सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद् सचिव नहकुल सुवेदी
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेकोे बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल सरकार र मित्रराष्ट्र चीन सरकार बीच ‘फिल्ड अफ रजिष्ट्रेशन एण्ड मार्केट इन्टिटिज’ विषयक समझदारीपत्रमा हस्ताक्षरका लागि उद्योग सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । रासस
वाइवाइ सिटी भारतमा तिब्र गतिमा फैंलिदै, करिब ३० प्रतिशत हिस्सा ओगट्न सफल
काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणा सहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ । क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेका छन् । वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तक्र्रिया गर्दै उनले भारतका मुख्य शहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी दिएका छन् । ‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसका कारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामी दवावमा रहेका छौँ ।’ केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो । ल्लीकाउपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हाल वाइवाइ सिटी भारतको नयाँदिल्ली, नोयडा, पुने र बंगलोर गरि चार शहरमा विस्तार भईसकेको छ । वाइवाइ सिटी भारतका प्रमुख शहरहरुमा तिब्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए । ‘हामी सन् २०१७मा एकसयवटा वाइवाइ सिटी स्थापनागर्ने हतारोमा छौँ’, चौधरीले भने, ‘भारतका सबै ठूला शहरहरुमा पहिलो चरणमा वाइवाइ सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो ।’ वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिन पाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जानेछन् । नेपाली ब्राण्ड वाइवाइ अहिले भारतीय नूडल्स बजारमा तिब्र गतिमा फैलिइरहेको छ । हाल भारतीय नूडल्स बजारमा वाइवाइको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । ‘भारतीय नूडल्स बजारमाश सक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफल भएको छ । अब हामी वाइवाइलाई अर्को चरणमा पुर्याउने तयारीमा छौँ’, अध्यक्ष चौधरीले भने, ‘नेपालमा जन्मिएका ब्राण्डहरू पनि विश्व ब्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ ।
गज्जबको तयारी चाउचाउ नेपाली बजारमा, २० रुपैयाँमा २० प्रतिशत थप चाउचाउ
काठमाडौं । सिद्धि विनायक स्नयाक्स एण्ड नुड्ल्स प्रा. लि. को उत्पादन एसभिएस गज्जबको ब्राण्डकोे तयारी चाउचाउ आइतबारबाट नेपाली बजारमा भित्रिएको छ । उक्त चाउचाउ चिकेन र भेजिटेबल स्वादमा उत्पादन गरिएको छ । कम्पनीले सो चाउचाउ २० रुपैयाँमा १०० ग्राम दिएको कम्पनीका अध्यक्ष उज्ज्वल कसजुले बताए । उनका अनुसार कम्पनीले पहिलो चरणमा ४० ग्रामको प्याकेट बुटवल र पश्चिम नेपालका प्रमुख बजारहरुमा बिक्री वितरण गरिसकेको छ । साथै, दोश्रो चरणमा काठमाडौं क्षेत्रका उपभोक्तामाझ बिशेष योजना सहीत लिएर आएको कसजुले बताए । नेपालमा उपलब्ध यस तयारी चाउचाउमा २० रुपैयाँमा धेरै परिमाणमा पाईने चाउचाउ एसभिएस गज्जबको मात्र रहेको उद्योगका प्रबन्ध निर्देशक ई. अभिशेक श्रेष्ठले बताए । नँया योजना सहित काठमाडौं छिरेको एसभिएस गज्जबको चाउचाउको बिक्री बितरण देशै भरीबाट हुने उद्योगका ब्राण्ड म्यानेजर रिचा श्रेष्ठले बताईन् । ‘टेष्ट गज्जबको, हेल्थगज्जबको’ नारा सहीत बजारमा आएको यो चाउचाउ उद्योग नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा रहेको छ । उद्योगले निकट भबिश्यमै उत्पादित गज्जबको चाउचाउलाई भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ ।
