अछाममा रिचार्ज पोखरी अभियान सुरु हुँदै
काठमाडौं । अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी अभियान सुरु गर्ने भएको छ । गाउँपालिकाले यहि साउन २९ गते सो अभियान सुरु गर्न लागेको होे । “३६४ दिन आफ्नो कामको लागि उठाैँ, एक दिन वातावरण संरक्षणका लागि जुटौं’’ भन्ने नाराका साथ गाउँपालिकाले रिचार्ज पोखरी २०७८ वर्ष मनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हर्कवहादुर साउदले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले तीन वर्ष अघिदेखि सुरुवात गरेको सो अभियान अन्तरगत हालसम्म सबै वडामा साना ठुला रिचार्ज पोखरी निर्माण गरिसकिएकोे छ । गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण उक्त अभियान सुरु हुन सकेको थिएन । गाउँपालिकाका सात वटै वडामा एकैसाथ एकै दिन उक्त अभियान सुरु गर्न लागिएको हो । के हो रिचार्ज पोखरी अभियान ? बर्षभरी आफ्नो व्यक्तिगत काम गरे पनि एक दिन वातावरण संरक्षणका लागि काम गरेर प्राकृतिक सम्पदा जल, जङ्गल, जमिन, जङ्गली जनावर वस्तुभाव र चराचुरीको संरक्षण हुने हुँदा गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गर्ने लागेको हो । पानीको मुहानमाथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाँडामा पोखरी निर्माणले वोटविरुवा हरियाली हुने, जङ्गली जनावरलाई खानेपानीको अभाव नहुने, घर नजिक आईरहेका जङ्गली जनावर, पशुपंक्षीको आहार जंगलमै भेटिने भएकोले पनि खेतीपातीको संरक्षणमा समेत टेवा पुग्ने भन्दै रिचार्ज पोखरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनााएको छ ।
हामीले ४ ठाउँबाट सोलर लिफटीङ गरेर गाउँपालिकाका जनतालाई खानेपानी उपलब्ध गराएका छौं – अध्यक्ष राई
मानेभञ्ज्याङ गाउँपालिका प्रदेश १ अन्तर्गतको ओखलढुंगा जिल्लामा अवस्थित गाउँपालिका हो । यो गाउँपालिका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी छ । मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएको छ । जनताको नजिक रहने सङ्घीय व्यवस्थाको मर्म अनुरूपका प्रदेश र स्थानीय तह छन् । अझ जनताको सुखःदुखसँग प्रत्यक्ष सम्बोधन गर्ने स्थानीय तहका ७ सय ५३ सरकार गठन भई करिब ४ वर्षदेखि सक्रिय छन् । जनआकांक्षा पुरा गर्न जनप्रतिनिधिले प्रयास गर्दागर्दै पनि परिणाम अपेक्षित रूपमा प्राप्त हुन सकिरहेको छैन । यस परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहेनत गर्नु पर्ने आवश्यकता देखिन्छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना, बजेट, पालिकाको पूर्वाधार र सामाजिक विकासको अवस्था लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष मोतीराज राईसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता प्रस्तुत गरेका छौं । गाउँपालिकाको अध्यक्ष भएर आएपछि के–कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? पालिकामा पहिलाको तुलनामा हाल परिवर्तन आएको छ । हामी निर्वाचित भएर आएपछि पालिकामा धेरै विकास निर्माणको काम गरे जस्तो लाग्छ । विकास निर्माणको काम गरेर सकिँदो पनि रहेनछ । पालिकाको स्रोत र साधनले भ्याए जति विकास निर्माणको काम गरेका नै छौं । हामीले पालिकामा सडक निर्माणको कामलाई पनि तिव्रता दिएका छौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याएका छौं । हामीले भौतिक पूर्वाधार, सामाजिक विकास आदि सबै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौ । भौतिक विकासतर्फ सडक, खानेपानी, बिजुली, शैक्षिक क्षेत्रका कामहरू अघि बढेका छौं । आर्थिक विकासमा कृषि तथा पशुपालनको उत्पादनतर्फ जोड दिएका छौ भने यता सामाजिक विकासतर्फ जनचेतनामूलक कामहरू, शिक्षा, स्वास्थ्य लगायतका कामहरूलाई सन्तुलित विकासको रूपमा अघि बढाएका छौ । पालिकामा विद्युतिकरणको काम लाइपनि तीव्रता दिएका छौं । पालिकाको ९ ओटा वडामध्ये ६ ओटा वडामा विद्युत पुर्याएका छौं । सायद हाम्रो