बेलायती कारहरूलाई छुट दिँदा अमेरिकी अटो निर्माता आक्रोशित

काठमाडौं । जनरल मोटर्स, फोर्ड र स्टेलान्टिसलाई प्रतिनिधित्व गर्ने एक समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग घोषणा गरेको व्यापार सम्झौताको कडा आलोचना गरेको छ । समूहले यो सम्झौताले अमेरिकी अटो उद्योगलाई हानि पुर्‍याउने चेतावनी दिएको छ । यो सम्झौताअनुसार बेलायती कार निर्माताहरूलाई हरेक वर्ष १ लाख कारहरू अमेरिका पठाउन कोटा दिइनेछ, जुन १० प्रतिशत महसुल दरमा हुने छ । यो संख्या गत वर्ष बेलायतले निर्यात गरेको कुल संख्याको लगभग बराबर हो । यो दर मेक्सिको र क्यानडाको २५ प्रतिशत महसुल दर र अन्य अधिकांश देशहरूको दरको तुलनामा निकै कम हो । 'यो सम्झौताअनुसार अमेरिकन अंशहरू नभएका बेलायती कारहरू अमेरिका ल्याउनु यूएसएमसीए अनुरूप आधा अमेरिकी अंश भएका मेक्सिको वा क्यानडाका कारहरू ल्याउनु भन्दा सस्तो पर्छ,' अमेरिकी अटोमोटिभ पोलिसी काउन्सिलले भन्यो । काउन्सिलले डेट्रोइट थ्री अटोमेकरहरूलाई प्रतिनिधित्व गर्छ । 'यसले अमेरिकी अटोमेकरहरू, आपूर्तिकर्ताहरू र कामदारहरूलाई क्षति पुर्‍याउँछ । हामी आशा गर्छौं कि बेलायती गाडीहरूलाई दिइएको यो विशेष पहुँचले भविष्यमा एसियाली वा युरोपेली प्रतिस्पर्धीहरूसँग हुने वार्ताका लागि उदाहरण नबनोस्,’अटोमेकरहरूको समूहले थप्यो । अमेरिकी अटो निर्माता चिन्तित छन् कि यो सम्झौता अन्य देशहरूसँग हुने भविष्यका सम्झौताहरूको ढाँचा बन्न सक्नेछ, जसले उनीहरूले क्यानडा वा मेक्सिकोमा बनाउने गाडीहरूलाई कमजोर बनाउनेछ । शुक्रबार ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले भने, 'कुनै पनि राष्ट्रपतिले राष्ट्रपति ट्रम्पभन्दा बढी व्यक्तिगत रूपमा अमेरिकी अटो उद्योग पुनर्जीवित गर्न चासो देखाएका छैनन् । ट्रम्प प्रशासनले राष्ट्रिय र आर्थिक सुरक्षाका लागि आवश्यक उत्पादनहरू पुनः अमेरिकामै ल्याउने उद्देश्यले अटोमेकरहरूसँग मिलेर काम गरिरहेको छ, जसमा महसुल छुट र नियमन न्यूनीकरणजस्ता नीतिहरू छन् ।’ ट्रम्पले गत महिना गाडीहरूमा लगाइने महसुलको असर कम गर्दै केही पाट्र्स र कच्चा पदार्थहरूमा महसुलको प्रभाव घटाए पनि आयात गरिएका गाडीहरूमा २५ प्रतिशत महसुल कायम राखेका छन् । उनले यूएसएमसीए अनुरूपका उत्तर अमेरिकी अटो पार्ट्सहरूलाई महसुल छुट पनि निरन्तरता दिएका छन् । अटोमेकरहरूले आशा गरेका थिए कि ट्रम्पले गाडीको महसुल सहज बनाउनेछन् । फोर्डले यसै साता महसुलका कारण मेक्सिकोमा बनेका केही गाडीहरूको मूल्य बढाएको जनाएको छ । ट्रम्पको व्यापार युद्धले सन् २०२५ मा कम्पनीलाई लगभग २.५ अर्ब डलर थप खर्च हुने बताएको छ, तर करिब १ अर्ब डलरको बोझ कम गर्न सकिने आशा गरेको छ । जीएमले महसुलका कारण ४ अर्बदेखि ५ अर्ब डलरसम्मको लागत पर्ने जनाएको छ तर कम्तीमा ३० प्रतिशत क्षतिपूर्ति गर्न सकिने आशा गरेको छ । टोयोटाले भने अप्रिल र मे महिनाका लागि महसुल खर्च करिब १.२ अर्ब डलर हुने प्रक्षेपण गरेको छ । टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ‘इन्स्योर’ परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते ललितपुरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त तालिमको उद्देश्य अटोमोबाइल वर्कशपहरूमा कार्यरत प्राविधिक तथा कर्मचारीहरूलाई सुरक्षा, स्वास्थ्य र कल्याणका विषयमा व्यवहारिक चेतना र दक्षता विकास गराउनु रहेको थियो । कार्यक्रममा जोखिम व्यवस्थापन, कार्यस्थलका संभावित जोखिमहरू, रोकथामका उपायहरू र अटोमोबाइल उद्योगमा सुरक्षा संस्कृति निर्माण जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । नाडाका १२ सदस्य कम्पनीबाट २० जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिममा ओएसएच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँग सहकार्यमा यस्तो किसिमको तालिम पहिलो पटक आयोजना गरेको हो, यद्यपि दुई वर्षदेखि विभिन्न विषयमा तालिम आयोजना गर्दै आएको छ । तालिमको समापन समारोहमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल र इन्स्योर परियोजनाका डेपुटी टिम लिडर सञ्जिव कुमार राईले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नाडाका केन्द्रीय सदस्य प्रदीपमान प्रधान, इन्स्योरका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी, र तालिम समन्वयकर्ता आरजु श्रेष्ठको सक्रिय भूमिका रहेको थियो । नाडाले यो तालिमलाई आफ्नो सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ ।