बोनस सेयर पछि नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बिहीबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ दशमलब १५ प्रतिशत बानस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २६० रुपैयाँ रहने छ ।
कहाँको धारामा कहिले पानी आउँछ ? उपभोक्तालाई जानकारी दिनु
काठमाडौं । ‘पानी वितरण हुने विन्दूमा कुन दिन कति वजेदेखि कति बजेसम्म पानी वितरण हुन्छ त्यसको सूचना कार्यालयको सूचना पाटीमा टा‘स्ने र सो अनुसार व्यवस्था गर्ने’, खानेपानी तथा सरसफाई मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको निर्देशन हो यो । तर केयुकेएलले भने कहिले पानी आउँछ भन्ने सूचना दिन सकिने तर कति बजेबाट कति बजेसम्म आउँछ भन्न नसकिने बताएको छ । ‘कुन क्षेत्रमा कहिले पानी दिने हो भन्न सक्छौं तर कति बजे भन्ने एकिन गर्न सक्दैनौं’, केयुकेएलका प्रवक्ता सुरेश शर्माले भने । बुधबार मात्रै केयुकेएलले ९ दिनमा एक पटक पानी वितरण गर्ने तालिकालाई संसोधन गरेर पाँच दिनमा एक पटक पानी दिने कार्यतालिका सार्वजनिक गरेको थियो । केयुकेएलले बाँसबारी पानी पोखरीबाट वितरण गरिने पानीको तालिकामा बिहान बिहान पानी दिने उल्लेख गरेको छ तर कति बजेबाट कति बजेसम्म भन्नेबारे चाँही केहि पनि लेखेको छैन् । मन्त्रालयले केयुकेएल सुधारका लागि भन्दै पानी वितरण गर्ने कुनै पनि चाबीचालकले ग्राहकबाट कुनै बहानामा पनि पैसा लिन नपाउने र लिएमा भ्रष्टाचार मानिने भएकोले तत्काल रोक्न पनि भनेको छ । पानीको पाईप विछ्याउने वा मरमत गर्ने नाममा कुनै पनि कार्यालयले ग्राहकबाट पैसा उठाउन नपाउने, उपयोक्ताको लागत साझेदारी हुनैपर्ने रकमलाई कार्यालयमा सूचना पाटीमा टाँस गर्नुपर्नेे निर्देशन पनि दिएको छ । यसरी निर्देशन अनुसार सम्पादन गरिएको कामको विवरण १ गते र १५ गते मन्त्रालयलाई बुझाउन पनि निर्देशनमा भनिएको छ ।
सिल्भर हेरिटेजको तीन अर्ब विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकले दियो स्वीकृत, चार महिनामा होटल सञ्चालनमा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सिल्भर हेरिटेजको तीन अर्ब पाँच करोड रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा पाँचतारे होटल खोल्नको लागि सो रकम अष्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जबाट करिब ५ महिना अघि नेपाल भित्र्याएको हो । रकम निकासाको लागि आवश्यक डकुमेन्ट पूरा गर्न नसकेपछि बैंकमै उक्त रकम थन्किएको थियो । विदेशबाट आएको यो रकम स्वीकृत गर्न आवश्यक पर्ने डकुमेण्ट पूरा भएपछि रकम निकासाको अनुमति दिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमखु भीष्मराज ढुंगानाले बताए । ‘राष्ट्र बैंकले रकम निकाल्न बाटो खोलिदिएको छ,’ होटलका अध्यक्ष राजेन्द्र बजगाइँले भने । अबको चार महिनामा होटल सञ्चालनमा आउने छ । राष्ट्र बैंकले रोकिएको रकम निकासा गर्न अनुमिति दिएपछि बजागाईँले अन्य विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताए । अब छिट्टै विभिन्न क्षेत्रमा लगानी गर्नका लागि १५ अर्ब रुपैयाँ नेपाल