मेगा बैंकले ६५ प्रतिशत हदप्रद शेयर निष्काशन गर्न माग्यो बोर्डको अनुमति
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको मेगा बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए । हकप्रद शेयर निष्काशन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद शेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।
मोबाइल एक्सपोको अवधि एक साता थपियो, खरिदमा दुई मुभि टिकट सित्तैमा
काठमाडौं । गोगंबुस्थित बिजीमलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आएपछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलकाअनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएसआचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएका हो । एक्सपोमा अवलोकन कर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँअफरका साथै मेलाअवधि बढाइएको एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।“एक्सोपमान्युनत्म हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीकालागि राखिएका छन् । जूनसुकै मोबाइल खरिद गरेपनिहामीले बिएसआर मुभिजको जो बिजीमलमै रहेको छ । त्यसको दुई वटा टिकट फ्रिमाउपलब्ध गराउने छौ ”- तिमिल्सनाले भने । असार ७ गतेबाट सुरु भएको एक्सपोमा बिहीबारसम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ । असार २४ गतेसम्मजारी रहने मोवाइल एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनिएक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए । चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजीमलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइलशोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।
स्याटलाइट सिटीको डीपीआर साउन १ गतेबाट शुरु, घर निर्माण गर्न दुई वर्ष कुर्नुपर्ने
काठमाडौं । उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्नका लागि आगामी साउन १ गतेदेखि विस्तृत अध्ययन शुरु गरिने छ । सरकारले आगामी पाँच वर्षभित्र एक खर्बको लागतमा उपत्यकामा एक लाख रोपनी क्षेत्रफलमा स्याटलाइट सहर निर्माण गर्नेयोजना सहित साउन १ बाट अध्ययन शुरु गर्न लागेको हो । अध्ययन प्रतिवेदन तयार पार्न कम्तीमा पनि साढे दुई वर्ष लाग्ने काठमाडों उपत्यका विकास प्राधिकारका सहरी योजनाकार भागवत खोखालीले जानकारी दिए । ‘विस्तृत अध्ययन प्रतिवेदन ‘डीपीआर’ आएपछि जग्गा धनीलाई जग्गा धनी पूर्जा हस्तान्तरण गरेर भवन निर्माण गर्न दिइने छ,’ खोखालीले भने ‘जग्गाको उचित व्यवस्थापन भएपछि पूर्वाधार निर्माण र भवन निर्माणको कार्यसँगसँगै अघि बढ्ने छ । अध्ययन पछि स्याटलाइट सिटी निर्माणको कामलाई अघि बढाइने प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले जानकारी दिए । सरकारले सहरी पूर्वाधार निर्माण गर्न आगामी आव लागि ३० अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । स्याटलाइट सिटी निर्माण गर्न सरकारका साथै अन्य दातृनिकायको समेत सहयोग लिइने प्राधिकरणले जानकारी दिएको छ । पहिलो स्याटलाइट सिटी बनाउन चाहिने एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूलसडक तथा शालिनदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । त्यसरी नै खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै मूलपानी क्रिकेट मैदानलाई जोडिने छ । दोस्रो स्मार्ट सिटी भक्तपुरकै सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर सूर्यविनायकसम्म जोडिनेछ । तेस्रो स्याटलाइट सिटी खोकना, बुंगमती, सैंबु आवास क्षेत्र, वाग्मती झोलुंगे पुल हुँदै चोभारसम्मको