नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी
नुवाकोट । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् । विहिबार नुवाकोटको देवीघाट र खरानीटारमाआयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधनगर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवनहुने बताए। ‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदातापनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासकालागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसकालागि यसपटक कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे । ‘तपाईहरू नेपालीकांग्रेसलाई बहुमतदिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आममतदाताहरूलाई आव्हान गरे, ‘राजनीतिक स्थिरता भयो भने नेपालपनिचिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’ नेपाली कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि विहिबार नुवाकोटका कांग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुगेका हुन् । ‘२०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्तअभियानलाई सफलबनाउनकांग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भने– यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो ।आजप्रत्येक नेपालीको हातमामोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मकनतिजा रहेको पनिउहाँले बताए । तर, विकास अभियानलाई तिब्र गतिमा दौडाउनुको विकल्प नरहेकोमाजोड दिदै उहाँले त्यसकै लागिआफुले कांग्रेस पार्टी रोजेको पनि बताए । नेपालको आर्थिक समृद्धिको अभियानमाआफुले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उनले बताए । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासकालागि उपयोग गर्नु आवश्यक छ । उनीहरुले विदेशमाआर्जन गरेको विकासको अनुभवलाई यहाँकार्यान्वयनगर्ने वातावरण मिलाउनुपर्छ, चौधरीले भने ।
भारतले तोक्यो प्याजको निर्यात मूल्य, नेपालमा के होला ?
नयाँ दिल्ली । भारतले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको छ । भारतले प्याजको मूल्यवृद्धिमा अंकुश लगाउँदै भारतीय सरकारले प्याजको निर्यात मूल्य ८ सय ५० अमेरिकी डालर प्रति टन तय गरेको छ । घरेलू बाजारमा प्याजको आपूर्ति बढाउन र मूल्यवृद्धि नियन्त्रण गर्न भारतले प्याजको निर्यात मूल्य तोकेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलका अनुसार नेपालमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । भारतले निर्यातमा अंकुश लगाएपछि नेपाली प्याजको बजार पनि प्रभावित हुनेछ। समितिका अनुसार हाल नेपालमा प्याजको मूल्य प्रति किलो ८५ रुपैयाँ रहेको छ । एक महिनामा प्याजको मूल्य प्रति किलो १५ प्रतिशतले महंगिएको छ । प्याजको निर्यात अब ८५० डालर प्रति टनभन्दा कम भाउमा गर्न नपाइने भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । सरकारले यस अगाडी गत २०१५ मा प्याजको न्युनतम मूल्य घटाएको थियो । विदेश व्यापार महानिदेशालय डीजीएफटीका अनुसार, प्याज का निर्यात आगामी ३१ डिसेम्बर २०१७ सम्म क साखपत्र एलसी मार्फत ८५० डलर प्रति टनको न्यूनतम निर्यात मूल्यमा कारोबार गर्नुपर्नेछ ।
भारतबाट मल आयात खुल्यो, चिनी अझै आइपुगेन
काठमाडौं । भारतबाट मल भित्रिन सुरु गरेको छ । भारतीय रेलवे बोर्डले रेलवेको सामान बोक्ने र्याकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेपछि मल भित्रिन थालेको हो । भारतले रेलवे र्याकमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजार वीरगञ्जमा चिनी र मलको आयात रोकेको थियो । लगातारको कुटनीतिक पहलपछि मल बिहिबारदेखि भित्रिन थालेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागिय प्रमुख पंकज जोशीले जनाएका छन् । उनले भने, ‘करिब १ महिना बढी लामो प्रयासपछि आजबाट मल भित्रिएको छ ।’ सरकारले कलकत्ता बन्दरगाहमा उत्पन्न अवरोध तथा भारतले र्याकमा प्रतिबन्ध लगाएपछि मल आपूर्ति गर्न सकेको थिएन । जोशीका करिब १ महिनादेखि ४० हजार मेट्रिक टन मल र १० हजार मेट्रिक टन चिनी भारतको हल्दियास्थित गोदाममा थन्किएर बसेका छन् । आज करिब १ र्याक मल भित्रिएको उनले बताए । कलकत्तामा ७ किलोमिटर लामो रेलको लिग बिग्रेपछि यस्तो समस्या देखापरेको थियो । हल्दियामा रेलवे बोर्डले र्याकमा प्रतिबन्ध लगाएपछि चिनी तथा मल आपूर्तिमा अवरोध पुगेको थियो । चिनी आइपुगेन १० हजार मेट्रिक टन बराबरको चिनी भने आयात भएको छैन । उनले भने, ‘एउटा ठुलो समस्या पार लागेको छ । तर भारतले कतिदिनसम्म मल भित्र्याउन दिने भन्नेबारे सशंय कायम नै रहेको छ ।’ साल्ट ले आगामी निर्वाचनसम्म अत्यावश्यक वस्तु मानिने चिनीको अभाव नहुने जानकारी दिएको छ । जोशीका अनुसार साल्टसँग अहिले १० हजार मेट्रिक टन चिनी मौज्दात छ, जुन १ महिनाका लागि धान्न पुग्छ । उनले भने, ‘चुनावसम्म त चिनीमा हामीलाई पुग्नेजति मौज्दात छ ।’
रुपन्देहीमा सुरु भयो स्मार्ट कक्षा, २१ वटा आधुनिक कम्प्युटरका साथ प्रभावकारी शिक्षा प्रणाली
बांकासिहा । रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका-४ को एउटा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा सञ्चालनमा आएको छ । बांकासिहा गाँउमा अवस्थित सुण्डी माध्यमिक विद्यालयमा स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थीले प्रभावकारी तवरले शिक्षा लिइरहेका छन् । कोरिया इन्भाइरोमेन्ट कोर्पोरेशन (के-इको)को १६ लाख रुपैयाँ बराबरको आर्थिक सहायतामा उक्त कक्षा सञ्चालन भएको हो । अहिले विद्यालयमा २१ वटा नयाँ आधुनिक कम्प्युटर तथा बाउन्डरी वाल छन् । चर्चित कोरियाली परवतारोही कप्तान उम होङ गील, के-इकोका चुङचेओङ क्षेत्रका कार्यकारी निर्देशक किम जोङ युब, विद्यालय निरीक्षक लक्ष्मण ज्ञवाली, उपाध्यक्ष तारादेवी यादव, सुण्डी माध्यामिक विद्यालय व्यवस्थापन कमिटीका सभापति अरुण कुमार तिवारी, हेडमास्टर सत्तिश चन्द्रमणी त्रिपाठी लगायतले बुधबार स्मार्ट कक्षाको उद्घाटन गरेका थिए । के-इकोले कम्प्युटर कक्षका लागि २१ वटा फर्निचर पनि उपलब्ध गराएको छ । यस विद्यालयमा मुशहर, लोध, हरिजन, धवाल जस्ता करिब सात सय जना सिमान्तकृत वर्गका विद्यार्थीहरु अध्ययनरत छन् । त्यस्तै, डङ गोकले शैक्षिक सामग्री विकास केन्द्रबाट स्विकृत शैक्षिक सफ्टवेयर सहितको एउटा नयाँ स्मार्ट बोर्ड प्रदान गरेका छन् । दुई वर्ष अगाडी कोरियाली अन्तराष्ट्रिय गैरसरकारी संस्था उम होङ गील ह्युम्यान फाउण्डेसनले विद्यालयका पूर्वाधारको निर्माण गरेको थियो । कार्यक्रममा बोल्दै उमले विद्यार्थीलाई नेपालको सक्षम नागरिक बन्नका लागि कडा मिहिनेत गर्न आग्रह गरेका छन् । त्यस्तै विद्यार्थीले स्मार्ट कक्षाबाट फाइदा लिन सक्नेमा किमले विश्वास व्यक्त गरेका छन् । उनले भने,’भगवान बुद्धको जन्मभुमी लुम्बिनीमा बस्ने मानिसहरुको सेवा गर्न पाउँदा निकै खुशी लागिरहेको छ ।’
ओलम्पिया र आइडियल अल्फा बिटा फुटसलको क्वार्टर फाइनलमा, पहिलो विजेतालाई १ लाख रुपैयाँ नगद
काठमाडौं । ओलम्पिया कलेज र आइडियल कलेजले प्रथम अल्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । शंखमुलस्थित शंखमुल फुटसलमा बुधबारबाट शुरु भएको फुटसल प्रतियोगितामा ओलम्पिया र आइडियलले समूह ‘बी’ मा दोहोरो जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओलम्पियाले ओलम्पियाले पहिलो खेलमा लिटिल एन्जल्र्सलाई ३-१ ले पराजित गर्दा दोस्रो खेलमा नामी कलेजलाई ४-० ले पराजित गर्यो । यस्तै पहिलो खेलमा नामी कलेजलाई ४-० ले पराजित गरेको आइडियलले दोस्रो खेलमा लिटिल एन्जल्र्सलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । यि दुई टिमले बिहिबार समूह विजेताका लागि खेल्नेछ । दुवै कलेजको समान दुई खेलबाट ६ अंक छ । पराजित भएको लिटिल एन्जल्र्स र नामी कलेज प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, प्रतियोगिता अन्तर्गत बुधबारै भएको अर्काे खेलमा समूह ‘ए’ को साइपाल एकेडेमी र समूह ‘सी’ को ह्वाइटहाउस कलेजले दोहोरो जित निकालेको छ । साइपालले पहिलो खेलमा लिभरपुलमाथि ४-२ को जित निकाल्दा दोस्रो खेलमा कान्जिरोवालाई ४-० ले पराजित गर्यो । ह्वाइटहाउसले ह्वाइटफिल्ड र इनसाइड भिजनलाई समान ४-१ को नतिजामा पराजित