विकासन्युज

भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म २६ करोड ३० लाख रुपैयाँ पठाइयो

विकासन्युज काठमाडौं, १७ बैशाख । सरकारले भूकम्प प्रभावित विभिन्न जिल्लामा अहिलेसम्म २६ करोड ३० लाख रुपैयाँ नगदसहित खाद्यपदार्थ पठाएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री बामदेव गौतमको सचिवालयले दिएको जानकारीअनुसार अहिलेसम्म १६ ओटा ट्रक र ५ ओटा हेलिकप्टरबाट १ हजार ३ सय ३६ क्विन्टल चामल, १ सय ८७ क्विन्टल चिनी, १ हजार ८ सय क्विन्टल चिउरा, ९ हजार कार्टुनमा  बिस्कुट र चाउचाउ पठाइएको छ । यस्तै, भुजिया, दालमोठ, सिमी, नुन र पिउने पानी पनि पठाइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, टेन्ट ४ हजार ७ सय थान, त्रिपाल १ लाख १८ हजार थान, कम्बल ३ सय थान, ब्ल्यांकेट २ सय १० थान, सोलार लाइट ३ हजार ५ सय २८ थान र ९ बोरा लत्ता कपडा पठाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५५ सय नाघ्यो, ८ हजार भन्दा बढी घाइते

विकासन्युज काठमाडौं, १७ बैशाख । महाभूकम्प गएको छैटौं दिन  बिहीबार बिहान ७ बजेसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या  ५५ सय ३०  पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो विपत्तिमा परी ८३ सय ५ जना  घाईते घाइते भएका छन् । हालसम्म सबेभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा १५ सय ८७ जनाको ज्यान गइसकेको छ भने काठमाडौमा १ हजार ८९ जनाको शव फेला परेको छ । उपत्यकाका ३ जिल्लामा गरी   १५ सय १९ वटा शव उत्खनन गरिएको र २५ सय ७४ जना घाइतेको उपचार भइरहेको छ । अन्य घाइतेलाई डिस्चार्ज गरिसकिएको प्रहरलिे जनाएको छ । मुख्य भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लामा हालसम्म ४०५ जनाको ज्यान गइसकेको छ । हालसम्मको मानवीय क्षतिको विवरण उपत्यका  मृतक  १५१९ घाईते  २५७४ (अन्य डिस्चार्ज गरिएको) काठमाडौ १०८९ ललितपुर   १६९ भक्तपुर     २६१ पूर्व क्षेत्र  मृतक  ५२,  घाईते २६० भोजपुर  २ सुनसरी  ७ सोलु  २२ ओखलढुंगा  १८ ताप्लेजुंग  १ मोरङ्  २ मध्य क्षेत्र मृतक ३५४४ घाईते ४२८३ रामेछाप  २४ सिन्धुपाल्चोक  १५८७ धनुषाा १ मकवानपुर  ३३ रसुवा  ३०४ दोलखा ६० चितवन  ६ नुवाकोट  ७०७ धादिङ  ५२७ सिन्धुली  ९ बारा  ५ पर्सा  ५ सर्लाही  १ रौतहट  १ काभ्रे २७४ पश्चिम क्षेत्र  मृतक ४१३ घाईते ११६७ गोरखा  ४०५ कास्की  २ नवलपरासी  १ तनहु  १ लमजुङ्ग  ४ मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ रोल्पा १ रुकुम १