कार्यकालमा ६ ओटा वडामा बत्ती बालेर, बाँकी ३ ओटा वडामा पनि विद्युतकोसुविधा पुर्याउने लक्षय राखेका छौं । हाम्रो पालिका अलिक सुख्खा क्षेत्र पनि पर्छ भने पालिकामा खानेपानीको पनि धेरै समस्या छ । पालिकामा पानीको स्रोत नभएको कारण खानेपानीको समस्या भएको हो । एक गाग्री पानी लिन घण्टौं हिँड्नु पर्ने बाध्यताबाट यहाँका नागरिकहरु पीडित थिए । हामीले पालिकामा ४ ठाउँबाट सोलर लिफटीङ गरेर जनतालाई खानेपानी दिएका छौं । पालिकामा कुनै लिफटीङ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा पनि छ । लिफटीङ खानेपानीका २ ओटा आयोजना ठेक्का प्रक्रियाबाट अगाडि बढाएका छौं । एउटा ८ र अर्को १२ करोड रुपैयाँ बराबरको बजेटमा लिफटीङ खानेपानी आयोजनाको ठेक्का पनि आव्हान गरेका छौं । खोलामा रहेको खानेपानी मुहानमा ड्याम बनाएर ट्याङीकमा पानी जम्मा गरेर त्यहाँबाट चार स्टेशनको लिफ्टबाट खानेपानी स्थानीयलाई वितरण गरिने छ । पहिलो लिफटीङबाट उपभोक्ताहरुलाई पानी वितरण गरेका छौं भने दोस्रो र तेस्रो लिफटीङबाट भने उपभोक्ताहरुलाई पानी वितरण हुने र यसका लागि छुट्टै ट्याङकी समेत निर्माण गर्ने योजना छ । तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, चुनावमा जनतामाझ गरेका प्रतिवद्धता कति पुरा गर्नुभयो अनि कति बाँकी छन् ? हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । हामीले घोषणपत्रमा समसामयिक विषयलाई धेरै जसो समेटेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । हामी निर्वाचित भएर आउँदा पालिकाको अवस्था जीर्ण र बस्तीहरू अत्यन्तै दुर्गम थियो । सडक सबै ठाउँमा पुगेको थिएन । विद्युत् पुगेको थिएन । पिउने पानी थिएन । तर, हाल अवस्था बदलिएको छ । गाउँसभाबाटै हामीले उक्त ठाउँको विकासकालागि योजना बनाएर काम गरेका छौं भने अहिले पालिकामा धेरै कुराको परिवर्तन आएको छ । पालिकामा अझै पनि विकास निर्माणको काम धेरै गर्नुपर्ने छ । मलाई के लाग्छ भने हामीले गरेको कामबाट म असाध्यै सन्तुष्ट छु । राम्रो र सुनौलो यो पाँच वर्षको कार्यकाल काम भएको छ । गाउँपालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के छ ? गाउँपालिकावासीको जीवनस्तर उकास्ने सन्दर्भमा सर्वप्रथम कृषि क्षेत्रलाई नै प्राथमिकता दिएका छौं । तर, सिचाईको अभावको कारण कृषि क्षेत्रमा पनि राम्रो काम गर्न सकेका छैनौं । पालिकामा ३ करोड रुपैयाँ बराबरको लागतमा सिचाईको काम पनि भएको छ । तर, यो पर्याप्त चाहिँ हुँदो रहेनछ । पालिकामा धेरै ठुलो उद्योग नभएको कारण रोजगारी क्षेत्र तर्फ पनि राम्रो काम गर्न सकेका छैनौं । कृषकहरूको लागत साझेदारीमा पशुपालन तथा कृषक समूह पनि गठन भएको छ । व्यवसायी बनेर आर्थिक समृद्धि गर्छु भन्नेलाई गाउँपालिकाले कृषि, पशुपालनलगायतको पकेट क्षेत्र बनाएर अनुदान दिँदै आएको छ । पालिकावासीलाई व्यवसायी बन्न प्रोत्साहित गरेका छौं । यहाँका युवा कृषिमा जोडिएको देख्दा पालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना कृषि नै मुख्य हुन सक्छ भन्ने हाम्रो ठम्याइ छ । तपाईंले कस्तो पालिकाको परिकल्पना गर्नुभएको हो ? जिउने परिकल्पना नै सबै भन्दा ठुलो कुरा हो । अझ पनि पालिकामा विकास निर्माणका कामहरु हुने क्रममै छन् । विकासलाई दिगो र भरपर्दो बनाउन दिगो भू–उपयोग योजना बनाई एक एक टुक्रा जमिनको उच्चतम उपयोग गर्ने, मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगारी सिर्जना गर्ने र जीवनको गुणस्तर बढाउने भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूको पनि समयमै निर्माण गर्ने परिकल्पना छ । तर, आर्थिक अभाव र भौगोलिक विकटताको कारण नै धेरै काम गर्न सकेको अवस्था छैन । स्थानीय तहमा कर्मचारीको आशा गरेर गाउँघरको सेवालाई गुणस्तरीय, नतिजामुखी र नियमित बनाउन गाह्रो पर्ने अनुभव गरियो । यस्तो अवस्थामा दीर्घकाल रूपमा स्थानीय जनशक्तिको निरन्तर आपूर्ति गर्ने योजना बनाउनु जरुरी पनि देखिन्छ । गरिबी हटाउन रोजगारी सिर्जनालाई योजनाको केन्द्रीय उद्देश्य छ । पालिकाका नगरिकहरु जीवन स्तर नाजुक नै छ तर, खान नपाए भोक भोकै बस्नु पर्ने स्थिति चाहिँ छैन । नागरिकको अवस्था मजबुत हुँदै गएपछि बसाइँसराइँ जाने प्रवृत्ती पनि बढ्दो छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसबाट हाम्रो पालिकापनि अछुतो रहन सकेन भने यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौं । