तस्विरमा महिला पत्रकारको फुटबल क्रेज

काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्धारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २-१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो । फुटबल प्रतियोगिताको उपाधि उचाल्दै प्रिन्ट मिडिया विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन । प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो । जितपछिको उमंग- प्रिन्ट मिडिया विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका छन् । खेलाडीहरू सँग खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरेका छन् । खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्मााण थालिने बताए । सो अवसरमा मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्सहानस्वरुप १० हजार रुपैयाँ महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरेका छन् । फुटवल क्याप्टेन उपाधि उचाल्दै चमिना भट्टराई नियमानुसार एकपटक खेलाडी परिवर्तन भएर मैदानबाट बाहिर निस्किएका खेलाडी पुनः मैदान प्रवेश गर्न पाउँदैन, तर महिला पत्रकार बाहिर निस्केको केहीबेरमै मैदान प्रवेश गर्न पाउनुपर्यो भन्दै रेफ्रीलाई दबाब दिएको दृश्य हेर्न लालयीत हुन्थ्यो । अर्कोतर्फ जब खेलाडी परिवर्तन गर्न खोज्यो खेलाडी बाहिरै आउन नमान्ने दृश्य झनै रोचक थियो । झनै प्रिन्ट मिडियाद्वारा पराजित भएपछि रेडियोका खेलाडीले मैदानमै देखाएको व्यवहार लाजमर्दो नै थियो । पराजय भएपछि उनीहरु रेफ्री र अफिसिलमाथि आइलागेका थिए । तीन वर्षअघिदेखि एन्फामा रेफ्रीका रुपमा कार्यरत राधिका शाक्यले शनिबारको खेल अचम्मको भएको प्रतिक्रिया दिइन् । महिला सञ्चारकर्मीमा फूटबलबारे सामान्य खाले जानकारीसमेत नभएको बताइन् । खेलमा धेरै गल्ती भए पनि आफूहरुले कार्ड प्रयोग गर्नुको सट्टा खेलाडीलाई सम्झाउँदै खेल खेलाएको बताइन् । तर कतिपयले सम्झाउँदासमेत नमानेको उनको भनाइ छ । उत्कृष्ट गाेलकिपर- बिजु मर्हजन भर्खरै सगरमाथा अरोहण गरेकी कारोबार राष्ट्रिय दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठले मैदानमै गएर फूटबल खेलेको जीवनकै पहिलो अनुभव भएको बताइन् । उनले भनिन्, “रमाइलो भयो तर, नियमपूर्वक खेल्न सकिएन ।” त्यस्तै कारोबारकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव पनि उस्तै रह्यो, उनले भनिन् “फूटबल खेल्न भन्दा फोटो खिच्नै सजिलो ।” अर्की सञ्चारकर्मी प्रगति ढकालले मैदानमै फूटलब खेलेको पहिलो अनुभव भएको बताउँदै यस्ता खाले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताइन् ।

मेसी रानाल्डो फिफा वर्ष खेलाडीको उत्कृष्ट १० मा, २६ अर्बका नेइमार अटाएनन्

काठमडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । उनीलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरो करिब २६ अर्ब नेपालीमा किनेको थियो । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्दै आएको छ । फिफा वर्ष प्रशिक्षकमा विश्व बिजेता फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, क्रोएसियाका लाट्को डालिस, म्यानचेस्टर सिटीका पेप ग्वार्डिवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेको फिफाले जनाएको छ । फिफाले विश्वभरका राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गर्ने गर्दछ ।

३३ वर्षिय रोनाल्डोको शरीर २० वर्षे ठिटो जस्तो, एम्बाप्पेभन्दा ३३ किमी प्रतिघण्टा छिटो दौडने

काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ३३ वर्ष पुगेपनि उनको शरिर २० वर्षको जस्तै युवा देखिएको छ । युभेन्टसकाे मेडिकल टीमले उनको शरिर २० वर्षको जस्तो रहेको सार्वजनिक गरेको हो ।   मेडिकल रिर्पोट अनुसार उनी अहिले ३३ वर्षको भएपनि २० वर्षका युवा जसरी फुटबल खेलिरहेका छन् । उनको शरिरमा ७ प्रतिशत मात्र बोसो रहेको छ । सामान्यतय उनको उमेरका अन्य खेलाडीको १० प्रतिशत भन्दा बढी बोसो हुने गर्छ । उनको शरिरमा ५० प्रतिशत मासंपेशी रहेको छ, यो अन्य खेलाडीको भन्दा ६ प्रतिशत बढी हो । बिइन स्पोर्टको अनुसार रोनाल्डो विश्वकपको सबैभन्दा छिटो दौडने खेलाडी हुन् । मेडिकल रिर्पोट अनुसार रोनाल्डो एम्बाप्पे भन्दा ३३.९८ किलोमिटर प्रतिघण्टाको दरले छिटो दौडिएका छन् । तर मेडिकल रिर्पोटमा उमेर अनुसार तुलना गरिएको छ । केलियन एम्बाप्पे अहिले १९ वर्षका रहेका छन् भने रोनाल्डो उनीभन्दा १४ वर्ष जेठो रहेका छन् । विश्वकपमा राम्रो प्रर्दशन गरेको रोनाल्डोलाई रियल म्याड्रिडले ११७ मिलियन युरोमा बिक्री गरेको हो । उनले रियललाई लगातार तेस्रो वर्ष च्याम्पियान्स् लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनलाई युभेन्टस्ले ४ वर्षको सम्झौता गरेको छ ।