विकासन्युज

नेप्सेले भन्यो- भ्याटको विवाद जान्दैनौं, सेयर कारोबार बन्द गर्न पाइँदैन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहिबार सेयर कारोबार बन्द गरिँदा लगानीकर्तामाथी अन्याय भएको बताएको छ । ब्रोकर कम्पनीहरुले कमिसनमा भ्याट तिर्न राजश्व विभागले पत्र काटेपछि बिहिबार कारोबार बन्द गरेका थिए । नेप्सेले नियमित हुनुपर्ने कारोबार बन्द हुँदा लगानी कर्तामाथी अन्याय भएको बताउँदै तत्काल कारोबार खोल्ने वातावरण बनाउन नियामक निकायलाई आग्रह पनि गरेको छ । नेप्सेले सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तराष्ट्रिय मान्यता विपरिद भएको बताउँदै सेयर बजारको मुल मर्मको पनि बर्खिलाप हुने स्पष्ट पारेको छ । ब्रोकरहरुले चार बर्षदेखिको कमिसनमा भ्याट तिर्न नसक्ने भन्दै अनिश्चित कालका लागि सेयर कारोबार रोक्ने घोषणा गरिसकेको छन् । ब्रोकरहरुले सेयर बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोडलाई ज्ञापन पत्र समेत बुझाईसकेका छन् । उनीहरुले ब्रोकर कमिसनमा भ्याट लगाउन बजेट भाषणमै व्यवस्था हुनुपर्ने र पुरानो अवधीको भ्याट तिर्न नसक्ने भन्दै कारोबार रोक्का गरेका हुन् । ‘भ्याट उपभोक्ताबाट असुलिने कुरा हो र सेयर बजारका उपभोक्ता भनेको लगानी कर्ता हुन, हामीले लगानी कर्तासँग भ्याट असुलेका छैनौं त्यसैले भ्याट तिर्दैनौं’, ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले भने । उनले ब्रोकर कमिसनमा भ्याट लगाउने व्यवस्था संसारमै नभएको समेत दावी गरे ।

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्ज प्रक्रिया सम्पन्न, असार १८ गते एकिकृत कारोबार हुने

काठमाडौं । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्जर (एक आपसमा गाभ्ने गाभिने) प्रक्रिया सम्पन्न भएको छ । मर्जपछि दुर्इ बैंककाे एकिकृत कारोबार असार १८ गते हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टरार्इले जनाएका छन् । यस मर्जको लागि नेपाल राष्ट्र बैंकबाट असार १ गते अन्तिम स्वीकृति दिईसकेको छ । मर्जपछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहनेछ । मर्जको लागि डाटा एकिकृत गर्न शुक्रबार यस बैंकको सबै कारोबार बन्द हुने भएको छ । मर्जपछि महालक्ष्मी विकास बैंक सबैभन्दा ठूलो विकास बैंक बन्न पुगेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । बैंकको चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा संख्या, कर्मचारी संख्या, ग्राहक संख्याको हिसावले अहिले नैं सबैभन्दा ठूलो बैंक भएको र असार मसान्तसम्म नाफाको आधारमा पनि विकास बैंक मध्ये सबैभन्दा अगाडि हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार मर्जपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ भएको छ । ‘राष्ट्र बैंकले तोकेको समय अगाडि नै २५० करोड भन्दा बढी चुक्ता पुँजी पुर्याउने महालक्ष्मी विकास बैंक पहिलो हो’ भट्टराईले भने–‘विकास बैंकबीचमा प्रतिस्पर्धामा हामी अब अरु भन्दा अगाडि जाने आधारहरु तयार भएका छन् ।’ मर्जसँगै महालक्ष्मी विकास बैंकको निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड रुपैयाँ भएको छ । बैंकको शाखा ६५ वटा र कर्मचारी ६१९ जना, ग्राहक २ लाख ६४ हजार भएका छन् । असार मसान्तसम्ममा सञ्चालन नाफा १०० करोड भन्दा बढी हुने र खुद नाफा ६५ देखि ७० करोड रुपैयाँ हुने अनुमान गरिएको उनले बताए । ‘सञ्चालन नाफाको आधारमा यो वर्ष नै हामी विलिनियर क्लवमा पुग्नेछौं । आगामी आर्थिक वर्षमा खुद नाफा १०० करोड भन्दा बढी आर्जन गर्ने लक्ष्य लिएका छौं’ भट्टराईले भने ।  

प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा असार २९ गते, कहिले देखि बुक क्लोज ?