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टीन, आइसोलेसन व्यवस्थापन देखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रमहरू गर्यौं । तर, पालिकामा स्रोत साधन र दक्ष जनशक्ति अभावका कारण धेरै चुनैतीर समस्याहरू आए । पालिकामा संक्रमणबढ्दै गयो भने ज्वरो नाप्ने देखि अन्य विकल्प छैन । पालिकामा कोभिडका लक्षण देखिएका बिरामीलाई एन्टिजेन परीक्षण गर्दै आएको छौं । जिल्ला भरिनै पीसीआर परीक्षण गर्ने ल्याब छैन । स्वाव सङ्कलन गरी परीक्षण गर्नको लागि हामीले काठमाडौं वा विराटनगरसम्म पुर्याउने व्यवस्था मिलाएका छौं । हामीले विकास बजेट कटाएर पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्यौं । पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा पालिकामा हालसम्म ३ सय जनामा संक्रमित पुष्टि भएको छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दा गर्दै पनि पालिकाबाट २ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरू सहितको पर्चा छपाई आम जनताहरुलाई वितरण तथा माइकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्यौ । महामारीको नियन्त्रण गर्नको लागि हाम्रा सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, राजनैतिक पार्टीका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू खटिनु भएको थियो । गाउँपालिकाले आर्थिक वर्ष ७८÷७९ को लागि बजेट विनियोजन गर्दा कुन पक्षलाई केन्द्रित बनाएको छ ? हामीले असार १० गते नवौं गाउँसभामा आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढङ्गले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । कृषकहरूलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने आर्थिक विकासतर्फ पशुपालनका कामहरूलाई हामीले अगाडि राखेका छौं । सामाजिक विकास तर्फ युवा, बालबालिका, दलित, जनजाति, सीमान्तकृत, अपाङ्गता लगायतका क्षेत्रलाई समेत सम्बोधन हुने गरी विकासका योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौ । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न आवश्यक कदम चाल्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य बजेटले लिएको छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? पालिकाका वासिन्दाहरुलाई के अनुरोध गर्न चाहन्छु भने अहिलेसम्म गाउँपालिकाले गरेको कामलाई पालिकावासिहरुले पनि बुझिसक्नु भएको छ । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएको होइन बरु यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । त्यति हुँदाहुँदै पनि कहिलेकाहिँ भनेजस्तो काम हुन सकिरहेको हुँदैन । तर, हामीले पालिकामा जति पनि विकास निर्माणको काम गर्यौं त्यो काम उपलब्धिमूलक नै छ भन्ने मलाई लाग्छ । पालिकामा विकास निर्माणको काम गर्न त अझै पनि बाँकी नै छ । भौगोलिक रूपमा दुर्गम भएता पनि भौगोलिक विविधता, प्रशस्त पानीको स्रोत, घना जङ्गल, चरण क्षेत्र, यिनै सम्भाव्यताको व्यवसायिकीकरण गर्दै समृद्ध पालिका बनाउनु पर्छ पनि भन्न चाहन्छु । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । अनि अहिलेका चुनौतीको रूपमा खाँडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्डको पुरा गरौं भन्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।
गाउँपालिका अध्यक्षलाई प्रश्न – पालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के छ ?
