गुरु न्यौपानेले त्रिशुली-गल्छी जलविद्युतको क्षमता घटाएपछि अपी पावरको हकप्रद के हुन्छ ?
काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटेपछि मुल प्रवद्र्धक अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन हुन्छ वा हुदैन अन्यौलता देखिएको छ । प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले आयोजनाका लागि श्रोत जुटाउन कठिन भएपछि ५० मेगावाट क्षमता घटाएर २६ मेगावाट कायम गराउन लागेको छ । त्यसका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिईसकेको छ । सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएको छ । सिद्धकालीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै सर्वसाधारणबाट करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ । आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावरको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो । अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएको छ । बोर्डले अपीलाई अनुमति दिएको छैन् । भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ । यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् । पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् । सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको बाँध नुवाकोटको साबिकको रातमाटे गाबिस र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।
नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २६१३ रुपैयाँ
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४५.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २४४३ रुपैयाँ रहेको थियो ।
ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए । पौड्याल भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।
काला बजार ऐन संसोधन विरुद्ध सर्वाेच्च अदालतको ‘कारण देखाउ’ आदेश
काठमाडौं । सर्वाेच्च अदालतको सवैधानिक इजलासले काला बजार तथा अन्य केहि सामाजिक अपराध नियन्त्रण ऐन, २०३२ संसोधन विरुद्ध कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायधिस गोपाल प्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासले १५ दिन भित्र कारणसहित उपस्थित हुन सरकारका नाममा आदेश दिएको हो । काला बजार ऐन संसोधन विरुद्ध अधिवक्ता जगन्नाथ मिश्रले सवैधानिक इजलासमा रिट दायर गरेका थिए । काला बजार ऐनमा रहेको १० बर्ष, ५ बर्ष र ३ बर्षसम्मको कैद सजाय र विगो बमोजिमको जरिवाना गर्ने व्यवस्थालाई संसोधन गरेर एक बर्षसम्म कैद र २ लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकारका कानुन मन्त्री अग्नी खरेलको अगुवाईमा २०७२ फागुनमा ऐन संसोधन भएको थियो । संबिधानको धारा १५२ मा एक बर्षभन्दा बढि सजाय हुने मुद्धा माात्रै अदालतसम्म लैजानुपर्ने व्यवस्था रहेकाले काला बजारमा संलग्नहरुलाई छुटकारा दिने उदेश्यले ऐन संसोधन गरिएको अधिवक्ता मिश्रले बताए । ‘संबिधानले १ बर्ष भन्दा बढि सजाय हुने मुद्धा अदालत लैजानु पर्छ भनेको छ, काला बजार ऐन संसोधन गरेर एक बर्षसम्म सजाय हुने व्यवस्था गरियो र काला बजारीयाहरुलाई सिडिओ मार्फत उन्मुक्ति दिने प्रयास गरिएको थियो, त्यसैले म अदालत गएको हुँ’, अधिवक्ता मिश्रले विकासन्युजसँग भने । उनले काला बजारियाहरुलाई सिडिओको मातहतमा कारवाही गर्ने व्यवस्थाले काला बजारलाई झन प्रश्रय दिने समेत बताए ।
सहयोगी विकास बैंकको साधारणसभा पुस १५ मा, साढे २४ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । सहयोगी विकास बैंकको साधारणसभा पुस १५ गते बस्ने भएको छ । साधारणसभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले हुन आउने ८ करोड ४९ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरको हो ।
