विकासन्युज

अछाम-१ मा नेकपाका भीम रावल अग्र स्थानमा, रास्वपा चौथो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम-१ मा जारी मतगणनाको प्रारम्भिक परिणामले नेकपाकालाई अग्रता दिलाएको छ । सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार नेकपाका भीम रावलले ९५२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक बहादुर साउदले ७१३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ७३२ मत ल्याएका छन् । यसैगरी रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् । मतगणना जारी छ ।   

एक जितसहित रास्वपाको १०३ ठाउँमा अग्रता, दोस्रो स्थानमा भएको ठाउँमा पनि झिनो मतान्तर

काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित १०३ ठाउँमा अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार रास्वपा देशका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा १०३ ठाउँमा अगाडि देखिएको हो । त्यहाँ नेपाली कांग्रे, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी( नेकपा)ले पछ्याइरहेका छन् ।  पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेस ११ ठाउँमा अगाडि देखिएको छ भने नेकपा नेकपा १० र नेकपा ९ ठाउँमा अगाडि छ । यी ठाउँमा पनि रास्वपा झिनो मतान्तरसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ ।  

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी अग्रस्थानमा, दामोदर भण्डारी तेस्रो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अग्रता दिलाएको छ । सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी ३६८ मतसहित पहिलो स्थानमा रहेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्द २५८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका दामोदर भण्डारी १८७ मतसहित तेस्रो स्थानमा रहेका छन् । यस्तै, नेकपाका परमानन्द भट्टले ११४ मत प्राप्त गरेका छन् ।  राप्रपाका भुपेन चन्दले १० मत प्राप्त ल्याएका छन् । यसैगरी, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २, श्रम संस्कृत पार्टीका गजेन्द्रराज पाण्डेयले १, नेकपा (माओवादी) का रामबहादुर कुँवरले ९, र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १ मत ल्याएका छन् । अहिलेसम्म ७५ मत बदर भएका छन् । मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्ने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार सम्पन्न मतदानमा बैतडीमा कुल ७३ हजार १४८ मत खसेको थियो। प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  प्रारम्भिक मतगणनाले जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको संकेत गरेको छ । 

धनुषा–३ मा रास्वपाका मनिष झा अग्रस्थानमा

जनकपुर । धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झाले अग्रता कायमै गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४  मत ल्याएका छन् । त्यस्तै नेकपा (एमाले) का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।

गोरखा-२ मा कबिन्द्र बुर्लाकोटी अग्र स्थानमा, चक्रे मिलन ४ मतसहित चौथोमा

काठमाडौं । गोरखा २ मा प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कबिन्द्र बुर्लाकोटीले ७३ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले १३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० मत ल्याएका छन् ।  यस्तै, नेकपा एमाले चक्रे मिलन गुरुङले ४ मत मात्र प्राप्त गरेका छन् ।

पूर्वअर्थमन्त्री: रेड जोनमा पौडेल र महत, मतान्तर बढाउँदै वर्षमान र जनार्दन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय संसदमा पुग्न प्रतिस्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पूर्वअर्थमन्त्रीहरूमा विष्णुप्रसाद पौडेल, वर्षमान पुन, जनार्दन शर्मा, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत रहेका छन् । त्यस्तै, पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्ष निर्वाचनबाट उम्मेदवार बनेका छन् । उनीहरू उम्मेदवार रहेका विभिन्न क्षेत्रमा मतगणना जारी छ । रुपन्देही-२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल १८ हजार ५३९ मतसहित फराकिलो अग्रतामा रहेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २ हजार ४५० मत पाएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४९८ मत र श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४४३ मत प्राप्त गरेका छन् । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १ हजार १७२ मतसहित अग्रस्थानमा छन् । नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्माले ८६४ मत र नेपाली कांग्रेसका राजु केसीले ५१३ मत प्राप्त गरेका छन् । रोल्पाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन १ हजार ४२१ मतसहित अग्रतामा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चुडामणी वलीले ५५७ मत, नेकपा एमालेका गोकुल प्रसाद घर्तीले २११ मत, नेपाली कांग्रेसका सुदन कुमार वलीले १५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ७७ मत र मंगोल नेशनल अर्गनाइजेशनका कुमार घर्ती मगरले ४१ मत प्राप्त गरेका छन् । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिना ५७९ मतसहित अग्रस्थानमा छन् । नेकपा (एमाले) का बद्री मैनालीले ५१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रकाश शरण महतले ३७९ मत पाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले ३३८ मत प्राप्त गरेका छन् । यता पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा भने मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ । यसैबीच ललितपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका चेतनाथ सञ्जेलले २ हजार ९२२ मत, उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ७९२ मत ल्याएका छन् ।

सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल अगाडि

काठमाडौं ।  सिन्धुली-२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले अग्रता कायम गरेका छन् । उनले १ हजार ६९७ मत प्राप्त गर्दै अगाडि लागेका छन् ।  नेपाली कांग्रेसकी उम्मेदवार सुशिला थिङले ९२६, एमालेका उम्मेदवार मनोज जंग थापा ७४५ र नेकपाका लेखनाथ दाहालले ८७८ मत प्राप्त गरेका छन । सिन्धुली-२ मा हाल ४ हजार ६२० मत गणना भइसकेको छ ।

काठमाडौँ–१० मा रास्वपाका विष्ट  १० हजार मतले अगाडि

काठमाडौं  ।  निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले निकटम प्रतिद्वन्द्वीभन्दा अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार विष्ट निकटम प्रतिद्वन्द्वीभन्दा १० हजार ३१३ मतले अगाडि छन् । हालसम्मको कुल सदर २६ हजार ७४३ मतमध्ये विष्टले १६ हजार ४३० मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हिमाल कार्कीले चार हजार २१३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका विनोद श्रेष्ठले दुई हजार ६७  मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार   त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा भइरहेको मतगणनामा अहिले कीर्तिपुर नगरपालिका–७ को मतगणना भइरहेको छ । काठमाडौँ–१० मा हालसम्म एक हजार १२७ मत बदर भएको छ । काठमाडौँ–१० मा कुल ६० हजार १५१ खसेको थियो ।