गर्यो । अन्य खेलमा लिभरपुलले युनिग्लोबलाई, कान्जिरोवाले युनिग्लोबलाई, इनसाइड भिजनले ब्रिटिस कलेजलाई पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत बिहिबार पनि समूह चरणको खेलहरु हुने प्रतियोगिता संयोजक तथा पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले जानकारी गराए । प्रतियोगितामा राजधानीका विभिन्न १६ कलेजको सहभागिता रहेको थियो । १६ कलेजलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुने टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको क्वार्टरफाइनलबाट खेलको ‘म्यान अफ दी म्याच’ले १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अरुण तेस्रो जलविद्युतको ठेक्का भारतको जेपीले पायो, आयोजनाको काम सुरु
काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश (जेपी) कन्ट्रक्सन लिमिटेडले पाएको छ । प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जेपीबीच नयाँदिल्लीमा ठेक्का सम्झौता भएको छ । ठेकेदार कार्यक्षेत्रमा परिचालन भइसकेको आयोजनाले जनाएको छ । ९ सय मेगावाट क्षमताको अयोजनाको प्रवद्र्धक भारतको एसजेविएनले बोलपत्र आब्हान गर्दा सबैभन्दा कम दर प्रस्तुत गर्ने जेपी छनौट भएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । लगानी बोर्डले आयोजनाको समय ६ महिना थपेको छ । प्याकेज २ अन्र्तगत विद्युत्गृह निर्माणका लागि पनि बोलपत्र आब्हान गरिएको छ । ४ प्याकेजमा आयोजनाको निर्माण हुनेछ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ । भारत निकासीका आयोजना बन्न लागेको हो । नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउने छ । आगामी २५ वर्षका लागि एसजेभीएनले अरुणको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाउनेछ । यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउनेछ । आयोजनाप्रभावित स्थानीयले ६ प्रतिशत (८० लाख कित्ता) सेयर पाउँदैछन् । प्रभावित ६ गाविसमा एसजेभीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजनाबाट वार्षिक ४ अर्ब १ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने सतलजले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)ले देखाएको छ । प्रतिस्पर्धाबाट सबैभन्दा बढी बिजुली दिने प्रस्ताव गरेपछि सतलजले सन् २००८ मा यो आयोजना पाएको हो । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युत्गृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।
एनसेलद्धारा ‘डिजिटल ज्याम’ आयोजना, कर्मचारीको डिजिटल प्रतिभालाई निखार्ने
काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (एनसेल) ले आफ्ना सबै कर्मचारीहरुमा बिहीबार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ । कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले यस कार्यक्रमको आयोजना गरेको हो । आजिआटा ग्रुपको पहलअन्तर्गत आयोजित सो कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै, डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरु बनाएका थिए । ‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृततान जमालुद्दिन इब्राहिमले भने । आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्तर्गत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृद्धिमा लगानी गर्ने कम्पनीले जनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले शुरु गर्यो भाइबर सेवा, रेमिट्यान्स क्षेत्रमा पहिलो
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा शुरु गरेको छ । उक्त भाइवर सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट , कम्यूटर लगायतबाट रेमिट्यान्स सेवाको सम्पुर्ण जानकारी लिन सकिने छ । सिटी एक्सप्रेसको भाइबर सेवामार्फत ग्राहकरुले पठाएको कारोबारको सम्पुर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्नेछन् । साथै, यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र भनएर जोसुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब ५ हजार भन्दा बढि एजेन्टहरुद्धारा सेवा प्रदान गर्दै आईरहेको छ ।