विकासन्युज

निर्वाचनको मिति सार्ने सरकारको निर्णय, असार ९ गते दोश्रो चरणको चुनाव

काठमाडौं । सरकारले स्थानिय तहको दोश्रो निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असार ९ गतेका लागि स्थानिय तहको दोश्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको हो । मधेश केन्द्रित राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै मन्त्रिपरिषदले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।

सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव दुई प्रतिशत

काठमाडौं। नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१ दशमलव एक प्रतिशत र तराईका सहरी क्षेत्रको ३२ दशमलव नौ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी आउँछ । कुल जनसङ्ख्यामध्ये ५६ दशमलव एक प्रतिशत व्यक्तिको मात्र सरसफाइ प्रणालीमा पहुँच छ । काठमाडौं उपत्यकामा फागुन मसान्तसम्म ३२० किमी सडक विस्तार भएको छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपद्मा आश्रयका लागि उपत्यकामा पहिचान भएका २०० खुला स्थानमध्ये हाल १८ ठाउँमा उद्यान निर्माण भइरहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४७ लाख ६७ हजार आवासीय संरचनामा ५४ लाख २७ हजार परिवार बसोबास गर्छन् । आवासीय घरमध्ये ३३ प्रतिशत अस्थायी प्रकृतिको रहेको सर्वेक्षणमा उल्लेख छ । ८५ दशमलव २६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बस्छन् । घर भाडामा बस्ने १२ दशमलव ८१ प्रतिशत पुगेका छन् । १५ वर्षअघि घरभाडामा बस्ने दुई प्रतिशत मात्र थिए । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दलित, विपन्न, मुस्लिम, चेपाङ, राउटे, गन्धर्व, वादी, वनकरिया, सुरेल, थामीलगायत लोपोन्मुख समुदायका २० हजार परिवारका लागि आवास निर्माण गर्ने कार्यक्रमअन्तर्गत ६१० आवास एकाई निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षमा १८ जिल्लाका १९४ सरकारी कार्यालय मर्मत गर्ने कार्यक्रम रहेकामा विगत आठ महिनासम्म २३ वटा कार्यालय मात्र मर्मत भएको छ । रासस

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार, योजना सिमित अवधिसम्मको लागि

काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा कतार स्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना यही मे २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।

हुन्डाई एक्स्चेञ्जको दोश्रो चरण सम्पन्न, भाग्यशाली ग्राहकलाई कुलप्याडको स्मार्ट फोन

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि अन्तर्गत बिर्तामोड, इटहरी र पोखरा स्थित हुन्डाई शोरुमहरूमा हुन्डाई एक्स्चेञ्ज कार्यक्रम सम्पन्न भएको छ । गत जेठ १२ गते शुक्रबारदेखि जेठ १४ गते आइतबारसम्म संचालन गरिएको उक्त एक्स्चेञ्ज कार्यक्रममा ग्राहकहरूको उत्सुकतापूर्ण सहभागीता रहेको थियो । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्स्चेञ्ज क्याम्प संचालन गरिएको थियो । सो एक्स्चेञ्ज कार्यक्रम सँगै, हुन्डाईले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन र एक्स्चेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गरेको थियो । साथै उक्त कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु समेत सम्मेलित थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेष्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्फत एक/एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजनाहरु आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले सो हुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

गणतन्त्र दिवसमा ६ जना उद्योगी व्यवसायीलाई पदक, खेतान, गोयल र मोरसँगै बैंकर पाण्डे बिभुषित

काठमाडौं । १० औं गणतन्त्र दिवसका अवसरमा सरकारले ६ जना उद्योगी व्यवसायीलाई विभिन्न मान पदवी तथा विभुषणले सम्मान गरेको छ । सरकारले उद्योगपति राजेन्द्र खेतानदेखि सतिश कुमार मोर र कैलाशचन्द्र गोयलसहित ६ जना उद्योगी व्यवसायीलाई बिभुषित गरेको हो ।   उद्योगपति राजेन्द्र खेतान, सतिस कुमार मोर र धनुषाका व्यवसायी विश्वनाथ साहाले जनसेवा श्री पदक प्राप्त गरेका छन् ।त्यस्तै, उद्योगपति कैलाश चन्द्र गोयल र पर्यटन व्यवसायी भविश कुमार श्रेष्ठले प्रबल जनसेवाश्री पदक पाएका छन । अर्का व्यवसायी आनन्दराज बतासले भने समाजसेवा रत्न पदक हात पारेका छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुंगाना र सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि प्रबल जनसेवाश्री पदक प्राप्त गरेका छन् । बैंकर ज्योति प्रकाश पाण्डे भने किर्तिमय राष्ट्रिय दिप पदकबाट बिभुषित भएका हुन् ।

