नयाँ सीईओको खोजीमा टेस्ला
काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाको बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कको उत्तराधिकारी खोज्न थालेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार करिब एक महिनाअघि टेस्ला बोर्डका सदस्यहरूले विभिन्न कार्यकारी खोज कम्पनीहरूलाई सम्पर्क गरेका थिए । यस प्रयासको पछाडि मस्कको ट्रम्प प्रशासनमा बढ्दो संलग्नता मुख्य कारण भएको बताइएको छ । मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज) मा संघीय रोजगारी कटौती गर्ने अभियानको नेतृत्व गरिरहेका छन् । यसले गर्दा टेस्ला कम्पनीमा समय कम दिन थालेको भन्दै लगानीकर्ताहरू चिन्तित बनेका हुन् । मस्कले अतिदक्षिणपन्थी विचारप्रति झुकाव देखाउँदै आएका छन् । यसको असरस्वरूप अमेरिका र युरोपभर टेस्लाको सोरुम तथा चार्जिङ स्टेसनहरूमा विरोध प्रदर्शन र तोडफोडका घटनाहरूसमेत बढेका छन् । साथै टेस्लाको विक्री पनि निकै घटेको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार टेस्ला बोर्डका सदस्यहरूले मस्कसँग भेट गरी उनले टेस्लामा बढी समय दिने सार्वजनिक प्रतिबद्धता जाहेर गर्न आग्रह गरेका थिए । तर मस्क स्वयं पनि बोर्ड सदस्य रहेकाले उत्तराधिकारी छनोटको योजनासम्बन्धी जानकारी उनीसँग थियो वा थिएन भन्ने अझै स्पष्ट भएको छैन । मस्कले भने हालै आफू ट्रम्प प्रशासनमा समय कटौती गरी टेस्लामा केन्द्रित हुने बताएका थिए । विश्वव्यापी प्रतिस्पर्धा बढिरहेको बेला टेस्ला अहिले गम्भीर मोडमा पुगेको छ । किफायती ईभी निर्माणको घोषणा गरे पनि मस्कले अब चालकविहीन ट्याक्सी र ह्युमानोइट रोबोटहरूमा कम्पनीको भविष्य देखिरहेका छन् । यस दृष्टिकोणकै आधारमा कम्पनीको मूल्य निर्धारण भइरहेको छ । यसैबीच टेस्लाका केही बोर्ड सदस्यहरू जस्तै सह–संस्थापक जेबी स्ट्राउबेल, प्रमुख लगानीकर्ताहरूसँग भेट गरी कम्पनी सुरक्षित हातमा रहेको सन्देश दिन जुटेका छन् । तर बोर्डले स्वतन्त्रता गुमाएको र मस्कलाई नियन्त्रण गर्न नसकेको आरोप पनि उठ्दै आएको छ । बोर्ड अध्यक्ष रोबिन डेनहोम स्वयं मस्कको विवादास्पद पारिश्रमिक प्याकेज समर्थन गरेकी छन्, जसका कारण उनको तलब र भूमिका पनि आलोचनाको केन्द्रमा परेका छन् । रिपोर्टअनुसार आठ सदस्यीय बोर्ड जसमा मस्कका भाई किम्बल मस्क र सञ्चारधनी रूपर्ट मर्डोकका छोरा जेम्स मर्डोक पनि छन्, अहिले एउटा स्वतन्त्र निर्देशक थप्ने प्रयासमा लागेको छ । संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो
काठमाडौं । विश्वप्रसिद्ध स्पोट्र्स कार निर्माता पोर्शेले आगामी आर्थिक वर्षको राजस्व र नाफा पूर्वानुमान घटाएको छ । कम्पनीले चीनमा घट्दो विक्री, विद्युतीय सवारीमा सुस्त रूपान्तरण र अमेरिकाको उच्च ट्यारिफ (२५ प्रतिशत) का कारण भविष्य संकटमा भएको जनाएको हो । पोर्शेका अनुसार सन् २०२५ का लागि अब राजस्व ३७ देखि ३८ अर्ब युरो हुने प्रक्षेपण गरिएको छ, जुन पहिले ३९-४० अर्ब युरो थियो । त्यस्तै, नाफा मार्जिन १०-१२ प्रतिशतबाट घटेर अब ६.५-८.