रुकुमपूर्वमा दोब्बर मतान्तरले प्रचण्डको अग्रता
काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १ हजार ४१५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
काठमाडौं-६ मा शिशिर खनाल र ८ मा विराजभक्त श्रेष्ठको अग्रता
काठमाडौं । काठमाडौं क्षेत्र-६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले ४ हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले १ हजार १८० र नेकपा (एमाले) का अमनकुमार मास्केले १ हजार ८६ मत प्राप्त गरेका छन् । त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । उनले ७ हजार ६१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेका छन् ।
भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि, प्रेम सुवाल र महेश बस्नेत पछ्याउँदै
काठमाडौं । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर-१ मा रुकेश रन्जितले ३ हजार ४५२, नेमकिपाका प्रेम सुवालले १ हजार ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् । त्यसैगरी, क्षेत्र नं. २ मा सोही पार्टीका राजिव खत्रीले २ हजार, नेकपा एमालेका महेश बस्नेतले १ हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन् ।
काठमाडौं-७ र १० मा रास्वपाको अग्रता, कसले कति मत ल्याए ?
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुलीले ४ हजार ६७७ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले ७२० मत प्राप्त गरेका छन् । यसैगरी, काठमाडौं-१० मा सोही पार्टीका प्रदीप विष्टले ५ हजार ७६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताइन् । नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गरेका छन् ।
काठमाडौं-१ मा रञ्जु दर्शनाले कटाइन् साढे १० हजार मत, मिश्रले कति पाए ?
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छिन् । २० हजार ४८८ मत गणना हुँदा उनले सो अनुसार मत प्राप्त गरेकी हुन् । यस्तै, नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत र नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत प्राप्त गरेका छन् ।
रसुवामा कांग्रेसको अग्रता
काठमाडौं । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुपन्देही-४ मा एमालेका प्रमोद यादवको अग्रता
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् । नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७, रास्वपाका कन्हैया बनियाँले १ हजार ८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराको अग्रता
काठमाडौं । कञ्चनपुर क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले २ हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन् ।