ट्रम्पको ट्यारिफ असरः वर्षभरिमा २१ प्रतिशत नाफा घट्ने टोयोटाको अनुमान

काठमाडौं । टोयोटा मोटरले बिहीबार भनेअनुसार यो आर्थिक वर्षमा कम्पनीको नाफा पाँचौं भागले घट्ने अपेक्षा गरिएको छ । अमेरिकाको डलर कमजोर हुनु र राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कको प्रभावले विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनीलाई असर गरेको छ । टोयोटाले मार्च २०२६ सम्मको वर्षमा सञ्चालन नाफा ३.८ ट्रिलियन येन (२६ अर्ब डलर) हुने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको ४.८ ट्रिलियन येन भन्दा कम हो । व्यापार तनावले नाफामा कस्तो असर पारिरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो । टोयोटाको नतिजाले देखाउँछ कि यी शुल्कहरूले कम्पनीहरूलाई एकैपटक धेरै पक्षबाट असर गर्न सक्छन् । कम्पनीले अप्रिल र मे महिनामा १८० अर्ब येन प्रत्यक्ष खर्च भएको अनुमान गरे पनि विदेशी विनिमय दरको उतारचढाव नै पुरै वर्षको नाफा अनुमानमा सबैभन्दा ठूलो असर पार्ने मुख्य कारण भएको जनाएको छ, जसको असर ७४५ अर्ब येनको हुने बताइएको छ । ट्रम्पको शुल्क र तिनको अन्तर्राष्ट्रिय व्यापारमा पर्ने प्रभावको अनिश्चितताले डलर कमजोर बनाएको  छ। टोयोटाका लागि कमजोर डलरको अर्थ भनेको अमेरिकी बजारबाट कमाइ भएको नाफा स्वदेश फर्काउँदा घाटा हुनु हो । प्रमुख कार्यकारी कोजी साटोले पत्रकार सम्मेलनमा भने, 'यी शुल्क स्थायी हुन् कि होइनन् र के हुनेछ भन्ने कुरा हामीले निर्णय गर्न सक्दैनौं ।' उनले यी शुल्क व्यवस्थापन गर्न थप जटिल भएको बताए । विश्लेषकहरूले शुल्कका कारण अमेरिकामा र अन्यत्र पनि उपभोक्ताका लागि मूल्यवृद्धि हुन सक्ने बताउँदै आएका छन् । मार्च महिनासम्मको तीन महिनामा सञ्चालन नाफा लगभग स्थिर रह्यो जसमा ०.३ प्रतिशतले वृद्धि भई १.१२ ट्रिलियन येन पुगेको छ । अटो विश्लेषक क्रिस्टोफर रिक्टरले यदि यी शुल्कहरू कायम रहे टोयोटाले नयाँ नाफा लक्ष्य हासिल गर्न गाह्रो पर्ने बताए । 'अहिले त अमेरिकामा बजार राम्रो देखिन्छ किनभने ग्राहकहरू हतारमा कार किन्न दौडिरहेका छन् । तर यदि यी शुल्कहरू यथावत रहे भने के हुन्छ ? तपाईंले मूल्य बढाउनुपर्छ,' उनले भने । अन्य अन्तर्राष्ट्रिय अटो कम्पनीहरू जस्तै टोयोटाले पनि अमेरिकामा उत्पादन विस्तार गर्न खोजेमा उच्च श्रम लागत र लगानी खर्च बढ्ने सम्भावना छ । टोयोटाको चीनमा कार बिक्री अन्य जापानी ब्रान्डहरूको तुलनामा कम घटेको भए पनि विश्वकै सबैभन्दा ठूलो अटो बजारमा चिनियाँ ब्रान्डहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण बिक्री गिरावट रोक्न संघर्ष गरिरहेको छ । जापान एक मात्र सकारात्मक बजार रह्यो, जहाँ चौथो त्रैमासिकमा नाफा १८ प्रतिशतले वृद्धि भएको थियो । तर यसको सबैभन्दा ठूलो बजार उत्तर अमेरिकामा सञ्चालन घाटा अघिल्लो वर्षको २८ अर्ब येनबाट बढेर १०० अर्ब येन पुगेको छ । इन्डियानाको उत्पादन प्लान्टमा भएको अस्थायी बन्दका यस्तो अवस्था आएको हो । टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड