विकासन्युज

पदक नलिने प्रकाशको घोषणा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालले सरकारले दिन लागेको सुप्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन् । उनलाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गर्ने सरकारको निर्णयसँगै समाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । उनले सामाजिक सञ्जालमा दिएको सुझाव आएकाले पदक नलिने निर्णय गरेको बताएका छन् ।  उनले फेसबुकमा लेखेका छन् -मतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ। म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु। गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु। पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो। त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु। यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ । सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु।

लोडसेडिङ हटाउने कुलमान घिसिङ र प्रचण्ड पुत्र प्रकाशलाई एउटै सम्मान

काठमाडौं । १० औं गणतन्त्र दिवसका दिन लोडसेडिङ हटाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुप्रबल जनसेवाश्री पदकले सम्मान गरिँदैछ । तर बिडम्बना  प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाल पनि कुलमानलाई नै दिइने सुप्रबल जनसेवाश्री पदकबाटै सम्मानित हुँदैछन् । चितवनका समाजसेवीका रुपमा प्रकाश दाहालललाई सुप्रबल जनसेवाश्री पदकले सम्मानित गर्न लागिएको हो । प्रकाश बहु विवाहमा मुछिएका व्यक्ति हुन् । उनले तीन वटा विवाह गरेका छन् । मुलुकलाई अन्धकारबाट उज्यालो अभियानमा अघि बढाउने कुलमान घिसिङ र तीन वटा विवाह गर्ने प्रकाश दाहाललाई एकै पटक सम्मान गरेर सरकारले गणतन्त्रलाई मजाक बनाएको छ । आफ्नै हात जगन्नाथ भने झै आफै प्रधानमन्त्री हुँदा प्रचण्डले छोरालाई राज्यको उपल्लो दर्जाको सम्मान दिलाएका हुन् । कुलमान र प्रकाशसँगै अन्य १२० जनाले सुप्रबल जनसेवाश्री पदक पाउँदैछन् । सरकारले १० औैं गणतन्त्र दिवसमा ५१४ जनालाई विभिन्न पद तथा विभुषणद्धारा सम्मान गर्न लागेको हो । यसपाली विश्वेश्वर प्रसाद कोइरालालाई मरणेपरान्त नेपाल रत्न र महेन्द्र नारायण नीधीलाई राष्ट्रगौरव पदबाट सम्मान गरिँदैछ । यस अघि एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रधान गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक दिइएको आरोप लाग्दै आएको छ । यसपाली मुख्य सचिव डा. सोमलाल सुवेदी र गृह सचिव लोक दर्शन रेग्मीलाई पनि  पदकले सम्मानित गरिँदैछ । गृह सचिव नेतृत्वकै समितिले पदक दिने व्यक्तिहरुको छिनोफानो गर्ने व्यवस्था रहेको छ ।  

नेपालको ब्राण्डिङ गर्न सात करोड खर्चदै हिमालयन ट्राभल मार्ट, पर्यटकीय प्याकेज किनवेच गर्न ५० देशका २ सय प्रतिनिधि ल्याइदै

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको पर्यटन ब्राण्डिङको औपचारिक अभियान हुने भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपालको संयुक्त आयोजनामा काठमाडौंमा पहिलो हिमालयन ट्राभल मार्ट हुँदैछ । पर्यटन व्यवसायीले वर्षोदेखि माग गर्दै आएको र यही माग पूरा नहुँदा नेपाल पर्यटन बोर्डमा व्यवसायीले दुई महिनासम्म गरेको आन्दोलनको उपलब्धिको रूपमा पनि यो मार्टलाई हेरिएको पाटा नेपालले जानकारी दिएको छ । यही जेठ १८ गतेबाट चार दिनसम्म हुने यो मेलमा विभिन्न ५० भन्दा बढी देशका २ सय प्रतिनिधि नेपालमै आउने र अन द स्पट प्याकेजको खरिद बिक्री पनि हुने दाबी पाटा नेपालका अध्यक्ष सुमन पाण्डेको छ । उनका अनुसार यो मार्टमा अन्तर्राष्ट्रिय र ख्याती प्राप्त ब्लगरलाई नित्याएर नेपालको प्रवद्र्धन गर्न आग्रह गरिएको छ । मेलाले नेपालको पर्यटनको ब्रान्डिङ गर्नुका साथै सुक्ष्म रूपमा पर्यटनको प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकोले पनि यसलार्ई भव्यताका साथ आयोजना गरिएको पाण्डेले जानकारी दिएका छन् । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रूपमा स्थापित गर्नुका साथै सम्पूर्ण हिमालय क्षेत्रको पर्यटकीय सम्भावनालाई पस्कँदै पर्यटन मेला हुने भएको छ । यो मेला करिब सात करोड रुपैयाँ खर्च हुने अनुमान पाण्डले गरे । मेलाको लागि बोर्डले आवश्यक खर्चको जोहो गरेको पनि पाटा नेपालको भनाइ छ । नेपालको पर्यटनलाई विश्व पर्यटन बजारका पुर्याउन र नयाँ तथा पूराना टुर अपरेटरलाई सशक्त र प्रभावकारी रूपमा परिचालन गराउने माध्यम पनि यही मेला हुने दाबी पाण्डेको छ । मेलामा क्रेताको रूपमा आमन्त्रण गरी हिमालय क्षेत्रका टुर अपरेटर, ट्राभल एजेन्सी, होटल, एयरलाइन्सलगायका पर्यटकीय सेवा प्रदायक बिक्रेता कम्पनीहरुसँग व्यवसायिक कारोबार हुने भएको छ । यो मेलामा व्यवासायीले गनै विजनिश टु बिजनेश (विटुबी, र विजनेश टु कस्टुमर (विटुसी)सँगको जमघट हुने भएको छ । यो जमघटको थाले नै व्यपारिक कारोबारको स्थान हुने दाबी पनि पाटा नेपालको छ । पर्यटन बोर्डले विगत चार पाँच वर्षदेखि हरके वर्ष यो मार्टको लागि बजेट विनियोजन गर्दै आएको भएपनि यस बर्ष मात्रै उपयुक्त समय मिलेको कार्यक्रमको कार्यकारी आयोजक संस्थाा पाटा नेपाल च्याप्टरले भनाइ छ । यो मार्टमाा ५० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहने रहेने सुनिश्तिता आइसकेको छ । अझै बढ्ने दाबी आयोजकको छ । मेलाले नेपालको प्रवद्र्धन गर्ने, पर्यटकीय छवि सकारात्मक दिने, ट्राभल ब्राण्डिङ्ग, बजार अन्वेषण, अनुसन्धान गन्तव्य, नयाँ गन्तव्यमा जाने र अवसर सिर्जना गर्नेसहितका गतिविधि गराउन सक्ने पनि उल्लेख छ ।

नागवेली लघुवित्तको २१ हजार कित्ता सेयर लिलामीमा, राधी विद्युतको सेयर बाँडफाँड

काठमाडौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडको संस्थापक समूहतर्फको २१ हजार ८८९ कित्ता सेयर लिलामीमा राखिएको छ । यो बैैकले संस्थापक समूहको उक्त हकप्रद सेयर विक्री नभएपछि लिलामी गर्न लागेको हो । यो बैंकले यही जेठ १९ गतेबाट २६ गतेसम्म न्युतमत मूल्य एक सय रुपैयाँ कबोल गरेर सेयर आवेदन दिन सक्नेछन् । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो । यस्तै राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकीत ४ लाख १० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको थियो । प्रभावित क्षेत्रका लागि केन्द्रित भएको यो कम्पनीको सेयर बाँडफाँड भएको छ ।

आज सगरमाथा दिवस, पाँच हजारभन्दा बढी आरोही पुगे सगरमाथा शिखरमा

काठमाडौं, जेठ १५ – विश्वको सर्वोच्च चुचुरो सगरमाथा (८ हजार ८४८ मिटर अग्लो)मा मानव पाइला पुगेको सोमबार ६४ वर्ष पुगेको छ। न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले २९ मे १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका थिए। त्यसपछि आरम्भ भएको आरोहण यात्राका दौरान अहिलेसम्म ५ हजारभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार डिसेम्बर २०१४ सम्म ४ हजार ४ सय २८ जना आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन्। त्यसयता सन् २०१५ मा सगरमाथा आरोहण हुन सकेन। सन् २०१६ को वसन्त ऋतुमा २ सय ८९ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए भने सोही वर्ष विदेशी र स्वदेशी सहयोगीसहित ४ सयले आरोहण गरेको अनुमान छ। सन् २०१७ को वसन्त ऋतुमा ४२ टोलीका ३ सय ७५ आरोही मध्ये कतिले सगरमाथा आरोहण गरिसकेका छन् भने कतिपय आरोहणकै क्रममा छन् । नयाँ पत्रिका दैनिकबाट ।

हरेक आवेदकलाई कम्तिमा १० कित्ता सेयर अनिवार्य, अब आवेदकलाई खाली हात नहुने

काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो। बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो। आवेदकलाई हात खाली नपठाउने नीति अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। नागरिक दैनिकबाट ।

