चेम्बर आन्दोलनमा मैले गरेको योगदान सम्झनुस् र मलाई विश्वास गर्नुस्ः अञ्जन श्रेष्ठसँगको अन्तर्वार्ता
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि वस्तुगत तर्फबाट उपाध्यक्ष पदका प्रत्यासी अञ्जन श्रेष्ठले चेम्बर आन्दोलनमा आफूले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । विकासन्युजडटकमको विकास बहसमा सहभागी हुँदै उनले विगत १६ वर्षदेखि महासंघमा रहेर आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोले अब नेतृत्वमा पुगेर व्यवसायीको समस्या समाधान र सरकारलाई सहयोग र आवश्यक समन्वयको भूमिका खोजेका बताए । यही भूमिका खोज्ने क्रममा आफू महासंघको बस्तुगत तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेको उनको भनाई छ । ‘म व्यवसायिक रुपमा पनि सफल छु र चेम्बर आन्दोलनमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतका विभिन्न जिम्मेवारीमा रहदा कुसलतापूर्वक जिम्मेवारी पूरा गरेको छु, अब नेतृत्व तहमा पुगेर गर्नुपर्ने काम पूरा गर्नको लागि यसपाली बस्तुगत तर्फबाट महासंघको उपाध्यक्ष पदमा उम्मेदवार बनेको छु, साथीभाइले मेरो योगदान र विगतको पृष्ठभूमि हेरेर मलाई विजयी गराउँछन् भन्ने मलाई विश्वास छ,’ श्रेष्ठले भने । श्रेष्ठले महासंघको विभिन्न जिम्मेवारीमा रहेर विगतमा गरेका कामको यसरी स्मरण गरेका छन्ः १६ वर्षअघि कुशकुमार जोशी अध्यक्ष भएको बेलामा उद्योग समिति अन्तरगत ब्राण्ड प्रोटेक्सन ग्रुपको सहसंयोजक भएँ । पछि संयोजक भएँ । ९ वर्षसम्म म रोजगारदाता परिषदमा बसेँ । श्रम ऐन बनाउने कार्यमा म प्रत्येक्ष रुपमा संलग्न छु । पछिल्लो समय श्रम ऐन आयो । त्यो ऐनमा उद्योग समितिको सभापति भएर पनि योगदान दिएको छु । त्यस्तै, म दुई पटक राजस्व समितिको सहसभापति भएको छु । त्यो बेला भन्सार ऐन संशोधनको सन्दर्भ थियो । भन्सारलाई आधुनिकीकरण गर्ने, आसिकुडा वल्र्ड लागू गर्ने, सिआरएमएसएपी लागू गर्ने, भन्सारलाई डिजिटाइजेसन गर्नको लागि भन्सार विभागसँग प्रत्येक्ष संलग्न भएर कार्य गरेको छु । पछिल्लो पटक आएको औद्योगिक व्यवसाय ऐन बनाउनको लागि हामीले धेरै मेहेनत गरेका छौं– उद्योग समितिको सभापतिको हैसियतले । त्यस्तै, सामाजिक सुरक्षा कोष ऐन बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । औद्योगिक व्यवसाय ऐनको नियमावली बनाउन म प्रत्येक्ष रुपमा संलग्न भएको छु । बैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा आउँदा विशेष गरी साना तथा मझौला व्यवसायीबाट ठूलो विरोध भयो । कृषि क्षेत्रका व्यवसायीले विरोध गरे । डेरी, माछा पालन, छापाखाना लगायत ७÷८ वटा विधामा बैदेशिक लगानी आउनु हुदैन भन्ने कुरा व्यवसायी साथीहरुबाट आयो । संसदीय समितिको अन्तिम बैठक सहभागी भएर आफ्नो कुराहरु मैले राखेँ । त्यो बेलाको महासंघका पदाधिकारी तथा नेतृत्वले मलाई साथ दियो । मैले नै नेतृत्व गरेर ती क्षेत्रमा विदेशी लगानी आउनु हुदैन भनेर रोक्न सफल भएँ । पहिला वैदेशिक लगानीको सीमा ५० लाख रुपैयाँको थियो । त्यति सानो परिमाणको रकम विदेशी लगानी किन लिने भन्ने कुरा भयो । त्यो लगानीको सीमालाई ५ करोड बनाइयो । यसो भन्दै गर्दा हामीले बैदेशिक लगानी रोकिरहेका थिएनौं । सानो सानो परिमाणमा होइन, विदेशी लगानी आउँदा ठूलो परिमाणमा आउनु पर्छ भन्ने