मुलुक संघीय संरचनामा गएसँगै जनताले नजिकबाट अनुभूति गर्न पाउने गरी स्थानीय सरकार सञ्चालन भएको छ । संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् भने जनताहरु पनि समृद्ध बन्न सक्ने सम्भावनाहरु देखा पर्न थालेका छन् । कर्णाली प्रदेश अन्तर्गतको दैलेख जिल्लामा पर्ने भैरवी गाउँपालिका पनि आफ्ना हरेक नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा लागेको छ । जिल्लाको ११ स्थानीय तहमध्ये यो गाउँपालिका भौतिक पूर्वाधार र संरचनाका हिसावले अगुवा स्थानीय तह मानिन्छ । यो गाउँपालिका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटन लगायतका पक्षमा पनि निक्कै धनी मानिन्छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढासँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता प्रस्तुत गरेका छौं । गाउँपालिकाको अध्यक्ष भएर आएपछि के–कस्ता महत्वपूर्ण कार्य सम्पादन गर्नुभयो ? पालिकामा पहिलाको तुलानामा हाल आमूल परिवर्तन भएको छ । हामी निर्वाचित भएर आएपछि सर्वप्रथम त वडा कार्यालयका लागि भवनहरु निर्माण गर्यौं । अझ पनि केही भने निर्माण हुने क्रममै छन् । वडा नं. ६ को आदर्श माध्यमिक विद्यालयमा ३ वर्षे बाली विज्ञान र ३ वर्षे पशु विज्ञानका कक्षाहरू सञ्चालन गरेका छौं । पहिला हाम्रो गाउँपालिकामा ३ ओटा स्वास्थ्यचौकी थिए भने हामीले हाल ६ ओटा ठाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्यौं । ‘एक वडा एक स्वास्थ्यसंस्था’ अवधारणा अनुसार वडा नं. ४ र ७ मा स्वास्थ्यचौकी निर्माण गरेका छौं । ‘एक घर एक धारा’ खानेपानी आयोजनाको निति पनि हामीले अवलम्बन गरेका छौं । तर यो कार्यक्रम सबै ठाउँमा लागु गरेका चाहिँ छैनौं । सुर्खेत देखि दैलेख हुँदै कालिकोट, जुम्ला र मुगुलाई जोड्ने सडकको काम पनि भइरहेको छ । टोलभित्रका सडक निर्माणको कामलाई पनि प्राथमिकता दिएका छौं । यसै वर्षको फागुन महिनासम्ममा उत्तर दक्षिण सडकलाई कर्णाली हाइवेमा जोड्दैछौं । ११ करोड रुपैयाँको लागतमा पालिकामा विद्युतीकरणको काम सञ्चालन भइरहेको छ । विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । जे होस्, निर्वाचित भएर आएपछि पालिकामा जति पनि विकास निर्माणका काम भएका छन् त्यसबाट हामी सन्तुष्ट नै छौं । यति विकास निर्माणको कामले मात्र तपाईं सन्तुष्ट हुनुहुन्छ ? वास्तवमा, मान्छे एउटा असन्तुष्ट प्राणी हो । धेरै भन्दा धेरै विकास हुनुपर्छ भन्ने सोचाइ राख्नु राम्रो पनि हो । हामी पनि यति मात्र कामले सन्तुष्ट पक्कै छैनौं तरपनि जेजति काम भएका छन् त्यसमा सन्तुष्ट छौं भन्न खोजेको मात्र हो । गाउँपालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के छ ? गाउँपालिकावासीको जीवनस्तर उकास्ने सन्दर्भमा सर्वप्रथम कृषि क्षेत्रलाई नै प्राथमिकता दिएका छौं । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, हरियाली विकास र पूर्वाधार समृद्ध भैरबीका छ आधार’’ भन्ने हाम्रो नारा नै छ । पालिकाको २ ठाउँमा डेरी पनि सञ्चालन भएको छ । सहकारीमार्फत् एउटा र कृषक समूह मार्फत् अर्को सञ्चालित छ । आर्थिक वर्ष २०७७/०७८ को सशर्त अनुदान मार्फत् लागत साझेदारीमा कृषकहरुलाई गाई, भैंसी तथा बाख्रा पनि वितरण गरेका छौं । कृषकहरूको लागत साझेदारीमा पशुपालन तथा कृषक समूह पनि गठन भएको छ । व्यवसायी बनेर आर्थिक समृद्धि गर्छु भन्नेलाई गाउँपालिकाले कृषि, पशुपालनलगायतको पकेट क्षेत्र बनाएर अनुदान दिँदै आएको छ । पालिकावासीलाई व्यवसायी बन्न प्रोत्साहित गरेका छौं । यहाँका युवा कृषिमा जोडिएको देख्दा पालिकावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना कृषि नै मुख्य हुन सक्छ भन्ने हाम्रो ठम्याइ छ । पालिकामा हामी विभिन्न चेतनामूलक कार्यहरु पनि गरिरहेका हुन्छौं । दैलेख जिल्लाभरीकै मुस्लिमहरूको मदरसा पनि पालिकाको वडा नं. ३ मा रहेको छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि हामीले पनि गाउँपालिकामा उच्च सतर्कताका साथ सावधानी अपनाइरहेका छौं । कोरोना रोकथाम र उपचार र नियन्त्रणका लागि क्वारेन्टीन, आइसोलेसन व्यवस्थापन देखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रमहरु गर्यौं । हामीले विकास बजेट कटाएर बरु कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्यौं । कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं । सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरू सहितको पर्चा छपाई आम जनताहरुलाई वितरण तथा माईकिङ मार्फत प्रचारप्रसार गर्ने काम गर्र्यौं । लकडाउनको पूर्ण पालनाको लागि हाम्रा सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू, राजनैतिक पार्टीका प्रतिनिधिहरू, सामाजिक अगुवाहरू खटिनु भएको थियो । स्वास्थ्य संस्थाहरू शानिबारसमेत २४ सै घण्टा खुल्ला राखी सेवा प्रदान गरिरहेका छौं । गाउँपालिकाको सबै स्वास्थ्यचौकीहरूमा आवश्यक औषधीलगायत अन्य स्वास्थ्य सामग्रीहरू पनि व्यवस्थापन गरेका छौं । स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि गराउन स्वास्थ्य संस्थाहरूमा म आफैं पुगी नियमित रूपमा वहाँहरूलाई हौसला दिने गरेको छु भने उहाँहरुलाई आवश्यक पिपिईको समेत व्यवस्था गरेका छौं । अन्य जिल्लाबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टीनमा राखी नियमित रूपमा निगरानी गरिरहेका छांै । कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाम्रो सामु थुप्रै चुनौतीहरू आए तरपनि डटेर अगाडि बढ्यौं । प्रहरी प्रशासनसँग नजिकको समन्वय गरिरहेका छौं । हाल पालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम पनि सञ्चालनमा छ । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि यहाँका ३ जना नागरिकहरूलाई गुमाउन पुगेका छौं । यो ४ वर्षमा के–कस्ता ठूला चुनौती र समस्या आए त ? स्वभाविकरूपमा काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । शुरुमा संघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । हाल पनि पालिकामा कर्मचारीको अभाव नै छ । कर्मचारीको अभाव भएको कारण करारमा कर्मचारी राखेर भएपनि जनतालाई सेवा दिएका छौं । विकास निर्माणको काम गर्ने वा कार्यान्वयन गराउने वेलामा हामी कोभिडको सामना गरिरहेका छौं । चुनौती धेरै थिए । चुनौती बिचमा अवसर खोज्दै अगाडि बढेका छौं । हाम्रो गाउँपालिकाको वडा नं. १ को दक्षिणमा सदाबहार बलिरहने ज्वाला छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिले चिन सरकारसँग समन्वय गरेर चिनको वैज्ञानिक विशेषज्ञका टोलीलाई बोलाएर