काठमाडौं । प्रोगेसिभ फाइनान्सको वार्षिक साधारणसभा आगामी असार २९ गते हुने भएको छ । सो प्रयोजनको लागि असार २३ गतेदेखि असार २९ गते सम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा मोहन गुरुङ नियुक्त

काठमाडौं । एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नेपाली मूलका मोहन गुरुङ ३ वर्षको लागि नियुक्त भएका छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन् । गुरुङको पहल मा अमेरिकाको वाशिङ्गटन राज्यले नेपाली भाषालाई अंग्रेजी भाषापछि द्वितिय भाषाको क्रेडिट पाउने सुविधा प्रदान गरेको थियो । यो क्रेडिट १२ कक्षा सम्मको लागि मान्य हुन्छ । उनको आफ्नो योजनामा १२ कक्षासम्मको विद्यार्थीहरुले पढ्न, लेख्न र बोल्न सक्ने स्तरको स्कुल सन्चालन गर्ने, परिक्षा दिनको लागि परिक्षा केन्द्रको ब्यबस्थापन गर्ने, कम्युनिटी सेन्टरको ब्यबस्था, सानोतिनो ब्यापारको ब्यबस्थापन, वृद्धााश्रम सञ्चालन, बालबालिकालाई लागूपदार्थ तथा मानसिक रोगको रोकथामजस्ता बिषयहरुमा केन्द्रित हुने उनले बताए । चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन् । सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध रहेका उनी गुरुङ नेपाली जनसम्पर्क समिति वाशिङ्गटन च्याप्टरका पूर्व सल्लाहकार समेत हुन् । नेपाल सरकारबाट रामेछाप र उदयपुरमा गएको भूकम्पमा मानवीय सहायता गरे वापत गुरुङ सम्मानित भएका थिए। ३२ बर्षको इतिहासमा यो सम्मान प्राप्त गर्ने गुरुङ पहिलो नेपाली समेत हुन् ।

बैंक अफ काठमाण्डू र एनएलजी इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बिच सम्झौतापत्रमा यही बुधवार हस्ताक्षर भएको छ । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

हिमालयन बैंकद्धारा मैतीदेवी मन्दिर परिसरमा ८ थान सिसिटीभी क्यामेरा जडान

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको छ । बैंकले विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सिसिटीभी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण बिहीबार एक समारोहकाबीच हस्तान्तरण गरेको छ । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ । बैंकले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले यस कार्य गरेको हो । यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सिसिटीभी सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरे । साथै, श्रेष्ठले सिसिटीभी जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरका छन् । यसैगरि पुरातत्व विभागका महा निर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।

मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३२३ रुपैयाँ मात्र

काठमाडौं । बिहीबार मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २८८ रुपैयाँ रहने छ ।