५ प्रतिशत मात्र रहनेछ । अमेरिकी करको गहिरो असर पोर्शेले अमेरिकाभित्र कुनै उत्पादन नगरेकाले अमेरिकी आयात करले कम्पनीमा कम्तीमा १० करोड युरो (११५ मिलियन डलर) को घाटा पारेको जनाएको छ । कम्पनीका वित्त प्रमुख योहेन ब्रेक्नरका अनुसार यदि करहरू स्थायी भएमा कम्पनीले मूल्यवृद्धि गर्न सक्छ । चीनमा ४२ प्रतिशत गिरावट सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा पोर्शको बिक्री ४२ प्रतिशतले घटेको छ । यसले कम्पनीको कुल आम्दानीमा गहिरो असर पारेको हो । साथै विद्युतीय लक्जरी गाडीहरूमा माग कम हुनु, चिनियाँ ब्रान्डहरूको प्रविधि सुधार र कडा प्रतिस्पर्धाले पोर्शेलाई चुनौती दिएको विश्लेषकहरूले बताएका छन् । शाङ्घाईस्थित अटोमोबिलिटी कम्पनीका सीईओ बिल रुसो भन्छन्, 'अब चिनियाँ ग्राहकहरू आफन्तै ब्रान्डप्रति बढी आकर्षित छन् । विदेशी ब्रान्डको प्रभुत्व झन्झन् खुम्चिँदै गएको देखिन्छ ।' व्यवस्थापनमाथि प्रश्न लगातारको प्रदर्शन गिरावटपछि लगानीकर्ताहरू र विश्लेषकहरूले पोर्शेको व्यवस्थापनमा फेरबदलको माग गरेका छन् । यूबीएस र डोएच बैंकका विश्लेषकहरूले पोर्शे र फक्सवागन दुवैको सीईओ रहेका ओलिभर ब्लुमेको दोहोरो भूमिकामाथि प्रश्न उठाएका छन् । ब्याट्री उत्पादन विस्तार पनि रोकियो पोर्शले आफ्नो सेलफोर्स सहायक कम्पनीमार्फत उच्च प्रदर्शन ब्याट्री उत्पादन विस्तार गर्ने योजना पनि तत्काल रोक्ने निर्णय गरेको छ । चीनमा विद्युतीय लक्जरी गाडीको माग घटेकाले कम्पनीले उत्पादन रणनीति पुनर्विचार गरेको जनाएको छ । सेयर मूल्य पनि ओरालो मंगलबार पोर्शेको सेयर मूल्य फ्र्याङ्कफर्ट स्टक एक्सचेन्जमा ६.४ प्रतिशतले गिरावट आयो । कम्पनीको सेयर मूल्य यस वर्ष मात्र २५ प्रतिशतले घटिसकेको छ । पोर्शेजस्तो विश्वस्तरको लक्जरी कार ब्रान्डसमेत ग्लोबल व्यापार युद्ध, टेक्नोलोजी ट्रेन्डको सुस्त गति र बजार प्रतिस्पर्धाले कसरी प्रभावित हुन्छ भन्ने सजीव उदाहरण यो घटना बनेको छ । लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा
बजाजको नयाँ परफमेन्स बाइक एन१६० र एन१२५ सार्वजनिक, ग्राण्ड कार्निभलमा छुट
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर एन१६० र एन१२५ मोडल सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक गरिएका यी दुई नयाँ मोटरसाइकलमा पर्फमेन्स, प्रविधि र स्टाइलको संयोजन गरिएको छ । पल्सर एन१६० मा १६४.८२ सीसीको इन्जिन, डुअल च्यानल एबीएस, अपसाइड डाउन फोर्क्स र स्मार्ट नेभिगेसन सुविधा छन् । यस्तै एन१२५ मा १२४.५८ सीसीको इन्जिन, उत्कृष्ट इन्धन सक्षमता र ५ स्पिड ट्रान्समिशन छन् । गोल्छा ग्रुपका मार्केटिङ हेड अमित चालिसेले नयाँ मोडलले नेपाली बजारमा पर्फमेन्स बाइकको परिभाषा फेरिने विश्वास व्यक्त गरे । भृकुटीमण्डपमा १६–२१ वैशाखसम्म चल्ने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न, टेस्ट राइड गर्न र स्थानमै फाइनान्सको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । खास अफरहरूमा जीरो सर्विस चार्ज, उच्चतम भ्यालुएसन, नगद र अन्य उपहारहरू, तथा निःशुल्क एक्सेसरीज पनि समावेश छन् ।