विकासन्युज

एयरपोर्टमा नियुक्ति नै नदिई ८० प्रतिशत महिला श्रमिक माथि चरम श्रमशोषण

काठमाडौं, २६ असार । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र कार्यालय सहयोगी, सरसफाई, प्रशासन शाखा लगायत अन्य क्षेत्रमा काम गर्ने ८० प्रतिशत महिला श्रमिकहरुलाई नियुक्तिपत्र र प्रवेश पास बिना नै चरम श्रमशोषण हुने गरेको खुल्न आएको छ । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण अन्तर्गत ठेकेदारी प्रथामार्फत विगत २५ वर्ष देखि काम गर्दै आएका श्रमिकहरु समेत बिना नियुक्ति काम गरिरहेका छन् । आईतबार नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) द्धारा राजधानीमा आयोजित हवाई क्षेत्रको समस्या सम्बन्धि अन्तक्रियामा सहभागी महिलाहरुले एयरपोर्टका महिला श्रमिकहरुको कहालिलाग्दो रहस्य बाहिर ल्याएका हुन् । एयरपोर्ट भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान क्षेत्र परिसरमा सरसफाई, घाँस काट्ने, प्रशासन शाखा (विभिन्न स्थानमा चिया, नास्ता, खाजा बनाउने), पार्किङ क्षेत्रमा काम गर्ने, फुलबारी, बोटविरुवाको रेखदेख र गोडमेल गर्ने, पाले पहरेदार लगायतमा काम गर्ने महिला तथा पुरुष श्रमिकहरु पनि ठेकेदारको धम्की सहँदै विगत २५ वर्षदेखि चरमश्रमशोषणमा परिरहेको खुल्न आएको हो । सामान्य लेखपढ भएका श्रमिकहरुको बाहुल्यता रहेको उक्त क्षेत्रका श्रमिकहरुलाई फोटोकपी कागजमा छाप लगाएर प्रवेश पासको व्यवस्था गरिएपनि अन्य कुनै पत्र वा सेवासुबिधा दिईएको छैन । २०४५ सालदेखि ज्यालादारी प्रथामार्फत एयरपोर्टको काममा लागेको बताउने च्यान्टीमाया तामाङ बिलौना गर्दै भन्छिन्, ʽपहिले श्रीमान् श्रीमती सँगै काम गर्दथ्यौं, सुरुमा शिसा पुछ्ने काम गरियो । तर मलाई आजसम्म कुनै सेवा सुबिधा भनेको के हो थाहा नै छैन । बोल्यो कि जागिर जाने अवस्था छ । ʼ आफ्ना कुरा बाहिर ल्याउँदा त्यहि खाईपाईआएको जागीर नै जाने हो कि भन्दै डराई डराई उनले यतिमात्र कुरा राखिन् । यस्तै धेरै महिला श्रमिकहरु ठेकेदारको शिकार बनेका छन् । मासिक तलब बुझ्न जाँदा ठेकेदारहरुले धम्काउने, महंगीअनुरुप पारिश्रमिकको व्यवस्था नभएको, पारिश्रमिक साह्रै न्यून भएको, एयरपोर्टमा वर्षाै देखि काम गरेपनि कुनै पनि प्रमाणपत्र नपाएको, ड्रेसको सुबिधा नभएको, वर्षैपिच्छे ठेकेदार परिवर्तन हुँदा उनीहरुले बगाएको पसिनाको उचित मूल्य एवं सेवा सुबिधा नपाएको, वर्षै भरि काम नदिने कहिले ४ महिना कहिले ५ महिना मात्र काम गर्नुपर्ने, चाडपर्व खर्च उपलब्ध नगराउने लगायत न्यूनत्तम श्रम सुबिधा पनि नपाईने गरेको श्रमिकहरुले भनाई छ । केहि गरि प्रवेश पास छुटेमा लालपूर्जा खोई भन्दै ठेकेदारले दुव्र्यबहार गर्ने गरेको समेत महिला श्रमिकको गुनासो छ ।  कार्यक्रममा एयरपोर्टका समस्याबारे आफ्ना धारणा राख्दै जिफन्टका उपमहासचिव जनक चौधरीले सरकारको सर्तनामा र सरकारी नियम कानुनको उल्लघन गरि श्रमिक माथि शोषण गर्नेहरुलाई आफुहरुले नछाड्ने चेतावनी दिए । पर्यटन क्षेत्र युनियन परिषदका सदस्य सुनिता थापाले महिलाका आवाजलाई बुलन्द पार्दै महिला माथि भईरहेको चरम श्रमशोषणको अन्त्य हाम्रो अन्तिम लक्ष्य भएको बताईन् । त्यस्तै यूनिट्राभका अध्यक्ष श्यामकुमार राई र महासचिव सुमन पराजुलीले एयरपोर्टमा श्रमिकलाई अँध्यारो कोठाभित्र राख्नेहरु विरुद्ध आफुहरु जाईलाग्ने र पीडित श्रमिकहरुलाई पनि दायित्व बोध गराउँदै कानुनी अधिकार एवं सेवा सुबिधा उपलब्ध गराउन लागिपर्ने बताए ।

तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्क विच्छेद, सात गाविसमा आवागमन ठप्प

डोल्पा, २६ असार । शनिबार बेलुकीदेखि अविरल रुपमा परेको वर्षात्ले लावन गाविसमा पर्ने व्यासगाड खोलाको काठेपुल बगाएपछि तल्लो र माथिल्लो डोल्पाबीच सम्पर्कविच्छेद भएको छ । यसबाट सात गाविसमा आवागमन ठप्प भएको छ । मध्यरात २ बजेतिर खोलामा पानीको बहाव बढेर पुल बगाएपछि माथिल्लो डोल्पाका लावन, सहरतार, धो, साल्दाङ, तिन्जे लगायत गाविसमा आवतजावत ठप्प भएको स्थानीय समाजसेवी ओम मगरले जानकारी दिए । काठेपुल पुनःनिर्माणको स्थलगत अनुगमनका लागि जिल्ला प्राविधिक कार्यालय र जिविस डोल्पाको टोली आइतबार बिहान गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । पुल बगाएपछि माथिल्लो डोल्पामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । छिट्टै आवागमन खुलाउन पुल निर्माण तत्काल सुरु गरिने बताइएको छ । रासस

चीनले भन्यो–नेपालका पेट्रोलियम खानीको ल्याब टेष्ट रिपोर्ट अन्तिम चरणमा

काठमाडौं, २६ असार । चीनले नेपालमा रहेका पेट्रोलियम खानीहरुको ल्याब टेष्ट रिपोर्टको अन्तिम चरणमा पुगेको बताएको छ । गत अप्रिलदेखि एक महिना लगाएर चाइना जियोलोजीकल सर्भेका विज्ञहरुको टोलीले नेपालका तीन वटा इन्धन खानीहरुको अध्ययन गरेका थिए । अध्ययनपछि माटो, ढुंगा, तेल लगायतको नमुना ल्याब परिक्षणका लागि चीन लगिएको थियो । एक महिना भित्रै ल्याब रिपोर्ट लिएर नेपाल आउने भनेको चिनियाँ टोलीले केहि ढिलो गरि ल्याब रिपोर्ट तयार गरेको हो । ‘इन्धन खानीबाट लगिएका नमुनाहरुको ल्याब रिपोर्ट अन्तिम चरणमा पुगेको छ, केहि समय भित्रै रिपोर्टसहित नेपाल आउँछौं भनेर चिनियाँ टोलीले इमेल पठाएको छ’, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने । रजौरे नेतृत्वको परियोजनाले इन्धन खानी अन्वेषणको ल्याब रिपोर्ट पठाउन आग्रह गर्दै चाइना जियोलोजीकल सर्भेलाई दुई पटक पत्र पठाईसकेको छ । ती इमेलको जवाफ पठाउँदै चाइना जियोलोजिकल सर्भेले ल्याब परिक्षणको रिपोर्ट अन्तिम चरणमा पुगिसकेको जवाफ पठाएको हो । चीनमा आइतबार सार्वजनिक बिदा परेकाले तेश्रो इमेल नपठाएको बताए । कहाँ कहाँ गरिएको थियो अध्ययन ? चाइना जियोलोजीकल सर्भेका ६ जना विज्ञ सम्मिलित टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुको अध्ययन गरेर मे २६ तारिखका दिन चीन फर्किएको थियो । चिनियाँ टोली ती तीन क्षेत्रमा रहेका श्रोत चट्टान र पेट्रोलियम अन्वेषण परियोजनासँग भएका तथ्यांकहरुको गहिरो अध्ययन गरेको थियो । उनीहरुले ल्याब परिक्षणका लागि सो क्षेत्रका चट्टान र माटोको नमूना चीन लगेका छन् । रजौरेका अनुसार चीनियाँ टोलीले नेपालसँग भएका पुराना अध्ययनका रिपोर्ट, चट्टान, ग्यास र तेलको नमुना लगेको छ । कसरी हुन्छ उत्खनन ? प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपालमा रहेका पेट्रोलियम खानीहरुको उत्खननका लागि चीनले सघाउने सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा चीनियाँ टोलीले पहिलो चरणको अन्वेषण गरेको हो । अब उत्खनन गर्दा पनि सोही सम्झौताका आधारमा दुई मुलुकबिच संयुक्त कम्पनी वा प्रोजेक्टको स्थापना हुनेछ । सो कम्पनी वा प्रोजेक्टले उत्खननको मोडल तथा व्यवसायीक आधार तयार पार्नेछ । त्यसमा उत्खननपछि प्राप्त पेट्रोलियम पदार्थको केहि प्रतिशत चीनियाँ कम्पनीले पाउने र केहि नेपाल सरकारले पाउने उल्लेख गरिनेछ । कसको हिस्सा कति हुने भन्नेबारे भने दुई मुलुकका विज्ञ सम्मिलित टोलीले निर्धारण गर्नेछ ।

उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धि अभिमुखिकरण तालिम सुरु

काठमाडौ, २६ असार । पर्यटन क्षेत्रका मजदुर संगठनहरुको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रायोजनमा उच्च हिमाली जोखिम र नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम काठमाडौंमा सुरु भएको छ । २५ गते देखि २८ गते सम्म संचालन हुन लागेको उक्त तालिममा ट्रेकिङ गाईड, सरदार, कुक, सहयोगी मजदुर गरि १ सय ५० जनाको सहभागिता रहेको छ । शनिबार पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले तालिमको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत जोशीले उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्यटन श्रमिकहरुले धेरै जोखिम मोलेर बिदेशी पर्यटकलाई सत्कार सँगै सेवा पुर्याएकोमा त्यसको प्रशंसा गर्दै धन्यवाद दिए । तालिमले उच्च हिमाली क्षेत्रमा हुनसक्ने जोखिम न्यूनिकरणमा ठूलो योगदान उनको विश्वास थियो । उनले घुमफिर वर्ष २०७३ र पर्यटन वर्ष सन् २०१८ लाई भव्यताका साथ सफल पार्न पर्यटन श्रमिकको मुख्य भूमिका रहेको भन्दै त्यहि अनुरुप सहयोग गरिदिन अनुरोध गरेका छन् । त्यस्तै पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले पर्यटन श्रमिकको राम्रो सेवा, सत्कारबाट नै बढि भन्दा बढि विदेशी पर्यटक भित्र्याउन मद्धत पुग्ने भएकाले उनीहरु पर्यटन क्षेत्र विकासको मेरुदण्ड नै भएको बताए । देशको आर्थिक विकासको प्रमुख आधार मध्येको एक पर्यटन क्षेत्रको विकासमा दिनरात नभनी खट्ने श्रमिकको सामाजिक सुरक्षा र उचित ज्यालाको व्यवस्था, बीमाको व्यवस्था गर्न आफुहरु लागिपर्ने बताए । कार्यक्रममा नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपील पाण्डेले पर्यटन श्रमिकको भूमिकाका बारेमा प्रकाश पारेका थिए । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन (यूनिट्राभ) का महासचिव सुमन पराजुलीले पर्यटन क्षेत्रको विकासमा लाग्नु श्रमिकको पनि दायित्व भएको भन्दै नेपाल घुम्न आएका पर्यटकलाई सकेसम्म राम्रो सुबिधा प्रदान गर्न मातहतका श्रमिकहरुलाई अनुरोध गरेका छन् । त्यस्तै श्रम ऐनमा रहेर श्रमिकका मागपत्र सम्बन्धित निकायमा राख्नुपर्ने उनको भनाई थियो । अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनका अध्यक्ष राम बस्नेतको सभापतित्वका उद्घाटन कार्यक्रम सम्पन्न भएको हो फुर्बा नाम्गेल शेर्पाले तालिमको संयोजन गरेका छन् ।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्धारा बन्द

