सहयोगि विकास बैंकको १६ हजार सेयर लिलामीमा, साउन ५ भित्रै अावेदन दिनुपर्ने
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ । यो बैंकले यही जेठ २ गतेबाट असार ४ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयरका विक्रीका लागि आवेदन नपरेको सेयर गोप्य शिलवन्दी मार्फत बोलकबोलका आधार विक्री गर्न लागको हो । यसको सेयर न्युतम एक सय रुपैयाँमा कबोल गरेर यही असार २९ देखि साउन ५ गतेभित्रै आवेदन दिइसक्नु पर्ने छ । यो बैैंकको उक्त सेयरको विक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड हो ।
टुरिजम बैंकको ८२ हजार संस्थापक सेयर लिलामीमा
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ । यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यो बैंकले यही असार २९ गतेदेखि साउन ५ गतेभित्र गोप्य शिलवन्दीमार्फत न्युनतन एक सय रुपैयाँ कबोल गरेर आवेदन पेश गर्न आग्रह गरेको छ । यो बैंकले उक्त संस्थापक सेयर बोलपत्रद्धारा विक्री गर्न विक्री प्रवन्धको रुपमा एनआईबीएल क्यापिटल मार्केट्सलाई बिक्री प्रवन्धक तोकिएको छ ।
१०७ वित्तीय संस्थाको इजाजत खारेज, १५२ वटा मर्जरबाट ४५ वटा भए
नेपाल राष्ट्र बैंकले १०७ वटा बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा गई अस्थित्व समाप्त गरेका बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र खारेज गरेको हो । बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकताभन्दा धेरै भएपछि केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिको नीति लिएको थियो । मर्जरलाई ध्यानमा राख्दै बैंकले आर्थिक वर्ष २०७३ ०७४ को मौद्रिक नीतिमार्फत ४ गुणासम्म चुक्ता पुँजी बढाउने नीति लिएको थियो । चुक्ता पुँजी बढाउने नीतिले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तीको नीति प्रभावरकारी देखिएको केन्द्रीय बैंकका गर्भनर डा. चिरन्जिवि नेपालले भने । हालसम्म १५२ संस्था मर्जर भएर ४५ वटा भएका छन् भने १०७ वटा खारेज भएका छन् । कारोबार दैनिकबाट ।
रणनीतिक साझेदारमा आउन लुफ्थान्साले माग्यो नाफाको ४२ प्रतिशत हिस्सा
काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारीका लागि इच्छुक जर्मन कम्पनी लुफ्थान्सा कन्सल्टिङले वार्षिक नाफाको ३५ देखि ४२ प्रतिशत आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । कम्पनीले निगमको नाफाबाट पहिलो वर्ष ३५ प्रतिशत, दोस्रो बर्ष ४० र तेस्रो वर्ष ४२ प्रतिशत नाफा आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । लुफ्थान्साले गरेको यो प्रस्तावसँगै यसले तीन वर्षको रणनीतिक साझेदारी शुल्कबापत ६८ करोड ६८ लाख ७६ हजार ४ सय ७१ रुपैयाँ पनि प्रस्ताव गरेको छ । लुफ्थान्साले पहिलो चरण र दोस्रो चरणको लागि २४ करोड ७६ लाख ५० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेको छ । भने यसले तेस्रो चरणका लागि ३३ करोड ६८ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको उल्ल्ेख छ । कारोबार दैनिकबाट ।
माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने, भारतहुँदै लैजाने सहमति
काठमाडौं । भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ । उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो । भारतीय कम्पनी एनटीपीसी व्यापार निगम (एनभीभीए) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको बताइएको छ । ४ सय देखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको छ । भारतीय कम्पनी एनटीपीसी विद्यत् व्यापार निगम लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको उल्लेख छ कारोबार दैनिकबाट ।
पुरोहितकी श्रीमतीले चुनाव हारेपछि, श्रीमानले गरे १९ घर जजमन नै बहिस्कार