भूकम्पका कारण विभागको सर्भर बिग्रियो, विदेशिने शुन्यप्रायः

विकासन्युज /काठमाडौं, बैशाख १५ गत शनिबार र आइतबार गएको भुकम्पका कारण वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयको सर्भर डाउन हुँदा सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । विभागका निमित्त महानिर्देशक एवम् काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले दिएको जानकारीअनुसार विभागका इन्जिनियर विजय खत्रीको लुभुस्थित घर पूर्णरुपमा ध्वस्त भएका कारण उनी कार्यालय आउन सकेका छैनन् । उनको अनुपस्थितिमा काम गर्न सक्ने अरु जनशक्ति नभएका कारण बिग्रिएको सर्भर मर्मत गर्न ढिलाइ भएको हो । सर्भरले काम नगर्दा हातैले लेखेर भिसाको म्याद सकिन लागेका र आजभोलि नै टिकट भएका श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिने काम भइरहेको सुवेदीले जानकारी दिए । विभागले व्यक्तिगत श्रम स्वीकृतिमात्रै दिइरहेको र मंगलबार बेलुकासम्म १ सय ५० जनालाई सेवा प्रदान गरिएको  उनले जनाए । विभागले विदेशबाट विदामा आई भिसा सकिन लागेकाहरुलाई मात्रै अन्तिम श्रम स्वीकृति प्रदान गर्न थालेको हो । व्यक्तिगत तर्पmका अरु र संस्थागत तर्पmका पूर्व तथा अन्तिम स्वीकृति सेवा सुचारु हुन सकेका छैनन् । उता भूकम्पका कारण जनजीवन तहसनहस भएका कारण वैदेशिक रोजगारीका लागि मुलुक छाड्नेको संख्या शुन्यप्रायः भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले दिएको जानकारीअनुसार आइतबार २ सय जनाले स्वदेश छाडेको भए पनि सोमबार र मंगलबार सो संख्या शुन्यप्रायः रहेको छ । भूकम्पका कारण मुलुकभर शोक र अन्योल छाएका कारण कुनै पनि मेनपावर कम्पनीले कार्यालय सुचारु गर्न सकेका छैनन् भने कामदारको अन्तर्वातासमेत प्रभावित भएको छ । उता वैदेशिक रोजगारीका लागि मुलुक छाड्ने र स्वदेश फर्किएका श्रमिकको बास हुने मुख्य स्थान गोंगबुस्थित नयाँ बसपार्क छेउछाउ रहेका होटल र गेस्टहाउस भूकम्पका कारण क्षतिग्रस्त हुँदा सयौं कामदार हताहत भएका छन् । तर उद्दारको काम सुस्त हुँदा सो संख्या यकिन हुन सकेको छैन । सयपत्री गेस्टहाउसका सञ्चालक एवम् वैदेशिक रोजगार व्यवसायी छत्र बस्नेतका अनुसार उनको गेस्ट हाउसमा मात्रै कम्तीमा ८ जना श्रमिक पुरिएका छन् भने अन्य थुप्रै होटलहरु भत्किएकाले सो संख्या साढे ३ सय माथि हुनसक्छ ।

भूकम्पबाट मर्नेको संख्या करिब ४८ सय पुग्यो, १० हजार घाइते

विकासन्युज/ बैशाख १६, काठमाडौं । गत शनिबार र आइतबार गएको भुकम्पका कारण मृत्यु हुनेको संख्या बुधबार बिहानसम्म बजेसम्म ४७ सय ८५ पुगेको छ भने  ९ हजार ९५२ जना घाईत भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो संख्या बुधबार बिहान ६ बजेसम्मको हो । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४८ जनाले ज्यान गुमाएका र  ५३ सय ७६ जना  घाईते भएको प्रहरीले जनाएको छ । उपत्यकाभित्र काठमाडौ जिल्लामा १०३९ जना,  ललितपुरमा  १५९ जना र  भक्तपुरमा  २५० जनाको मृत्यु भएको छ । हालसम्म सबैधन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक मा पुगेको छ । त्यहाँ १२६० जनाको मृत्यु भइसकेको प्रमाणित भएको छ भने सो संख्या बढिरहेको प्रहरीले जनाएको छ । तथ्यांकमा क्षति पूर्व क्षेत्र   मृतक ५१ घाईते २०४ भोजपुर २ सुनसरी ७ सोलु २२ ओखलढुंगा १७ ताप्लेजुंग १ मोरङ् २ मध्य क्षेत्र मृतक २८८५ घाईते ३२२१ रामेछाप २४ सिन्धुपाल्चोक १२६० धनुषा १ मकवानपुर ३४ रसुवा ३०२ दोलखा ५४ चितवन ६ नुवाकोट ५६० धादिङ ३५५ सिन्धुली ९ बारा ५ पर्सा ५ सर्लाही १ रौतहट १ काभ्रे २६८ पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३० गोरखा ३९१ कास्की २ नवलपरासी १ तनहु १ लमजुङ्ग ४ मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ रोल्पा १ रुकुम १ स्रोतः नेपाल प्रहरी