हाम्रो तर्क थियो । अहिले पनि छ । विश्वव्यापी रुपमा अमेरिका, चीन, भारत जस्ता देशले आफ्नो उद्योग, स्वदेशमा सक्षम रहेका उद्योगको संरक्षण गरेको देखिन्छ । जस्तो कि भारतले सन् २००८ मा आर्थिक मन्दीको कारण आफ्नो अर्थतन्त्रलाई असर परेको भन्दै विश्व व्यापार संगठनमा प्रतिवद्धता जनाएका विषय पूरा गराउनको लागि सन् २०२० सम्मको समय तय गर्यो । सबै देशले आफ्नो देशको स्वार्थ संरक्षण गर्दा रहेछन् । यसैकारण हामीले ५० लाखको बैदेशिक लगानीको सीमा बढाएर ५ करोड बनाएका हौं । स्वदेशी लगानीकर्ताले नै लगानी गर्न सक्ने विषयमा विदेशी लगानी आउनु हुँदैन भन्ने हाम्रो कुरा हो । अब चाहिएको लगानी के हो ? त्यसमा व्यापक छलफल र अध्ययनपछि विशेष गरेर नेपालीले लगानी गर्न नसक्ने पूर्वाधार जस्ता क्षेत्रमा मात्रै विदेशी लगानी आउनु पर्छ भनेर मैले कुरा राखेको छु । मैले महासंघको सदस्य, सहसभापति र सभापति हुँदा धेरै काम गरेको छु । जस्तो कि नेपालमा उत्पादन हुने बस्तुहरु गुणस्तरीय हुनुपर्छ, आयात हुने बस्तुहरु पनि गुणस्तरीय हुनुपर्छ भनेर महासंघबाट प्रतिनिधित्व गर्दै गुणस्तर तथा नापतौल विभागमा गएर नेपाल स्ट्याण्डर्ड बनाउन पहल गरेको छु । धेरैभन्दा धेरै गुणस्तर चिन्ह बनाउनु पर्छ भनेर, गुणस्तरको मापदण्ड बन्नुपर्छ भनेर पहल गरेको छु । अहिले केही नयाँ मापदण्ड आइसकेको छ भने निकट भविष्यमा धेरै नयाँ मापदण्ड आउँदैछन् । यी सबै कुराहरुले गर्दा महासंघको नेतृत्वमा म जान आवश्यक छ । मैले गरेका यी काम कसैले नदेखेर वा देखे पनि नदेखे जस्तो गरेर मलाई आरोप लगाइएको होला । म नेपालको चेम्बर आन्दोलनमा सफल रुपमा सहभागी भएको छु । बस्तुगत संघहरुको एक वर्षको चुनावी भेटघाटमा साथीहरुले मलाई उत्साह र उर्जा दिनु भएको छ । साथीहरुले नै अगाडि बढ्न जोड गर्नुभएको छ । त्यही विश्वास बोकेर म अगाडि बढिरहेको छु । आगामी शनिवार निर्वाचन छ । बस्तुगत संघका सबै अध्यक्ष साथीहरुलाई म अनुरोध गर्दछु कि मलाई विश्वास गरिदिनुस्, मेरो ३० वर्षको सफल व्यवसायिक यात्रा र १६ वर्षदेखिको चेम्बर आन्दोलनमा मेरो योगदान स्मरण गरिदिनुस् भन्न चाहन्छु । निजी क्षेत्रको लगानीको सुरक्षा र व्यवसायिक वातावरण बनाउन म दत्तचित्त भएर लाग्नेछु भने प्रतिवद्धता पनि जनाउछु । श्रेष्ठसँग गरिएको अन्तवार्ताको भिडियो तलको लिंकमा लिंक गरी हेर्न र सुन्न सकिन्छ ।
प्रतिस्पर्धीभन्दा कमजोर छैन, विश्वस्त छु- म विजयी हुन्छुः भरत आचार्यसँगको कुराकानी
यतिखेर मंसिर ११ देखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा र निर्वाचनले नेपाली उद्योग व्यवसाय क्षेत्रमा निकै रौनक छाएको छ । महासंघको नयाँ कार्यसमितिमा आफ्नो बलियो उपस्थिती जनाउनको लागि उम्मेदवारहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । महासंघको कार्यकारिणी सदस्यमा एशोसिएटतर्फ भरतराज आचार्यले पनि उम्मेदवारी दिनु भएको छ । टीएनएस ग्रुपमा अध्यक्ष आचार्यले फर्माप्याक प्रा.