इन्डोनेसियामा सेरेस थ्रीले जित्यो ३ वटा उत्कृष्ट ईभी अवार्ड
काठमाडौं । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो पेभ्समा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ । अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी ‘ईभी ल्याण्ड एक्जिबिसन’ मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि मोस्ट अफोर्डेबल ईभी कार र ‘डीएफएसके गेलोरा ई’का लागि फेवरेट कमर्सियल भेहिकल गरी एकै पटकमा तीनवटा अवार्ड जित्न सफल भएको हो । यस सफलताले कम्पनीको इन्डोनेसियामा ईभी इकोसिस्टम बलियो बनाउने प्रतिबद्धता प्रमाणित गरेको छ । प्रदर्शनीमा विभिन्न ईभी मोडेलहरू प्रदर्शित गरिए पनि नयाँ जमानाका प्रोफेसनलको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको ब्याट्रीमा आधारित एसयुभी सेरेस थ्रीले ध्यान खिचेको कम्पनीले जनाएको छ ।
टेस्लाको गेमप्लान : प्रयोग गरिएका गाडी ‘अपग्रेड’ गरेर दोब्बर मूल्यमा बिक्री !
काठमाडौं । टेस्लाले गत नोभेम्बरमा एक विशेष नीति अन्त्य गर्यो जसले अमेरिकी ग्राहकहरूलाई लीजको अन्त्यमा आफ्नो कार खरिद गर्न निषेध गरेको थियो । यो नीति २०१९ मा सुरु भएको थियो । टेस्लाले मोडेल थ्री सवारीहरू ग्राहकलाई लीजमा दिने भए पनि लीज अवधि पूरा भएपछि ती गाडीहरू रोबोट्याक्सी सञ्जालमा प्रयोग गरिने भन्दै ग्राहकले किन्न नपाउने नीति लागू गरेको हो । एलन मस्कले त्यतिबेला भनेका थिए, 'अर्को वर्षसम्म हामीसँग सडकमा १० लाखभन्दा बढी रोबोट्याक्सी हुनेछ ।' तर त्यो कहिल्यै पनि पूरा भएन । रोबोट्याक्सी आउने वाचा बारम्बार गरिए पनि वास्तविकता फरक रह्यो । स्रोतका अनुसार टेस्लाले ती लिज समाप्त भएका कारहरू नयाँ ग्राहकलाई बिक्री गरेर कमाइको स्रोत बनायो । सस्तोमा फर्किएको गाडीलाई महँगोमा बेच्ने रणनीति प्राप्त जानकारीअनुसार टेस्लाले ती फिर्ता भएका कारहरूमा सफ्टवेयर अपडेट जस्तै 'फुल सेल्फ ड्राइभिङ' (एफएसडी) र 'एस्सीलेरेसन बुस्ट' जस्ता सुविधाहरू थप्थ्यो, जसको मूल्य क्रमशः १५ हजार र २ हजार डलर थियो । त्यसपछि ती गाडीहरू लीज ग्राहकलाई नदिई नयाँ ग्राहकलाई हजारौं डलर बढी मूल्यमा बेचियो । एकजना पूर्वकर्मीका अनुसार 'यो तरिका प्रयोग गरी प्रयोगमा आइसकेका गाडीको मूल्य जबरजस्ती बढाइएको हो ।' गुमेको अवसर र भ्रमित ग्राहक यो व्यवहार मस्कका सार्वजनिक अभिव्यक्तिसँग मात्र होइन, टेस्लाको वेबसाइटमा उल्लेख गरिएका सर्तहरूसँग पनि बाझिन्छ । कानुनी रूपमा यो प्रक्रिया वैध भए पनि यसले लिज ग्राहकहरूलाई औद्योगिक मानकअनुसारको खरीद विकल्पबाट वञ्चित गर्यो र वर्षौंदेखि भ्रममा राख्यो । यसले लगानीकर्तामाझ पनि यस्तो भ्रम फैलायो कि टेस्ला पूर्ण स्वचालित प्रविधिको नजिक छ, जसले कम्पनीको सेयर मूल्यलाई उच्च राख्न मद्दत गर्यो । लीज नीति किन बदलिययो ? कोभिड- १९ महामारीपछि गाडीको अभाव बढेपछि टेस्लाको नीति उपयुक्त देखिएको थियो । तर हाल मस्कको दक्षिणपन्थी राजनीतिक गतिविधिप्रति असन्तुष्टिका कारण टेस्ला गाडीको माग घट्दै गएको छ । अब प्रयोग गरिएका टेस्ला गाडीको मूल्य तीव्र रूपमा घटिरहेको छ । कारगुरुसको अध्ययन अनुसार प्रयोग गरिएका टेस्ला गाडीको मूल्य गत वर्षको तुलनामा ७.