महालक्ष्मी कर्पोरेट क्रिकेट लिग, श्रृङखला २ को आयोजना

काठमाडौं । महालक्ष्मी विकास बैंकको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यहि जेठ २० गते शनिबार देखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले जर्सी सार्वजनिक गरेका थिए । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द« गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नुका साथै समुह विभाजन गरेका थिए । उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताए । लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलिलाई ४ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युटृयुब च्यानल मार्फत हुनेछ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाईने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

कीर्तिपुर र मुलपानी क्रिकेट रंगशाला २ वर्षभित्र स्तारोन्नती गरिने

काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए । चितवनको भरतपुर, कैलालीको फ्पला, बैतडीको दशरथचन्द र मोरनको विराटनगर क्रिकेट रंगशालाको पूर्वाधार निर्माण पक्रिया अगाडी बढाइने पनि उनले बताए ।