मन्त्रीकै सहयोगीबाट चिकित्सक ठगिए, नक्कली माइन्युट बनाउने पीए हटिसके तर पक्राउ परेनन्

काठमाडौं । जिल्ला अदालतले नेशनल मेडिकल साइन्सको नक्कली माइन्यूट पुस्तिका बनाएर छात्रवृत्ति दिलाउने भन्दै ठगी गरेको कसुरमा २०७३ जेठ ३२ गते नुवाकोटका सरोज केसीलगायतलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोक्यो। डा.मनोजकुमार साहलाई एमडी अध्ययनका लागि सरकारी कोटामा छात्रवृत्ति मिलाइदिने भन्दै केसीसहित वीर अस्पतालका तत्कालिन कर्मचारी दीपक मुडभरी, राजेश कहार र रवि पौडेललाई अदालतले दोषी ठहर गरेको थियो। अदालतको फैसला अनुसार केसीलाई १४ महिना जेल र ७ लाख रूपैयाँ जरिवाना तोकिएको थियो। मुद्दा चल्दा हिरासतमै रहेका मुडभरी, कहार र पौडेल फैसलाअनुसार कारागार पुगे। अदालतले अभियोग प्रमाणित गरे पनि केसी फरार सूचीमा परे। उनी काठमाडौंमा खुलमखुल्ला घुमिरहँदा पनि पक्राउ परेनन्। यही बीच अर्जुननरसिंह केसी सहरी विकास मन्त्री बने। सरोज उनका पिए। कानुनी रूपमा फरार अभियुक्त भए पनि उनी मन्त्रीसँगै दैनिक सिंहदरबार र मन्त्री निवास गरिरहन्थे। असोजमा ठगीका फरार अपराधी मन्त्रीको पिए भनेर समाचार आए पछि मन्त्री केसीले उनलाई हटाए। तर पनि उनी पक्राउबाट जोगिदै आए। केसी अदालतले दोषी ठहर गरेको एक वर्षपछि सामाखुसीबाट आइतबार पक्राउ परे। नागरिक दैनिकबाट ।

मधेशी दललाई मनाउन चुनाव सारिदै, जेठ ३१ को चुनाव असार १० भित्र गर्नेसहमति

मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता(दस दिन सारेर भए पनि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्नुभएपछि एमाले अध्यक्ष केपी ओलीले मौन समर्थन गर्नुभएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार राति बसेको बैठकमा स्थानीय तहको निर्वाचन साता(दस दिन सारेर भए पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराउने अनौपचारिक सहमति भएको हो । दाहालले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो निर्वाचन साता/दस दिन सारेरै भए पनि राजपालाई चुनावमा सहभागी गराउने प्रस्ताव राख्दै उक्त विषय संविधान, ऐन, कानुनअनुसार के/कसरी मिलाउने भन्ने विषयमा सोमबार नै कानुन व्यवसायीसँग परामर्श गर्ने बताउनुभएको थियो । यसबारे सोमबार वा मंगलबार फेरि चार दलका शीर्ष नेता बसी औपचारिक निर्णय गर्नेछन् । राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले साता(दस दिन चुनाव सारेर भए पनि निर्वाचनको वातावरण गराउन प्रधानमन्त्रीले राखेको प्रस्तावमा अनौपचारिक सहमति भएको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘चुनावको वातावरण बनेपछि राजपाले के गर्छ त्यो समयले निर्धारण गर्छ । राजपा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण नभएसम्म निर्वाचनमा जाँदैन । महतोले प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक संकेत दिँदै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले शान्तिपूर्ण, धाँधलीरहित चुनावी वातावरण जेजसो गर्दा हुन्छ, गर्नुपर्छ भन्ने धारणा राखेको जानकारी दिनुभयो । राजपा अध्यक्ष मण्डलका अर्का नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ओलीलाई उद्धृत गर्दै भने, ‘दुई वर्ष मधेस र एमालेबीच कटुता भए पनि स्थानीय चुनावमा राजपासहित सबै एक साथ जान मलाई कुनै आपत्ति छैन । संविधान संशोधन, सीमांकनलगायत विषयमा चुनावपछि निर्णयमा पुगौंला, हामी सहयोग गर्छौ, अहिलेलाई चुनावमा जाने विषयमा मात्र निर्णय गरौं । फेरि मतपत्र छापेमात्रै राजपलाइ नयाँ चुनाव चिह्न  राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः मतपत्रमा छाता चिह्न राख्न फेरि छाप्नुपर्छ । अन्नपूर्ण पोस्टबाट ।