विकासन्युज

राजदूतद्वारा विद्यालय हस्तान्तरण

रसुवा । भूकम्पपश्चात् नर्वे सरकारको आर्थिक सहयोगमा सवलीकरण गरिएको ठूलोस्याफ्रु गाउँको विद्यालय हस्तान्तरण गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि रु ३६ लाख ६४ हजार ९१३ को लागतमा सवलीकरण (रेट्रोफिटिङ) गरिएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित ठूलोस्याफ्रु नेपाल राष्ट्रिय निमावि भवन नेपालका लागि शाही नर्वेजियन राजदूत एचई केलेज टोर्मोड पिटर्सनले हालै जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटालाई हस्तान्तरण गरेका छन् । सो अवसरमा राजदूत पिटर्सनले ग्रामीण भेगका विद्यालय भवन निर्माणमा नर्वे सरकारले सहयोगी हात बढाउँदै आएको उल्लेख गरे । उहाँले आफू पहिला पनि ठूलोस्याफ्रु आइसकेको र यस क्षेत्रको आफूलाई सम्झना आइरहने बताए । भूकम्पबाट ठूलोस्याफ्रु विद्यालयमा क्षति हुँदा करिब ८० विद्यार्थी पठनपाठनका लागि गाउँबाट अन्यत्र जानुपरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाका अनुसार हाल त्यस विद्यालयमा ३२ बालबालिका मात्र अध्ययनरत रहेका छन् । रासस

नेपाल बङ्गलादेश बैंकको हकप्रद सेयर भर्नुभयो? म्याद अब ३ दिन मात्रै बाँकी

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन(जेठ १० गतेसम्म) मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १० बराबर ८(८० प्रतिशत) को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीका अनुसार उक्त सेयर जेठ १० गतेसम्म बैंकिङ् समय सम्ममात्र भर्न पाइने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । बैंकले २०७३/१२/१६ गते सम्म कायम साविक सेयरधनीहरुका लागि ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले एक सय अंकित दरको ३ करोड २० लाख ९४ हजार ०६८ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

एभरेष्ट बैंकले शुरु गर्यो ‘निक्षेप परिचालन योजना’, न्यूनतम मौज्दातमा ५०% छुट

काठमाडौं । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बैंकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी एभरेष्ट बैंकले “निक्षेप परिचालन योजना” शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ । यस योजना अन्तर्गत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५० प्रतिशत छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्नेछन् । बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एकैदिन चार कम्पनीले पाए हकप्रद सेयर निष्काशन गर्न अनुमति, क-कसले पाए?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन चार कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले जेठ ७ गते सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै सिद्धार्थ बैंकले ३० प्रतिशत(१०ः३ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत(४:१ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १० लाख ३९ हजार ५०० कित्ता बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । त्यसैगरि, माछापुच्छ्रे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकले पनि क्रमशः १०ः१.२ को अनुपात र ३ः२.०८ को अनुपातमा हकप्रद निष्कासन गर्न पाउने भएका छन् । माछापुच्छ्रे बैंकले ७९ लाख १८ हजार कित्ता सेयर र अल्पाइन डेभलपमेन्ट बैंकले १८ लाख ३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । यी दुबै कम्पनीले बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

नेपाल बैंकको हकप्रद सेयर भर्ने म्याद अब ३ दिनमात्र बाँकी

काठमाडौं । नेपाल बैंक लिमिटेडको हकप्रद सेयर भर्ने म्याद अब ३ दिन मात्र बाँकी रहेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १०० बराबर २३.७४ को अनुपातमा हकप्रद निष्काशन गरेकोे छ । कम्पनीले १०० रुपैयाँ अंकित एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्कासन गरेको छ । बैंकका सेयरधनीले आजको तीन दिन अर्थात जेठ १० गतेसम्म सो मात्राको हकप्रदका लागि आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले सुन्धाराको सिभिल क्यापिटल मार्केट र बैंकको रजिष्टर्ड(केन्द्रीय) कार्यालय लगायत अन्य शाखा कार्यालयहरु बाट आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लि रहेको छ ।

मेलम्ची बासीले मागे २५ प्रतिशत लेवी

काठमाडौं । मेलम्चीबासीले मेलम्चीको पानी प्रयोग गरेवापत काठमाडौं उपत्यकाबासीसँग २५ प्रतिशत लेवी मागेका छन् । उनीहरुले आफ्नो पर्यावरण प्रयोग गरेर राजधानीबासीको प्यास मेटिने भएकाले न्युनतम १३ प्रतिशतदेखि अधिकतम २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग राखेका हुन् । मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने-मेलम्ची बासीले २५ प्रतिशतसम्म लेबीको दावी गरेका छन, यसमा राजनीतिक तहबाट समाधान खोजिनुपर्छ । उनले न्युनतम १३ देखि २५ प्रतिशतसम्म लेबी पाउनुपर्ने माग अघि सरेको स्विकार गर्दै लेबीका रुपमा नभएर सामाजिक उत्थान कार्यक्रममा रुपमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई सहयोग गरिरहने बताए । ‘लेबीका रुपमा रकम उपलब्ध गराउन सकिँदैन तर समाजिक उत्थान कार्यक्रमका रुपमा सहयोगलाई निरन्तरता दिन सकिन्छ’, कार्यकारी निर्देशक देवकोटाले भने । मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक जिल्लाका साविकको १४ वटा गाबिसमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गरिरहेको छ । साविकका तिनै १४ वटा गाबिसमा  बार्षिक ९ करोडको लागतमा सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्ने मनस्थिती आयोजनाले बनाएको छ ।

नेप्सेको वेभसाइटमा समस्या, सेयर कारोबार भने नियमित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को वेभसाइटमा समस्या उत्पन्न भएको छ ।  सिंहदरबारमा रहेको सरकारी डाटा सेन्टर(जिआइडिसी)मा समस्या उत्पन्न भएकाले वेभसाइट नचलेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विकासन्युजलाई जानकारी दिए । पराजुलीका अनुसार हाल नेप्से र सरकारी प्राबिधिक टोलीले समस्या पहिचान गरेर समाधानको प्रयास गरिरहेका छन् । यद्यपी सेयर कारोबार भने नरोकिएको उनले जानकारी दिए । ‘सेयर कारोबार रोकिएको छैन, हामी समस्या समाधानको प्रयास गरिरहेका छौं’, पराजुलीले भने । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि नेप्सेको सर्भरमा समस्या आएको बताउँदै चेक राफसाफ रोकिएको बताए । ‘सेयर कारोबार त भैरहेको छ तर सिडिएसको सर्भरमा पनि समस्या आएकाले चेक राफसाफ रोकिएको छ, समय थपिदिन्छौं भन्ने आश्वासन आएको छ ।’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने । ३ बजे हुनुपर्ने राफसाफ पछि धकेकिएको र थप समय उपलब्ध गराउने प्रतिवद्धता आएको उनले बताए ।

काठमाडौं महानगरमा एमालेका विद्या सुन्दर भारी मतले अगाडी, रञ्जु दर्शनालाई ११ हजार भोट

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का उम्मेदवार विद्या सुन्दर शाक्यले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् । ८८ हजार मत गणना सकिँदा शाक्यले २९ हजार ३६८ मत पाएका ल्याएर ९ हजारको अग्रता कायम गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले भने जम्मा २० हजार ३६८ मत ल्याएका छन् । विवेकशिल नेपाली दलकी रञ्जु दर्शनाले ११ हजार २५७ मत ल्याएर तेश्रो स्थान ओगटेकी छिन् भने साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।