बाँके, २६ असार । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ । भारत सरकारले रुपैडिहा–गोन्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको ९बडिलाइन० सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ । उसले मर्मत र विस्तारको काम सुरु गरिसकेको छ । सीमाञ्चल पत्रकार एसोसिएसन इन्डो नेपाल उत्तर प्रदेशका प्रमुख एसके मदेसियाले नयाँ रेल विस्तारपछि नेपालगन्ज सोझै दिल्लीसँग जोडिने बताए । तर, सीमावर्ती आफ्ना नागरिकका लागि भने रुपैडिहा–बहराइचसम्म दिनमा दुईपल्ट रेल सञ्चालनमा छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताए । रासस

गोविन्द केसीको अनसन विरुद्ध ४९ जना विद्यार्थीको आपत्ति

काठमाण्डौं असार २६ । डाक्टर गोविन्द केसीको अनसन र सिट कटौतिले आफुहरुको स्वदेशमा अध्ययन गन पाउने अधिकार हनन् भएको भन्दै विभिन्न कलेजमा आवद्ध मेडिकल क्षेत्रका विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुले केसीको यस्तो कदम प्रति मोर्चाबन्दी गर्ने भएका छन् । विगतमा उनको आन्दोलन सकारात्मक रहेको तर पछिल्ला दिनहरुमा सिट कटौति, छात्रबृद्धि पाउने विद्यार्थीमा कटौति र हजारौ विद्यार्थीलाई विदेश पठाउने रणनीति देखिएको भन्दै विद्यार्थीहरुले यसका विरुद्ध सबै विद्यार्थीहरुको मोर्चाबन्दी गरेर सरकारलाई दवाव दिने बताएका छन् । शनिवार साझ मेडिकल क्षेत्रमा आवद्ध बिभिन्न कलेजहरुका विद्यार्थीहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । विन्द केसीको पटक पटकको अनसनका कारण समग्र चिकित्सा क्षेत्रमा असर पुगेको उनीहरुको ठहर रहेको छ । मेडिकल शिक्षाको बर्तमान र भबिष्य बारे जानकारी गराउन गरीएको भेलाले केसीको अनसनले विद्यार्थी बाहिर जान बाध्य बनाएको उल्लेख गरे । विद्यार्थीहरुले आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने आफुहरुको नैसर्गीक अधिकार प्रति केसीले लात हानेको आरोप लगाए । एमबीबीएस अध्ययनरत डा।खगेन्द्र झाले पटक पटकको अनसनले आफुहरु मारमा परेको बताए । उनले भने-विगतमा केसिको अनसनप्रति हामी एक भएर समर्थनमा लागेका थियौं तर जव उहाँको अनसनले माफियाको रुप लियो त्यसबाट हामी अत्यन्नै मर्माहित भएका छौं । हामीले शिक्षा र स्वास्थ्यको सुधार होला भन्ने सोचेर समर्थनमा लागेकै हो तर आज उहाँको अनसनले आमीले पढ्न पाउने अधिकारलाई समेत नेपालमा बन्देज लगाउन पुग्यो विद्यार्थीहरुको भनाई । भेलामा एमबिबिएस, एमडी लगायतमा अध्ययनरत ४९ जना विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुले केसी व्यत्ति भएको तर सरकारले अरुको कुरा र यथार्थ नबुझि सिट कटौति गर्दा आफुहरु र आउने विद्यार्थी पढ्न बाट बन्चित भएको स्पष्ट पारे । कलेज थप खुल्दा घाटा छ कि नाफा छ रु सिट कटौंति गर्दा नाफा छ कि घाटा रु यस विषयमा व्यापक छलफल भएको झाले बताए । जति कलेज खोलेपनि असर नपर्ने सिट जति बढाएपनि असर नपर्ने तर सरकारले क्वालीटिमा निग्रानी राख्नु पर्ने विद्यार्थीहरुको साझा धारणा आएको छ । आज अरवौ रुपैयाँ आम्रै कारणले विदेशीएको तथ्य सबैमाझ स्पष्ट पार्दै उनीहरुले व्यवस्थीत गरे विदेशी विद्यार्थीले नेपालमा आएर अध्ययन गर्दा आर्थीक क्षेत्र उकास्न सक्ने पनि बताए । उनीहरुले केहि दिनमै प्रधानमन्त्रीलाई सिट कर्टौतिको विरोध स्वरुप ज्ञापन पत्र बुझाउने भएका छन्