क्षेत्रफललाई समेटिएको छ । यी क्षेत्रमा सहर बनाउन सरकारले १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटेको छ । चौथो, स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूलबाटो, सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको १० हजार रोपनी क्षेत्रफलको जग्गा समेटिएको छ । ठूलो सहरको वरिपरि पर्ने स्थानमा बनाइने साना सहरलाई स्याटलाइट सिटी भनिन्छ र उक्त सहरमा शिक्षा, स्वास्थ्य, ढल, बत्ती, सडकलगायतका सबै पूर्वाधार सरकारले तयार पारिदिन्छ । सन् २०३० सम्म ५० वटा स्याटलाइट सिटी सरकारले दिगो विकास लक्ष्य (एसडीजी)सार्वजनिक गर्ने क्रममा सन् २०३० सम्म५० वटा स्याटलाइट सहर बनाउने योजना अघि सारेको छ । राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको एसडीजीको प्रारम्भिक प्रतिवेदन (सन् २०१६-२०३०) सम्ममा देशका विभिन्न सहर बनाउने योजना उल्लेख गरिएको छ । सन् २०३० सम्ममा समावेशी र दिगो सहरीकरण तथा सहभागितामूलक, एकीकृत र दिगो मानव बस्तीको योजना तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सरकारले सो योजना ल्याएको हो । सो प्रतिवेदनमा सन् २०१७ मा १८, २०२० मा २५, २०२२ मा ३०, २०२५ मा ३८ र २०३० मा ५० वटा योजनाबद्ध स्याटलाइट सहर निर्माण गर्ने योजना रहेको उल्लेख छ ।
चार वित्तीय संस्था प्राप्तिसँगै कुमारी बैंक अब आफैं स्थापित, एकिकृत कारोबार अाज
काठमाडौं । एनसीसी बैंकसँग मर्ज तोडेको कुमारी बैंकले आफ्नो अस्तित्व र नेतृत्वलाई स्थापित गरेको छ । कुमारी बैंकले काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स प्राप्तिगरी शुक्रबारदेखि एकिकृत कारोबार गरेको छ । तीन विकास बैंक र एक फाइनान्स कम्पनी प्राप्तिपछि कुमारी बैंकमा १ अर्ब ६० करोड रुपैयाँ सेयर पुँजी थपिएको छ । चार वटै संस्थाको सेयर स्वाप रेसियो १०० बराबर ८५ कायम गरिएको छ । कुमारीमा गाभिएका चार वटै संस्थाका सेयरधनीले आफूसँग भएको १०० कित्ता बराबर कुमारी बैंकको ८५ कित्ता सेयर पाउने भएका छन् । हाल कुमारी बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ छ । ‘चार वित्तीय संस्था प्राप्तिपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब नाघेको छ’ कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरीले भने–‘२० प्रतिशत हकप्रद सेयर निष्काशन प्रक्रियामा रहेको छ । त्यसबाट १ अर्ब ६० करोड पुँजी थपिन्छ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरी बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ ।’ २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट भईसकेको र कुमारी बैंकका गभिएका संस्थाका सेयरधनीले पनि २० प्रतिशत हकप्रद सेयर पाउने उनले बताए । मर्जपछि बैंकको निक्षेप करिव ५२ अर्ब, कर्जा करिव ४६ अर्ब रुपैयाँ भएको छ । शाखा ७४ वटा भएका छन् । कर्मचारी संख्या करारसहित करिव ८०० जना भएका छन् । मर्ज नभइ एक्विजिशन भएकोले कुमारी बैंक लिमिटेडको नाम, केन्द्रीय कार्यालय, सञ्चालक समिति सबै यथावत रहने छ । काष्ठमाण्डप डेभपलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी कुमारी बैंकको डेपुटी सिईओ बन्ने भएका छन् । बैंकले एक महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । बारम्बार विभिन्न वाणिज्य बैंकसँग मर्जको चर्चामा आउने गरेको कुमारी बैंक अरु बैंकसँग विलय हुन सक्ने अनुमान गरिदै आएको थियो । चार वित्तीय संस्था प्राप्तिमा सफलतापछि अब कुमारी बैंक अरुमा मर्ज हुने सम्भावना पुरै टरेको छ ।
अब विश्वकै उत्कृष्ट ट्रेकिङ ब्राण्ड नेपालमै, १७ सय किमिकाे ट्रेल प्रवर्द्धन जिम्मा पर्यटन बोर्डलाइ
