विकासन्युज

मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् ।  मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् ।  नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजार ५८५ मत खसेको थियो ।

समानुपातिकमा रास्वपाको अग्रता कायमै, कटायो ५ लाख मत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि रास्वपाले अत्याधिक सिट जित्ने देखिएको छ । समानुपातिकको १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ । नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ । नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ । राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बाँसुरीमा भोट मागेको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ । समानुपातिकबाट निर्वाचत हुन कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ । प्रत्यक्ष तर्फ शनिबार राती १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भएको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसको ११ जित ७ अग्रता, एमालेको ४ जित ८ अग्रता र नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ स्थानमा अग्रता छ । राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।

४५ हजार ६८० मत ल्याएर झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।  उनका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने ७ हजार ७७ मत बदर भएको उनले बताए ।

ताप्लेजुङमा एमालेका क्षितिज थेवे निर्वाचित

काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् । थेवेले १३ हजार ९६२ मत पाउँदै विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११ हजार ७११ मत पाए । यस्तै नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए । ताप्लेजुङमा जम्मा ४५ हजार ५८३ मत खसेको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

नेपालको पहिलो आँखा अस्पताललाई बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा. जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।  ५२ वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो । अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । अस्पतालले दिएको जानकारी अनुसार बहिरङ्ग सेवामा वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ ।

एमालेका आचार्यलाई पराजित गर्दै पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित

काठमाडौं । पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् ।  उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।

५० हजार ९४५ मतसहित नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित

काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले ९ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले १ हजार ७०२ मत प्राप्त गरे ।  यस्तै, नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा पनि रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

काठमाडौं । लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका आक्रमण र झडपमा मृत्यु र घाइतेको सङ्ख्या बढेको छ । लेबनानको पूर्वी क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनास्थल नबी चित-हाम क्षेत्रमा चार इजरायली हेलिकोप्टरले अवतरण गरेपछि हिजबुल्लाहका लडाकूहरूले उनीहरूलाई भेट्टाउँदै गोलीबारी गरेका थिए । स्थानीय बासिन्दाहरू पनि यस झडपमा सहभागी भएका थिए । इजरायली सेनाका फाइटर जेट र हेलिकोप्टरले उक्त क्षेत्रमा करिब ४० हवाई आक्रमण सञ्चालन गरेका थिए । झडपमा लेबनानी सेना, सुरक्षा कर्मी र सामान्य नागरिकहरू मारिएका थिए । यस अघि शुक्रबार इजरायली हवाई सेनाले नबी चित र वरिपरिका क्षेत्रमा १३ हवाई आक्रमण गरेका थिए । यो घटनाक्रम हिजबुल्लाहद्वारा सोमबार इजरायलतर्फ प्रक्षेपित गरिएका रकेटपछिको पहिलो ठूलो द्वन्द्व हो ।