धनकुटा । श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिईन् । कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् । मेरी पत्नीको पराजयमाा आफ्नै जजमानको मुख्य हात रह्यो दाहालले भने । १६ परिवारजनले मत दिएको भए जित निश्चित हुन्थ्यो । दाहालले जजमानको घरमा मृत्युपछिको मासिक समेत नगरिदिएपछि गाउमा खैलाबैला मच्चिएको छ । महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारी बसेका छथर जोरपाटीका राजेन्द्रप्रसाद चापाईंलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाटै चुनावमा भोट नदिएकोले नआउने जवाफ दिएका थिए । जको कान्तिपुरबाट ।
भिजिट भिसामा तस्करको सेटिङ, अध्यागमनसँग प्रहरी र एयरलाइन्सको मिलेमतो
काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन ९सेटिङ०मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ । यसरी खाडी मुलुक पुग्ने नेपाली युवायुवती उतै बस्ने गरेका छन् । विभिन्न म्यानपावर कम्पनी र त्यहाँ काम गर्ने एजेन्ट तस्करीमा संलग्न हुँदै आएको स्रोत बताउँछ । उनीहरूको ुआर्थिक सम्बन्धु विमानस्थलका प्रहरी, अध्यागमन र एयरलान्सका कर्मचारीसँग छ । स्रोतका अनुसार पछिल्लो पटक असार १३ गते मानव तस्करले १० जनालाई भिजिट भिसामा दुबई पठाएका थिए । एयर अरेबियाको उडान नम्बर ५ सय ३० बाट उक्त दिन चार युवालाई तस्करले दुबई पठाएका हुन् । थप ६ जनालाई पनि त्यही दिन भिजिट भिसामा दुबई नै पठाइएको थियो । एयर अरेबिया र अध्यागमनका कर्मचारीले भ्रमणको उद्देश्य नखुले पनि भिजिट भिसा भएकाहरूलाई बोर्डिङ पास र प्रस्थान अनुमति (डिपार्चर) दिएका छन् । स्रोतका अनुसार भिजिट भिसामा खाडी मुलुक जानेले टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ खर्चिएका थिए । केही दिनअघि एक होटलमा कार्यरत सेफ पनि सेटिङमै दुबई उडेका थिए । दुबईस्थित होटलमा काम खोजेर उनी भिजिट भिसामा त्यसतर्फ गएका हुन् । त्यसरी विदेश जानेमा झापा राजगढका ताराप्रसाद सापकोटा, झापाकै दिनेश भण्डारी र अर्का दुई जना आइतबहादुर घिसिङ र आकाश तामाङ छन् । ुकुँवर थरका व्यक्तिले टिकट खर्चसहित प्रतिव्यक्ति दुई लाख लिएर प्रहरी, अध्यागमन र एयरलाइन्समा सेटिङ गरेका हुन्ु, उड्नुअघि तामाङले भन्नुभयो, ुअहिले हामीसँग भएको एक हजार डलरसमेत दुबई पुगेपछि त्यहाँको एजेन्टलाई फिर्ता गर्नुपर्छ । यो एजेन्टकै पैसा हो ।ु तामाङले अरू ६ जना आफ्नो समूहका नरहेको बताउनुभयो । ुअब हामी दुबईमै त्यहाँका एजेन्टमार्फत काम खोज्छौं ।ु विगतमा खाडी मुलुक जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउँदा अध्यागमनका कर्मचारीले भिजिट भिसामा जान दिने गरेका थिए । पछिल्लो समय भिजिट भिसामा जाने महिला कामदारमाथि हुने विभिन्न हिंसाको उजुरी आउन थालेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो । विमास्थलस्थित अध्यागमन प्रमुख होमनाथ थपलियाले भिजिट भिसाको सेटिङमा आफ्ना कर्मचारीको संलग्नता खुले कडा कारबाही गर्ने बताउनुभयो । ुहामीलाई कसैले उजुरी गरेको छैन । उजुरी आयो भने आवश्य कारबाही गर्छौुं, थपलियाले भन्नुभयो । साउदी अरबमा मात्रै झन्डै ४० हजार नेपाली महिला अवैध रूपमा कार्यरत छन् । कुवेत, कतार र युएईमा पनि नेपाली महिलाको संख्या उल्लेख्य छ । नेपाली कामदारको अवस्था बुझ्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोली चैत ५ मा खाडी मुलुक गएको थियो । संसदीय टोलीले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थलस्थित अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको थियो । अन्नपूर्ण पोस्टबाट ।
३३ किलो सुन तस्करीका अाराेपित, सुन बेचेकै पैसा दिएर धरौटीमा छुटे
काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् । फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो । काठमाडौं जिल्ला अदालतका न्यायधिश दिपेन्दै अधिकारी र न्यायाधिश राजुकुमार खतिवडाले फरफरक मितिमा यो मुद्दामा प्रतिवादिमाथि थुनछेक आदेश गरेका थिए । कान्तिपुर दैनिकबाट ।