काठमाडौं । विश्वकै लामो पदयात्रा मार्ग द ग्रेट हिमालयन ट्रेकिङ (जीएचटी)को प्रवद्र्धन जिम्मा अब नेपाल पर्यटन बोर्ड मातहत आएको छ । सन् २००९ बाट बजारिकण गर्न सुरु गरेको नेदरल्याण्ड विकास संस्था (एसएनभी)ले सन् २०१३ देखि यसको प्रवद्र्धन गर्न छाड्यो । त्यसपछि यो संस्थाले सामथ्र्यबाट केही प्रवद्र्धन प्रयास गरेको भएपनि त्यति प्रभावकारी भएन । यो प्रोक्टलाई नेपाल सरकारले आर्थिक वर्ष २०७१/७२ मा ५ करोड र २०७२/७३ मा १० करोड खर्च गर्ने गरी प्रर्वद्र्धनको जिम्मा लिएको थियो । अहिले यो योजना नेपालको पर्यटकीय ब्राण्ड हुनसक्ने भएपनि अलपत्र पर्ने भएपनि बोर्ड मातहत सञ्चालन गरिने भएको छ । बोर्डले एक महिना अगाडिबाट नै औपचारिक सम्झौता गरेर यो प्रोजेक्टको प्रवद्र्धन जिम्मा लिने निर्णय गरेको हो । अहिले बोर्ड मातहत आएको यो योजनका लागि २ जना कर्मचारीसमेत खटिइरहका छन् । बोर्डले यसलाई ब्राडिङ गर्ने, प्रवद्र्धन गर्ने र नेपालको यो पदयात्रा मार्गलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने रणनीति बनाइसकेको पर्यटन बोर्डका एक प्रवन्धकले जानकारी दिए । विश्वकै उत्कृष्ट पदयात्रा ब्राण्ड बनाइने बोर्डले यो योजनालाई अगाडि बढाउन र आवश्यक प्रवद्धनात्मक कामको जिम्मा दिन खड्गविक्रम शाहलाई फोकल पर्सनको जिम्मा पनि दिएको छ । शाहका अनुसार बोर्डले अहिले यसको प्रवद्र्धनका लागि बजेट बनाउने, पदयात्रा मार्गको ब्राण्ड बनाउने, यसका विभिन्न चरणमा रहेको ट्रल अडिट गर्ने र नेपालको उत्कष्ट पर्यटकीय प्रडक्टको रुपमा बेच्ने गरी योजना बनाइरहेको छ । बोर्डका अनुसार २ वर्ष सरकारले सञ्चालन गरेको यो योजनालाई उसै छोड्न हुँददैन भनेर प्रवद्र्धनको जिम्मा लिएको हो । यसमा सरकार तथा दातृ निकायको करोडौं खर्च भइसहेको छ । अब यो पदयात्रा रुटमा पर्यटकीय पूर्वाधार बनाउने, हरेक खण्डको प्रवद्र्धन अलग अलग र एउटै प्याकेजमा पूर्ण प्याकेज विक्री गर्ने गरी योजना बनाइरहेको पनि बोर्डले जानकारी दिएको छ । सरकारले २ वर्षअघिसम्म पदयात्रा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिदाँ पहिलो नम्बरमा यसलैलाई राखेको थियो । यो पदयात्रा मार्गले नेपालको पहिचान बढाउने र पर्यटन व्यवसायीले पनि प्राथमिकतामा राख्न गरेको आग्रहलाईसम्बोधन गरेकोले नै बोर्डमार्फत अब संचालित हुने उल्लेख छ । सन् २०१३ को अन्तिमदेखि जीएचटीले यो पदयात्रा मार्गको प्रवद्र्धन गर्न छाडेको छ । यसलाई पर्यटकीय प्याकेज बनाएर अगाडि बढ्न पूर्वाधार निर्माणका लागि सरकारले आफ्नै ढंगले काम त गर्यो तर प्रभावकारी भएन । त्यसैले अब सबै काम बोर्डले गर्छ । विभिन्न १६ हिमाली जिल्ला छोएको सो ट्रेकिङ ट्रेललाई १० खण्डमार्फत प्रवद्र्धन भएको थियो । ‘कुनै पनि पर्यटकलाई जीएचटीको प्रवेश विन्दू पूर्वदेखि पश्चिमसम्म पुग्न एउटै प्रवेश शुल्क हुनुपर्ने प्रस्ताव पर्यटन व्यवसासीले अगाडि सारेको छन् । राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, गृह मन्त्रालयले तोकेको निशेधित क्षेत्रलगायतको स्थानसहित एक पर्यटकले करीब ४३ स्थानमा झण्डै ४ हजार डलरभन्दा बढीको शुल्क तिर्नुपर्ने व्यवस्था छ । यो व्ववस्थालाई संसोधन गर्दै एकद्वार नीतिमार्फत निश्चित शुल्क मार्फत प्याकेज बनाउन मन्त्रालयसमक्ष यस अघि नै ट्रेकिङ व्यवसायीको संस्था टानले सुझाव दिएको थियो । यसलाई एकद्वार नीतिमार्फत लागू गरी उपयुक्त शुल्क तय गरेको अवस्थामा पर्यटक आर्षण गर्ने थप सहज हुने ट्रेकिङ व्यवसायीको भनाइ छ । कहिले बाट सुरु भयो जीएचटी ग्रेट हिमालय ट्रेल नेपालमा सन् १९९० बाट