म्याग्दीको मुदी गाउँलाई सडक सञ्जालसँग जोड्ने तयारी, ७ करोडको आयोजना सुरु

म्याग्दी । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना शुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम-मुना-दर-मुदी सडक आयोजना निर्माण शुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि रु सात करोड २५ लाख लगानी हुने उपभोक्ता समितिका अध्यक्ष गणेश घर्ती पुनले बताए । चालु आवमा जिल्ला समन्वय समितिको विभिन्न तीन वटा शीर्षकमा रु ८२ लाख अनुदानमा मुनादेखि दर हुँदै मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अघि बढेको छ । मुना, दर हुँदै साविक मुना र मुदी गाविसको सीमा क्षेत्र धित छहरासम्म ट्याक खोलिएको छ । जिल्ला समन्वय समितिमार्फत स्थानीय पूर्वाधार यातायात कार्यक्रमको रु १२ लाख र गाविस जोड्ने सडक आयोजना शीर्षकको रु ३० लाख बजेट विनियोजन भएको सो योजनालाई अर्थ मन्त्रालयले थप रु ४० लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ । उपभोक्ताले कुल लागतको १३ प्रतिशत बराबरको सहभागिता जनाउनुपर्नेछ । गत वर्ष रु दश लाखमा एक किलोमिटर ट्याक खोलिएको थियो । कडा चट्टानी पहाडमा सडक निर्माण गर्नु परेकाले धेरै खर्च हुने अध्यक्ष पुनले बताए । आगामी वर्ष मुदीसम्म सडक पु¥याउने लक्ष्यसहित आर्थिक स्रोत जुटाउन सरकारी निकाय र स्थानीय स्तरमा पहल गरिएको छ । सो सडक निर्माण भएमा मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् । स्थानीय बासिन्दा, धौलागिरि आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवतजावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादित कृषिउपज, जडीबुटी निकासी गर्न सहज हुने अपेक्षा गरिएको उपभोक्ता समितिका दलमान पुनले बताए । रासस

प्रत्येक घरधुरीले ४० बिरुवा रोप्नै पर्ने, नरोपे सरकारी अनुदान रोक्का

कालीकोट। जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताएका छन् । जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताएका छन् । उनले भने -‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’ उनले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गरेका छन् । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताएका छन्। रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताएका हुन् । रासस

भृकुटीमण्डपमा शिखर क्रेजी सेल मेला शुरु, १५ देखि ८५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको नं. १ फुटवयर ब्राण्ड शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । यो मेलामा १५ प्रतिशतदेखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलामा १०० रुपैयाँदेखि माथीका जुत्ता चप्पल बिक्रि गरिएको छ । यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ । मेलाको उद्घाटन नविन्द्रराज जोशीले गरेका हुन् । औपचारिक कार्यक्रम का सभाध्यक्ष शिखर सुज इण्डस्टीजका प्रवन्ध निर्देशक रामकुष्ण प्रसाइले गरेका थिए भने शिखर सुजको पहिलो एकल प्रदर्शनी सफल हुने विश्वास रहको दावि गरेका छन् । नेपाली बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्न नसके पनि नेपाली जुत्ता उद्योग त्यसतर्फ अग्रसर रहेको तर सरकारले त्यस तर्फ ध्यान नदिएकोमा आपत्ति जनाएका छन् । सो कार्यक्रममा बोल्दै मन्त्रि जोशिले सरकारले निजि स्तरको कलकारखाना उद्योगहरु संग सहकार्य गर्दै अगाडि बड्न इच्छुक रहेको र दोहोरो कर प्रणाली लाइ कसरी ब्यवस्थित गर्न सकिन्छ भनी छलफल चलिरहेको बताए । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन् । मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध छ । यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ । मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत बिक्रि गरिनेछ । आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । मेलामा पार्टी सुज, स्पोर्टस सुज, स्कुल सुज, क्याजुयल सुज, चप्पल लगायतका सबै उत्पादनका भेराईटी पाईने छ । यो मेला शिखर सुजको एक्स्क्लुसीभ रहेको छ ।