चिकित्सा शिक्षा विधेयक आज पारित हुने, डा केसीका माग पूरा हुने

डा गोविन्द केसी काठमाडौँ, २६ असार । चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक–२०७३ मन्त्रिपरिषद्ले आइतबार पारित गर्ने बताइएको छ । विधेयक पारित भएमा डा गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा हुनेछन् । चिकित्सा शिक्षा सुधारसम्बन्धी आफूले उठाएका माग सरकारले सम्बोधन नगरेको भन्दै डा गोविन्द केसीले पुनः अनशन बस्ने घोषणा गरेकै दिन उक्त विधेयक मन्त्रिपरिषद्बाट पारित हुन लागेको हो । डा केसीले माग गरे झैँ अख्तियार प्रमुख आयुक्त र आयुक्तलाई महाअभियोग लगाउने र सबै मेडिकल शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै निःशुल्क गर्नेबाहेकका माग ऐनले सम्बोधन गर्ने बताइएको छ । उनले सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने, काठमाडौँ उपत्यकामा आउँदा १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशायपत्र पाएकाको नवीकरण नगर्ने, आगामी शैक्षिकसत्रदेखि केन्द्रीय परीक्षा लिने व्यवस्था गर्ने र त्यसका लागि हाल परीक्षा लिइरहेकासँग सहकार्य गर्ने, अधिकतम शुल्क र सिट यो वर्ष नेपाल मेडिकल काउन्सिलले शिक्षा मन्त्रालय र विश्वविद्यालयले गरे झैँ हुने व्यवस्था गर्ने, माथेमा प्रतिवेदन विपरीत हाल काठमाडौँमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा रहेको विचाराधीन विधेयक तत्काल फिर्ता हुनुपर्ने र विगतमा भएका सम्झौता पालना गर्नुपर्ने माग राख्दै विभिन्न समयमा अनशन बस्दै आएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आईतबार मन्त्रिपरिषद्ले पास गरेपछि विधेयक संसद् सचिवालयमा पेस हुने जानकारी दिए । संसद्ले पारित गरेपछि उक्त विधेयक ऐन बन्नेछ । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष डा भगवान कोइरालाले उपत्यकाका तिनै जिल्लामा १० वर्ष एमबिबिएस, बिडिएस र नर्सिङका नयाँ कार्यक्रमका लागि कलेजले सम्बन्धन नपाउने व्यवस्था गरिएको जानकारी दिए । उनले भर्ना शुल्क, परीक्षा प्रणाली, मेरिट लिस्टलगायतका विषय पनि विधेयकमा समावेश हुने बताए । हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज, शिक्षाका लागि ऋणको व्यवस्था, मेरिटका आधारमा भर्ना गर्ने कुरालाई विधेयकमा सम्बोधन गरिएको बताए । यसैगरी, शुल्क र विद्यार्थी कोटामा अङ्कुश लगाउने व्यवस्था पनि विधेयकमा छ । यसअघि यो अधिकार मेडिकल काउन्सिलसँग रहेको, मेडिकल कलेजको सम्बन्धन र खारेजको अधिकार आयोगमा पनि रहने उल्लेख गरिएको उनको भनाइ छ । डा केसीले आन्दोलनमार्फत उठाएको चिकित्सा शिक्षा सुधारको अभियान विधेयक पुनः डा केसीको आन्दोलनको घोषणासँगै पारित हुने अवस्थासम्म आइपुगेको हो । रासस

जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध, छ जिल्लाको सार्वजनिक यातायात अस्तव्यस्त

बैतडी, २६ असार । बिहीबार राति परेको पानीका कारण झरेको पहिराले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग चार दिनसम्म पनि पुनः सञ्चालन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मटेला– ३ मा पर्ने जाल्याबगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले राजमार्ग अवरुद्ध भएको जानकारी दिए । शुक्रबारदेखि बिहानैदेखि नै डोजरले पहिरो पन्छ्याउन सुरु गरेको भए पनि धैरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन अझै केही दिन लाग्ने चन्दले जानकारी दिए । सडक अवरुद्ध हुँदा काठमाडौंँ, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम र बैतडीका लागि छुटेका तथा जिल्ला भित्रिने लागेका गाडी तथा यात्रुबीच बाटामै रोकिएका छन् । रासस