नै शुरु भएको थियो । बजार रणनीति र प्रवद्र्धनको उपयुक्त योजना नहुँदा यसको प्रचार नै भएको थिएन् । एसएनभीले दुई वर्ष यसको प्रवद्र्धन गरेपछि यो पदयात्रा मार्गको प्रवद्र्धनमा सहयोग पुगेको हो । यो पदयात्रा मार्गको हुम्ला र डोल्पाबाट सन् २००९ मा प्रवद्र्धनका गुरू योजनाबाट प्रवद्र्धन शुरु गरेको हो । यसलाई बजार रणनीतिका साथ सार्वजनिक गर्ने काम भने सन् २०११ बाट मात्र भएको थियो । १७ सय किलोमिटरको यो पदयात्रामार्ग १ सय २० दिनदेखि १ सय ५० दिनसम्मको यस पत्रयात्रालाई गर्न सकिन्छ ।
फेवा र गण्डकी विकास बैंकको एकिकृत कारोबार असार २१ देखि
काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार थाल्न लागेका हुन् । मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । साथै, बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।
विमकको व्यवस्थापन खर्च सीमा १८ प्रतिशत, अभिकर्ता इन्सेन्टिभ अन्य शीर्षकमा
काठमाडौं । जीवन बीमा कम्पनीहरुले अबदेखि १८ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न पाउने भएका छन् । बीमा अभिकर्ताहरुले इन्सेन्टिभ दिन गठित अध्ययन उपसमितिले बुधबार बीमा समितिलाई आफ्नो राय बुझाउदै कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेको हो । उपसमितिले दिएको राय अनुसार कम्पनीहरुले संकलन गरेको प्रथम बीमाशुल्कबाट अभियकर्ता तालिम, अभिकर्ता अन्य र व्यापार प्रवद्र्धन शीर्षकमा खर्च गर्न पाउने उपसमितिका सदस्य एवम् पेशागत बीमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । बीमा अभिकर्तालाई दिइने इन्सेन्टिभ खर्च भने कम्पनीहरुले अन्य खर्च शीर्षकमै राख्नुपर्ने छ । साथै अभियकर्तालाई दिइने इन्सेन्टिभमा बैदेशिक रोजगार (म्यादी) जीवन बीमाको बीमाशुल्क भने गणना गरिने छैन । कारोबार दैनिकबाट ।
सेयर कारोबार तुरुन्तै सुरु गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन, खुल्ला त आइतबार सेयर बजार ?
काठमाडौं । नेपाल धितो पत्र बोर्डले सेयर कारोबार तत्काल सुरु गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले बिहिबार अबेर गरि नेप्सेलाई कारोबार सञ्चालनको उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘बिहिबार सेयर कारोबार नहुँदा आफ्नो ध्यानाकर्षण भएको पनि बोर्डले उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायीहरुको कारोवार प्रणालीमा मिति २०७४।०३।१५ गते कुनै मूल्य अंकित नगरेको तथा कारोवार नगरेको भन्ने नेपाल स्टक एक्सचेन्ज लि.(नेप्से)बाट जानकारी गराइएकोमा सो सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’, बोर्डले भनेको छ । कारोबार रोकिँदा पुँजी बजार, लगानी कर्ता र समग्र अर्थतन्त्रमैm नकारात्मक असर परेकाले बोर्डले बजार खोल्न निर्देशन दिनु परेको पनि स्पष्ट पारेको छ । ‘धितोपत्रको दोस्रो बजार कारोवार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूलप्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेलाई तत्काल कारोवार सुचारु हुने व्यवस्था गर्न निर्देशन दिईएको छ ।’बोर्डले भनेको छ । तर चार बर्षदेखिको ब्रोकर कमिसनबाट भ्याट असुल्ने आन्तरिक राजश्व विभागको निर्णय नसच्चिएसम्म कारोबार नखोल्ने अडानमा ब्रोकरहरु रहेका छन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पुरानो ब्रोकर कमिसनमा भ्याट लिने निर्णय सच्चियएपछि मात्रै कारोबार खोल्ने स्पष्ट पारेका छन् । उनले लगानी कर्तासँग असुली नगरिएको भ्याट रकम कुनै हालतमा नतिर्ने घोषणा पनि गरेका छन् । अब हेर्न बाँकी छ आइतबार सेयर बजार खुल्छ की खुल्दैन् ।