भित्र्याउँदै छु,’ उनले भने । अहिले निकासा हुन लागेको रकमसहित होटल निर्माणको लागि कुल ५ अर्ब रुपैयाँ विदेशी लगानी भित्र्याएको बजगाइँले जानकारी दिए । होटलमा पूर्ण विदेशी लगानी रहेको छ । हेरिटेज गु्रपले रुपन्देहीको कोटीहवामा ५ तारे होटल निर्माण गरिरहेको छ । हङकङमा केन्द्रीय कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले क्यासिनो र होटलको क्षेत्रमा लगानी गर्ने ठूलो कम्पनी हो । रुपन्देहीमा सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको नाममा निर्माणाधिन उक्त अत्याधुनिका सुविधा सम्पन्न ५ तारे होटलको प्रत्येक कोठाबाट सुईमिङ पुलसम्मको पहुँच रहेको बजगाइँले बताए । क्यासिनो सहित उक्त होटल निर्माण गरिएको हो । १५ विघाह जमिनमा उक्त होटल फैलिएको छ । ग्रुपले झापामा टाइगर प्लालेस रिसोर्ट संचालन गर्ने तयारी गरेको छ । काठमाडौंमा अर्को होटल खोल्ने पनि ग्रुपको तयारी छ ।
फेवा र गण्डकी विकास बैकबीच मर्ज सम्पन्न, मोफोसलको विकास बैंकमा १८ अर्ब निक्षेप
पोखरा । कास्की जिल्लामा स्थापित फेवा विकास बैक लिमिटेड र गण्डकी विकास बैक लिमिटेड एक आपसमा मर्ज भई गण्डकी विकास बैकको नामबाट एकिकृत कारोबार भएको छ । बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले सूचना प्रविधिको माध्यमबाट बैकको उद्घाटन गरेका छन् । साविक फेवा विकास बैकका लिमिटेडका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जि.सि, राष्ट्र बैकका निर्देशक तथा पोखरा कार्यालयका प्रमुख पोमनाथ गौतम, विकास बैक एशोसियसनका अध्यक्ष भरतराज ढकाल, साविक गण्डकी विकास बैकका अध्यक्ष पद्म ्रसाद पौडेल, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य सघंका अध्यक्ष विश्व शंकर पालिखेले पनि शुभकामना व्यक्त गरे । बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले मर्जपछि बैकको कुल चुक्ता पूँजी रु. १ अर्ब ८४ करोड, निक्षेप रु. १८ अर्ब २३ करोड, कर्जा रु. १६ अर्ब ४७ करोड, ग्राहक संख्या २ लाख पचास हजार, कर्मचारी ४०० जना, ५० वटा शाखा, २१ वटा ए.टि.एम पुगेको जानकारी दिए । मर्जपछि अध्यक्षमा जगन बहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृतमा रेशम बहादुर थापा भएका छन् ।
विदेशी पर्यटक बढे तर खर्च गर्ने क्षमता घट्यो, १३ दिन बस्ने पर्यटककाे दैनिक खर्च ५३ डलर मात्रै
काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको आगमन दर पछिल्लो समय वार्षिक रूपमा बढेको देखिएपनि यी पर्यटकमार्फत हुने दैनिक खर्च भने घटेको छ । विगत १० वर्षमा नेपाल आउने पर्यटक भूकम्प र नाकाबन्दीले पछिल्लो तीन वर्ष घटेपनि अन्य वर्षमा भने सकारात्मक बृद्धि नै देखिएको छ । तर, यी पर्यटकमार्फत हुने दैनिक खर्च भने पर्यटकको बसाई अबधि लम्बाउन नसकेका कारण त्यति उत्साहजनक हुन सकेको छैन । सन् २००७ मा १२ दिन बस्ने पर्यटकले गर्ने दैनिक ४५ डलरको खर्च अहिले पनि जम्मा ५३ डलर दैनिकमै सिमित भएको छ । पर्यटको बसाई भने जम्मा १३ दिन मात्रै रहेको छ । नेपाल आएका विदेशी पर्यटकले औषतमा १३ दिन बस्ने दैनिक ५३ डलर औषत खर्च गर्ने गरेको तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार गत वर्ष सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको थियो । ५ लाख ३८ हजार पर्यटक आउँदा दैनिक ७० डलर खर्च भएकोमा हाल पर्यटकको संख्या बढेर साढे सात लाख अर्थात ४० प्रतिशतले