विकासन्युज

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १० भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई १० दशमलब ०५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।

एनआइसी एसियाले २७ प्रतिशत लाभांश र १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, १० भदौ । एनआइसी एसिया बैंकले सेयरधनीलाई जम्माजम्मी २७ दशमलब ३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २६ प्रतिशत बोनस सेयर र १ दशमलब ३७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । साथै, बैंकले बोनस सेयर वितरण पछि १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय भदौ १० गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । साथै, सेयर बिक्री वितरण गर्न पाउने कम्पनीले जनाएको छ ।

काँग्रेसका १३ मन्त्रीद्धारा सपथ ग्रहण, कसले कुन मन्त्रालय पाए ?

काठमाडौं, १० भदौ। नेपाली काँग्रेसका १३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहसँग भागबण्डा मिलेसँगै शुक्रबार मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शितल निवासमा सपथ ग्रहण गराएकी हुन् । काँग्रेसका तर्फबाट सपथ ग्रहण गर्ने १३ नयाँ मन्त्रीहरुमा प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति), रोमी गौचन थकाली(वाणिज्य), हृदयराम थानी(सहकारी), जीवनबहादुर शाही(पर्यटन तथा संस्कृति) र गगन थापा(स्वास्थ्य) मन्त्री रहेका छन् ।

८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन (कुन कम्पनीको कति आउदै छ हकप्रद ?)

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएका छन् । खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हकप्रद निस्कासनको अनुमति मागेका हुन् । केही जलविद्युत कम्पनीले पनि हकप्रद निस्कासनको अनुमति मागेका धितोपत्र वोर्डले जानकारी दिएको छ । बोर्डले दिएको जानकारीअनुसार लक्ष्मी लघुवित्त संस्थाले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २१ वैशाखमा बोर्डमा निवेदन दिएको छ । उसले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्ने अनुमति माग गरेको हो । लक्ष्मीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हिमालयन बैंकले ७ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमा निवेदन दिएको छ । बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । अपी पावर कम्पनीले १ बराबर २ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमै निवेदन दिएको थियो । अपीले २ करोड कित्ता हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । सेती फाइनान्सले गत ३१ जेठमा १ बराबर डेढ कित्ताको दरले हकप्रद जारी गर्न अनुमति मागेको छ । सेतीले ९ लाख ५१ हजार ७ सय ८६ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । ललितपुर फाइनान्सले गत १४ असारमा १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ललितपुरले १८ लाख ७९ हजार ४ सय ५३ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । नागबेली लघुवित्त विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १६ असारमा बोर्डमा निवेदन दिएको थियो । नागबेलीले १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । अरनिको डेभलपमेन्ट बैंकले १० बराबर ३.६ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १९ असारमा बोर्डमा निवेदन दिएको थियो । अरनिकोले ९ लाख २८ हजार १ सय ९० कित्ता सेयर निष्कासनको अनुमति मागेको हो । सप्तकोसी डेभलपमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २० असारमा बोर्डमा निवेदन दिएको थियो । सो बैंकले १० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । सेवा विकास बैंकले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २० असारमा बोर्डमा निवेदन दिएको छ । सेवाले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । मुक्तिनाथ विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासन गर्ने अधिकार दिन भन्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता सेयर हकप्रद निष्कासनको अनुमति मागेको हो । मितेरी डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको थियो । मितेरीले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । एनएमबी माइक्रो फाइनान्सले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको माग गर्दै गत ५ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो । सिद्धार्थ बैंकले ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ६ साउनमा बोर्डमा निवेदन दिएको छ । सिद्धार्थले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । त्रिवेणी विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत १० साउनमा निवेदन दिएको छ । त्रिवेणीले ८२ लाख १ सय ५२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत १२ साउनमा बोर्डमा निवेदन दिएको छ । नेकोले ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । कञ्चन डेभपलमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २४ साउनमा बोर्डमा निवेदन दिएको छ । कञ्चनले ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । कैलाश विकास बैंकले ५ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ३० साउनमा बोर्डमा निवेदन दिएको छ । कैलाशले ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । काष्ठमाण्डप डेभलमेन्ट बैंकले ४ कित्ता बराबर १ कित्तको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । बैंकले गत ३१ साउनमा बोर्डमा निवेदन दिएको हो । उसले १६ लाख ९९ हजार ७ सय ४१ कित्ता हकप्रद सेयर निस्कासनको अनुमति मागेको हो । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै गत ३२ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निस्कासनको अनुमति मागेको हो ।