अझै ५२६ भूकम्प पीडितको ४ अर्बबढी बीमा भुक्तानी हुन बाँकी, ६० प्रतिशत अग्नि बीमा

काठमाडौं । भूकम्प गएको दुई वर्ष वित्दा समेत ५ सय २६ भूकम्प पीडितले बीमा भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरूमा दावी परेको बीमामध्ये अझैसम्म चार अर्ब ११करोड रुपैयाँ भुक्तान हुन बाँकी रहेको छ । चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म भूकम्पको क्षतिका कारण १६ अर्ब ८४ करोड दावी बीमा परेको छ । निर्जीवन बीमा कम्पनीहरूले अवधिमा परेको दावी बीमामध्ये करिब ७५ प्रतिशत अर्थात ११ अर्ब ८९करोड ९५ लाख रुपैयाँ भुक्तान गरेको छन् । कम्पनीहरूले साना भूकम्प पीडितको दावी बीमा भुक्तान गरिसकेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बताए । ‘भुक्तान हुन बाँकी रहेको भूकम्प दावी बीमा ठूला बिल्डिङ तथा व्यापारिक कम्पेक्सहरूको हो,’ उनले भने ‘यस्ता भवनहरूको हिसाव किताव मिलान हुन समय लाग्छ ।’ सानो दावी बीमाको भुक्तान भइसकेको छ । बाँकी रहेकालाई भुक्तान दिनका लागि समितिले पहल गरिरहेको उनले बताए । कसैले भने वास्तविकताभन्दा बढी दावी गरेकाले पनि यसमा अलमल भएको उनको भनाइ छ । ‘एभरेष्ट होटेलको बीमा भुक्तान गर्नको लागि केही समयमात्र सर्वे शुरु गरेको,’ नेपाल सर्वेयर संघका अध्यक्ष सूर्य जोशीले भने । त्यस्तै होराइजन अपार्टमेन्ट निर्माण गर्दा नै सरकारी स्वीकृती विवादित देखिएको छ भने अधिकांश लगानीकर्ताहरू बाहिर छन् । होइराइजका प्रवद्र्धक र फ्ल्याटकर्ताको दोहोरो दाबी परेको जोशी बताउँछन् । ‘दोहोरो दावीका कारण अलमल भएको हो,’ उनले भने । कतिपय बीमा कम्पनीले भने सर्वेयरले गरेको सम्पत्ति मूल्यांंकनमा चित्त नबुझाएर पुनःमूल्यांकन गर्न लागिरहेका छन् । ‘उनीहरूसँग सम्झौता गर्ने क्रममा रहेको छ,’ उनले भने । दुई वर्षको अवधिमा १७ हजार ८ सय ३ वटा दावी बीमा परेकोमा ११ हजार एक सय ४१ वटाको मात्र दावी भुक्तान भएको छ । विभिन्न निर्जीवन बीमामा हालसमम जम्मा पाँच खर्ब ४४ अर्ब ६ करोड रुपैयाँको बीमाङ भएको छ । बीमा कम्पनीहरूले पुर्नबीमा कम्पनीहरुमा जोखिम सारे पनि भुक्तानी भने ढिला गरिरहेका छन् । कम्पनीहरूले हालसम्म पुर्नबीमा कम्पनीबाट सात अर्ब ५१ करोड रुपैयाँ प्राप्त गरेका छन् । ६० प्रतिशत अग्नि बीमा दावी भूकम्पका कारण क्षति भएको निर्जीवन बीमामा सबैभन्दा बढी दावी अग्नी बिमा परेको छ । उक्त अवधिमा विभिन्न निर्जीवन कम्पनीमा १५ हजार दुई सय ३३ वटा दावी बीमा परेकोमा नौ हजार सात सय ८४ वटाले दावी बीमा पाउने भएको छ । सोमध्ये जेठ अन्तिमसम्म नौ हजार दुई सय चार वटा दावी बीमाको भुक्तान भएको छ । अग्नि बीमातर्फ ४५वटा दावी बीमांकले ६१ करोड ४९ लाख रुपैयाँ पेश्की लगेका छन् । अग्नि बीमा पछि दोस्रो इन्जिनियरीङ बीमामा दुई अर्ब ८२ करोड ४३ लाख दावी बीमा परेको छ । उक्त शीर्षकअन्तर्गत एक ५७ वटा इन्जिनियरीङ दावी बीमा परेकोमा जेठसम्म ५२ वटाको मात्र दावी भुक्तान भएको छ । उक्त भुक्तानका लागि बीमा कम्पनीहरूले जम्मा २३ करोड ११ लाखमात्र भुक्तान गरेका छन् । सो बीमाअन्तर्गत एक खर्ब २० अर्ब ९९ करोड बीमांक भएको छ । भूकम्पयता मोटर बीमातर्फ दावी परेका नौ सय ८७ बीमा दावीमध्ये सात सय ६० दावी बीमाले २१ करोड ९३ लाख रुपैयाँ भुक्तान पाएका छन् । निर्जीवन बिमा कम्पनीहरू यसका साथै सामुन्द्रिक तथा अन्य विविध बिमा गराउँदै आएका छन् ।