भूकम्प पीडितका लागि प्रवासमा सहयोग संकलन गरिँदै

विकासन्युज /काठमाडौं, बैशाख १६ नेपालमा शनिबार र आईतबार गएको भूकम्पबाट पीडित भएकाहरुका लागि मलेसिया र बेल्जियममा आर्थिक संकलन अभियान सुरु गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई राहत, घाइतेको उपचार र घरबारविहिन भएका परिवारलाई सहयोग गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले आर्थिक संकलन अभियान चलाएका हुन् । मलेसियास्थित नेपाली दूतावासले राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातको संयोजकत्वमा भूकम्प पीडित सहायता समन्वय समिति गठन गरेको छ । यस महाविपत्तिमा परेका पीडितहरुलाई सहयोग गर्न ईच्छुक व्यक्ति, संघ संस्थाहरुले दुतावासको समितिमार्फत् नेपालमा सहयोग पु¥याउन दुतावासले अनुरोध गरेको छ । सो समितिको सल्लाहकारमा  पुत्राजय कर्पोरेसनका अध्यक्ष  आसे छि मात्     छन् भने सदस्यहरुमा मलेसिया नेपाल व्यापार परिषदका अध्यक्ष दातो प्रदिप कुकरेजा, पेनाङका अवैतानिक वाणिज्यदुत दतुक ह्वान चेंग जेंग, एनआरएनए मलेसियाका सभापति शंकर पौडेल, शाक्यमुनि फाउन्डेसनका लाइ सिउखी छन् । सो समितिका सदस्यसचिवमा श्रम सहचारी बुद्धिनाथ भट्टराई  रहेको दुतावासले जनाएको छ । यसैबीच प्रवासी नेपाली मञ्च मलेसियाले तत्कालका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने र अरु सहयोग संकलनका लागि समिति गठन गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघ मलेसियाले पनि ३ लाख ७३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग संकलन गरिसकेको जनाइएको छ । त्यसैगरी एनआरएन बेल्जियमले १० लाख, एनआरएन फ्रान्सले ३ लाख र पोर्चुगलले १ लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन् । जर्मनीमा कार्यरत नेपालीहरुले पनि १ दिनको तलबवापतको पैसा उठाउने अभियान सुरु गरिएकोे जानकारी प्राप्त भएको छ भने एनआरएन जर्मनीले पनि सहयोग रकम संकलन गरिरहेको छ ।

बैंकबाट ५० हजार रुपैयाँसम्म पैसा निकाल्न सकिने, लकर सुरक्षित

विकासन्युज/ काठमाडौ, वैशाख १५ । भूकम्पका कारण बैक तथा वित्तीय संस्था बनद हुँदा सर्वसाधारण मर्कामा परेको भन्दै  राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका पदाधिकारी बोलाएर सर्वसाधारणलाई आवश्यक सेवा उपलब्ध गराउन निर्देशन दिएको  छ । बैंठकपछि बैंकर्स संघले वाणिज्य बैंकमार्फत नगद ५० हजार रुपैयाँ चेकमार्फत निकाल्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । साथै एक पटकमा एटिएमबाट १६ हजार रुपैयाँ निकाल्न सकिने व्यवस्था गरिएको छ । ‘एक दिनमा एउटा एटिएमबाट ५० हजार रुपैयाँसम्म झिक्न सकिने छ,’ बैंकर्स संघका उपाध्यक्ष अनिल शाहले भने । विकास बैंक संघको बैठकले पनि तोकिएका शाखा कार्यालय खुला राख्ने र ५० हजार रुपैयाँसम्मको भुक्तानी दिने निर्णय गरेको छ । राष्ट्र बैंकले भने आवश्यक पर्ने रकम उपलब्ध गराउन सकिने र सीमा तोकिरहन आवश्यक नरहेको उल्लेख गरेको छ । ‘हामीले जतिपनि रकम उपलब्ध गराउन सक्छौं भनेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने । उता भूकम्पले केही भवनमा समस्या देखिए पनि गरगहना र अन्य बहुमूल्य सामान राखिएका बैंकका लकरमा ठूलो क्षति नपुगेको बैंकर्स संघले बताएको छ ।   संघका अध्यक्ष उपेन्द्र पौडेलले क्षतिको कुनै खबर नआएको जानकारी दिए । विकास बैंक संघले पनि भौतिक क्षति भएको सूचना नरहेको बताएको छ । ‘लकरमा क्षति पुगेको कुनै खबर छैन,’ पौडेलले भने ।

