुसार एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो । समाचार अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन् । भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकले बताए अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरे । उनका अनुसार ग्यालेक्सी नोट टु पड्किएपछि सामसङका अधिकारीलाई छलफलका लागि बोलाइएको छ । समाचार अनुसार यसबारेमा सामसङका अधिकारीहरुले सोमबार प्राधिकरणसँग छलफल गर्ने जनाएका छन् । अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन । यसका अलावा प्रवक्ताले उडानका क्रममा यात्रुलाई सामसङ ग्यालेक्सी नोट टु सहितका स्मार्टफोनलाई अफ गर्न भनेको थियो । सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो ।

गुगलले ल्यायो इन्ट्यान्ट मेसेजिङ एप ‘एलो’

काठमाडौं, ७ असोज। गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । एक महिनाको अवधिमा डुओ एप गुगल प्ले स्टोरबाट एक करोडभन्दा बढि डाउनलोड भैसकेको छ । गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ । ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । यस एपमा गुगल अकाउन्टलाई पनि लिंक गर्न सकिन्छ । गुगल प्ले स्टोरमा न्ययनभि वर्षिय सर्च गरेर यो एपलाई इन्स्टल गर्न सकिन्छ । यो एपमा सर्च फिचर सुरुमै राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरु २नययनभि पछि आफुले खोजेको कुरा टाइप गरी सर्च गर्न सक्दछन् । अर्थात् आफुले खोजेको कुनै जानकारी गुगलका सर्च गर्नका लागि एप बाहिर निस्किएर ब्राउजरमा गुगल सर्च इन्जिन खोलेर सर्च गर्नु आवश्यक पर्नेछैन । यो एपको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सर्चले गुगलको नलेज ग्राफको प्रयोग गर्दछ । यो एपमा इन्ड टू इन्ड एनक्रिप्सन अर्थात् च्याट आफै डिलिट हुने फिचर छ । प्रयोगकर्ताले आफ्नो मेसेजका लागि टाइम लिमिट सेट गर्न सक्दछन् की मेसेज कति समयपछि डिलिट होस् । १० सेकेण्ड, ३० सेकेण्ड, १ मिनेट, १ घण्टा, १ दिन वा त्यसभन्दा धेरै समयको अप्सन छान्न सकिन्छ । गुगलले हरेक देशलाई लक्षित गरेर कस्टम स्टिकर पनि एड गरेको छ । तर यो एपमा डकुमेन्ट शेयरिंग तथा भ्वाइस कलिंग जस्ता फिचर भने उपलब्ध छैन । एलोलाई गुगलले आफ्नो भिडियो च्याट एप डुओको जोडीको रुपमा पेश गरेको छ ।  

पुनर्निमाणमा खटिएका इन्जिनियर्सको आन्दोलन स्थगित, प्राविधिक जनशक्तिलाई सुविधा बढाउन अर्थमन्त्रालय लचिलो