जनरल इन्स्योरेन्स कम्पनीका संस्थापकले पैसा हाल्न मानेनन्
काठमाडौं । बीमा समितिबाट सेवा सञ्चालनको प्रारम्भिक अनुमति(एलओआई) लिएको जनरल इन्स्योरेन्स कम्पनी नेपालका संस्थापक लगानी कर्ताले नै पैसा हाल्न अटेर गरेका छन् । संस्थापक सेयरधनीले नै पैसा नहालेपछि कम्पनीले तेश्रो पटक सार्वजनिक सूचना प्रकाशित गरेको छ । मंसिर मसान्तभित्र पैसा जम्मा नगर्ने संस्थापकहरुको सेयर अन्यलाई बेच्ने पनि कम्पनीले चेतावनी दिएको छ । कम्पनीले असोज २३ गते, कात्तिक २८ गते र मंसिर १३ गते गरि तीन पटक सार्वजनिक सूचना प्रकाशित गरेर लगानीका प्रतिवद्धता गरिएको रकम जम्मा गर्न संस्थापकहरुलाई आग्रह गरेको हो । ‘मंसिर मसान्त भित्र लिन कबुल गरेको रकम सानिमा बैंकको खातामा जम्मा गर्न सुचित गरिन्छ, १५ दिन भित्र रकम जम्मा नगर्नेहरुलाई संस्थापक सेयरधनी कायम गर्न नसकिने र उक्त सेयर कानुन बमोजिम अन्य व्यक्तिहरुलाई बिक्रि गरिने व्यवहोरा समेत यसै सूचनाद्धारा सुचित गरिन्छ’, जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको सूचनामा लेखिएको छ । संस्थापक लगानी कर्ताले १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । संस्थापक भनिएका लगानी कर्ताले सेयरका लागि पैसा नहालेमा अन्य लगानी कर्ताले १५ प्रतिशत नबढ्ने गरि लगानी गर्न सक्ने बीमा समितिका साम्भराज लामिछानेले बताए । बाहिरका लगानीकर्ताले भने संस्थापक सेयरका लागि पैसा हाल्न पाउने छैनन् । बीमा समितिले पुस १७ गतेभित्र संस्थापक सेयर धनीको हिस्सा वापतको रकम जम्मा गर्न भनेको थियो । संस्थापकको हिस्सामा पर्ने ७० करोड पुँजीमध्ये ५५ करोड बैंक खातामा जम्मा गरेर बीमा समितिलाई एअर मार्क गर्नुपर्ने व्यवस्था रहेको छ । बाँकी १५ करोड भने कम्पनीले सञ्चालन खर्चका लागि आफै उपयोग गर्न पाउनेछ । बीमा समितिबाट बीमा कम्पनी सञ्चालनका लागि आसय पत्र लिएको कम्पनीमा १५० जना संस्थापक सेयरधनी हुने विवरण पेश गरिएको छ । जसमा प्रथम सञ्चालकमा रुपमा पुर्व बैंकर बोहराको नाम रहेको छ । कम्पनीमा बोहरासहित प्रेमनीधी ज्ञवाली, उपेन्द्र पौडेल, राजेन्द्रलाल बज्राचार्य, देवेन्द्र बहादुर शाह, डम्बर सिंह ऐर, सिनर्जी फाइनान्स, जनता बैंक र मेगा बैंक लगायत संस्थापक लगानी कर्ताका रुपमा रहने उल्लेख गरिएको छ ।
एनआईबीएल र एस क्यापिटलले मर्जरमा जान मंसिर २९ गते बोलाए विशेष साधारणसभा
काठमाडौं । दुई मर्चेन्ट बैंकर एकआपसमा (मर्जर) गाभिने भएका छन् । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्जरमा जान मंसिर २९ गते विशेष साधारणसभा बोलाएका छन् । दुबैको सञ्चालक समितिले निर्णय गरे बमोजिम १ बराबर १ अनुपातमा सेयर स्वामित्व (स्वाप रेसियो) रहने गरी मर्जरमा जाने प्रस्ताव साधारणसभामा पेश हुने भएको छ । मर्जरपछि कम्पनीको नाम एनआईबीएल एस क्यापिटल लिमिटेड रहने भएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि दुबै संस्था मर्जरमा जान लागेका हुन् ।
वेष्ट फाइनान्सले शुक्रबारदेखि सेयर नपरेको रकम फिर्ता दिने
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद बाँडफाँडमा नपरेको रकम शुक्रबारदेखि फिर्ता गर्ने भएको छ । फाइनान्सले हकप्रद निष्कासन गर्दा रितपुर्वक आवेदन दिने ४६६ सेयरधनीलाई १३ लाख ६२ हजार ६१९ कित्ता हकप्रद सेयर बाँटफाँट गरिएको जानकारी दिएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशत अर्थात १६ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।