भूकम्पबाट नेल्को इन्टरनेसनलको भवन ध्वस्त, २ व्यवसायी घाइते ,व्यवसायीकी श्रीमतीको निधन

  विकासन्युज / काठमाडौं, बैशाख १५ शनिबार गएको महाभूकम्पमा परी एउटा मेनपावर कम्पनीको भवन भत्किएको छ  भने २ जना वैदेशिक रोजगार व्यवसायीहरु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सो भूकम्पमा परी सामाखुसीस्थित नेल्को इन्टरनेसनल प्रालिको ६ तले भवन भत्किँदा पहिलो तलामा रहेको सो मेनपावर कम्पनीका सञ्चालक शिवराज पाठक घाइते भएका छन् । उता  कुपन्डोलस्थित मादी ओभरसिजका सञ्चालक जनक थापाको खुट्टा भाँचिएको छ    भने वैदेशिक रोजगार व्यवसायी यलबहादुर गुरुङ (विजय) लाई पत्नीशोक परेको छ । राजधानीको बसुन्धरास्थित सी लिंक ओभरसिज प्रा.लि.का सञ्चालक गुरुङकी श्रीमती लालमाया गुरुङको शनिबार आएको प्रलयकारी भूकम्पमा परी निधन भएको हो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रमा नर्सको रुपमा कार्यरत ४५ वर्षिया गुरुङको वसन्तपुरमा शनिबार भएको रक्तदान कार्यक्रममा सेवा प्रदान गर्दागर्दैै  एक्कासी आएको भूकम्पबाट  निधन भएको हो । स्वर्गीय गुरुङको आइतबार स्वयम्भूमा अन्तिम दाहसंस्कार गरिएको थियो । अन्य व्यवसायीहरुको पनि क्षति भएको जानकारी आए पनि यो समाचार तयार पार्दासम्म पुष्टि हुन सकेन ।  

भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४७ पुग्यो, ८ हजार भन्दा बढी घाइते

  विकासन्युज/ बैशाख १५, काठमाडौं । आज विहान ८ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ भने ८ हजार १ सय ५४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४० जनाले ज्यान गुमाएका छन् भने ४९ सय ३ जना घाइते भएका छन् । मृतक र घाइते कहाँ कति ? २०७२ बैशाख १५ गते विहान ८ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ भने ८ हजार १ सय ५४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४० जनाले ज्यान गुमाएका छन् भने ४९ सय ३ जना घाइते भएका छन् । मृतक र घाइते कहाँ कति ? उपत्यका : मृतक: १४४०, घाइते: ४९०३ काठमाण्डौ – १०३९ ललितपुर – १५८ भक्तपुर -२४३ पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२ भोजपुर -२ सुनसरी- ७ सोलु – २२ ओखलढुङगा – १७ ताप्लेजुङ – १ मोरङ-२ सप्तरी -१ मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८ दोलखा -५० रामेछाप – २४ सिन्धुली – ९ धनुषा- १ सर्लाही -१ नुवाकोट ‍- ४७८ धादिङ – ३०३ काभ्रे -२४८ सिन्धुपाल्चोक – ११७६ रसुवा – २५० मकवानपुर -३३ चितवन -६ बारा – ५ पर्सा – ४ रौतहट – १ पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१ गोरखा -२५६ कास्की -२ नवलपरासी – १ तनहु -१ लमजुङ – ४ मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२० रोल्पा -१ रुकुम – १ स्रोतः नेपाल प्रहरी