पेट्रोलियम पदार्थको उत्खनन काम पनि सुरुवात गराउनुभएको छ । गत वर्ष निक्कै नै पेट्रोलियम पदार्थको उत्खनन भएको छ । नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको उत्खनन गर्नको लागि बजेट विनियोजन गरेको छ । पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको थियो । यदि श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ उत्खनन गर्न हामी सफल भयौ भने यो पेट्रोलियम पदार्थको विकासले हाम्रो भैरवी गाउँपालिका समृद्ध हुन्छ । पेट्रोलियम पदार्थको उत्खनन भयो भने नेपाल राज्य समृद्ध रहेर अन्तर्राष्ट्रिय जगतमा समेत तेल निर्यात गर्ने भैरवी बासिन्दा भनेर पनि हाम्रो परिचय हुनेछ । हामीलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार यहाँ पेट्रोलियम पदार्थ छ भन्ने चिनको ल्याब टेस्टको रिपोर्ट छ । अब सरकारले यो विषयलाई उच्च प्राथमिकता दिएर पेट्रोलियम पदार्थको उत्खनन गरेमा दैलेखमा आर्थिक विकासका गतिविधि बढ्ने र जनताको आर्थिक अवस्था पनि सुदृढ हुनजाने सम्भावना छ । निरन्तर बलिरहेको ज्वाला अब पेट्रोलियम पदार्थका रूपमा भण्डारमा परिणत हुने र नेपालको मानचित्रमा दैलेख जिल्लामात्र नभई नेपालले नै नयाँ स्वरुप लिने छ भन्नेमा विस्वस्त छु । आर्थिक वर्ष ०७८/७९ को लागि बजेट विनियोजन गर्दा कुन पक्षलाई केन्द्रमा राख्नुभएको छ ? यो हाम्रो कार्यकालको अन्तिम बजेट हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक क्षेत्रमा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । कृषकहरूलाई उत्पादनतर्फ प्रेरित गरेका छौं भने पशुपालनका कामलाई पनि अघि सारेका छौं । युवा, बालबालिका, दलित, जनजाति, सिमान्तकृत, अपाङ्गलगायतलाई सम्वोधन हुनेगरी अघि बढेका छौ । कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्यमा केही बजेट छुट्याएका छौं । महामारी नियन्त्रण गर्न कार्यक्रम बनाएका छौं । पालिकाले स्वास्थ्य, भौतिक पूर्वाधार अनि कृषि तथा रोजगारीलाई बढी प्राथमिकता दिएर बजेट ल्याएको छ भने आगामी आर्थिक वर्षमा कोभिड महामारीबाट पालिकाका बासिन्दाको जीवन रक्षा गर्दै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य पनि बजेटले लिएको छ । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी संबोधन गर्ने गर्नुभएको छ ? जनताले धेरै कुराको अपेक्षा राखेका छन् । विशेषतः यहाँका जनताको माग भनेको सडक नै हो । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भन्ने कुराहरु आएको छ । भौतिक पूर्वाधारसम्बन्धी पनि धेरै चाहना छन् । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । सामाजिक र समावेशी ढङ्गबाट आउने मागहरूलाई हामीले प्राथमिकतामा राख्ने गरेका छौ । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर धेरै भन्दा धेरै मागलाई संबोधन गर्ने प्रयास गरिनै रहेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । सधैंभरी सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु । हामी सबै मेलमिलापको तरिकाले अगाडि बढ्यौं भने अवश्य पनि धेरै कुरामा सफलता मिल्नेछ । नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । नयाँ नेपाल निर्माण हुनुमा भैरवी जनसमुदायको पनि महत्वपुर्ण योगदान रहेको हुन्छ ।