काठमाडौं, ७ असोज । सेवा सुविधा वृद्धि गर्न माग गर्दै केही समयदेखि आन्दोलनमा रहेका इन्जिनियरहरु आन्दोलन स्थगित गरी काममा फर्कने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिरकण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र इन्जिनियरका प्रतिनिधिहरुबीच आज भएको वार्तापछि सो सहमति भएको हो । वार्तामा प्राधिकरणका सहसचिवद्वय कालीप्रसाद पराजुली, जनार्दन गुरागाईँ र केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरी शर्माले सहरी विकास मन्त्रालयले पनि छुट्टै प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको र प्राधिकरणले पनि सेवा सुविधा वृद्धि गरी प्राविधिक जनशक्तिलाई कार्यमा उत्प्रेति गर्न अर्थ मन्त्रालयमा प्रस्ताव सहित सहमतिका लागि पठाएको जानकारी इन्जिनियर्स एशोसियसनका अध्यक्ष ध्रुवराज थापा सहितको टोलीमा सहभागी भएकाहरुलाई जानकारी गराएका थिए । वार्तामा सेवा सुविधा वृद्धि गर्ने सम्बन्धमा उपलब्ध स्रोत साधनको सिमिततालाई ध्यानमा राखी आ–आफ्नो क्षेत्रबाट सबैले गर्ने र इन्जिनियरहरु पनि आजैको मितिदेखि आन्दोलन स्थगित गरी काममा आ–आफ्नो कार्य क्षेत्रमा फर्कने निर्णय भएको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत करारमा कार्यरत करिव २८ सय इन्जिनियरहरुले आफूहरुको सेवा सुविधा वृद्धि गर्नुपर्ने लगायतमा मागहरु राखी आन्दोलन गरेका थिए । सरकारले उपलब्ध गराउने अनुदान रकमको पहिलो किस्ता भूकम्प पीडित घरधनीहरुले प्राप्त गरिसकेको र इन्जिनियरहरु पनि कार्य क्षेत्रमा खटिकाले अनुदान प्रकृयामा सहभागी भई अनुदान प्राप्त गर्नु भएका सबै घरधनीहरुलाई प्राविधिकहरुको परामर्शमा प्राप्त अनुदानको सदुपयोग गर्न, भूकम्प प्रतिरोधी घर बनाउन र यसमा पु¥याउनका लागि सबैको सहयोगको अपेक्षा गरिएको प्राधिकरणाले जनाएकाे छ ।

‘हरियो प्लेट’ हटाउँदा पर्यटन धराशायी बन्ने खतरा

काठमाडौं, ७ असोज । पर्यटक यातायात व्यवसायीलाई मर्का पर्ने गरी सरकारले नयाँ नियम ल्याउन लागेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा बोल्ने अधिकांश व्यवसायीले ‘हरियो प्लेट’का सवारीमा विदेशीलाई मात्र बोक्न पाइने भन्ने नियमले मुलुकको पर्यटन व्यवसाय धराशायी बन्ने खतरा औँल्याए । पछिल्लो समय यातायात व्यवस्था विभागले सवारी साधनको नम्बर व्यवस्थित गर्न हरियो प्लेटका सवारीले नेपाली बोक्न नपाउने गरी नयाँ व्यवस्था गर्न लागेको छ । यसरी हरियो प्लेटले विदेशी मात्र बोक्दा आन्तरिक पर्यटन प्रवद्र्धनमा नकारात्मक असर पुग्ने व्यवसायीको भनाइ छ । साथै, उनीहरुले पर्यटक यातायातले अन्य सार्वजनिक सवारी साधनसरह सरकारलाई राजस्व बुझाएको भए पनि सहुलियत नदिएकामा गुनासोसमेत गरेका छन् । पोखरा यातायात समितिका अध्यक्ष बोवरजङ्ग गुरुङले हरियो प्लेटको लामो इतिहास रहेको र यसले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको भन्दै यसलाई कुनै हालतमा हटाउन नहुने बताए । पर्यटन व्यवसायी दीपक महतले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाई बढी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न व्यवसायीबीचको एकता जरुरी भएको बताए । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामा हरियो प्लेटमा नेपाली बोक्न नपाइने नियमले नेपाली पर्यटन व्यवसाय धरापमा पर्ने बताउछन् । तर सरकारी अधिकारीले भने व्यवसायीको हितलाई मध्यनजर गरी सहज र सुलभ सेवाका लागि सवारी नम्बर डिजिटल प्रणालीमा लैजान लागिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले व्यवसायीको हितमा हुने गरी नयाँ व्यवस्था गर्न लागिएको तर कस्तो व्यवस्था गर्ने भन्नेबारे अझै मन्त्रालय छलफलमै रहेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरी नेपालको पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेकाले पर्यटकलाई गुणस्तरीय सेवाको सुनिश्चिताका लागि व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले हरियो प्लेटको पहिचानसहितको डिजिटल नम्बर प्रणाली लागू गर्दा व्यवसायीको अहितमा नहुने बताए । उनले पर्यटक यातायातलाई एम्बुलेन्स जस्तै राज्यले संरक्षण गरी सुरक्षित र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । पर्यटन विभागका अधिकृत टङ्क भट्टराईले निजी क्षेत्रसँग साझेदारीका साथ सरकारले पर्यटक यातायातलाई व्यवस्थित बनाउन लागिपरेको बताएका छन् । सङ्घमा आबद्ध ७५ कम्पनीका साना ठूला सवारी गरी करिब दुई हजार ५०० बस सञ्चालनमा छन् । त्यस्तै निजी क्षेत्रका करिब ७०० पर्यटक सवारी रहेको बताइन्छ । रासस