लिबाट उम्मेदवारी दिनु भएको छ । आचार्यसँग हामीले उहाँका चुनावी एजेण्डा र महासंघको चुनावी रौनकका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त कुराकानीको अंश । महासंघमा एसोसिएटतर्फबाट तपाईले सदस्यमा उम्मेदवारी दिनु भएको छ । तपाईका चुनावी एजेण्डा के-के हुन् ? अहिले उद्योगी व्यवसायीहरु कोरोना भाइरसको संकटमा छन् । आशिंक रुपमा उद्योग व्यवसायहरु सञ्चालन भइहरेको भएपनि खासै राम्रो प्रतिफल दिइरहेको अवस्था छैन । अहिले स्थिती एकदमै गाह्रो छ । हाम्रो उपभोगमुखी अर्थतन्त्र हो । हाम्रा जति उद्योग प्रतिष्ठान छन् ति उद्योग प्रतिष्ठानलाई कसरी पुनरजागरण गर्ने भन्ने कूरा महत्वपूर्ण हो । यसको पुनरुत्थान हाम्रो प्रमुख विषय हो र हुनु पनि पर्छ । महासंघ निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था भएकाले हामीले व्यवसाय गर्दा आउने समस्यालाई कसरी नीतिगत रुपमा सुधार गर्न सकिन्छ भन्नेअर्को महत्वपूर्ण पक्ष हो । यी विभिन्न समस्याहरुलाई कसरी व्यवहारिक रुपमा सुधार गर्न सकिन्छ ? कसरी व्यवसायलाई लयमा फर्काउन सुकिन्छ भनने विषय पनि प्रमुख हो । यी विविधि विषयहरुलाई धयानमा राखेर हामी अगाििड बढ्छौं । अहिले वस्तुनिष्ठ र वर्तमान यर्थाथमा आधारित नीतिगत, व्यवहारिक र कार्यगत व्यवस्थाको आवश्यकता छ भनेर हामीले सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने हो । यो संस्थागत विषय हो । संस्थामा संस्थागत रुपमा सहभागी तथा संलग्न हुने हाम्रो एजेण्डा हो । अर्को, यो भन्दा अगाडि पनि म कार्यसमितिमा सदस्यको रुपमा थिएँ । रोजगारदाता परिषद्को उपसभापतिको जिम्मेवारीमा थिएँ । अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको रोजगारी गुम्ने र नयाँ रोजगार पनि सिर्जना नहुने हो कि भन्ने पनि हो । महासंघ रोजगारीको सबैभन्दा ठूलो संस्था पनि हो । हामी लामो समयदेखि काम गर्दै आएका श्रमिकहरुलाई हामी गुमाउन चाहन्नौं । तर, अहिले परिस्थिती त्यस्तो छैन । अहिले श्रमिक कटौतीको समस्या पनि आइहरेको छ । रोजगारी कटौती नगर्ने वातावरण सिर्जना गर्नको लागि राज्य स्तरमा हाम्रो एजेण्डालाई कसरी सार्थकता दिने भन्ने हाम्रो प्राथमिकताको विषय हो । अर्को यो समयमा औद्योगिक वातावरण खलबलिन सक्छ । उद्योगले कटौती गर्ने र श्रमिकले लामो समयदेखि काम गर्दै आएको हुनाले पनि वातावरण असहज बन्न सक्छ । खर्च कटौती दवावमा छ । निजी क्षेत्र पनि खर्च कटौतीको दवावमा छ । यसमा सरकार निजी क्षेत्र र श्रमिकहरुबिच त्रिपक्षिय रुपले कसरी सहज वातवारण बनाउन सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन्छ । मेरो ३÷४ वर्षको अनुभवलाई पनि सेयर गर्ने मेरो भूमीका हुन्छ । एजेण्डा सेट गर्ने काम अध्यक्ष र उपाध्यक्षले हुन्छ । तर उनीहरुले गरेको ऐजेण्डाहरुमा सक्रियता सहभागिता र आफ्नो योगदानका मैले सदस्यमा उम्मेदारी दिएको हो । मेरो व्यक्तिगत एजेण्डाहरु हुने त भएन तर हामी सबै मिलेर व्यवसायिक हितका लागि काम गर्छौं । अहिले कोरोना भाइरसको महामारी छ । तर, तपाइहरुले चुनावी प्रचारप्रसार बढाइरहनु भएको छ । समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको समयमा तपाईहरु भोट माग्न जानु कत्तिको उपयुक्त हो ? हामी सबै कोरोनाबाट ग्रसित भएको करिब १ वर्ष भइसकेको छ । यो लामो समयसम्म उद्योगी व्यवसायी मात्र होइन सबैलाई समस्या नै भयो । महासंघको चुनाव पनि धेरै लामो समयदेखि सार्दा सार्दै मंसिरमा आइपुगेका हौं । हाम्रो पनि आफ्नो बाध्यता थियो । किनकि संस्थागत जीवन पनि दिइरहनु पर्यो । सहमति हुन सकेको भए एकदमै राम्रो हुन्थ्यो । तर, यति ठूलो संस्था छ । यसमा प्रजातान्त्रिक प्रक्रिया हुनु स्वभाविक नै हो । यसमा अन्यथा लिनु पर्ने कूरा पनि भएन । अहिले विभिन्न उद्योगी वयवसायीहरुसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या तथा धारणाहरु सेयर पनि गरिरहेका छौं । कतिपय उद्योग व्यवसायहरु चैतदेखि सञ्चालन नै हुन सकेका छैनन् । कतिपय आंशिक सञ्चालन भएका छन् भने धेरै त सञ्चालन पनि भएका छन् । कतिपय नयाँ उद्यमशिलता पनि विकास भएको छ । अहिले सबैसँग अन्र्तक्रिया पनि गरिरहेका छौं । यो एउटा सकरात्मक विषय पनि हो । समस्याहरु बुझ्ने अवसरकार रुपमा सिर्जना भएको छ । अर्को, निर्वाचन प्रक्रिया हो यसलाई पूरा गरेर नयाँ नेतृत्व सहित नयाँ तरिकाले अगाडि बढ्ने हाम्रो योजना छ । तपाइँले चन्द्र ढकाल पक्षबाट एसोसिएट सदस्यका रुपमा उम्मेदवारी दिनु भएको छ । ढकालमा के सवल पक्ष छ जसले तपाइँलाई उहाँकै प्यानलबाट उम्मेदवारी दिने उर्जा मिल्यो र प्रधानमा के कमजोरी छ र उहाँलाई रोज्नु भएन ? हामी सबैको पक्ष व्यवसायिक नै हो । हाम्रो राजनीतिक दल जस्तो पार्टी छैन । हामी सबैको एउटै उद्धेश्य छ । हामीले जुनसुकै पक्षको समर्थन गरेपनि हामी त्यहाँ गएर एउटै उद्धेश्यका लागि काम गर्ने हो । फरक टिमबाट जाने र फरक उद्धेश्य भन्ने छैन । प्रक्रिया मात्र फरक हो । फरक भनेको आइडियोलोजी मात्र हो । हामी समग्र व्यवसायिक हितका लागि काम गर्ने हो । ढकाल पक्षले ल्याउने पनि व्यवसायिक पक्षका एजेण्डा हुन् भने प्रधानले ल्याउने पनि व्यवसायिक हितका एजेण्डा हुन् । तर, मलाई ढकाल पक्षबाट चुनाव लड्न उपयुक्त लाग्यो म उहाँकै पक्षबाट लडेँ । तपाईका अन्य ३२ जना प्रतिष्पर्धी हुनुहुन्छ । तपाईँ अन्यभन्दा के फरक ? तपाईँलाई मतदाताले मतदान किन गर्ने ? जति म आफुलाई उत्कृष्ट मान्छु त्यति नै सबै जना उत्कृष्ट नै हुनुहुन्छ । किनभने उहाँहरु भन्दा म थप उत्कृष्ट छु जस्तो मलाई लाग्दैन । तर, म साथीहरुभन्दा कमजोर चाहिँ छैन । उत्कृष्ट सबै हुनुहुन्छ । तर, म पनि अरुभन्दा कमजोर छैन । यो भन्दा अगाडि २ वर्ष उद्योग संघको सभापति भएर काम गरिसकेको छु । अहिले रोजगारदाता परिसंघको उपसभापति भएर पनि काम गरिसकेको छु । मेरो अनुभव पनि यस क्षेत्रमा छ । संस्था भनेको संस्थागत अनुभव पनि लिएर जानु पर्ने हुन्छ । नयाँ साथीहरु आएर नयाँ आइडिया र भिजन सँगै लिएर जाने र पूराना साथीहरुका अनुभव लिएर अगाडि बढ्यो भने त्यो टीम उत्कृट हुन्छ भन्ने हो । मैले काम गरेको र मेरो योगदानको हिसावले मूल्याकंन गर्ने कूरा भयो अर्को सक्रियताको हिसावले पनि मूल्याकंन गर्ने कूरा भयो । तसर्थ मेरो बिचारमा सबै उत्कृष्ट हुनुहुन्छ सबै उत्कृष्टको बिचमा म पनि कमजोर उम्मेदवार होइन भन्ने जस्तो मलाई लाग्छ । अन्त्यमा, आफु विजयी हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यो भन्दा अगाडि पनि म निर्वाचित नै भएर आएको हुँ । अझै पनि निर्वाचित हुने भएकोले हाम्रा मतदाता उनीहरु नै छन् । केही थप मतदाता भएपनि अधिकांश पूरानै हुन् । मेरो तीन वर्षे कार्यकाल सबै उद्योगी व्यवसायीको मुद्दा र विषयमा केन्द्रित रह्यो । आर्थिक विषयमा जुन भूमिका मेरो थियो । सबै साथीहरुले राम्रै भूमिका गर्नु भयो भन्नुहुन्छ । त्यसैले म अझै पनि विश्वस्त छु कि म जित्छु । मेरो काम गरेको आधारमा मलाई सबैले भोट दिन्छन् जस्तो मलाई लाग्छ ।
