विकासन्युज

टुबोर्गको नयाँ स्वरुप बुटवल र नेपालगंजमा

नेपालगंज, ३ असोज । गोर्खा ब्रुअरीले ग्राहकहरुको आवस्यकतालाइै मध्यनजर गर्दै तराई भेगमा अत्यन्तै रुचाइएको टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको छ । कम्पनीले बुटवल र नेपालगंजमा उक्त टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको हो । कम्पनीले बुटवलको ड्रेमल्यान्ड गोल्ड रिसोर्टमा र नेपालगंजको सिद्दार्थ कटेजमा एक कार्यक्रमका बीच उत्कृष्ट स्वादको टुबोर्थ स्ट्रोंग बीअर नयाँ आकर्षक बोतल र पुल अफ क्यापमा सार्वजनिक गरिएको थियो । उक्त समारोहमा गोर्खा ब्रुबरीका ट्रेड पार्टनर्सहरु लगायत अधिकृत बिक्रेताहरुको उपस्थिती रहेको कम्पनीले जनाएको छ ।

चीनियाँ कम्पनीको नयाँ स्मार्ट फोन भित्रियो, एम ३ नोट र एम ३ एस मोबाइल सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाली बजारमा चिनियाँ कम्पनीको नयाँ स्मार्ट फोनहरु भित्रिएका छन् । चीनमा उत्कृष्ठ १० भित्र पर्ने मोबाइल उत्पादक मेजु कम्पनीले सोमबार राजधानीमा बिशेष कार्यक्रम मार्फत दुई वटा स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरेको हो । लामो बजार अनुसन्धानपछि मेजु कम्पनी एम ३ नोट र एम ३ एस नामका दुई वटा स्मार्ट फोन सार्वजनिक गरेको हो । मेजुका साउथ एसिया मार्केटिङ प्रमुख लिआन जाङले एम ३ नोट र एम ३ एस मोबाइल सार्वजनिक गरेका हुन् । उनले नेपाली उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै नयाँ स्मार्ट फोन उपलब्ध गराएका बताए । दुबै मोबाइलमा ५.५ इञ्चको स्क्रिन, ३ जीबीको र्याम, ३२ जीबीको रोम, ४१०० एमएएचको ब्याट्री र डुअल ४जी नेटवर्कको सुबिधा रहेको छ । एम ३ नोट यसमा फिंगरप्रिन्ट सेन्सरका साथमा हेलियो पी१० प्रोसेसर,१.८ गिगाहर्जको सिपियु, १३ एमपी ब्याक क्यामेरा, ५ एमपी फ्रन्ट क्यामेरा, मल्टिमिडियो डिस्प्ले लगायतका सुबिधा रहेका छन् । ८.६ एमएमको मोटाई रहेको एम ३ नोट मोबाइल ग्रे, ग्रीन र गोल्डेन गरि तीन कलरमा उपलब्ध छन् । यसको बजार मुल्य जम्मा २४ हजार ९ सय ९५ रुपैंयाँ पर्छ । एम ३ एस यसमा १३ एमपीको क्यामेरा, अटोटिक फोकस टेक्नोलोजी, मेटल बडी, फिंगरप्रिन्ट आइडेन्टिफिकेशन, एण्ड्रोइड ५.१ मा आधारित फ्ल्याइमी लगायतका सुबिधा रहेका छन् । यो मोबाइलमा पनि ग्रे, सिल्भर र गोल्डेन कलरमा उपलब्ध रहेको छ । यसको मुल्य २१ हजार ४ सय ९५ रुपैंयाँ पर्छ । मेजु कम्पनीले भारत, सिंगापुर, थाइल्याण्ड, इजरायल, युरोप, रसिया, युक्रेन लगायतका मुलुकमा बजार बिस्तार गरिसकेको छ । कम्पनीमा ४ हजार कामदार, २ हजार खुद्रा बिक्रेता र १० हजार भन्दा बढि चेन स्टोर रहेका छन् ।