टाटा मोटर्सको नयाँ शोरुम नारायणघाटमा, टियागो गाडी पनि पाइने

काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नारायणघाटमा आर.बि. मोटर्सको उद्घाटन गरेका छन् । नेपालमा टाटा प्यासेन्जर भेहिकल अन्तर्गत यो १७औं आउटलेट हो । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले नेपाली बजारमा आफ्नो सेवा विस्तार गरेको छ । शोरुम उद्घाटनसँगै सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको नयाँ स्पोर्टी ह्याचब्याक टियागो नारायणघाट बजारमा ल्याएको छ । अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधाले सो कारले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । २२ लाख ५५ हजार रुपैयाँबाट शुरु हुने नयाँ रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार नयाँ जमानाको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्नेछ । उक्त टियागो ३ वटा डाइनामिक भेरियन्टहरु एक्सई, एक्सएम र एक्सजेडमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार टियागो ६ वटा आकर्षक रङ्गहरु जस्तै स्ट्राइकर ब्लू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लाटिनम सिल्भरमा उपलब्ध रहेको छ । नयाँ जेनेरेशन, हरमन प्रविधिको कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम रहेको टियागो आफ्नो वर्गको नयाँ टर्न बाई टर्न नाभी र जुक कार एपले सुसज्जित रहेको कम्पनीको भनाइ छ । उद्घाटन कार्यक्रममा बोल्दै, सिप्रदीका सि.ओ.ओ. राजेश प्रसाद गिरीले आफ्ना ग्राहकहरुलाई नयाँ एवं उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता पूरा गर्नका निमित्त सबैले रोजेको र खोजेको नयाँ टियागोलाई नारायणघाटको बजारमा भित्राउन पाएकोमा खुशी व्यक्त गरेका छन् । साथै उक्त कार्यक्रममा आर.बि.का म्यानेजिङ्ग डाइरेक्टर बिमल पौडेलले सिप्रदीसँग सहकार्य गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताए । साथै उनले अब आफ्नो नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न जेस्ट, बोल्ट, स्ट्रोम लगायत नयाँ स्पोर्टी ह्याचब्याक टियागो गाडीको पँहुच ग्राहकहरुसम्म हुने पुर्याउने बताए ।

नयाँ क्लियरिङ बैंकका लागि टेण्डर आव्हान गरिँदै

काठमाडौं, ७ असोज । दुई हप्तापछि नयाँ क्लियरिङ बैंक स्थापनाका लागि टेण्डर आव्हान गरिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई हप्तापछि नयाँ क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया अघि बढाउन लागेको हो । ‘प्राबिधिक तयारी सम्पन्न गर्न दुई हप्ता लाग्छ, त्यसपछि टेण्डर आव्हान गर्दैछौं’, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने । उनले प्राबिधिक काम भएकाले धितोपत्र बोर्डको निर्देशन अनुसार पहिले नै क्लियरिङ बैंक थप्न नसकेको स्पष्टीकरण समेत दिए । नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो । बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि मात्रै सिडिएसले टेण्डर प्रक्रियाको पुर्व तयारी थालेको हो । ‘एक महिना अघि सिडिएसले आफ्नो सफ्टवेयरको एएमसी( एन्युवल मेन्टिनेन्स कन्ट्रयाक) अघि बढेको र त्यसपछि क्लियरिङ बैंक थप्ने प्रक्रिाय अघि बढाउने जवाफ पठाएको थियो, त्यस यता थप कुरा बुझेको छैन’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । उनले पनि नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरे । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।