६ प्रतिशतले घटेको छ, जबकि अरू ब्रान्डहरूको औसत मात्र ०.८ प्रतिशत रहेको छ । साइबरट्रकको मूल्य झण्डै ४६ प्रतिशतले घटेको छ । यसै कारण टेस्लाले आफ्नो 'लीज अन्त्यपछि खरिद गर्न नपाइने' नीति अन्त्य गरेको विश्लेषकहरूले बताएका छन् । निराश ग्राहकहरू जो मेन्डेनहल नामका एक ग्राहकले मोडेल वाई तीन वर्षका लागि लिजमा लिए । सुरुमा र अन्त्यमा टेस्ला कर्मचारीहरूले गाडी रोबोट्याक्सीका लागि चाहिने बताएका थिए । तर पछि उनले त्यो गाडी लिलामीमा बेचिएको थाहा पाए । उनी लेख्छन्, 'मसँग झुट बोलियो कि मैले आफूले लीज गरिएको गाडी किन्न सक्दिनँ । तर त्यो गाडी रोबोट्याक्सी नभई लिलामीमा बेचियो ।' लगानीकर्ताको भ्रम र अविश्वास एलन मस्कले सन् २०१६ देखि प्रत्येक वर्ष 'आगामी वर्षसम्म पूर्ण स्वचालित टेस्ला आउँछ' भने पनि त्यो कहिल्यै साकार भएन । केही लगानी संस्थाहरू जस्तै एआरके इनभेस्टले टेस्लाको रोबोट्याक्सी योजनामा भरोसा गरेर लगानी गरे । तर अन्य विश्लेषकहरूले भने त्यो योजनालाई 'चरम शंकास्पद' भनेका थिए । एक पूर्वटेस्ला कर्मचारीले भनेका छन्, 'टेस्लाले गाडीहरू राखेर मूल्य घट्न दिने थिएन- बेच्नु उनीहरूको योजना थियो ।' एडमुन्ड्सका विश्लेषक जोशेफ यून भन्छन्, 'आजको अवस्थामा लिज खरिद विकल्प नदिएको निर्णय उल्ट्याउनु टेस्लाको लागि तार्किक थियो- किनकि अब त प्रयोग गरिएका गाडीहरूको मूल्य खस्कँदैछ ।' निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड
हंगेरी-चीन व्यापारिक सम्बन्ध नयाँ उचाइमा, बीवाईडीको युरोप केन्द्र घोषणा
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन कम्पनी बीवाईडीले हंगेरीमा युरोपेली केन्द्र स्थापना गर्ने योजना बनाएको छ । कम्पनीका सीईओ तथा अध्यक्ष वाङ छुआनफुले बिहीबार बुडापेस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएका हुन् । वाङका अनुसार उक्त नयाँ केन्द्रले २ हजार रोजगारी सिर्जना गर्नेछ र यसले तीनवटा प्रमुख कार्य गर्नेछ( बिक्री तथा बिक्रीपछिको सेवा, परीक्षण र कम्पनीका मोडेलहरूको स्थानीयकरणका लागि विकास । बीवाईडीले युरोपमा पहिलो कारखाना २०१६ को अप्रिलमा हंगेरीको उत्तरपश्चिमी शहर कोमारोममा स्थापना गरेको थियो, जहाँ विद्युतीय बसहरू निर्माण गरिन्छ । कम्पनीको दोस्रो कारखाना, जहाँ विद्युतीय गाडी उत्पादन गरिनेछ, अहिले निर्माणाधीन अवस्थामा छ । दक्षिणपन्थी नेता ओर्बानको नेतृत्वमा हंगेरी चीनका लागि एउटा महत्त्वपूर्ण व्यापारिक तथा लगानी साझेदार बनेको छ, जुन केही अन्य युरोपेली मुलुकहरूको चीनमाथिको निर्भरता घटाउने सोचसँग विपरीत देखिन्छ । ओर्बान सन् २०१० मा सत्तामा आएपछि आफ्नो देशलाई बेइजिङ नजिक ल्याउन थालेका थिए । झण्डै एक दशकपछि दुई देशबीचको मैत्रीपूर्ण राजनीतिक सम्बन्ध व्यावसायिक लगानीमा परिणत भएको हो । निसानको पतन या पुनर्जागरण ? चुनौतीपूर्ण मोडमा जापानी अटो कम्पनी टेस्लाभित्रको तलब संघर्षः मस्कका लागि नयाँ प्रस्तावको तयारी गर्दै बोर्ड