विराटनगरमा बन्दै छ एक अर्ब रूपैयाँको लागतमा ११ तले सपिङ कम्प्लेक्स

मोरङ, ३ असोज ।  एक अर्बभन्दा बढी रूपैयाँको लगानीमा विराटनगरमा ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण अघि बढाइएको छ । पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण शुरु गरेको बताए । एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उनले जानकारी दिए । जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ । डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ । एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ । रासस

टिसिएलले ल्यायो दशैं तिहार लक्षित ३ आकर्षक उपहार योजना

काठमाडौं, ३ असोज । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै ठुलो टिभी ब्राण्ड टिसिएलले दशैं र तिहारलाई लक्षित गरि ३ आकर्षक उपहार योजना ल्याएको छ । टिसिएल ‘टप थ्री गिफ्ट थ्री’ नामक उक्त योजनामा प्रत्येक टिसिएलका सामग्रीको खरिदमा उपहार योजना रहेका छन् । उक्त आकर्षक योजना अन्र्तगत ग्राहकले टिसिएलका टेलिभिजनहरुको खरिदमा ३४ हजार रुपैयाँ सम्मको इन्ष्ट्यान्ट क्यासव्याक पाउने छन् । साथै ग्राहकले रेफ्रिजेरेटर, वासिङ् मेसिनको खरिदमा आकर्षक टिसिएल इलेक्ट्रीक किट्ली र यएर कन्डिस्नरको खरिदमा फ्रि इन्स्टलेसन सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । द क्रियटिभ लाइफ भन्ने नाराका साथ टिसिएलले यस किसिमका योजनाहरु ल्याउँदै आएको छ । टिसिएलको उपहार योजना भदौ २९ गतेदेखि सुरु भएको छ र यो योजना सिमित अवधिको लागि नेपालभर लागू गरिएको छ ।

हिरोको १ लाख नगद जित्ने भाग्यशालीको नाम घोषणा

काठमाडौं, ३ असोज । हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले ल्याएको “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” नामक दशैँ योजनाको बम्पर उपहार पाउने भाग्यशालीको नाम घोषणा गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद प्रदान गरेको छ । उक्त नगद पोखरा नगरपालिकाकी शर्वदा पौडेलले लक्की ड्र मार्फत सो मात्रामा नगद जितेकी छन् । “जाउँ, हिरो लिउँ, सुन चाँदी पैसा पाउँ” योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले हिरो ब्राण्डका मोटर साइकल किन्दा ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् । यसैगरि स्कुटर तर्फ हरेक हिरोका स्कुटरमा ८ हजार रुपैयाँ नगद छुट हुनेछ । साथै स्क्रयाचमा १ ग्राम वा २ ग्राम सुनका सिक्का र हरेक हप्ता लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप १ लाख रुपैयाँ नगद पाउने छन् ।

नेपाल औषधि उद्योग सञ्चालन गर्न सरकारले दियो १४ करोड, तत्काल ४८ प्रकारको औषधि उत्पादन थालिने

काठमाडौं, ३ असोज । नेपाल औषधी लिमिटेड पुन संचालनमा आउने भएको छ । यस उद्योगलाई गर्नका लागि सरकारले तत्काल १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप लगानी गर्ने भएको छ । उद्योग मन्त्रलायको प्रस्तावमा आइतबार मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धि निर्णय गरेको हो । २०६० साल सम्म १२० प्रकारका औषधिहरु उत्पादन गर्दै आएको सो उद्योग २०६७ साल देखि पूर्ण रुपमा बन्द भएको थियो ।पहिलो चरणमा सो उद्योगले सरकारले अत्यावश्यकिय सूचिमा राखेका ४८ प्रकारका औषधिहरु उत्पादन गर्ने छ । सो उद्योगबाट उत्पादित औषधि स्वयम सरकारले खरिद गर्ने भएकाले बजारको समस्या नरहने र ऋण पनि समयमै तिर्न सकिने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । साेमबार मन्त्रालयमा अयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री जाेशीले सरकारले दिएको ऋण रकम आवश्यकता अनुसार कम्पनीको अन्तर्राष्ट्रिय स्तरको भौतिक संरचना एवं मेसिन, उपकरण खरिद गर्ने कार्यमा खर्च गरिने बताए । उद्योगलाई खुला प्रतिस्पर्धाबाट विज्ञहरुको छनौट गरि निश्चित अवधि तोकी व्यवस्थापन करार मार्फत संचालन गरिने छ । हाल सो उद्योगमा ९७ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुलाई पनि स्वेच्छिक अवकास मार्पmत कम गरी आवश्यक पर्ने १९ जना बिषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने कार्य योजना रहेको मन्त्री जोशीले बताए । नेपाल औषधि लिमिटेड पून संचालन गर्ने सम्वन्धमा सम्भाव्यता अध्ययन गरि कार्य योजना सहतिको प्रतिवेदन पेश गर्न डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा ७ सदस्यिय समिति कार्यरत छ ।

