राष्ट्रिय तेकवान्दो संघ नेपालको राष्ट्रिय रेफ्री तालिम सुरु

काठमाडौं। राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु भएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राज्यले खेलकुदको क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन नसकेका बताए । असोज १४ गतेसम्म भरतपुरको कबर्ड हलमा हुने रेफ्री तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी भएका रेफ्रीहरुले मात्रै तेकवान्दोको स्थानीय, जिल्ला स्तरीय, प्रदेश तथा राष्ट्रिय प्रतियोगिता खेलाउन पाउने राष्ट्रिय तेकवान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

च्याम्पियान्स् लिगको पहिलो खेलमै मेसीको सानदार ह्याट्रिक

काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । म‌‍‌‍‍‍‍‍गलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले ३ गोल गरेका हुन् । यस्तै अर्को गोल ओसामाने डेम्बेलेले गरे । खेलमा बार्साका डिफेन्डर स्यामुएल उमटीटीले रातो कार्ड खादैं मैदान बाहिरिएका थिए ।

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’ मा

काठमाडौँ। आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो। त्यसअघिका संस्करणमा भने नेपाल अन्तिम चरणमा आएर भारतसँग पराजित हुँदै आएको थियो । प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन । यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण हो। रासस