निर्वाचन र परिणामको औपचारिक घोषणा मात्र बाँकी हो, हाम्रो जीत सुनिश्चित छ-चन्द्रप्रसाद ढकाल
चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्षका प्रत्याशी, नेपाल उद्योग वाणिज्य महासंघ यसै साता हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले सबैको ध्यान आकर्षित गरेको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको नेतृत्वमा दुई वटा चुनावी प्यानल प्रतिस्पर्धामा उत्रेका छन् । ६४ पदमा हुने निर्वाचनमा लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दुई पदमा निर्विरोध भएको छ । निर्विरोध भएका प्रदेश एकबाट राजेन्द्र राउत र द्विराष्ट्रिय समूहबाट सन्दीप अग्रवाल दुबै ढकालका समर्थक हुन् । यसलाई ढकालको प्यानलको विजयी यात्राको शुरुवात भनेको छ । चुनावको तयारी कस्तो छ ? चुनाव चित्ने आधार के छन् ? प्रस्तुत छ बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालसँग गरिएको चुनावी वहस । उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । चुनावी अभियानमा देशभर भेटघाट र अन्तरक्रिया गरिरहनु भएको छ । मतदाताको अपेक्षा के छन् ? नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनको हामी संघारमा छौं । अहिले पनि म देशै भरिका व्यवसायी साथीहरुसँग कुराकानी तथा छलफल÷भेटघाट गर्न सक्रिय छु । उद्योगी, व्यवसायी साथिहरुकै सक्रियतामा देशका विभिन्न स्थानहरुमा चुनाव लक्षित कार्यक्रमहरु भैरहेका छन् । हामीले हाम्रो एजेण्डाहरु प्रष्टसँग राखेका छौँ, सँगसँगै ती एजेण्डाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छौं । देशैभरीका उद्योगी, व्यवसायीले महासंघका काम कारवाहीलाई प्रभावकारी बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्दछ भन्ने आवाज उठाइरहनुभएको छ । देशमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउनु पर्ने छ । नयाँ नेतृत्वले निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेको छ । उहाँहरुको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् । विधानतः अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतः अर्कोपटक महासंघको अध्यक्ष हुने व्यवस्था छ । यस सन्दर्भमा आम उद्योगी÷व्यवसायी माझ के सन्देश लिएर पुग्नुभएको छ ? महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । देशभरीका उद्योगी व्यवसायी साथीहरुलाई मैले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्जवल भविष्य निर्माणमा सहयोग गर्नेछ भन्दै आएको छु । सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने नेतृत्व हामीले चुन्नुपर्ने छ । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । मैले सबै उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । सहमतिबाटै वरिष्ठ उपाध्यक्ष चयन गरिने चर्चा पनि चलेको थियो । तर तपाईसँगै किशोर प्रधान पनि वरिष्ठ उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । सहमतिको सम्भावना छ कि छैन ? विशेषतः पूर्व अध्यक्षज्यूहरु चुनाव गर्नु भन्दा अहिलेको अवस्थामा महासंघलाई प्रभावकारी बनाउन सहमतिबाटै जानुपर्छ भनेर प्रयास गरिरहनु भएको भन्ने सुनेको छु । यस्तो बेला सर्वसम्मत नेतृत्व चयन हुनुपर्दथ्यो र त्यो सर्वसम्मतिको पहल