धसिङ्ग्रेको कच्चा तेल उत्पादन शुरु, प्रतिलिटर दुई हजारदेखि तीन हजार रुपैयाँ

पाँचथर, ३ असोज । पाँचथरको दुई वटा गाविसबाट धसिङ्ग्रेको कच्चा तेल उत्पादन गर्न शुरु भएको छ । विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिङ्ग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ शुरु गरिएको हो । वनमा आफैँ उम्रिएको धसिङ्ग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल युरोपलगायतका मुलुकमा लगेर प्रशोधन गरेर सन्चो, मालिस गर्ने तेल, मुभ बनाउन प्रयोग गरिने बताइएको छ । सिदिन–३ स्थित बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्र र लुङरुपा–२ स्थित मकैबारी ठूलीटार सामुदायिक वनले कच्चा तेल उत्पादन गर्न शुरु गरेको सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले यो धसिङ्ग्रेको तेल अहिले दुई वटा उद्योगबाट दैनिक पाँच लिटर सम्मकच्चा तेल उत्पादन हुने र यो प्रतिलिटर दुई हजारदेखि तीन हजार रुपैयाँसम्म बिक्री हुने गरेको बताइन् । कर्मचारीको तलब कटाएर पनि दुवै उद्योगबाट मासिक पाँच लाख रुपैयाँसम्म सामुदायिक वनले आम्दानी गर्ने अध्यक्ष न्यौपानेले बताए । यो तेल काठमाडौंका विभिन्न कम्पनीमा खपत हुँदै गरेको बूढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्रका सचिव कृष्णकुमार गुरुङले बताए । रासस

काठमाडौंमा आइपुगे साझाका नयाँ बसहरु

काठमाडौं, ३ असोज । साझा यातायातको नयाँ बसहरु आज काठमाडौंमा आइपुगेको छ । बस सोमबार काठमाडौँमा आइपुगे पनि दसैँअघि भने सञ्चालन नहुने भएको छ । कामु निर्देशक पाण्डेका अनुसार बस आएपछि, प्राविधिक चेक, बस सञ्चालन गर्ने ‘रुट परमिट’, कर्मचारीको व्यवस्थापन लगायतको काम गर्नुपर्ने भएकाले दसैँअघि नै बस सञ्चालन गर्न नसक्ने बताएका हुन् । पछिल्लो समय साझा यातायातले २०७० बैशाखबाट उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गर्दै आएको छ । अहिले ल्याउने लागिएको बससँगै काठमाडौँ उपत्यकामा साझाका ४६ वटा बस सञ्चालनमा रहनेछ । पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बसमध्ये केही पुरानै रुटमा कायम गरिनेछ भने केही कलङ्कीदेखि भक्तपुर, गोदावरी रत्नपार्क, बालाजुबाट ठमेल हुँदै विमानस्थलमा सञ्चालन गर्ने तयारी रहेको छ । पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्पकमल दाहालले साझाको सेवा विविधीकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए । काठमाडौं उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा १० करोड रुपैयाँ लगानी गरेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रासस