बढ्यो । तर, यी पर्यटकले गर्ने दैनिक खर्च भने ५३ डलर मात्रै रहेको छ । पर्यटक बढेपछि विदेशी मुद्रा सटही दरका आधारमा आम्दानी बढेको देखिएपनि दैनिक खर्च भने अघिल्लो वर्ष सन् २०१५ को तुलनामा दैनिक खर्च नै १७ डलरले घटेको छ । नेपाल आउने विदेशी पर्यटकको वार्षिक बृद्धिदर बढ्दै गएको भएपनि पर्यटकले गर्ने दैनिक खर्च भने घट्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक सन् २००७ को तुलनामा सन् २००८ मा ५ प्रतिशतले घटेको थियो । सन् २००९ देखि लगातार यस्तो बृद्धिदर बढेको भएपनि पर्यटकले गर्ने खर्च मार्फत हुने दैनिक आम्दानी भने ओरालो लागेको छ । सन् २००८ मा प्रति पर्यटक ७३ अमेरिकी डलर दैनिक आम्दानी भएको थियो । यसपछिका वर्षहरूमा यस्तो आम्दानी घट्दै गएर सन् २०१२ मा यो तथ्याङ्क ३५ दशमलव ६ डलरमा सीमित भएको छ । सन् २००९ देखि १२ सम्म नेपाल आउने पर्यटक क्रमशः २, १८, २२ र ९ प्रतिशतले बढेको छ । सो अवधिमा प्रति पर्यटक दैनिक आम्दानी भने ७३ डलरबाट ६५, ४३, ३८ हुँदै सन् २०१२ मा ३५ डलरमा सीमित भएको छ । सन् २०१३ मा देखि २०१५ सम्म भूकम्प, नाकाबन्दीको प्रभाव तीन वर्षसम्म परेको देखिन्छ । यो समयमा पर्यटक आगमन निराशाजनक रुपले घटेको छ । तर यो समयको पर्यटकल गर्ने दैनिक खर्च भने सन्तोषजनक रुपमै बढेको देखिन्छ । पर्यटक घट्दा उसले गर्ने खर्च भने दैनिक ७० डलरसम्म पुगेको छ । पर्यटक आगमन तथा दैनिक आम्दानी वर्ष पर्यटक बृद्धिदर दैनिक खर्च (डलरमा) २००७ ३७.५ ४५ २००८ –५ ७३ २००९ १.९ ६५.३ २०१० १८.२१ ४३.२ २०११ २२.१० ३८.२ २०१२ ९.८ ३५.६ २०१३ –०.७ ४२.८ २०१४ –०.९ ४८ २०१५ –०.३२ ७० २०१६ ४० ५३ स्रोतःपर्यटन मन्त्रालय, टुरिजम स्याटिक्स २०१६ पर्यटकलाई व्यवसायीले सस्तो प्याकेज बेचिनुले आम्दानी घटेको साेसाइटी अफ अफ टुर एण्ड ट्राभल एजेण्ट् (साेट्टाे) नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्काको भनाइ छ । उनका अनुसार करको दायरमा भएका भन्दा नभएका पर्यटन व्यवसायीले ठूलो मात्रामा व्यापार गर्न थालेकोले पर्यटकीय आम्दानी घट्दै गएको हो । पर्यटन व्यवसायीमा इन्टरनेटको पहुँच बढ्दै जादाँ सस्तो प्याकेज बेच्ने बजार मूल्यलाई घटाउने कम बढ्नु पनि पर्यटन क्षेत्रबाट हुने आम्दानी कम भएको उनको बुझाइ छ । सरकारी मातहतमा आम्दानी बढाउने माध्यम करको दायरा ठूलो हुने भएपनि अनधिकृत रूपमा व्यापार गर्ने कामलाई नियन्त्रणमा लिन नसक्नुले पनि पर्यटन क्षेत्रको आम्दानी खुुम्चिएको पर्यटन व्यवसायीको तर्क छ । नेपाल आउने पर्यटकले गर्ने खर्चको सीमा नतोकिनु, पर्यटकको खर्च तथा वसाइँ बढाउने प्रडक्ट नहुनुले पनि प्रतिव्यक्ति पर्यटक खर्च घटेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार पर्यटन व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको र करको दायराभन्दा बाहिर पर्यटकीय प्याकेज विक्री हुनुले पनि आम्दानी घटेको हो । नेपाल आउने पर्यटकले गर्ने दैनिक खर्चको सीमा तोक्ने, छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जनका साथमा पर्यटनको पुराना ऐन नियम सशोधन गर्ने हो भने पर्यटन क्षेत्रकै आम्दानी बढाउन सकिन्छ । पर्यटक बढेको देखिए पनि कुल ग्राहस्र्थ उत्पादनमा पर्यटनको योगदान भने झिनो अंक मात्रै रहेको छ । जम्मा १ दशमलव ९ प्रतिशतको योगदान रहेको तथ्यांकले देखाएको छ । यस्तो योगदान अघिल्लो वर्ष साढे दुई प्रतिशत रहेको पनि उल्लेख छ ।