बुर्किनी प्रतिबन्धले फ्रान्समा हंगामा

काठमाडौं, १० भदौं । फ्रान्सका २६ वटा नगरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएपछि मुलुकभर हंगामा भएको छ । बुर्किनी प्रतिबन्धको अन्तराष्ट्रिय क्षेत्रमा पनि बहस सुरु गरेको छ । फ्रान्सका बिभिन्न २६ राज्यले समुद्री तटमा पुरै शरिर ढाक्ने बुर्किनी नामक स्विम सुट लगाउन प्रतिबन्ध लगाएका थिए । उनीहरुले बुर्किनीको पहिरनमा आइएस आतंकवादीले आक्रमण गर्न सक्ने भन्दै त्यस्तो पहिरनमा रोक लगाएको जनाएको छ ।

किन देश निकाला गरियो २८१ जना विदेशी नागरिकलाई ?

काठमाडौं, १० भदौं । नेपालले २८१ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७२/७३ सालमा आगामी १० वर्षसम्म नेपाल आउन नपाउने गरि ती विदेशी नागरिकलाई देश निकाला गरेको हो । उनीहरुले लागु औषध र डलरको तस्करी गरेको प्रमाण फेला परेपछि सरकारले देश निकाला गरेको हो । अघिल्लो बर्ष नेपालले ३२६ जना विदेशीलाई देश निकाला गरेको थियो । यसरी देश निकाला गरिएका मध्ये ९३ चिनियाँ, ३८ जना अमेरिकी, उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अष्टे«लियका १२, फ्रान्सका १२, इरानका ९, रसियाका ८ र क्यानडाका ७ जना रहेका छन् । समाचार श्रोत राजधानी दैनिक

हुन्डीमार्फत वार्षिक ६० करोड मलेसियामा, माइग्राम र बेस्टिनेटका नाममा नेपाली पैसा विदेसियो

काठमाडौ, १० भदौ । नेपालबाट हुन्डीमार्फत वार्षिक ६० करोड रुपैयाँ मलेसियामा मात्रै जाने गरेको छ । मलेसियाको माइग्राम र बेस्टिनेट कम्पनीका नाममा एक वर्षमा ६० करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । हुन्डी कारबार नै गैरकानुनी हुँदासमेत यति ठूलो रकम बाहिरिने गरेको तथ्य सार्वजनिक भएको छ । यसले बैदेशिक रोजगारीमा हुन्डी कारोबार फस्टाएको पुष्टि गरिरहेको देखिएको छ । मलेसिया जाने कामदारको बायोमेट्रिक स्वस्थ्य परीक्षण प्रणाली लागू गरिएको छ । एकपटक बन्द भएर पुनः सुचारु भएको मलेसियमा मात्रै वार्षिक दुई लाख नेपाली रोजगारीका लागि पुग्ने गरेका छन । यहाँ जाने हरेक नेपालीसँग ३० अमेरिकी डलरका दरले अशुल गर्दा पनि ६० करोड रुपैयाँ हुने गरेको उल्लेख छ । पछिल्लो समय मलेसिया जाने कामदारको संख्यामा गिरावट आएको छ । घटेकै संख्यामा हिसाव गर्ने हो भने पनि औषतमा २० करोड रुपैयाँ भन्दा बढी रकम स्वस्थ्य परीक्षणका लागि अनलाइन दर्ताकै नाममा हुन्डीमार्फत पैसा मलेसिया पुगेको हो । समाचार स्रोत: अन्नपूर्ण पोस्ट ।

सिटिजन्स बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

काठमाडौं, १० भदौ । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखेको छ । सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता रहेको बिक्रीमा राखेको बैंकले जनाएको छ । बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको यो बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ । बैंकका अनुसार सेयर खरिदको लागि भदौ २४ देखि ३१ गतेसम्ममा आवेदन गर्न सकिने छ । आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै सेयर लिन आवेदन गर्न सक्ने छन् । यस बैंकले गत असार ५ देखि साउन ९ गतेसम्म हकप्रद सेयर खरिदको लागि खुला गरेको थियो । सो अवधिमा आवेदन नभएको हकप्रद सेयर बैंकले बिक्री गर्न लागेको हो । बैंकको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।