रास्वपाको ४४ ठाउँमा अग्रता, कांग्रेस र एमाले अपेक्षाभन्दा कमजोर
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत मतगणनामा अहिलेसम्म अधिकांश ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ । मतगणना जारी रहेका क्षेत्रमध्ये ४४ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने कांग्रेस ५, एमाले ४ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् । रास्वपाका उम्मेदवारम काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं–२ सुनिल केसी, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, काठमाडौं–५ मा सुस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं – १० मा प्रदीप विष्ट अगाडि छन् । रूपन्देही – २ मा सुलभ खरेल, धनुषा – ३ मा मनिष झा, मोरङ – ४ मा सन्तोष राजवंशी, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन–२ मा रवि लामिछाने, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन् । यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा. लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन), तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् । कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेका छन् । एमाले चार ठाउँमा अगाडि छ । रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, चितवन–१ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् । कांग्रेस ५ क्षेत्रमा अगाडि छ । ललितपुर –१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली – १ मा जनकराज चौधरी, तेह्रथुम–१ सन्तोष सुब्बा र रसुवा १ मा मोहन आचार्यले अग्रता लिइरहेका छन् । नेकपा २ स्थानमा अग्रता लिइरहेका छन् । रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही जुम्लामा अगाडि छन् ।
काठमाडौंमा रास्वपाको लहर: सबै क्षेत्रमा अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राजधानी काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहर देखिएको छ । गएरातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिँदै ‘क्लिन स्वीप’तर्फ उन्मुख देखिएका छन् । काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने स्पष्ट अग्रतासहित विजयउन्मुख देखिएकी छन् । उनले १० हजार ५ सय ८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री ४ हजार ७ सय ३३ मतसहित पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र २ हजार ७ सय ४४ मतसहित तेस्रो स्थानमा छन् । काठमाडौं-२ मा रास्वपाका सुनिल केसीले अग्रता कायम गरेका छन् । उनले ४२४ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुँयाल २३६ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका कबिर शर्मा १८९ र राप्रपाकी कुन्तिदेवी पोखरेल ५७ मतमा सीमित छन् । काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे ४ हजार ६ सय ४९ मतसहित अगाडि छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३ हजार ३ सय ४१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४ सय ८१ र नेकपा एमालेका रामेश्वर फुँयालले ९ सय ४९ मत प्राप्त गरेका छन् । काठमाडौं-४ मा रास्वपाका पुकार बम ३ हजार ९ सय २२ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सचिन तिमिल्सिना १ हजार ९५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका राजन भट्टराई ९ सय ५६ मतमा छन् । काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेल ३ हजार ७ सय मतसहित अगाडि छन् । नेपाली कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका ईश्वर पोखरेल ६ सय ९९ मतमा सीमित छन् । काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल ४ हजार ६ सय ५४ मतसहित उल्लेख्य अग्रतामा छन् । उनका प्रतिस्पर्धी एमालेका अमनकुमार मास्के र नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्रीले भने हजार मत पनि कटाउन सकेका छैनन् । काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली ४ हजार ६ सय ७७ मतसहित फराकिलो अग्रतामा छन् । एमालेका प्रकाश श्रेष्ठ र कांग्रेसका प्रमोदहरि गुरागाईंले हजार मतको सीमा समेत पार गर्न सकेका छैनन् । काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७ हजार ६ सय १७ मतसहित बलियो अग्रतामा छन् । अन्य दलका उम्मेदवारहरू भने हजार मत पनि पार गर्न सकेका छैनन् । काठमाडौं-९ मा रास्वपाका डिपी अर्याल १ हजार ५ सय ५२ मतसहित अगाडि छन् । नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोला २६१ मतसहित दोस्रो स्थानमा छिन् भने नेकपा एमालेका अजय क्रान्ति शाक्य १५२ मतमा छन् । काठमाडौं-१० मा रास्वपाका प्रदीप विष्ट ५ हजार ७ सय ६५ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका हिमाल कार्की १ हजार ७८ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत प्राप्त गरेका छन् । काठमाडौंका केही क्षेत्रमा मध्यरातिदेखि नै मतगणना सुरु भएकाले आज साँझसम्म धेरै क्षेत्रको अन्तिम परिणाम सार्वजनिक हुने अनुमान गरिएको छ । बाँकी केही क्षेत्रको नतिजा भने राति अबेर वा भोलि बिहानसम्म आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री शाहद्वारा मतदान
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीचुहा नगरपालिका-१ स्थित कालिका मावि मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उनले आज केहीबेर अघि मतदान गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी पूर्वमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले कैलाली क्षेत्र नं ४ अन्तर्गत गोदावरी नगरपालिका-१ स्थित घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन् । यहाँ मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कैलाली निर्वाचन क्षेत्र नं ५ अन्तर्गत धनगढी उपमहानगरपालिका ८ का १०१ वर्षीय ज्येष्ठ नागरिक रघुनाथ जोशीले धनगढी मावि मतदान केन्द ‘घ’ मा मतदान गरेका छन् । यसैगरी भीमदत्त नगरपालिका १० निवासी १०६ वर्षीय ज्येष्ठ नागरिक गङ्गादत्त भट्टले कञ्चनपुर क्षेत्र-३ अन्तर्गतको सिद्धनाथ मावि जिमुवा मतदान केन्द्र ‘ख’ मा मतदान गरेका छन् ।