समयमै गरिनुपथ्र्याे । मेरो पनि यसमा समर्थन थियो । तर, त्यो हुन सकेन । भर्खरै निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । अहिले चुनावी प्रतिष्पर्धाबाटै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । आगामी अध्यक्ष र केही पूर्व अध्यक्षहरुको समर्थन खुलेरै किशोर प्रधानलाई गएको छ, यसले तपाईलाई कत्तिको दवाबको अनुभूति भएको छ ? महासंघका सबै पूर्वअध्यक्षहरू, अग्रजहरुप्रति मेरो सधैँ सम्मान छ । रह्यो कुरो समर्थनको । कुनै एउटा समूह विशेषप्रति उहाँहरुले जनाउनुभएको समर्थनले मलाई दबाब सिर्जना गरेको छैन । बरु देशैभरिका उद्योगी व्यवसायी साथीहरुबाट प्राप्त उल्लासपूर्ण साथ, समर्थन र सद्भावले मलाई बलियो ढाडस र उर्जा दिएको छ । अर्को कुरा उहाँहरुले कुन समूहलाई समर्थन गर्दै हुनुहुन्छ भन्नेभन्दा पनि उहाँहरूले छाडेको विरासत धान्न सक्ने नेतृत्व क्षमता कुन व्यक्तिमा छ र अहिलेको अवस्थामा महासंघको संस्थागत क्षमता अभिवृद्धि गर्दै निजी क्षेत्रलाई वास्तविक छाता संगठनका रुपमा महासंघलाई अगाडी बढाउनका लागि उपयुक्त व्यक्ति को हुन सक्छ भन्ने विषयमा इमानदारीपूर्वक आत्मसमीक्षा उहाँहरूले गर्नुभयो भने त्यहाँ अवश्य पनि म र हाम्रो टिम मात्र रहनेछ । यसमा उहाँहरुले पनि विचार गर्नुहुन्छ होला । तपाईले वरिष्ठ उपाध्यक्ष पद दाबी गर्नुपर्ने आधारहरु के के हुन् ? महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनु पर्दछ भन्ने आम व्यवसायीहरुको आवाज हो । मेरो उमेद्वारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवम् पेशागत लगानीकर्ताहरूले अपनत्व महशुस गर्नुभएको छ र उत्साहित हुनुहुन्छ । म सधंै व्यवसायीका हक, हित र अधिकारका पक्षमा लाग्ने हुनाले सबै व्यवसायी साथीहरुले मलाई नेतृत्वमा आउन आग्रह नै गर्नुभएको हो । उहाँहरुले मलाई साझा उमेद्वारका रुपमा हेर्नुभएको छ । म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका समस्या तथा पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका तहसम्म पुर्याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु । हाम्रो टिम पनि उस्तै सक्षम र सबल छ । महासंघमा म दुईदुई पटक कार्यसमितिमा सर्वसम्मत वा लोकप्रिय मतका साथ आएको छु । म उपाध्यक्ष पनि सहमतिबाटै भएको हो । पूर्वअध्यक्षज्यूहरु, अग्रज उद्योगी व्यवसायीहरु लगायत अन्य पदाधिकारी सहकर्मी साथीहरुले मैले महासंघको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिकाको उचित मूल्याङ्कन गर्नुभएको छ । मलाई लाग्छ यी आधारहरु वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीका लागि प्रयाप्त छन् । तपाईंलाई सबैभन्दा बढी सहयोग र सपोर्ट कुन कुन क्षेत्रबाट आएको छ ? देशैभरीका जिल्ला नगर उद्योग वाणिज्य संघ, एशोसियट तथा वस्तुगत संघबाट मलाई उत्साहपूर्ण समर्थन प्राप्त भईरहको छ । मेरो सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । यसले मेरो जीतलाई सुनिश्चत गरेको छ । सधैँ ओझेलमा पर्ने गरेका साना व्यवसायीहरुका लागि तपाईं नेतृत्वमा आएपछि के–के गर्नुहुन्छ ? उद्योग वाणिज्य महासंघ यस्तो संस्था हो जसमा जिल्लामा भएका सानासाना व्यवसाय पनि सहभागी छन् । हरेक क्षेत्र छन् । यसमा वस्तुगत संघको पनि सहभागिता छ । यसमा साना