‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ सुरु हुँदै, विद्युतीय गाडीमा छुट
काठमाडौं । विद्युतीय सवारी साधनलाई लोकप्रिय बनाउँदै वातावरणमैत्री यातायाततर्फ जनचासो बढाउने उद्देश्यले काईयी नेपालले ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ। वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् । काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ । संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ । काईयी नेपालले यस कर्निभलमार्फत नेपाली उपभोक्तालाई प्रविधिसँगै सुरक्षित, भरपर्दो र किफायती विद्युतीय सवारीतर्फ आकर्षित गराउने विश्वास व्यक्त गरेको छ ।
मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड
काठमाडौं । टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ )एलन मस्कको नेतृत्वमाथि उठेका शंका र आलोचनाबीच कम्पनीको बोर्डले बिहीबार मस्कको बचाउ गर्दै उनीप्रति 'उच्च विश्वास' रहेको बताएको छ । वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार बोर्डले मस्कलाई प्रतिस्थापन गर्ने विचार गरेको दाबी गरिएको थियो, जसलाई बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले अस्वीकार गरिन् । यद्यपि डेन्होल्म आफै बोर्डको निष्क्रियता र मस्कलाई जवाफदेही बनाउन असफल भएको आरोपमा आलोचित हुँदै आएकी छन् । मस्कको लामो अनुपस्थिति, विवादास्पद राजनीतिक अभिव्यक्ति र टेस्लाको घट्दो ईभी बिक्री र मुनाफाले लगानीकर्ता चिन्तित भइरहेका छन् । खासगरी यूरोपमा टेस्लाको ईभी बिक्रीमा तीव्र गिरावट आएको छ, जहाँ मस्क र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति जनविरोध बलियो छ । मस्क पछिल्लो समय ट्रम्पको सल्लाहकार भूमिकामा केन्द्रित देखिएका छन्, जसले टेस्लाका उदारवादी ग्राहकहरूलाई टाढा बनाएको बताइएको छ । टेस्ला अहिले एक जटिल संकटमा फसेको विश्लेषकहरूको भनाइ छ- मस्कको नेतृत्वबिना कम्पनीको पहिचान कमजोर हुनसक्छ, तर उनको व्यवहारले व्यवसायलाई पनि हानी पुर्याइरहेको छ । 'मस्क टेस्लाभन्दा ठूलो' डीपवाटर एसेट म्यानेजमेन्टका जीन मुनस्टर भन्छन्– 'मस्कलाई प्रतिस्थापन गर्नु असम्भवजस्तै छ । उनी टेस्लाभन्दा पनि ठूलो व्यक्तित्व हुन् ।’ ज्याक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका ब्रायन मुलबेरीका अनुसार मस्कको विकल्प खोज्नु १० बुँदे कठिनाइ स्केलमा '८ वा ९' हुनसक्छ । 'त्यस्तो व्यक्तिले आफ्नै करिश्मा लिएर आउनुपर्छ,’ उनले बताए । कार्यकारीहरूको बहिर्गमन गत वर्षदेखि टेस्लाबाट धेरै वरिष्ठ कार्यकारीहरू बाहिरिएको पाइएको छ, जसमा कम्पनीलाई ईभीकेन्द्रित राख्न चाहनेहरू थिए । उनीहरूले बोर्डसँग मस्कको रणनीति बदल्न आग्रह गरे पनि बोर्डले मस्ककै पक्ष लिएको स्रोतहरूले जनाएका छन् । स्रोतका अनुसार केही कार्यकारीहरूले मस्कलाई मुख्य कार्यकारीबाट हटाई उनको स्थानमा दिनहुँको सञ्चालन सम्हाल्न सक्षम व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएका थिए- जसरी स्पेशएक्समा गुयन्न शटवेल सञ्चालन प्रमुखका रूपमा कार्यरत छिन् । तर मस्कले टेस्लामा त्यो मोडल अस्वीकार गरेका छन् । भविष्यप्रति आशा र शंका टेस्लाका कट्टर समर्थकहरूले मस्कलाई भविष्य ल्याउने ‘जीनियस’ मान्छन् । यद्यपि, मस्कले वर्षौंअघिदेखि वाचा गरेका रोबोट, रोबोट्याक्सी र पूर्ण स्वचालित ड्राइभिङ अझैसम्म व्यवसायिक रूपमा सुरु भएका छैनन् । फ्युचर फण्डका ग्यारी ब्ल्याक लेख्छन्– 'टेस्ला भित्र यस्तो कोही व्यक्ति देखिँदैन जससँग मस्कसरह व्यापक रणनीतिक, प्राविधिक, र कार्यान्वयन क्षमताहरू छन् ।’ निजी लगानीकर्ता जेम्स म्याकरिचीले बोर्ड मस्कको प्रभावमा रहेको र उनीहरूले मस्कविरुद्ध जान नचाहने सम्भावना औंल्याउँदै भने, 'टेस्लाको सेयर मूल्य मस्कप्रतिको प्रेम र उनको रोबोट सपना प्रति आशामाथि आधारित छ ।’ बोर्ड अध्यक्ष डेन्होल्मले भनेका छन्- 'हामी मस्कले आगामी विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नसक्नेमा अत्यन्तै विश्वस्त छौं ।’ ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी नयाँ सीईओको खोजीमा टेस्ला
ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी
काठमाडौं । बीवाईडी र चेरीजस्ता चिनियाँ सवारी निर्माता कम्पनीहरू युरोपेली आयोग (ईयू) मा चिनियाँ-निर्मित विद्युतीय सवारीहरूमा लाग्ने आयात शुल्कबाट बच्न प्लग-इन हाइब्रिड सवारी (पीएचईभी) बढी बेच्ने गरेको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको एक रिपोर्टमा उक्त तथ्यांक उल्लेख गरिएको हो । अनुसन्धान संस्था रो मोशनका अनुसार यी दुई ब्रान्डहरूले सन् २०२५ को मार्चमा क्रमशः ३ हजार २६९ र ७५७ वटा पीएचईभी ईयूभित्र बेचेका थिए, जुन सन् २०२४ को जुलाईमा अस्थायी शुल्क लागू हुँदा झण्डै शून्य बिक्री थियो । चिनियाँ–निर्मित ब्याट्री-विद्युतीय सवारी (बीईभी) हरूमा ईयूले ४५.३ प्रतिशतसम्मको शुल्क नोभेम्बरदेखि पूर्ण रूपमा लागू गरेको छ । अमेरिकी शुल्कको असर सामना गरिरहेका बेला ईयू र चीन बीचमा यी शुल्कहरू केही कम गर्ने विषयमा वार्ता चलिरहेको छ । ईयूको शुल्क र युरोपमा ब्याट्री-विद्युतीय सवारीको अपेक्षाभन्दा ढिलो स्वीकृतिका कारण बीवाईडी र लीपमोटरजस्ता ईभी निर्माता कम्पनीहरूले युरोपेली बजारका लागि आफ्नो रणनीति फेरिरहेका छन् । मंगलबार, बीवाईडीले यो वर्ष जर्मनीमा थप दुई पीएचईभी मोडेलहरू ल्याउने घोषणा गरेको थियो । बीवाईडीले ईयूमा बेचिने बीईभीमा २७.५ प्रतिशत शुल्क तिर्छ, जबकि पीएचईभीमा मात्र १० प्रतिशत । यसले जर्मनीमा बेचिने प्रत्येक अट्रो थ्री बीईभीमा १० हजार २५७ युरो (११ हजार ६५६ डलर) शुल्क तिर्नुपर्छ, जबकि सील यू पीएचईभीमा मात्र ३ हजार ९९९ युरो शुल्क लाग्छ । बीवाईडीको मार्च महिनामा ईयूमा बीईभीको बिक्री ४ हजार ६३३ पुगेको थियो, जुन मार्च २०२४ को तुलनामा दोब्बर हो । तर पीएचईभी बिक्री शून्यबाट ३ हजार २६९ मा पुगेको छ । चेरी जसले पनि बीईभीमा १० प्रतिशत आधारभूत शुल्क र २१.३ प्रतिशत अतिरिक्त शुल्क तिर्छ, उसले ३१० बीईभी र ७५७ पीएचईभी बिक्री गरेको थियो । एसएआईसले ३५.३ प्रतिशतको सबैभन्दा उच्च बीईभी शुल्कको सामना गरिरहेको छ । तर उसले पीएचईभीको बिक्रीमा बीवाईडी वा चेरीजत्तिको वृद्धि गर्न सकेको छैन । 'निर्माताहरूले बजारमा पुग्न वैकल्पिक बाटो पत्ता लगाउने समय मात्र पर्खन बाँकी थियो,' रो मोशनका सदस्यता सम्पादक डिडी बोस्टकले भने, 'र अहिले तिनीहरूले त्यो बाटो हाइब्रिडमार्फत पाएका छन् ।’ नयाँ सीईओको खोजीमा टेस्ला