व्यवसायीको पनि सहभागिता हुन्छ । महासंघकै नेतृत्वमा पुग्नसक्ने साना व्यवसायीलाई पनि अधिकार हुन्छ । महासंघलाई निजी क्षेत्रको वास्तविक छाता संगठनका रुपमा समावेशी तवरले अगाडि बढाउनु आवश्यक छ । मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतिको पूर्ण जानकारी छ । साना मझौला उद्योग भनेको दिगो विकासको आधार भएकाले संसारभर यस्ता क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड पनि भन्ने गरिन्छ । नेपालमै पनि लकडाउनको अवस्थामा अर्थतन्त्र धान्ने आधार यस्तै उद्यम व्यवसाय भएको तथ्य हामीले भुल्नु हुँदैन । त्यसैले साना तथा मझौला उद्योग व्यवसायको संरक्षणका लागि हामी कुनै सम्झौता गर्दैनौं । समग्र साना, मझौला तथा ठूला उद्योगी, व्यवसायीहरुको साझा संगठनका रुपमा महासंघको पुर्नसंचना गर्ने कुरामा हामी प्रतिबद्घ छौं । महासंघलाई सबै उद्यमी व्यवसायीको साझा चौतारीका रुपमा विकास गर्ने र सबैको आवाज सुनिने बनाउने छौं । कोरोनाका कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । महासंघमा आएपछि अर्थतन्त्रलाई माथि उठाउन तपाईंले कसरी योगदान गर्ने योजना बनाउनुभएको छ ? कोभिडभन्दा अगाडि नेपालको अर्थतन्त्र सुधारोन्मुख थियो । निकै लामो समयपछि नयाँ संविधानसँगै हामीले राजनीतिक स्थीरता प्राप्त गरेका थियौँ । लामो लकडाउनका कारण नेपालको आर्थिक क्षेत्रले निकै ठूलो र दीर्घकालीन क्षति व्यहोरिसकेको छ । तत्कालका लागि कोभिडबाट सिर्जित समस्याको सम्बोधन गर्नुपर्ने छ । यो मेरो प्राथमिकताको बिषय बस्तु पनि हो । कोभिडले क्षत्विक्षत् पारेको अर्थतन्त्रलाई माथि उकास्न राज्य र निजीक्षेत्रको संयुक्त प्रयास अपरिहार्य छ । कोभिडले नेपालभरिका उद्योग–व्यवसायमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा महासंघमार्फत अध्ययन गराई उद्योग व्यवसायको उद्धारका लागि सरकारलगायत सम्बद्ध सबै सरोकारवाला निकायहरूमा हामीले ठोस पहल गर्नेछौ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । यससँगै, देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तसर्थ, राज्यसँग अर्थपूर्ण साझेदारी एवम् नीति निर्माणमा पैरवीका लागि महत्वपूर्ण पहलकदमी लिनुपर्ने छ । नेपालमा एफडीआई भित्र्याउनका लागि लगानी मैत्री वातावरण सिर्जना गर्ने र नेपाली उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्ध रुपमा अगाडी बढ्नुपर्ने छ । यी र यस्तै केही महत्वपूर्ण कार्यक्रमहरु समेटेर एफएनसीसीआई भिजन २०२५ मा काम गरिरहेका छौं । यसले समग्र व्यवसायीले भोग्ने समस्याहरुको समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने देखि निजी क्षेत्रको विकास, महासंघको सबलीकरण तथा मुलुकको आर्थिक उन्नतिलाई योजना वद्धरुपमा अगाडि बढाउन सहयोग पुग्ने छ । तपाईको चुनावी एजेन्डाहरु केके हुन ? सानादेखि ठूला सबै व्यवसायिले दिनानुदिन भोग्ने प्रशासनिक, श्रमसम्बन्धी, नीतिगत समस्याहरुको समाधान गर्दै देशमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ । निजी क्षेत्रका तर्फबाट महासंघले राज्यसँग साझेदारी गर्दै यसको नेतृत्व लिनुपर्दछ । यसको साथसाथै अहिले कोभिड–१९ को माहामारीले नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघका तर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं । अर्को महत्वपूर्ण विषय भनेको निजी क्षेत्रलाई शसक्त बनाउदै राज्यसँगको अर्थपूर्ण साझेदारी र सहकार्यमा समृद्धिको यात्रा तय गर्नका लागि धेरै कामहरु गर्नुपर्ने छ । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा समृद्ध देशको परिकल्पना गर्न सकिदैन । हामीले लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने तथा राज्यका लागि महत्वपूर्ण सारथीका रुपमा भूमिका निर्वाह गर्ने छौं । नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । यसका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग लबिङ गर्नुपर्ने हुन्छ । यसमा हामीले पहलकदमी लिनेछौ । त्यसैगरी, उद्योगी व्यापारीसँग राज्यका निकायले जबर्जस्ती होइन, पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ । उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज बनाउनुपर्नेछ । आवश्यक पूर्वाधारको विकास गर्दै हाम्रो निर्यात व्यापार बढाउनका लागि पहल गर्नुपर्नेछ । तीन तहका सरकारबीचका आपसी समन्वयमा देखिएको अभावका कारण सिर्जना भएका करका दुविधाहरुलाई समयानुसार परिमार्जन गर्नुपर्नेछ । साना, मझौला तथा ठूला उद्योगका धेरै विषयहरुमा हामीले अहिले अगाडि बढाएका कामहरुलाई पूर्णता दिनुपर्ने छ । आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ? महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं ।सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु; प्रदेश १ का तर्फबाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवालजी सर्वसम्मत चयन भैसक्नु भएको छ । वहाँहरु दुवैजना हाम्रो प्यानलबाट हुनुहुन्छ । यसबाट हामी प्रारम्भिक अनुमान लगाउन सक्छौं । अर्को महत्वपूर्ण कुरा, गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हाम्रो सक्षम र सबल टिम छ । म लगाएत हाम्रो टिमप्रति आम उद्योगी व्यवसायी मतदाताहरुको दरिलो साथ रहेको छ । म चुनाव वा कुनै विशेष समय परिस्थितिमा मात्र महासंघका कार्यक्रमहरु र देश दौडाहामा लाग्ने व्यक्ति होइन । हाम्रो व्यावसायिक नेटवर्क हरेक जिल्ला, नगर तथा टोलसम्म छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट सबै जिल्ला तथा नगर, एशोसियट तथा बस्तुगतका सबै क्षेत्रका साथीहरुसँग निकै राम्रो सम्बन्ध रहेको छ । उहाँहरुको विश्वास जित्न सफल भएको छु । सबै क्षेत्रका साथीहरुले आफ्नो साझा उमेद्वारका रुपमा मलाई हेर्नुभएको छ । तसर्थ, महासंघको आसन्न निर्वाचनको परिणाम हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु । मात्र औपचारिक घोषणाको प्रतिक्षामा बसेका छौं । हाम्रो जीत सुनिश्चित भई नै सकेको छ । महासंघको साधारणसभाको पटक पटक मिति तोकिदै स्थगित हुँदै आएको छ । यसपटक त सधारणसभा सम्पन्न होला नि ? गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । बीचमा पटकपटक मिति तोकिए पनि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । तर यसपटक भने महासंघको निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरिसकेको अवस्था छ । नेपाल सरकार गृह मन्त्रालयले पनि साधारणसभाका लागि स्वीकृति प्रदान गरिसकेको अवस्था छ । तसर्थ स्वास्थ्यसम्बन्धी सबै प्रोटोकलहरु पूरा गरेर हामीले साधारणसभा सम्पन्न गर्छौं ।